PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ : आज साँझ ५ बजे फेसबुकमै हेर्नुस् नाटक ‘राजेन्द्रलक्ष्मी’

    ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ :  आज साँझ ५ बजे फेसबुकमै हेर्नुस् नाटक ‘राजेन्द्रलक्ष्मी’

    काठमाडौं : शुक्रबार भर्चुअल नाट्य महोत्व सुरु भयो। थिएटर मलले विश्व रङ्गमञ्च दिवसको अवसरमा ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव– २०७६’ आयोजना गरेको हो। एक साता लामो महोत्सवको दोस्रो दिन, शनिबार नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’ देखाइने भएको छ। नाटक थिएटर मलको अफिसियल फेसबुकमार्फत् साँझ पाँच बजे प्रशारण हुनेछ। कोरोना भाइरसको संक्रमणबाट जोगिन क्वारेन्टाइन अभियानलाई जोड दिँदै यस उत्सव सुरु गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सेता कपडा लगाउनेहरु (कविता)

    सेता कपडा लगाउनेहरु (कविता)

    -दीपक एम.सी. आमा! मलाई तपाईंले सिकाउनुभो- भगवान मन्दिरमा हुन्छन् भनेर! सानो मान्छेलाइ सायद थोरै बुझ्न सम्झन सक्दैन धेरै भनेर होला तपाईंले! आज तपाईंले भनेका जस्तै भगवान सेता कपडा लगाएर मन्दिरमा हैन- हस्पिटलमा व्यस्त छन! सायद सानोमा तपाईंले मलाई फकाई फकाई सम्झाएका भगवान यिनै होलान्!   आमा अब म धजा चढाउदा सेतो मात्रै चढाउछु! मलाई सेतो रङ्ग सँग प्रेम भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को संक्रमणबाट बेलायतमा नेपाली मूलका एकै परिवारका दुई जनाको निधन

    कोभिड-१९ को संक्रमणबाट बेलायतमा नेपाली मूलका एकै परिवारका दुई जनाको निधन

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणकै कारण बेलायतमा एकै परिवारका दुई जनाको निधन भएको छ। बेलायती अनलाइन द सनका अनुसार हिथ्रो अन्तर्राष्ट्रिय विमास्थलको अध्यागमन कार्यालयमा कार्यरत नेपाली मूलका ६१ वर्षीय सुधीर शर्माको बुधवार मृत्यु भएको हो। त्यस्तै २४ घण्टाभित्र नै उनकी छोरी त्यहाँको फार्मासिस्ट पूजाको मृत्यु भएको हो। शर्मा हिथ्रो विमानस्थलको टर्मिनल ३ मा कार्यरत रहेका थिए। अधिकारीहरुले शर्मा काममा…

    विस्तृतमा पढ्नुस्

  • श्रमिकहरुका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ : प्रचण्ड

    श्रमिकहरुका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका छन्। उनले भिडियो सन्देशमार्फत कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला गरेर जीवन चलाउनेहरुका लागि खाद्यान्न तथा  अन्य राहतको व्यवस्था सरकारले गर्ने विश्वास व्यक्त गरेका हुन। अध्यक्ष प्रचण्डले संकटको घडीमा सहयोग गर्न व्यापारीहरुलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • 'पर्दा पछाडिका हिरो'लाई सलमान खानको सहयोग

    'पर्दा पछाडिका हिरो'लाई सलमान खानको सहयोग

    कोरोना भाइरस संक्रमणका कारण ठप्प छ बलिउड उद्योग। त्यसका कारण दैनिक जिविकोपार्जन मै समस्या परेको पर्दा पछाडिका ती हिरोहरुलाई जो छायांकनस्थल देखि रेकर्डिङ स्टूडियोहरुमा ज्यालादारी काम गर्छन्। झन् नरेन्द्र मोदी सरकारले २१ दिनका लागि देश लकडाउन गरेपछि बलिउडमा मजदुरी गर्नेहरु मारमा परेका छन्। समस्यामा ती कर्मचारी एवं मजदुरहरुलाई सहयोग घोषणा गरेका छन् बलिउड स्टार सलमान खानले। सलमानले विभिन्न प्राविधिक संघ…

    विस्तृतमा पढ्नुस्

  • ३ सय ४ युरोपेली नागरिक लिएर उड्यो कतारको चार्टर विमान, आजै अर्को पनि फ्लाइट हुँदै

    ३ सय ४ युरोपेली नागरिक लिएर उड्यो कतारको चार्टर विमान, आजै अर्को पनि फ्लाइट हुँदै

    काठमाडौं : ३ सय ४ युरोपेली नगारिक बोकेर कतार एयरलाइन्सको चार्टर विमान उडेको छ। ११:४५ बजे यात्रु बोकेर विमान दोहाका लागि उडेको हो। त्यहाँ अर्को विमान उनीहरुलाई लैजानका लागि तयारी अवस्थामा राखिएको छ। अबको केही समयपछि फेरि अर्को विमान पनि दोहाका लागि उड्ने तयारीमा छ। यसमा पनि ३ सय ४ जना नै युरोपेली नागरिकहरु जाँदैछन्। विमानमा धेरै संख्यामा जर्मनी र…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ बारे पहिलो अनुसन्धान गर्ने बैज्ञानिक भन्छन् : संक्रमित सबैलाई आइसोलेसन र शंका लागे क्वारेन्टाइनमा राख्नै पर्छ

    कोभिड-१९ बारे पहिलो अनुसन्धान गर्ने बैज्ञानिक भन्छन् : संक्रमित सबैलाई आइसोलेसन र शंका लागे क्वारेन्टाइनमा राख्नै पर्छ

    नोवेल कोरोना भाइरस डिजिज २०१९ (कोभिड-१९) आउटब्रेक भएसँगै अग्रपंक्तिमा रहेर रोग विरुद्ध लडेका चिनियाँ बैज्ञानिकहरु विदेशी मिडयाको पहुँचमा छैनन्। अधिकांश वैज्ञानिकहरु रोगसँग लड्न अनुसन्धानमा केन्द्रित छन्। मिडियामा देखिन चाँहदैनन् विशेषगरी विदेशी पत्रकारहरु उनीहरुको प्राथमिकतामा पनि पर्दैनन्। साइन्स म्यागेजिनले  चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का महासचिव जोर्जी काओसँग दुई महिनासम्म एउटा अन्तर्वार्ताका लागि प्रयास गरिरह्यो। गत हप्तामात्र उनी तयार भए। काओले दुई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व डिआइजी रमेश खरेलको कोभिड-१९ विरुद्ध लड्न सरकारलाई ६ सुझाव 

    पूर्व डिआइजी रमेश खरेलको कोभिड-१९ विरुद्ध लड्न सरकारलाई ६ सुझाव 

    काठमाडौं : नेपाल प्रहरीका चर्चित डिआइजी रमेश खरेलले कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई ६ बुँदे सुझाव दिएका छन्। हालै 'हाम्रो नेपाल सुशासन अभियान'का संयोजक बनेका पूर्व डिआइजी खरेलले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले रोजगारीबाट फर्किएका र शहरबाट गाँउ गएकाहरुको निगरानी गर्नुपर्ने बताएका हुन्।  पहिलोपटक उनको 'अभियान'का नाममा जारी भएको  विज्ञप्तिमा भनिएको छ - 'लकडाउन परिचालनका लागि शहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन कडा बनाउन प्रहरीको नयाँ रणनीति : अब सम्झाउने होइन, समाउने र थुन्ने, एका बिहानै समातिए ३ सय १५ जना

    लकडाउन कडा बनाउन प्रहरीको नयाँ रणनीति : अब सम्झाउने होइन, समाउने र थुन्ने, एका बिहानै समातिए ३ सय १५ जना

    काठमाडौं : आज लकडाउनको पाँचै दिन। शनिवार पनि भएकाले आज मानिसमा पुरानै धङ्धङीमा देखिए। त्यसैले पनि होला बिहानै मानिस सडकमा निस्किए। सरकारको निर्णय नटेरेको भन्दै प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गर्‍यो। बिहान ९ बजेसम्म मात्र प्रहरीले काठमाडौंमा मात्र ३ सय १५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ सङ्ख्या पाँच दिनको अवधिमा आज सबैभन्दा धेरै हो। 'आज धेरै मानिस सडकमा आएको देखियो। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • छ फ्लाइटबाट ९५ जना विदेशीको लुक्लाबाट उद्दार

    छ फ्लाइटबाट ९५ जना विदेशीको लुक्लाबाट उद्दार

    काठमाडौं : आज बिहान लुक्लामा फसेका ९५ जना विदेशी नागरिकको उद्दार भएको छ। छ वटा फ्लाइटबाट उनीहरुको उद्दार भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए। गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा उनीहरुलाई काठमाडौं ल्याइएको हो। उद्धार गरिएका धेरैजसो युरोपेली मुलुकका नागरिकहरु छन्। नेपाल एयरलाइन्सको चारवटा फ्लाइट तथा तारा र समिट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनकै बीच हेर्नुस् यसरी चलिरहेछ जिन्दगी

    लकडाउनकै बीच हेर्नुस् यसरी चलिरहेछ जिन्दगी

    भक्तपुर : आज लकडाउनको पाँचौं दिन। मानिसहरु संयमित भएर सकेसम्म घरबाट बाहिर निस्किएका छैनन्। तर, जिन्दगी त चलाउनै पर्‍यो। तरकारी उत्पादन गर्नेले बजारमा पुर्‍याउन पर्‍यो। नहुनेले किन्न पर्‍यो। भान्साकै किनमेलसँगै अरु आवश्यक सामाग्रीको पनि बिहानपख किनमेल जारी छ। लकडाउनकै बीच मानिसहरुको जीवन कस्तो चलिरहेको छ त? हाम्रा सहकर्मी अमित मचामसीले आफ्नो लेन्सबाट कैद गरेका जिन्दगीका दृष्यहरु हेर्नुस् :

    विस्तृतमा पढ्नुस्

  • कसरी आइरहेको छ काठमाडौंमा फ्रेस तरकारी?

    कसरी आइरहेको छ काठमाडौंमा फ्रेस तरकारी?

    काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको पाँच दिन भएको छ तर बजारमा अझैं फ्रेस तरकारी भित्रिरहेको छ। उपत्यकाभित्रको ठूलो थोक तरकारीबजार कालिमाटीमा बिहानै पुग्ने हो भने फ्रेस तरकारी किन्न खुद्रा व्यापारीदेखि उपभोक्ताको घुँइचो लागेको हुन्छ। स्थानीय निकायले बिहान ७ बजेसम्म तरकारी किनबेचको लागि कालिमाटी खुल्ला गरेको छ। सात बजे अगाडिसम्म कालिमाटीमा फ्रेस तरकारी किन्न पाइन्छ। सरकारले सबै अत्यावश्यक ढुवानीका सवारीलाई…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीमा रहेकी नेपाली नर्सको डायरी : यतिखेरको सामान्य रुघाखोकी पनि जनयुद्धकालका माओवादी झै

    जर्मनीमा रहेकी नेपाली नर्सको डायरी : यतिखेरको सामान्य रुघाखोकी पनि जनयुद्धकालका माओवादी झै

    एलिजा हुमागाई - दिउँसोको एक बज्नै लागेको छ। मैले सञ्चो महसुस नगरेको लगातार चार दिन भयो। साथीहरूको सहयोग पाउनलाई पनि अलि गाह्रो। कोरोनाको समयमा यदि सामान्य रुघाखोकी मात्रै हो भने पनि युद्धकालका माओवादी झैं आभाष हुन्छ मलाई। अझ कलेज ठप्प पारेर हामीलाई त बिरामीको उपचारमै लगाइएको छ। खोक्दै र सिँगान बगाउँदै काममा जाने कुरा भएन। काममा फोन गरेर भनेँ, म…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा हालसम्म चार जनामा कोरोनाको संक्रमण : चारै जना विदेशबाट फर्किएका

    नेपालमा हालसम्म चार जनामा कोरोनाको संक्रमण : चारै जना विदेशबाट फर्किएका

    काठमाडौं : नेपालमा शुक्रवार थप एक जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमित व्यक्ति भेटिए। योसँगै नेपालमा संक्रमण देखिनेको संख्या चार पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको हो। संक्रमित व्यक्ति चैत ११ गतेदेखि धनगढीस्थित सेती अस्पतालमा उपचाररत थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनी केही दिनअघि मात्र दुबईबाट फर्किएका थिए। कोरोनाको आशंका लागेपछि…

    विस्तृतमा पढ्नुस्

  • तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

    तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ। शुक्रवार बसेको समितिको बैठकले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। खाद्य सामाग्रीको ढुवानी र देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षाका साथ ल्याउने बैठकले…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किएका ३६ जना एन्फा एकेडेमी रौतहटको क्वारेन्टाइनमा

    भारतबाट फर्किएका ३६ जना एन्फा एकेडेमी रौतहटको क्वारेन्टाइनमा

    काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको रौतहटस्थित महिला फुटबल एकेडेमीमा ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोनाको प्रभाव बढिरहँदा प्रदेश २ को सरकारले भारतका विभिन्न स्थानबाट फर्किएका ३६ जनालाई क्वारेन्टाइनमा राखिएको एन्फाले जनाएको छ। क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु भारतको विभिन्न क्षेत्रबाट गौरस्थित बैरगानिया नाकाबाट नेपाल प्रवेश गरेका थिए। एकेडेमीमा चन्द्रपुर नगरपालिकाले ५८ वटा वेड क्वारेन्टाइन बनाउनका लागि राखेको थियो। चैत ९ गते…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा नेपाली कलाकारका पुराना तस्विर

    सामाजिक सञ्जालमा नेपाली कलाकारका पुराना तस्विर

    काठमाडौं: सामाजिक सञ्जाल फेसबुक यतिबेला पुराना तस्विरहरुले भरिएको छ। केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा पुरानो तस्विरहरुमा कमेन्ट गर्ने ट्रेन्ड चलेको छ। जुन अहिले भाइरल भइरहेको छ। सरकारले कोरोना भाइरसको संक्रमण कम गर्नको लागि लक डाउनको घोषणा गरेसँगै घरमा थुनिएर बसेका मानिसहरु सामाजिक सञ्जालमा पुराना तस्विरहरु निकाल्न थालेका छन्। यसैबीच नेपाली कलाकारहरु पनि आफ्नो पुरानो तस्विर सामाजिक सञ्जालमा शेयर गरेर…

    विस्तृतमा पढ्नुस्

  • विद्युतका ३८ लाख ग्राहकलाई महसुलमा २० प्रतिशत छुट

    विद्युतका ३८ लाख ग्राहकलाई महसुलमा २० प्रतिशत छुट

    काठमाडौं: नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत खपत गर्दा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको…

    विस्तृतमा पढ्नुस्

  • २० घण्टा अस्पतालमा बिताएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

    २० घण्टा अस्पतालमा बिताएर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका छन्। मुटुको धड्कन बढ्ने समस्या देखिएपछि विहीवार राती ११ बजेर ३० मिनेटमा अस्पताल भर्ना भएका ओलीलाई अस्पतालले २० घण्टापछि डिस्चार्ज दिएको हो। प्रधानमन्त्री शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट शुक्रबार साझ बालुवाटार फर्किएको उनका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। ओली मिर्गौला प्रत्यारोपणपछि फागुन ३० गते…

    विस्तृतमा पढ्नुस्

  • धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण, दुबईबाट फर्केर पुगेका थिए अस्पताल

    धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण, दुबईबाट फर्केर पुगेका थिए अस्पताल

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको चौथो केस पुष्टि भएको छ। धनगढीका ३४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। संक्रमित व्यक्ति धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्। संक्रमित व्यक्ति दुबईबाट फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। संक्रमित चैत ११ गतेदेखि सेती अस्पतालमा भर्ना भएका हुन्। यसअघि अन्य तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell