काठमाडौं: कोरोना भाइरसको संक्रमण जोखिमले सम्पूर्ण क्षेत्र ठप्प छ। संक्रमण रोकथामका लागि लकडाउन गरिएको छ। रोजगारीका लागि राजधानीमा कोठा लिएर बसेका नागरिक यसको प्रत्यक्ष मारमा परेका छन्। सबै ठप्प हुँदा रोजगार पनि खोसिएको छ। यस्तो बेला कोठा भाडामा लिएर बस्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ। यो चिन्ताका बीच केही शुभ समाचार पनि सुनिए। काठमाडौं कलंकीका एक घरबेटीले तीन महिनाको…
काठमाडौः कोरोना भाइरसको संक्रमणको आशंका भएका मानिसलाई सम्बन्धित प्रशासनले क्वारेन्टाइनमा राख्ने गरेको छ। भक्तपुर जिल्लामा पनि धेरै मानिसलाई आशंकाको घरमा क्वारेन्टाइनमा राखिएको छ। भक्तपुरका विभिन्न ठाउँमा ७३ जनालाई होमक्वारेन्टाइनमा राखिएको छ। नेपाल प्रहरी, स्थानीय निकायलको निगरानीमा उनीहरुलाई होमक्वारेन्टाइनमा राखिएको हो। 'अहिलेसम्म आशंका गरिएका ७३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। तर उनीहरुमा कुनै त्यस्तो संकेत देखिएको जानकारी आएको छैन,' महानगरीय प्रहरी…
काठमाडौँ : विदेशबाट फर्कन चाहने नेपालीलाई नरोक्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। सीमा नाका बन्द र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता माधव बस्नेत तथा मीना खड्का बस्नेतले रिट दायर गरेका थिए। रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ। अदालतले चैत २४…
काठमाडौं: भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मजदुरहरुलाई ५/५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेका छन्। कोरोना भाइरसको संक्रमण बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि देशभर लकडाउन घोषणा गरेका बेला केजरीवालले मंगलबार साझ दिल्लीमा निर्माण कार्यमा संलग्न सबै मजदुरलाई ५/५ हजार दिइने बताए। लकडाउनका कारण दैनिक मजदुरी गर्ने मजदुरको रोजिरोटी खोसिएकाले राहतस्वरुप प्रतिमजदुर ५ हजार दिने उनको…
चिनियाँ व्यवसायी तथा अलिबाबा फाउन्डेसनका प्रमुख ज्याक माले पठाएको एन ९५ माक्स बोकेर चिनयाँ जहाज पाकिस्तानका लागि उडेको छ। चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवम् एसियाका सबैभन्दा धनाढ्य ज्याक माले शनिवारमात्र कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका थिए। उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट,…
काठमाडौं : नगरकोटमा रहेका ११ होटललाई क्वारेन्टाइनमा प्रयोग गरिने भएको छ। विश्वव्यापी भएको कोभिड १९ को संक्रमण बढ्ने सम्भावना देखिएलगत्तै नगरकोटका होटलमा एक हजार जना राख्न सक्ने गरी व्यवस्थापन मिलाइएको हो। क्वारेन्टाइन व्यवस्थापन कार्यदलका संयोजक मन्त्री योगेश भट्टराई आज नगरकोट पुगेर व्यवस्थापनको तयारी पूरा गरेको उनका प्रेस संयोजक प्रेम गुरागाईँले जनाएका छन्। सुरक्षाकर्मी र मेडिकल टिमका लागि पनि अलग्गै होटलको…
काठमाडौं : कोभिड - १९ को प्रकोप बढेसँगै स्वास्थ्य सेवा विभागले ७८ जना स्वास्थ्यकर्मीलाई करारमा लिन आवेदन खुलाएको छ। विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोभिड - १९, रोकथाम तथा नियन्त्रण सम्बन्धी काममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो। सात दिनभित्र निवेदन दिन विभागले आग्रह गरेको छ। विभागले एनेस्थेसियोलोजिस्ट ४ जना, एमडी (क्रिटिकल केयर/इन्टरनल मेडिसिन) ४ जना, मेडिकल अधिकृत १६…
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले विभिन्न देशमा रहेका नेपाली नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्। मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपाली नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत मन्त्री ज्ञवालीले जानकारी लिएका हुन्। सो भिडियो कन्फ्रेन्समा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसमेत सहभागी थिए। छलफलमा ती देशमा कोभिड-१९ को संक्रमण, नेपालीहरुको अवस्था र…
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १५ दिनको तलब दिने भएका छन्। पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए। झाले भने, ‘हाम्रो पार्टीको संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय सांसदहरुको १५…
काभ्रेः काभ्रे प्रहरीले लकडाउन उल्लङ्घन गर्ने सवारी साधन कुदाउनेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले मध्यान्ह १२ बजेसम्म ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो। सरकारले घोषणा गरेको नियम लाई ध्यान दिदै सवारी साधनहरु नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए। प्रहरीले १ सय ४३ वटा मोटरसाइकल, स्कुटर ११ वटा, कार ३ वटा, मिनिट्रक २ वटा…
काठमाडौं : नेपालमा कोरोनाको तेस्रो केस फेला परेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। कोरोना संक्रमण देखिएपछि एक किशोरीको टेकुमै उपचार भइरहेको छ। एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन्। दुई जना आइसोलेसनमा अझै रहेका छन्। अहिलेसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ। तीमध्ये ६ सय ८४…
काठमाडौं : प्रधिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसविरुद्ध प्रतिरक्षात्मक भएरमात्र नहुने आक्रामक भएर सामना गर्नुपर्ने बताएका छन्। पढ्नुस् गगन थापाको पत्र जस्ताको तस्तै : सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिकूल स्वास्थ्यका बावजुद पनि संकटको यो घडीमा आफ्नो जिम्मेवारी बोध गर्दै कामकाजमा फर्कनु भएकोमा यहाँको सराहाना गर्दछु । राष्ट्रको प्रमुख कार्यकारीको प्रत्यक्ष…
काठमाडौं: समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्। ७ दिनका लागि घोषणा गरिएको लकडाउन लम्बिन सक्ने भन्दै बाबुरामले ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज ल्याउन माग गरेका हुन्। 'कोरोना भाइरस संगसंगै भोक भाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं' बाबुरामले ट्वीटरमा भनेका छन्। देशको लकडाउन७ दिनभन्दा बढी लम्बिनसक्छ!अत:…
लखनऊ : कोरोना संक्रमित भारतीय गायिका कनिका कपूरको तेस्रो पटकको स्वास्थ्य परीक्षण रिपोर्ट पोजेटिभ नै आएको छ। मंगलबार राति तेस्रो सार्वजनिक रिपोर्टले उनको शरीरमा कोरोना भाइरस अझै जिवितै रहेको देखाएको हो। आइतबार सार्वजनिक दोस्रो रिपोर्ट पोजेटिभ देखिएको थियो। कनिकाको लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचार भइरहेको टाइम्स अफ इण्डियाले जनाएको छ। संस्थानका निर्देशक प्राडा आरके धिमानले कम्तीमा दुई वटा रिपोर्ट नेगेटिभ…
काठमाडौं : संघीय संसदको प्रतिनिधि सभा बैठक चैत २३ गते आइतबार बस्ने भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार चैत १३ गतेका लागि डाकिएको बैठक स्थगित गरिएको छ। कार्यवाहक महासचिव गोपालनाथ योगीले जारी गरेको सूचनाअनुसार कोभिड-१९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको र नयाँ मिति…
विराटनगर : विराटनगर महानगरपालिकामा लकडाउनको उल्लङ्घन गर्ने २ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर बखरीका ३४ वर्षीय दशरथ शाह र कञ्चनबाडीका ३२ वर्षीय नीतेश शर्मा छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार दुवैले लकडाउनको उल्लङ्घन गर्दै प्रहरीसित वादविवाद गरेपछि नियन्त्रणमा लिइएको हो। प्रहरीले बुधवार बिहान नै १ सय मोटर साइकल, १८ साइकल र १८…
रसियामा शक्तिशाली भूकम्प भएको छ। सेभरो कुरिलास्कको कुरिल टापुबाट २ सय १९ दक्षिणपूर्वमा भूकम्पको केन्द्र रहेको अमेरिकी जिओलोजिकल सर्भेले जनाएकव छ। यो टापु मेनल्यान्ड रसिया र जापानको बीचमा पर्छ।
काठमाडौं: कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानमा वित्तीय प्याकेजको घोषणा गरिएको छ। प्रधानमन्त्री इमरान खानले मंगलबार पत्रकार सम्मेलन गरेर विभिन्न प्याकेजको घोषणा गरेका हुन्। घोषित प्याकेजमा मजदुरको सहयोगका लागि २ सय अर्ब, उद्योगीहरु (निर्यातकर्ता र आयातकर्ता)को लागि १ सय अर्बको ट्याक्स रिफन्डस्, साना र मझौला उद्योगका लागि १ सय अर्ब, गरिब र निम्न वर्गका लागि १५० अर्ब, पेट्रोल,…
वुहान। कोभिड-१९ को आउटब्रेक इपिसेन्टर। सामान्य जीवनमा फर्किने तयारी गर्दै छ। मंगलवार त्यहाँका स्थानीय अधिकारीहरुले अप्रिल ८ देखि लगातार रुपमा लगाइएको यात्रा प्रतिबन्ध पूर्णरुपमा हटाउने घोषणा गरेको छ। यससँगै हुवेइ प्रान्तको राजधानी वुहानका जनता शहरबाहिर जान पाउने छन्। तर, त्यसका लागि उनीहरुले आफूसँग 'ग्रिन हेल्थ कोड' राखेको हुनुपर्ने छ। यसको मतलव कुनै पनि कोभिड-१९ का संक्रमित वा शंकास्पद व्यक्तिसँग सम्पर्कमा…
काठमाडौं : मंगलवारबाट सरकारले देशभर नै लकडाउन घोषणा गरेको छ। लकडाउनको समय कुनै पनि सार्वजनिक तथा निजी सवारीसाधन अनुमति नलिइ चलाउन पाइँदैन। तर, उपत्यकाभित्र मंगलवारको तुलानामा बुधवार बिहान धेरै सवारी साधन गुडेको पाइएको छ। लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधनलाई…