PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • जनता लकडाउनमा, सरकार होइन ! [सम्पादकीय]

    जनता लकडाउनमा, सरकार होइन ! [सम्पादकीय]

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो ट्विट गर्दै सबैलाई घरमै बस्न आग्रह गरे। सँगै भने - म पनि घरमै बसेर सरकार चलाइरहेको छु। प्रधानमन्त्री ओलीको आशय देशवासी सुरक्षित हुन् भन्ने होला तर घरमै बसेर देश चलाउने अभिव्यक्तिले अर्को पनि संदेश प्रवाह भएको छ- सबैले घरमै बसेर देश चलाउने हो त उसो भए? संदेश र अर्थबीच अन्तर हुन्छ भन्ने पक्कै पनि प्रधानमन्त्रीको ट्विटर…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा रहेको दूतावासले नेपालीसँग माग्यो विवरण, ८ हजारमा १२ सयले मात्र बुझाए जानकारी

    बेइजिङमा रहेको दूतावासले नेपालीसँग माग्यो विवरण, ८ हजारमा १२ सयले मात्र बुझाए जानकारी

    काठमाडौं: कोभिड-१९ को महामारी फैलिएसँगै बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीहरुसँग सम्पर्कलाई बढाउँदै गएको छ। कोभिड-१९ को आउटब्रेक इपिसेन्टर हुवेइ प्रान्तमा रहेका १७५ जना नेपालीलाई उद्धार गरी नेपाल फर्कायो। सँगै दूतावासले अन्य स्थानमा रहेका नेपालीहरुको लगत संकलनका लागि अनलाइनबाट आवेदन खुला गर्‍यो। फेब्रुअरी २८ (फागुन १६ गते) दूतावासले सार्वजनिक सूचना जारी गर्दै आवेदन खुला गरेपछि अपेक्षाअनुरुप भने नेपाली सहभागी नभएको दूतावासका…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा लकडाउन उल्लङ्घन गर्ने १५० जना पक्राउ, ३० मिनेट सचेतना कक्षा

    सिन्धुपाल्चोकमा लकडाउन उल्लङ्घन गर्ने १५० जना पक्राउ, ३० मिनेट सचेतना कक्षा

    मेलम्चीः सिन्धुपाल्चोकमा लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग  ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताए।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जोखिम नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीको एक महिनाको तलब

    कोरोना जोखिम नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीको एक महिनाको तलब

    विराटनगरः प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने  निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ। सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ। कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र  उपसभामुख सरस्वती पोखरेलले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले नेपाललाई दियो दुई हजार टेस्ट किट, स्थलमार्गबाट नेपाल आउँदै

    कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले नेपाललाई दियो दुई हजार टेस्ट किट, स्थलमार्गबाट नेपाल आउँदै

    काठमाडौँ: चीनको राजधानी बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि दुई हजार टेस्ट किट सहयोग गरेको छ। बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको हो। चिनियाँ कम्पनीले नेपाल सरकारलाई कोभिड-१९ विरुद्धको लडाईँमा सहयोग गरेको हो। म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोको तर्फबाट काठमाडौंमा काम गरिरहेको इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीका अनुसार नेपालमा परीक्षण सुविधामा अभाव…

    विस्तृतमा पढ्नुस्

  • पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी

    पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी

    काठमाडौं : सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरबाटै देश चलाएको भनिसकेका छन्। उनले सबैलाई घरमै बस्न भनेका छन्। तर, लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ। सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन्। तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीले आइसोलेसन वार्ड र आइसियु बनाउन खोल्यो बोलपत्र, १६ गते नै टेन्डर खुल्ने

    नेपाल प्रहरीले आइसोलेसन वार्ड र आइसियु बनाउन खोल्यो बोलपत्र, १६ गते नै टेन्डर खुल्ने

    काठमाडौं : कोरोनाको संक्रमण बढ्ने संकेतसँगै नेपाल प्रहरी अस्पतालले आइसोलेसन वार्ड तथा आइसियु बनाउने भएको छ। तत्काल प्रिफेव आइसोलेसन वार्ड र प्रिफेव आइसोलेसन आइसियु वार्ड समेत आकस्मिक रुपमा बनाउनुपर्ने भएपछि त्यसका लागि सूचना जारी गरेको छ। विशेष परिस्थितिमा आकस्मिक रुपमा तत्काल खरीद तथा निर्माण गर्नुपर्ने भन्दै प्रहरी अस्पताल महाराजगंजले यही १६ गतेभित्र इच्छुक फर्म, संस्था वा कम्पनीलाई बोलपत्र विवरण बुझाउन…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीबाट एक नेपालीको प्रधानमन्त्रीलाई खुला पत्र, नर्स दिदीलाई दायित्ववोध गर्न आग्रह

    जर्मनीबाट एक नेपालीको प्रधानमन्त्रीलाई खुला पत्र, नर्स दिदीलाई दायित्ववोध गर्न आग्रह

    एलिजा हुमागाईँ -   म जर्मनी आइपुगेको चार वर्ष लाग्यो। कोरोनाको महामारी सुरु हुनुभन्दा पहिले युरोपको राजनीति बुझ्नुपर्छ भन्ने कहिल्यै लागेन। म पढ्न आएको मान्छे हुँ। पढ्छु, फर्कन्छु भन्ने अझै छ मनभित्र। भिसा एक्स्टेन्ड गर्ने बेला हरबखत यहाँको सरकारी कार्यालयहरूमा अनेक समस्या झेल्नुपर्छ।   कोरोना सुरू भएको पहिलो दिनदेखि नै म न्युज फलो गरिराखेको छु। चीनमा महामारी फैलिँदा विश्व स्वास्थ्य संगठन हतारमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना : पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ र इटालीमा ६८३ को मृत्यु, विश्वभर मर्नेको संख्या २० हजार नाघ्‍यो

    कोरोना : पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ र इटालीमा ६८३ को मृत्यु, विश्वभर मर्नेको संख्या २० हजार नाघ्‍यो

    काठमाडौं: कोरोना भाइरस संक्रमणबाट स्पेनमा एकैदिन ७३८ जनाको मृत्यु भएको छ। यससँगै स्पेनले पहिलोपटक कोरोना भाइरस देखिएको चीनलाई मृतक संख्यामा उछिनेको छ। इटालीपछि सबैभन्दा बढी मृत्यु स्पेनमा भइरहेको छ। जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार स्पेनमा बुधबार सबैभन्दा धेरै ७३८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ४ सय ३४ पुगेको छ। यहाँ संक्रमितको संख्या ४७ हजार ६ सय १० रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमा जानकारीमूलक मिम जसलाई हेरेर रमाइरहेका छन् त्रासबीच मानिस

    सामाजिक सञ्जालमा जानकारीमूलक मिम जसलाई हेरेर रमाइरहेका छन् त्रासबीच मानिस

    कोरोना भाइरस विश्वका लागि एक दु:खद् सत्य बन्यो। डिसेम्बरको अन्त्यमा चीनमा फैलिएको यस भाइरसबारे जानकारी धेरैका लागि कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो बनेको थियो। धेरै राष्ट्रका मानिसले उक्त भाइरस आफ्नो देशमा फैलन सक्ने कल्पना समेत गरेका थिएनन्। तर फैलदो संक्रमण र संक्रमणकै कारण भइरहेको मृत्युको पीडामा थियो चीन। कोरोना भाइरले खुशी हुनुपर्ने कारण दिएको थिएन। तर पनि चीनका स्वास्थ्यकर्मी…

    विस्तृतमा पढ्नुस्

  • सेल्फ क्वारेन्टाइनको छैटौं दिन नम्रता श्रेष्ठको सन्देश : ख्याल राखौं, जिम्मेवार बनौं

    सेल्फ क्वारेन्टाइनको छैटौं दिन नम्रता श्रेष्ठको सन्देश : ख्याल राखौं, जिम्मेवार बनौं

    काठमाडौं: अभिनेत्री नम्रता श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाइनमा छिन्। पाँच दिनदेखि उनी घरबाट बाहिर निस्किएकी छैनन्। बुधबार सेल्फ क्वारेन्टाइनबाटै उनले कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउन अपिल गरेकी छिन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् भिडियो सन्देश सार्वजनिक गरेकी हुन्। भनेकी छिन्,’आशा गर्छु यहाँहरु सबै जना घरमै हुनुन्छ र आफ्नो ख्याल राख्नु भएको छ।‘ उनले आफूपनि घरभित्रै बसेर विश्वव्यापी माहामारीविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • चीनतर्फको व्यापारिक नाका खोल्ने सरकारको तयारी, यस्ता छन् कोरोना समन्वय समितिका निर्णय

    चीनतर्फको व्यापारिक नाका खोल्ने सरकारको तयारी, यस्ता छन् कोरोना समन्वय समितिका निर्णय

    काठमाडौं : सरकारले चीनतर्फको व्यापारिक नाका खोल्ने निर्णय गरेको छ। बुधवार बसेको कोरोना समन्वय समितिको बैठकले यो नाका खोल्ने निर्णय गरेको हो। बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात गर्ने निर्णय गरेको हो। नाका खोल्दा आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • ‘कोभिड १९’विरुद्ध सचेतनाका लागि बलिउडकर्मी सक्रिय, प्रियंकाले गरिन् विश्व स्वास्थ्य संगठनका डाक्टरसँग प्रत्यक्ष कुराकानी

    ‘कोभिड १९’विरुद्ध सचेतनाका लागि बलिउडकर्मी सक्रिय, प्रियंकाले गरिन् विश्व स्वास्थ्य संगठनका डाक्टरसँग प्रत्यक्ष कुराकानी

    विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको छ। जसको प्रभाव मानिसको दैनिकीमा प्रत्यक्ष रुपमा परेको छ। प्राय बलिउड कलाकारपनि फूर्सदिला भएका छन्। उनीहरु सामाजिक सञ्जालमार्फत् आफ्नो दैनिकीको जानकारी दिने र कोभिड १९ विरुद्ध सावधानी अपनाउन सन्देश प्रवाह गर्दैछन्। भिडियोमार्फत् बलिउड स्टारदेखि चर्चित जोडीहरुले कोभिड १९ विरुद्ध सावधानी अपनाउन अपिल गरिरहेका छन्। फिल्म ‘राधे’ छायांकन स्थगनले ठूलै आर्थिक क्षति भोगेका सलमान खान पनि हाल…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध ‘हाम्रो पात्रो’ र नेपाल चिकित्सक संघको सहकार्य, भिडियो कलमार्फत् लिन सकिने डाक्टरसँग परामर्श

    कोरोना भाइरसविरुद्ध ‘हाम्रो पात्रो’ र नेपाल चिकित्सक संघको सहकार्य, भिडियो कलमार्फत् लिन सकिने डाक्टरसँग परामर्श

    काठमाडौं : नेपाली एप्लिकेसन ‘हाम्रो पात्रो’ले भिडियोमार्फत् डाक्टरसँग परामर्श लिन ‘एनसेल कल टु डाक्टर’ सेवा शुरुवात गरेको छ। नेपाल चिकित्सक संघ र एनसेलसँगको सहकार्यमा घरमै बसी कोरोना भाइरस (कोभिड १९) सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव दिन यो सेवा शुरु गरेको हो। अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून् भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार…

    विस्तृतमा पढ्नुस्

  • कतारबाट आएका १३ जना प्रहरीको सर्भिलेन्सभित्र, सबै होम - क्वारेन्टाइनमा, बाँकी खोज्दै प्रहरी

    कतारबाट आएका १३ जना प्रहरीको सर्भिलेन्सभित्र, सबै होम - क्वारेन्टाइनमा, बाँकी खोज्दै प्रहरी

    काठमाडौं : 'हामी चार जना साथी विमानमा सँगै आएका थियौं। समाचार आएपछि मंगलवार नै म अस्पताल गएँ र चेक गराए। तापक्रम पनि नर्मल छ। डराएको छैन, म होम क्वारेन्टाइनमा छु।' चैत ४ गते कतारको दोहाबाट नेपाल फर्किएका इलामका एक युवकले पहिलोपोस्टसँग भने। ४ गते कतार एयरलाइन्सको ६५२ नम्बर कलसाइन विमानबाट आएकी १९ वर्षीय किशोरीमा संक्रमण देखिएपछि अहिले त्यो विमानमा आउने…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री भन्छन्: तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं

    स्वास्थ्यमन्त्री भन्छन्: तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं

    काठमाडौं: स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ढकालले आगामी तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याइसक्ने बताए। 'तत्कालै मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं। ३ दिनभित्र ल्याउन सफल हुन्छौं', उनले भने। उक्त सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा सेना, प्रहरी र यातायात मन्त्रालयमार्फत प्रदेश, जिल्ला र प्रभावित क्षेत्रमा पुर्‍याइने छ। यसअघि चीनले नेपाललाई…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमण प्रभाव, रोकियो बलिउड जोडीको विवाह

    कोरोना भाइरस संक्रमण प्रभाव, रोकियो बलिउड जोडीको विवाह

    बलिउड जोडी अलि फजल र ऋचा चढ्डाले गत फेब्रुअरीमा विवाह घोषणा गरेका थिए। अप्रिल तेस्रो साता अदालतमा विवाह दर्ता र रिसेप्सन पार्टी आयोजना गर्ने योजनामा थिए उनीहरु। तर, विश्वभर कोरोना भाइरस संक्रमण फैलदो अवस्थामा उनीहरुले विवाह स्थगित गरेका छन्।   हालै एक विज्ञप्ती जारी गर्दै उनीहरुले विवाह समारोह पछि सारेको जानकारी दिएका हुन्। विज्ञप्तीमा लेखिएको छ,’हामी चाहन्छौं सबै जना खुशी र…

    विस्तृतमा पढ्नुस्

  • अब कोरोना भाइरसको परीक्षण टेकुमा, उपचार पाटनमा

    अब कोरोना भाइरसको परीक्षण टेकुमा, उपचार पाटनमा

    काठमाडौं: सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार पाटन अस्पतालमा गर्ने निर्णय गरेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा विरामीको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पतालमा उपचार गर्ने व्यवस्‍था मिलाएको हो। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि विरामीलाई पाटन उपचार गरिने बताए। 'टेकुमा स्वास्‍थ्य परीक्षणपश्चात कोरोना संक्रमण प्रमाणित भएमा पाटन अस्पताल उपचार गरिने व्‍यवस्था मिलाएका छौं', ढकालले…

    विस्तृतमा पढ्नुस्

  • युएईबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति, होटलमै गम्भीर विरामी भएर ५ दिनपछि टेकु पुग्दा देखियो पोजेटिभ

    युएईबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति, होटलमै गम्भीर विरामी भएर ५ दिनपछि टेकु पुग्दा देखियो पोजेटिभ

    काठमाडौं: कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति युएई*बाट आएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार अपराह्न मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालमा तेस्रो संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको र उनी चैत ६ गते युएई*बाट आएको जानकारी दिए। 'यहाँ आएर होटलमा बसेका थिए। हिजो धेरै असहज भएपछि अस्पताल भर्ना हुँदा पोजेटिभ देखियो', मन्त्री ढकालले भने, 'उहाँ बसेको होटल, सम्पर्कमा…

    विस्तृतमा पढ्नुस्

  • 'कोरोना भाइरस पार्टी' भन्दै 'रमाइलो' गर्नेमै भेटियो कोभिड १९ को संक्रमण

    'कोरोना भाइरस पार्टी' भन्दै 'रमाइलो' गर्नेमै भेटियो कोभिड १९ को संक्रमण

    अमेरिकाको केन्टुकेमा एकजना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ जसले हालै एउटा पार्टीमा सक्रिय सहभागिता जनाएका थिए। संक्रमित व्यक्ति ती हुन् जसले 'कोरोना भाइरस' पार्टीमा सहभागिता जनाएका थिए। सामाजिक दुरी कायम गर्न भनिरहेकै बेलामा युवाहरुको टोलीले 'कोरोना भाइरस पार्टी' आयोजना गर्दै 'रमाइलो' गरेका थिए। विश्वभर कोरोनाको कहर मच्चिरहेको समयमा सबैतिर सामाजिक दुरी कायम राख्न भनिएको छ। तर, उनीहरु भने कोरोनाबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell