काठमाडौः मकवानपुर प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा आफूलाई पत्रकार बताउने एक जना र तीन प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेलको नेतृत्वमा लुटपाटको योजना बनाएर मकवानपुर पुगेको ४ जनाको समूहलाई आइतबार राती पक्राउ गरिएको हो। पक्राउ पर्नेमा असई बसेलसहित प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेत रहेका छन्। त्यस्तै आफूलाई पत्रकार रुपमा चिनाउने सुजन आचार्य पनि नियन्त्रणमा छन्।…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन्। आइतबार साझ मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक उपचार तथा उपकरणको व्यवस्था गर्ने भन्दै ५० करोडको कोष स्थापना गरेको थियो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय…
काठमाडौं: सरकारले सम्भावित कोरोना संक्रमितको उपचारका लागि पूर्व तयारी थालेको छ। जसअन्तर्गत स्वास्थ्यकर्मीलाई प्रोत्साहनदेखि अस्पताल, आइसोलेशन बेड बनाउनेसम्मका तयारी भइरहेको छ। यसैक्रममा आइतबारको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसबाट संक्रमित देखिएमा सुरक्षित उपचारका लागि सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली परिचालन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं अर्थ, सन्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले संक्रमित व्यक्तिको सुरक्षित उपचार तथा सो व्यक्ति अनुशासनमा नबसी भाग्दा…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ। सरकारको यसअघिको निर्णय अनुसार विश्वविद्यालयले चैत २१ गतेसम्म प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै प्रशासन बन्द गरिएको त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौँः सरकारको पूर्ववत निर्णयले आजदेखि लामो दूरीका सवारीसाधन बन्द भएका छन्। कोरोना संक्रमण (कोभिड –१९) को जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि लामो रुटमा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो। शुक्रबारको निर्णय अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा…
तेजेन भट्टराई - सारा विश्व अहिले कोरोना भाइरसले निम्त्याएका समस्यासँग जुधिरहेको छ। विश्वका सबै देशका नागरिकहरु ढिलो चाँडो कोरोना भाइरसले निम्त्याएका स्वास्थ्य र आर्थिक समस्याको प्रत्यक्ष या अप्रत्यक्ष भुक्तभोगी भैसकेका छौँ। यस लेखमा कोरोना भाइरसले राजनीतिक/आर्थिक दर्शन र सोचमा के-कस्ता परिवर्तन ल्याउनसक्छ भन्ने चर्चा गरिनेछ। विश्वव्यापीकरण भित्र लुकेको खतरा पछिल्लो समयमा विश्वव्यापीकरण (ग्लोवलाइजेसन)को निकै चर्को आलोचना हुँदै आइरहेको छ। अमेरिकी…
काठमाडौं: विश्वभर कोरोनाको प्रकोप बढिरहेका बेला जर्मनीमा चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमित एक चिकित्सकसँग भेट गरेको पत्ता लागेपछि मर्केललाई आइतबारदेखि घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको उनका प्रवक्ता स्टिफेन सेबर्टले जानकारी दिएका छन्। उनका अनुसार क्वारेन्टाइनमा मर्केलको निरन्तर परीक्षण गरिने सीएनएनले जनाएको छ। प्रवक्ता सेबर्टले चान्सलर मर्केलले घरबाटै सबै काम गर्ने पनि बताए। जर्मनीमा सरकारले आइतबारबाट दुई भन्दा…
काठमाडौं : कोरोना भाइरसको संक्रमणले अहिलेसम्म विश्वमा १२ हजार ९ सय ४४ जनाको ज्यान लिइसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १ सय ८७ मुलुकमा २ लाख ९४ हजार १ सय १० मानिस यसबाट संक्रमित भएका छन्। संक्रमण फैलिन र यस रोगबाट बच्न सबैभन्दा अचुक उपाय भनेको सेल्फ आइसोलेसन नै हो। घर बाहिर ननिस्किनु र संक्रमितबाट टाढा रहनु नै यसबाट बच्ने…
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित इरानले अमेरिकी सहयोग अस्वीकार गरेको छ। कोरोना संक्रमणबाट धेरै क्षति व्यहोर्नेमध्यको एक इरानलाई अमेरिकाले मानवीय सहायताको प्रस्ताव गरेको थियो। मध्य-पूर्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इरान अहिले संकटमा छ। त्यहाँ चीनले सहयोग गरिरहेको छ। इरानमा २१ हजार बढी मानिस संक्रमित छन्। १ हजार ६ सय ८५ मानिसको मृत्यु…
काठमाडौं : हिजो बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आज बिहान १० बजेपछि भारतसँगको नाका बन्द गरिँदैछ। खुला सीमा भएकाले नाका बन्द कति प्रभावकारी हुन्छ भन्न सकिन्न तर सरकारले सुरक्षा निकायलाई परिचालन गर्ने जनाइसकेको छ। सरकारले भारतसँगको सीमा नाका बन्द गर्ने भए पनि मालसामानको आवागमन भने यथावत हुने जनाएको छ। मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि एक साताका लागि भारतीय र चिनियाँ…
काठमाडौं : सरकारले भारतसँगको सीमा नाका बन्द गर्ने भए पनि मालसामानको आवागमन भने यथावत हुने जनाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि एक साताका लागि भारतीय र चिनियाँ नाका बन्द गर्ने निर्णय गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत र चीन दुवैतर्फका नाकाबाट सोमबार बिहान १० बजेबाट सात दिनका लागि मानिसको आवागमन बन्द गर्ने निर्णय गरेको…
काठमाडौं : वीरगंजका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ। पहिलोपोस्टले प्राप्त गरेको उनको परीक्षणको रिपोर्टमा प्रस्ट लेखिएको छ - 2019-nCoV नेगेटिभ। आइसीएमआर - राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्स, पटनामा उनको स्वाब टेस्ट गरिएको थियो। पीएमसीएच पटनाबाट उनको स्वाब परीक्षणका लागि उक्त ल्याबमा पठाइएको थियो। मार्च २० मा उनको स्वाब पठाइएको थियो। त्यसको आज रिपोर्ट आएको…
काठमाडौँः सरकारले सार्वजनिक र सरकारी क्षेत्रका कर्मचारी नियमित रुपमा काममा जानुपर्ने निर्णय गरेको छ। कर्मचारीमा कार्यालयमा हाजिर हुनुपर्ने वा नपर्नेमा अन्योलन भएको भन्दै थप निर्णय गरेको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। कर्मचारीबीच अन्योलता रहेको भन्दै निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सेवा बन्द हुने वा नहुनेमा अन्योल परेको…
काठमाडौं : सरकारले सोमबारदेखि एक साताका लागि चीन र भारतसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सोमबार बिहानदेखि नाका बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरस (कोभिड १९) विश्वभर फैलिएको अवस्थामा सीमा नाकाबाट नेपाल आउने मानिसहरुको संख्या उच्च भएसँगै सरकारले दुवै छिमेकी देशसँगको सीमा नाकामार्फत् आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। बैठकमा कोरोना…
काठमाडौं : जुम्ला जिल्ला प्रशासनले जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीबाट जुम्लाबासीलाई सुरक्षित गर्न चैत्र १० देखि १६ गतेसम्म जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय भएको हो। आइतवार कोभिड-१९ विपद् समिति जुम्लाको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। गृह मन्त्रालयको आदेशअनुसार अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको…
काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को त्राससँगै सावधानीका उपायहरु अपनाउन थालिएको छ। सरकारले समेत उच्च सतर्कता अपनाउँदै अत्यावश्यक परेको खण्डमा मात्र निर्देशन दिएको छ। जसको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि प्रत्यक्ष रुपमा पर्यो। प्रदर्शनरत् फिल्महरु सिनेमा घरहरु बन्द भएसँगै मारमा परे। भइरहेको छायांकन स्थगित भए। प्रदर्शनको तयारीमा रहेका फिल्महरुको प्रचार प्रसार रद्द भए। त्यस्तै मारमा फिल्म 'प्रेम…
विराटनगर : ग्राहक बनेर खरिद गर्न गएको विराटनगर महानगरपालिकाको टोलीले ११ हजार ३ सय ५० थान सर्जिकल मास्क र १५ सय बोतल स्यानिटाइजर बरामद गरेको छ। महानगरपालिकाको उपभोक्ता संरक्षण तथा अनुगमन समितिका प्रमुख राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले विराटनगरको श्री सर्जी इम्पेक्सबाट सर्जिकल मास्क र स्यानिटाइजर बरामद गरेको हो। ‘हामी पहिले मास्क र स्यानिटाइजर खरिद गर्न भन्दै पसल गएका थियौँ’, प्रमुख…
काठमाडौं : हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रशारण स्थगित भएको छ। कोरोनाको संक्रमणबाट बच्न आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने निर्णय गरेको भन्दै ‘सक्किगोनी’को प्रशारण स्थगित गरेको निर्माण टिमले जनाएको छ। निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री)ले फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘सक्किगोनी’को प्रशारण स्थगित भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको लक डाउनको अनुरोधलाई आत्मसाथ…
काठमाडौं : नेपाली विद्यार्थी संघ (नेविसंघ)ले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र प्रभावकारी नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ। संघले कोरोनाले महामारीको रुप लिँदै गएको अवस्थामा संक्रमण देशमा भित्रिन नदिन, भित्रिहालेको खण्डमा रोकथाम र प्रभावकारी नियन्त्रण गर्न एकसाथ सजगता अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताएको छ। संघले आइतवार विज्ञप्ति जारी गर्दै संक्रमणको त्रासले दैनिक जनजीवन र सामाजिक व्यवस्था नखलबलियोस् भन्ने…
काठमाडौं: भारतको छत्तीसगढमा विद्रोही माओवादीको आक्रमणमा परी १७ जना भारतीय सैनिकको मृत्यु भएको छ। १४ जना घाइते छन्। माओवादीको प्रभाव रहेको सुकमा जिल्लामा शनिबार दिउँसो सेना र माओवादीबीच भिडन्त भएको थियो। यो हमलालाई वर्षकै ठूलो आक्रमण भनिएको छ। भिडन्तपछि वेपत्ता भएका १७ सैनिकको शव आइतबार फेला परेको बस्तर आईजी सुन्दरराज पीले जानकारी दिएका छन्। बीबीसी हिन्दीका अनुसार आक्रमणमा घाइते १४…