PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

  • कोरोनाविरुद्धको लडाईंमा चीन नेपालको साथमा छ: राजदूत यान्छी

    कोरोनाविरुद्धको लडाईंमा चीन नेपालको साथमा छ: राजदूत यान्छी

    काठमाडौं: चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसविरुद्ध नेपालको लडाईंमा चीनले सहयोग गर्ने बताएकी छिन्। फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण देखिएसँगै सरकारले लकडाउनको घोषणा गरेका बेला राजदूत यान्छीले चीन नेपालको साथमा रहेको बताइन्। उनले नेपाललाई सहयोग गर्न चिकित्सा सागम्रीहरु तयारी अवस्थामा रहेको र आवश्यक परेका बेला पठाइने पनि ट्वीटरमार्फत जानकारी दिएकी छिन्।  कोरोना भाइरसविरुद्ध लडाईंमा नेपालले सफलता हासिल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई गगनको प्रश्न: लकडाउनमा नागरिकले के गर्न पाउँछन्,के पाउँदैनन्?

    सरकारलाई गगनको प्रश्न: लकडाउनमा नागरिकले के गर्न पाउँछन्,के पाउँदैनन्?

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले लकडाउनबारे नागरिकलाई प्रष्टरुपमा जानकारी गराउन सरकारसँग माग गरेका छन्। थापाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई लकडाउनमा के गर्न पाउने, के नपाउने भन्ने अलमल देखिएको भन्दै तत्काल प्रष्ट पार्न आग्रह गरेका छन्। नागरिक लकडाउनमा पनि घरबाहिर निस्किरहेको, मर्निङ वाकमा हिँडिरहेका बेला थापाले ट्वीटरमार्फत लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका अर्का व्यक्ति पनि भेटिए, स्वास्थ्यकर्मीको टोली जाँदै

    कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट आएका अर्का व्यक्ति पनि भेटिए, स्वास्थ्यकर्मीको टोली जाँदै

    काठमाडौं: फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोही जहाजमा काठमाडौं आएका एक जना अर्का व्यक्ति पनि सम्पर्कमा आएका छन्। बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि मेयरसहित चिकित्सकको टोली त्यसतर्फ जाँदैछ। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले ती व्यक्ति सम्पर्कमा आएको र स्वास्थ्यकर्मीसहित आफूहरु अधिकारीचौर पुग्न लागेको बताए। 'ती व्यक्तिसँग सम्पर्क भएको छ। हामी पुग्दैछौं। ज्वरो आउने…

    विस्तृतमा पढ्नुस्

  • जथाभावी निस्कने तयारीमा त हुनुहुन्न? प्रहरी यसरी छ तैनाथ...

    जथाभावी निस्कने तयारीमा त हुनुहुन्न? प्रहरी यसरी छ तैनाथ...

    काठमाडौं: मानिसहरुको जमघट बन्द गराउने उद्देश्यसहितको लक डाउन सुरु भएको छ। बिहान ६ बजे सुरु भएको लकडाउनका कारण सडक सुनसान देखिएको छ। सडकमा खटिएका सुरक्षाकर्मीले सडकमा हिड्ने मानिसलाई चेक गरिरहेका देखिन्छन्। 'हामीले प्रयाप्त सङ्ख्यामा प्रहरी परिचालन गरेका छौं। सरकारको निर्णय अवज्ञा नगर्नुहोला,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको त्रासले माहोल गुमाएको कालीमाटीको तरकारी बजार

    लकडाउनको त्रासले माहोल गुमाएको कालीमाटीको तरकारी बजार

    काठमाडौः मध्यरातसम्म मानिसहरु खाद्यान्न किन्न किराना पसलमा बसिरहेकाले हामीलाई चासो थियो बिहानको तरकारी बजारको माहोल के होला? त्यसैले निस्कियौं, मुलुककै सबैभन्दा ठूलो तरकारी थोक बिक्री हुने कालीमाटीस्थित तरकारी बजार। यहाँको माहोल पहिले जस्तो हुन्थ्यो, आज थिएन। किन्न आउनेको फाट्ट फुट्टमात्र देखिए। जोखिम मोलेर धेरै परिमाणमा तरकारी किन्नेहरु जोखिम मोल्न चाहँदैन थिए। किनकि आजबाट लकडाउन हुँदैछ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • युएईमा भए दुई नेपाली कोरोनामुक्त, ४५ नयाँ पीडित थपिँदा छैन नेपालीको नाम

    युएईमा भए दुई नेपाली कोरोनामुक्त, ४५ नयाँ पीडित थपिँदा छैन नेपालीको नाम

    दुवई : सोमबारमात्रै संयुक्त अरब इमिरेटस (युएई)मा थप ४५ जना मानिसमा कोरोनाको संक्रमण देखिँदा नेपालीहरुलाई भने थोरै भए पनि सन्तोष मिल्न खबर प्राप्त भएको छ। युएईमा कोरोनाबाट संक्रमित भएका दुई नेपाली स्वस्थ भएर फर्केको गल्फ न्युजले जनाएको छ। एकै दिन युएईमा सबैभन्दा धेरैमा संक्रमण देखिएको हो। यहाँ अहिलेसम्म १ सय ९८ जनामा कोभिड १९ को संक्रमण देखिएको स्वास्थ्य तथा रोकथाम…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातसम्मै चल्यो किनमेल : कोरोनाको चिन्तासँगै लकडाउनका लागि खाद्यको जोहो

    मध्यरातसम्मै चल्यो किनमेल : कोरोनाको चिन्तासँगै लकडाउनका लागि खाद्यको जोहो

    काठमाडौं : सरकारले आजदेखि लागू हुने गरी सिंगो देशमा लकडाउन घोषणा गरेपछि गएको मध्यरात सम्म खाद्यान्न पसलहरुमा मानिसको भिड लाग्यो। नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिको पहिचान भएलगत्तै सरकारले लकडाउनको निर्णय गर्‍यो जसमा प्रष्टसँग भनिएको छ - खाद्यान्न लिनका लागि रोक लगाइने छैन। तर, लकडाउन भन्नसाथ काठमाडौंको भाटभटेनी, बिगमार्ट, सेलवेज लगायतका स्टोरहरुमा मानिसको चाप ह्वात्तै बढ्यो। ती सबै स्टोर तोकिएको अबधिभन्दा…

    विस्तृतमा पढ्नुस्

  • खबरदार ! लकडाउनको समयमा यी कार्यहरु नगर्नुहोला

    खबरदार ! लकडाउनको समयमा यी कार्यहरु नगर्नुहोला

    काठमाडौं : सरकारले आज बिहान ६ बजेबाट देशभर लकडाउन गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो राति बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहान ६ बजेदेखि लागू हुनेगरी १८ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। सरकारले लकडाउनको समयमा घर बाहिर ननिस्किन अनुरोध गरिसकेको छ। कसैले सरकारको निर्णय विरुद्ध गएर काम गरेमा नियम उल्लंघन गर्नेलाई संक्रामक…

    विस्तृतमा पढ्नुस्

  • भारतमा एकै दिन ९९ जनामा कोरोनाको संक्रमण, दुईको मृत्यु : नेपालसँग जोडिएको पश्चिम वंगालमा एकको गयो ज्यान

    भारतमा एकै दिन ९९ जनामा कोरोनाको संक्रमण, दुईको मृत्यु : नेपालसँग जोडिएको पश्चिम वंगालमा एकको गयो ज्यान

    नयाँ दिल्ली : कोभिड १९ पोजेटिभको संख्या एकै दिन ९९ जना थपिएपछि भारतमा यसबाट पीडित हुने ५ सयको नजिक पुगेका छन्। सोमबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ४ सय ९८ पुगिसकेको छ। दुई जना कोरोना पीडितको पनि हिजै मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार यी दुई सहित भारतमा कोरोनाको कहरबाट मर्नेको संख्या ९ पुगेको छ। भारतमा पछिल्ला तीन दिनमा…

    विस्तृतमा पढ्नुस्

  • अटेर गर्दै विमानस्थलमा अवतरण भएको इत्तिहाद एयरको विमान फर्कियो, उत्रिएका दुई नेपाली क्वारेन्टाइनमा

    अटेर गर्दै विमानस्थलमा अवतरण भएको इत्तिहाद एयरको विमान फर्कियो, उत्रिएका दुई नेपाली क्वारेन्टाइनमा

    काठमाडौं : इन्धन सकिन लाग्यो भन्दै विमान त्रिभुवन विमानस्थलमा सोमबार साँझ अवतरण गरेको इत्तिहाद ए ३२० विमानमा रहेका दुई नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा लगिएको हो। कोरोना संक्रमण भएपछि नेपालले विदेशमा रहेका नेपालीलाई पनि ल्याउन निषेध गरिसकेको छ। यसअघि सिंगापुरको सिल्क एयरबाट भित्रिएका ३ नेपालीका कारण विमानस्थलमा हंगामा भएपछि उनीहरुलाई पनि क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • आज बिहानैबाट मुलुकभर लक डाउन, नटेर्नेलाई छ महिनासम्मको कैद

    आज बिहानैबाट मुलुकभर लक डाउन, नटेर्नेलाई छ महिनासम्मको कैद

    काठमाडौं : सरकारले आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउन भएपछि आज बिहान ६ बजेबाट सरकारले अनुमति दिएका अधिकारी र अन्य मानिस बाहेक अरु बाहिर निस्कन पाइँदैन। बिहानबाट नै सुरक्षाकर्मी सडकमा परिचालन हुनेछन्। गृह मन्त्रालयले सोमवार नै सम्पूर्ण सुरक्षा निकायलाई पत्रचार गर्दै सुरक्षा कडा बनाउन निर्देशन दिइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले आज बिहानबाट लागू हुने लकडाउनको सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • उद्योग बन्द गरी कामदार तथा कर्मचारीलाई बिदा दिन महासंघको अपिल

    उद्योग बन्द गरी कामदार तथा कर्मचारीलाई बिदा दिन महासंघको अपिल

    काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना मातहतका सबै संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई उद्योग बन्द गरी कामदार तथा कर्मचारीहरूलाई बिदा दिन अपिल गरेको छ। महासंघले सोमवार विज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो। महासंघले नेपाल सरकारले गरेको भोलि बिहान ६ वजेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेसम्म अत्यावश्यक सेवा बाहेक कोही पनि घर बाहिर निस्कन नपाउने लगायतका निर्णयलाई मनन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली बसपार्क र देशभित्रै अलपत्र परेका नेपालीको उद्दार गर्न कांग्रेस नेता बडूको अनुरोध

    दिल्ली बसपार्क र देशभित्रै अलपत्र परेका नेपालीको उद्दार गर्न कांग्रेस नेता बडूको अनुरोध

    काठमाडौं : नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेपाल आउने क्रममा भारतका विभिन्न सीमा नाका र बाटोमा अलपत्र परेका नेपालीलाई ल्याउनुपर्ने बताएका छन्। सरकारले मुलुकमा लक डाउन गरेपछि उनले सोमवार राति ट्विट गर्दै उनले सुदूर पश्चिम प्रदेशका नागरिकहरु सीमा नाका र दिल्ली बसपार्कमा अलपत्र परेको जनाउँदै उनीहरुको उद्दार हुनुपर्ने जनाएका हुन्। 'आजैदेखि छिमेकी भारतसँग जोडिएका सबै नाकाहरु र सार्वजनिक सवारीहरु समेत…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम कोषलाई उपराष्ट्रपति पुनले एक महिनाको तलब दिने

    कोरोना रोकथाम कोषलाई उपराष्ट्रपति पुनले एक महिनाको तलब दिने

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्। सोमवार उपराष्ट्रपतिको निजी सचिवालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै एक महिनाको तलब प्रदान गरिने जानकारी दिएको हो। त्यस्तै, उपराष्ट्रपति पुनले सर्वसाधारणलाई नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि…

    विस्तृतमा पढ्नुस्

  • सुन्दर यातायातले भोलिबाट सबै सेवा बन्द गर्ने

    सुन्दर यातायातले भोलिबाट सबै सेवा बन्द गर्ने

    काठमाडौं : सुन्दर यातायात प्रालिले भोलिबाट सबै यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ। प्रालिले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन यातायात सेवा बन्द गरिएको जनाएको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुको अमुल्य जिवनको ख्याल गर्दै रोगबाट सतर्क र सुरक्षित रहन आफ्ना सम्पूर्ण सार्वजनिक बसहरु यहि मिति २०७१।१२।११ गते बाट केही समय सम्मको लागि यातायात सेवा बन्द गरिएकोमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस रोकथाम कोषलाई निर्माण व्यवसाय विकास परिषद्को १ करोड

    कोरोना भाइरस रोकथाम कोषलाई निर्माण व्यवसाय विकास परिषद्को १ करोड

    काठमाडौं : निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई एक करोड रुपैयाँ दिने भएको छ। परिषद्को बैठकले निर्माण व्यवसायी कोषबाट सहायता वापतको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको हो। नेपाल निर्माण व्यवसायी महासंघ सहित निर्माण व्यवसायसंग संवन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने निर्माण व्यवसाय विकास परिषद्ले विज्ञप्ति जारी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • लक डाउन : सरकारको आदेश उल्लंघन गर्नेलाई के सजाय हुन्छ?

    लक डाउन : सरकारको आदेश उल्लंघन गर्नेलाई के सजाय हुन्छ?

    काठमाडौं: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लक डाउन घोषणा गरेको छ। फ्रान्सबाट आएकी काठमाडौंकी महिलामा कोरोना संक्रमण देखिएपछि आज साझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी एक साताका लागि १८ गतेसम्म लक डाउन गर्ने निर्णय निर्णय गरेको हो। कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशले लक डाउन…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वर नगरपालिकाले गठन गर्‍यो ‘क्विक रेस्पोन्स टिम’ : कोरोना विशेष अस्थायी अस्पताल बन्दै

    गोकर्णेश्वर नगरपालिकाले गठन गर्‍यो ‘क्विक रेस्पोन्स टिम’ : कोरोना विशेष अस्थायी अस्पताल बन्दै

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै नगरस्तरीय सतर्कता अभियान सुरु गरेको छ। विपद् व्यवस्थापन समितिले ‘क्विक रेस्पोन्स टिम’ स्थापना गरी विश्वव्यापी रुपमा फैलिएको भाइरस कोभिड १९ को जोखिम न्यूनिकरणमा पहल थालेको हो। यसै अभियान अन्तर्गत् गोकर्णेश्वर वडा नम्बर ५ मा कोरोना विशेष अस्थायी अस्पताल बन्ने भएको छ। सञ्चालनको तयारीमा रहेको अस्पताललाई कोरोना भाइरस संक्रमण विशेष जाँच…

    विस्तृतमा पढ्नुस्

  • लक डाउनमा के के गर्न पाइँदैन? यस्ता छन् उच्चस्तरीय समितिका ८ निर्णय

    लक डाउनमा के के गर्न पाइँदैन? यस्ता छन् उच्चस्तरीय समितिका ८ निर्णय

    काठमाडौं: सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन गरिएको हो। लक डाउनमा खाद्य सामग्री खरिद र उपचारबाहेक घर…

    विस्तृतमा पढ्नुस्

  • भोलि बिहानबाट देशभर 'लक डाउन', घरबाट बाहिर निस्कन नपाइने

    भोलि बिहानबाट देशभर 'लक डाउन', घरबाट बाहिर निस्कन नपाइने

    काठमाडौं: सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लक डाउनको मोडालिटी अबलम्वन गरिएको हो। लक डाउनमा खाद्य सामग्री खरिद र उपचारबाहेक घर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell