PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

  • बिहान ८ बजे मुल ढोकामै ताला लाग्यो कालीमाटी तरकारी बजारको

    बिहान ८ बजे मुल ढोकामै ताला लाग्यो कालीमाटी तरकारी बजारको

    काठमाडौं : सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी बिहान ८ बजेबाट बन्द भएको छ। बिहानदेखि बजार सुरु भएको थियो। कोरोना संक्रमणका कारण लकडाउन भएको दोस्रो दिन ८ बजेसम्म बजार खुलेको हो। बजार खुले पनि थोक बजार भएकाले मानिसहरुको भिड भने थिएन। ८ बजेअघिसम्म तरकारी बजार पुग्नेलाई भित्र जान दिइएको थियो भने त्यसपछि मुल ढोकामा नै ताल्चा लगाइएको छ। सरकारले अति आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुग्यो, तमिलनाडुमा पहिलोपटक संक्रमितको मृत्यु

    भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुग्यो, तमिलनाडुमा पहिलोपटक संक्रमितको मृत्यु

    काठमाडौं: भारतको तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ११ जना पुगेको छ। तमिलनाडुको मदुराईका ५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो। राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्यमन्त्री सी विजयबास्करले जानकारी दिएको पिटिआईले जनाएको छ। ती व्यक्ति अनियन्त्रित मधुमेह र उच्च…

    विस्तृतमा पढ्नुस्

  • इटालीमा स्थिति भयावह, मंगलबार मात्र ७४३ जनाको मृत्यु

    इटालीमा स्थिति भयावह, मंगलबार मात्र ७४३ जनाको मृत्यु

    काठमाडौं: कोरोना भाइरसको तीव्र संक्रमणले इटालीमा स्थिति नियन्त्रण बाहिर गएको छ। मंगलबार मात्र ७ सय ४३ जनाको मृत्यु भएको छ। यो सोमबारको तथ्यांकभन्दा १४१ जनाले बढी हो। लकडाउन घोषणा गरिए पनि यहाँ दुई सातायता मृत्युदर घट्ने संकेत देखिएको छैन। दिनप्रतिदिन बढ्दो छ। मंगलबार ७ सय ४३ जनाको मृत्यु भएसँगै इटालीमा मर्नेको संख्या ६ हजार ८ सय २० पुगेको रोयटर्सले जनाएको छ। संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कोषमा एनसेलको १० करोड रुपैयाँ सहयोग

    कोरोना कोषमा एनसेलको १० करोड रुपैयाँ सहयोग

    काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ दिएको छ। यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जनाएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद…

    विस्तृतमा पढ्नुस्

  • भारतमा २१ दिनका लागि लकडाउन घोषणा, मोदीले भने: २१ दिन संयमित भएनौ भने देश २१ वर्ष पछि धकेलिनेछ

    भारतमा २१ दिनका लागि लकडाउन घोषणा, मोदीले भने: २१ दिन संयमित भएनौ भने देश २१ वर्ष पछि धकेलिनेछ

    काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि भारतभर २१ दिनका लागि लकडाउन घोषणा गरेका छन्। मंगलबार साझ देशबासीका नाममा सम्बोधन गर्दै मोदीले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै आज राती १२ बजेदेखि लागु हुनेगरी तीन साताका लागि भारतमा पूर्ण लकडाउन हुने घोषणा गरे। उनले कोरोनाबाट बच्न घरबाट बाहिर ननिस्कन र सामाजिक दुरी कायम गर्न आह्वान गरे। घोषित…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई कोरोना भाइरस संक्रमण नभएको मिस वर्ल्ड आयोजक जुलियाको दावी

    आफूलाई कोरोना भाइरस संक्रमण नभएको मिस वर्ल्ड आयोजक जुलियाको दावी

    काठमाडौं : मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले तीन साताअघि ‘मिस वर्ल्ड’ टोनी एन सिंहसँग तीन दिने नेपाल भ्रमणमा आएकी थिइन्। सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको तीन दिने नेपाल भ्रमण सकेर फर्किएसँगै जुलियालाई कोरोना भाइरसको संक्रमण देखिएको चर्चा सामाजिक सञ्जाल तथा मिडियामा छायो। उनलाई कोरोना पोजेटिभ देखिएको भन्दै समाचारहरु पनि प्रकाशित भए। जुलियाले ती अफवाहको खण्डन गरिन्।  उनले आफूलाई रुघा खोकीले सताएपनि…

    विस्तृतमा पढ्नुस्

  • कोरोनापछि चीनमा देखियो हन्ता भाइरस, एक जनाको मृत्यु

    कोरोनापछि चीनमा देखियो हन्ता भाइरस, एक जनाको मृत्यु

    काठमाडौं: कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला चीनमा हन्ता भाइरसबाट एक जनाको मृत्यु भएको छ। चिनियाँ राष्ट्रिय अंग्रेजी पत्रिका ग्लोबल टाइम्सका अनुसार युनान प्रान्तका ती व्यक्तिको सोमबार मृत्यु भएको हो। उनको स्वास्थ्य परीक्षण रिपोर्टमा हन्ता भाइरस पोजेटिभ देखिएको थियो। सान्डंग प्रान्तमा कामका लागि चार्टर्ड बसबाट आएका ती व्यक्तिको मृत्यु भएपछि बसमा रहेका अन्य ३२ जना यात्रुको पनि स्वास्थ्य परीक्षण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संकट : दिल्लीमा घरभाडा मिनाहा गर्न केजरीवालको आग्रह, छुट दिने घरबेटी बढ्दै

    कोरोना संकट : दिल्लीमा घरभाडा मिनाहा गर्न केजरीवालको आग्रह, छुट दिने घरबेटी बढ्दै

    काठमाडौं: कोरोना भाइरसको संक्रमणको बढ्दो जोखिमले सबै कुरा ठप्प हुँदा भारतको नयाँदिल्लीमा घरभाडा मिनाहा गर्ने अभियान चलेको छ। कोरोनाले भाडामा बस्नेहरुको रोजिरोटी खोसिएपछि घरबेटीहरुले एकदेखि ३ महिनासम्मको भाडा मिनाहा गर्न थालेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घरभाडा मिनाहा गर्ने घरबेटीको नाम लिँदै मिनाहा गर्न सबै घरबेटीलाई आह्वान गरे। उनले कोरोनाले सबैभन्दा बढी मजदुरलाई समस्या परेको भन्दै उनीहरुलाई सके…

    विस्तृतमा पढ्नुस्

  • 'जाइ फूलको बासना सबैजना क्वारेन्टानमै बस न'

    'जाइ फूलको बासना सबैजना क्वारेन्टानमै बस न'

    काठमाडौं : कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ। यसैबीच फिल्मको छायांकनदेखि प्रदर्शनसम्मका कामहरु स्थगित हुँदा अधिकांश कलाकारहरु फुर्सदमा छन्। घरमै समय बिताइ रहेका कलाकारहरु सामाजिक सञ्जालमार्फत् कोरोना भाइरसविरुद्ध सावधानीका सन्देश प्रवाह गर्दैछन्। केही भने ‘सेल्फ क्वारेन्टाइन’बाट नै दर्शक, स्रोतालाई मनोरञ्जन दिलाइ रहेका छन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले हालै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका छन्। जसमा…

    विस्तृतमा पढ्नुस्

  • ‘सेल्फ क्वारेन्टाइन’बाटै गायक दीपक बज्रचार्यले गरे ‘भर्चुअल कन्सर्ट’

    ‘सेल्फ क्वारेन्टाइन’बाटै गायक दीपक बज्रचार्यले गरे ‘भर्चुअल कन्सर्ट’

    काठमाडौं : गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल सेल्फ क्वारेन्टाइनमा छन्। कोरोनो संक्रमण विश्वभर फैलिरहँदा बज्राचार्य गत बुधवार अस्ट्रेलियाबाट नेपाल फर्किएका थिए। नेपाल फर्किएसँगै उनी ललितपुरमा छुट्टै घर लिएर हाल आफ्नो ब्यान्ड मेम्बर सहित ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेका छन्। सरकारले देशभर लकडाउनको घोषणा गरिरहँदा बज्राचार्य भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन्। सोमवारदेखि भर्चुअल लाइभ प्रस्तुति शुरु गरेका बज्राचार्यले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ सरकारले कोरोना रोकथामका लागि स्थापना गर्‍यो १० करोडको कोष

    प्रदेश १ सरकारले कोरोना रोकथामका लागि स्थापना गर्‍यो १० करोडको कोष

    विराटनगर : प्रदेश नम्बर १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न १० करोडको कोष खडा गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’ खडा गरी उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको हो। मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय समन्वय समितिको निर्णय : कुनैपनि संघसंस्थाले कोरोना सम्बन्धी कोष खडा गर्न नपाउने

    उच्चस्तरीय समन्वय समितिको निर्णय : कुनैपनि संघसंस्थाले कोरोना सम्बन्धी कोष खडा गर्न नपाउने

    काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले कुनैपनि संघसंस्थाले कोष खडा गरेर पैसा उठाउन नपाउने निर्णय गरेको हो। बैठकपछि अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा…

    विस्तृतमा पढ्नुस्

  • सीमामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि नेपाल आउन दिइने, १४ दिन क्वारेन्टाइन अनिवार्य

    सीमामा अलपत्र परेका नेपालीलाई एक पटकका लागि नेपाल आउन दिइने, १४ दिन क्वारेन्टाइन अनिवार्य

    काठमाडौं : सरकारले भारत नेपालको सीमामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल आउन दिने भएको छ। आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अलपत्र परेकालाई नेपाल आउन दिने र अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको सरकरका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए। स्थानीय सरकारको निगरानीमा उनीहरुलाई क्वारेन्टाइनमा राखिने तयारी भएको छ। यस्तै, समितिले सामान आपुर्तिका लागि व्यवसायीलाई आग्रह गर्ने निर्णय पनि गरेको…

    विस्तृतमा पढ्नुस्

  • सेल्फ क्वारेन्टाइनमा फिटनेस किङ टाइगर सर्फ, भन्छन् : ‘धेरै खाएर मोटाइ सकें’

    सेल्फ क्वारेन्टाइनमा फिटनेस किङ टाइगर सर्फ, भन्छन् : ‘धेरै खाएर मोटाइ सकें’

    शारीरिक सुगठन र उत्कृष्ट नृत्यका लागि चर्चित छन् बलिउड अभिनेता टाइगर सर्फ। टाइगरका हरेक फिल्ममा उनले शरीर बनाउन गरेको मिहेनतको चर्चा हुने गरेको छ।  यतिबेला कोरोना भाइरस संक्रमणको प्रभाव बलिउडमा परेको छ नै। साथै शारीरिक सुगठनका लागि मिहेनत गर्ने टाइगर लगायतको दैनिकी र शरीरमा पनि परेको छ। बुबा ज्याक्की, आमा आयशा र बहिनी कृष्णासँग घरमै छन् उनी। त्यसरी घरमै बस्दा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन गर्दा केही अप्ठेरो भयो? महानगरपालिकालाई सिधै गर्नुस सम्पर्क

    लकडाउन गर्दा केही अप्ठेरो भयो? महानगरपालिकालाई सिधै गर्नुस सम्पर्क

    काठमाडौं: काठमाडौं महानगरले सरकारले लक डाउन गरेका बेला कुनै अप्ठ्यारो परे महानगरभित्रका जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ। जनप्रतिनिधि तथा कर्मचारीलाई महानगरका जनतालाई अप्ठेर परे सहयोग गर्न तयार रहन निर्देशन दिएको छ। कोरोना भाइरसको आशंका लागेका बिरामीलाई अस्पताल लैजान परे एम्बुलेन्सका लागि १०२ मा फोन गर्न महानगरले अपील गरेको छ। महानगरद्वारा जारी अपीलमा अप्ठेरो परे महानगर प्रमुख विद्यासुन्दर शाक्य र…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले रोक्यो घोडे जात्रा

    कोरोनाले रोक्यो घोडे जात्रा

    काठमाडौ : नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा गर्दै आएको घोडेजात्रा स्थगित भएको छ। विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) को संक्रमणलाई ध्यान दिदै यस वर्षको समारोह स्थगित गरिएको नेपाली सेनाले जानकारी दिएको छ। काठमाडौँको टुँडिखेलमा प्रत्येक वर्ष चैतकृष्ण औँशीका दिन परम्परागत घोडेजात्रा पर्व मनाउने गरिन्छ। सरकारको निर्णय अनुसार आजदेखि सात दिनको लागि देशभर लकडाउनमा छ। त्यस्तै सरकारले कुनै पनि सभा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाविरुद्ध गोकर्णेश्वर नगरपालिकाको रेस्पोन्स हटलाइन सुरु

    कोरोनाविरुद्ध गोकर्णेश्वर नगरपालिकाको रेस्पोन्स हटलाइन सुरु

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कोरोना संक्रमणविरुद्ध जुट्नका लागि रेस्पोन्स हटलाइन टिम गठन गरेको छ। डाक्टर सुवास प्याकुरेलको संयोजकत्वमा १० सदस्यीय हटलाइन टिम तयार गरेको हो। गोकर्णेश्वर नगरपालिकाको नगरस्तरीय निर्देशक समितिको निर्णयअनुसार कोरोना भाइरसबारे जिज्ञासा र समस्या परेको भए त्यसका लागि सहयोग उपलब्ध गराउन टिम गठन भएको हो। रेस्पोन्स टिममा निम्न डाक्टरहरु रहेका छन् -

    विस्तृतमा पढ्नुस्

  • साझामा मास्क किन्नेहरु लाइनमा डेढ मिटर अन्तरमा, ग्याप मिलाउन पनि प्रहरी नै परिचालित

    साझामा मास्क किन्नेहरु लाइनमा डेढ मिटर अन्तरमा, ग्याप मिलाउन पनि प्रहरी नै परिचालित

    काठमाडौं : साझाको औषधि बिक्री कक्षमा आज पनि मानिसहरुको लाइन देखियो - मास्क किन्न। कालोबजारी गर्न लागेको मास्क प्रहरीले जफत गरेपछि सरकारी अस्पताल र साझा मार्फत् बिक्री गर्न शुरु गरिएको थियो। तर, शुरुको दिनदेखि नै मास्क लिन जानेहरु जोखिम मोलेर भिडभाडमा छिरिरहेका थिए। प्रहरी नै परिचालन भएर मास्क लिनेलाई लामवद्ध बनाउन परेको थियो। यही साझाको बिक्री कक्षमा आज देखिएको दृष्य…

    विस्तृतमा पढ्नुस्

  • धर्मका नाममा कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर पक्राउ

    धर्मका नाममा कोरोना नलाग्ने अफवाह फैलाउने पास्टर पक्राउ

    पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले धर्मका नाममा कोरोना भाइरसबारे अफवाह फैलाउने एक पास्टरलाई नियन्त्रणमा लिएको छ। प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई पोखरा २९ पावर हाउसबाट नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आचार्यविरुद्ध धर्मका नाममा अफवाह फैलाएको कसुरमा मुद्दा चलाइने छ। आचार्यले यशुका अनुयायीलाई कोरोना भाइरस नलाग्ने भन्दै प्रवचन दिएका थिए। उक्त भिडियो सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित किशोरीसँगै आएका युवा बस चढेर गएका थिए बागलुङ: मेयर भन्छन्, 'हृष्टपुष्ट भएकाले परिवारको जिम्मा लगायौं'

    कोरोना संक्रमित किशोरीसँगै आएका युवा बस चढेर गएका थिए बागलुङ: मेयर भन्छन्, 'हृष्टपुष्ट भएकाले परिवारको जिम्मा लगायौं'

    काठमाडौं : फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित किशोरी चढेकै जहाजमा आएका युवा बस चढेर काठमाडौंबाट बागलुङ पुगेको पाइएको छ। वैदेशिक रोजगारीका लागि कतारमा रहेका २४ वर्षका युवा संक्रमित किशोरीसँगै कतारबाट एउटै प्लेनमा नेपाल आएका थिए। चैत ४ गते काठमाडौं पुगेका उनी बस चढेर बागलुङ गएका हुन्। उनी ५ गते आफ्नो घर बागलुङ पुगेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए। बागलुङको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell