PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

  • कञ्चनपुरमा 'अघोषित कर्फ्यू', घरबाहिर निस्किए कारबाही गर्ने चेतावनी

    कञ्चनपुरमा 'अघोषित कर्फ्यू', घरबाहिर निस्किए कारबाही गर्ने चेतावनी

    कञ्चनपुरः जिल्ला प्रशासन कार्यालयले आज रातिबाट कसैलाई पनि घर बाहिर ननिस्कन आदेश दिएको छ। आइतबार दिउँसो अघोषित कर्फ्यूको झल्को दिने गरी सूचना जारी गर्दै कञ्चनपुर प्रशासनले आज राति १२ बजेबाट आकस्मिक उपचारबाहेक घरबाट ननिस्कन सूचना जारी गरेको हो। सूचनाको बर्खिलाप गरेमा सुरक्षाकर्मीले जाँच गरी कारबाही गर्ने चेतावनीसमेत दिएको छ। प्रशानसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सर्वसाधरण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर…

    विस्तृतमा पढ्नुस्

  • खरिपाटी क्वारेन्टाइनमा सुरु भयो चहलपहल, ६८ जना राखियो

    खरिपाटी क्वारेन्टाइनमा सुरु भयो चहलपहल, ६८ जना राखियो

    काठमाडौं : चीनको वुहानबाट ल्याइएका नेपाली विद्यार्थी घर फर्किएपछि सुनसान बनेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुन: चहलपहल सुरु भएको छ। कोरोना भाइरस फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी ल्याउनुअघि सरकारले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनलाई क्वारेन्टाइन बनाएको थियो। उक्त क्वारेन्टाइनमा वुहानबाट ल्याइएका १७५ नेपालीलाई १८ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर फर्किएका थिए। त्यसयता खाली रहेको क्वारेन्टाइनमा शनिबारबाट…

    विस्तृतमा पढ्नुस्

  • बैंकहरु बन्द नहुने, कर्मचारीको सुरक्षा ब्यबस्था गरी संचालन गर्न राष्ट्र बैंकको निर्देशन

    बैंकहरु बन्द नहुने, कर्मचारीको सुरक्षा ब्यबस्था गरी संचालन गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौः नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैकिङ सेवा बन्द नगर्न निर्देशन दिएको छ। सूचना अनुसार नेपाल राजपत्रमा उल्लेख भए अनुसार आवश्यक सेवा भएकाले बैंकहरु बन्द हुने छैनन्। साथै राष्ट्र बैंकले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको ब्यापार निरन्तरतालाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारी राखी सेवा दिन भनेको छ। यसकालागि रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा संचालनको ब्यबस्था गर्न पनि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रवक्ता विश्वप्रकाशको शब्द संगीतमा कोरोना सम्बन्धी गीत आउँदै

    कांग्रेस प्रवक्ता विश्वप्रकाशको शब्द संगीतमा कोरोना सम्बन्धी गीत आउँदै

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा कोरोनाको सन्दर्भमा गीत तयार पारिएको छ। ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ। गत बुधवार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीवार गरिएको हो। शुक्रवार भिडियो छायांकन गरिएको सो गीत आइतवार सार्वजनिक गरिनेछ।

    विस्तृतमा पढ्नुस्

  • उपत्यका छाड्नेको सङख्या ह्वात्तै बढ्यो, ८ घण्टामा १ लाख २८ हजार यात्रु बाहिरिए

    उपत्यका छाड्नेको सङख्या ह्वात्तै बढ्यो, ८ घण्टामा १ लाख २८ हजार यात्रु बाहिरिए

    काठमाडौं: सोमबारबाट लामो दुरीका सार्वजनिक यातायात नचल्ने भएपछि उपत्यका छोड्ने यात्रुको सङख्या ह्वात्तै बढेको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न मानिसहरु थानकोट, कोटेश्वर, बल्खुलगायत नाकाबाट उपत्यका बाहिरिने क्रम बढेको छ। आज बिहानदेखि दिउँसो २ बजेसम्म १ लाख २८ हजार मानिस गाउँ फर्किएका छन्।शनिवार सबैभन्दा धेरै २ लाख मानिसले काठमाडौं छोडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार १९ हजार ३ सय सवारी…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट छिर्ने नेपालीको पनि निगरानी कडा गर्न गृहको पत्राचार

    भारतबाट छिर्ने नेपालीको पनि निगरानी कडा गर्न गृहको पत्राचार

    काठमाडौं : कोरोनाको संक्रमणबाट बच्न भारतमा रहेका नेपालीहरु धमाधम देश फर्किने क्रम बढेको छ। कञ्चनपुरस्थित गढ्डाचौकीबाट मात्र हजारौं नेपाली घर फर्किएका छन्। सरकारले आज राति १२ बजेबाट सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्दैछ। तर, स्थलमार्गबाट अनियन्त्रित रुपमा नेपाल भित्रिने क्रम जारी छ। देश फर्किने नेपालीबाटै कोरोनाको संक्रमण भित्रिने सम्भावना उत्तिकै छ। सरकारले सम्पूर्ण नाकामा सुरक्षा व्यवस्था मिलाएको दावी गरिरहेको छ तर…

    विस्तृतमा पढ्नुस्

  • तत्काल ५ हजार जनालाई क्वारेन्टाइनमा राख्न सक्ने ठाउँको खोजी, प्रदेश र स्थानीय सरकारलाई पनि जिम्मेवारी

    तत्काल ५ हजार जनालाई क्वारेन्टाइनमा राख्न सक्ने ठाउँको खोजी, प्रदेश र स्थानीय सरकारलाई पनि जिम्मेवारी

    काठमाडौं : सरकारले तत्काल ५ हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी अघि बढाएको छ। यसरी तयार हुने क्वारेन्टाइनलाई आवश्यकताअनुसार अस्थायी अस्पतालका रुपमा समेत रुपान्तरण गर्न सकिने तयारी गरिएको हो। त्यसका लागि विभिन्न क्षेत्रलाई जिम्मेवारीसमेत दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्नका लागि गठन भएको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले जिम्मेवारी तोकेको…

    विस्तृतमा पढ्नुस्

  • कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय

    कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय

    काठमाडौं : बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिबाना र ५ वर्ष जेल सजाय हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो आएका बेला सरकारले तीन लाख जरिबाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री थापाले नियमित भेटघाट नगर्ने

    गृहमन्त्री थापाले नियमित भेटघाट नगर्ने

    काठमाडौः गृहमन्त्री रामबहादुर थापाले नियमित भेटघाट नगर्ने भएका छन्। विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि नियमित तथा डेलिगेशनसँगको भेटघाट बन्द गरेको जानकारी दिएका छन्। अत्याआवश्यक बाहेक अन्य भेटघाट अर्का सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। गृहमन्त्री थापाले आज मात्र लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट गरेका थिए। राजदूतसँगको भेटमा कोरोनाको संक्रमणबाट जोगिन दुई देशको सिमालाई कसरी व्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित कनिका कपुर बनिन् 'अस्पतालको टाउको दुखाइ'

    कोरोना संक्रमित कनिका कपुर बनिन् 'अस्पतालको टाउको दुखाइ'

    गत शुक्रबार भारतीय गायिका कनिका कपुरमा कोरोना भाइरसको संक्रमण देखियो। त्यस यता उनी लखनउस्थित सञ्जय गान्धी पीजीआइ अस्पतालमा उपचाररत् छिन्। गायिका कपुरकै कारण लखनउमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने स्थिति सिर्जना भएको छ। कोरोना संक्रमित गायिकाले आम मानिसदेखि राज्यसम्ममा त्रास फैलाएकी छिन्। आइसोलेसनमा रहेर उपचारत् अवस्थामा उनले देखाएको व्यवहार अस्पतालको समेत टाउको दुखाई बनेको हो।   शुक्रबार भर्ना भएकी उनीसँग…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न स्थानका आफ्ना पूर्वाधारहरु आइसोलेसनका लागि प्रयोग गर्न एन्फाको अपिल

    विभिन्न स्थानका आफ्ना पूर्वाधारहरु आइसोलेसनका लागि प्रयोग गर्न एन्फाको अपिल

    काठमाडौं : कोरोना भाइरसको बढ्दो प्रकोपसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आवश्यक परेको खण्डमा अस्थाइ क्वारेन्टाइ र आइसोलेसनका केही स्थान उपलब्ध गराउन सक्ने जनाएको छ। एन्फाले एक विज्ञप्ति निकाल्दै आवश्यक परेको खण्डमा एन्फाको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। उनले साँझ ४ बजेका लागि बैठक बोलाएको श्रम, रोजगार  तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। बैठक कोभिड-१९ का विषयमा केन्द्रित रहने बुझिएको छ। मन्त्री यादवले छलफलको एजेण्डबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘बैठक ४ बजे बस्ने छ। के विषयमा छलफल गर्ने भन्ने जानकारी दिइएको छैन।’ मन्त्रिपरिषद् बैठकले…

    विस्तृतमा पढ्नुस्

  • टेकु अस्पतालले माग्यो ४४ जना स्वास्थ्यकर्मी

    टेकु अस्पतालले माग्यो ४४ जना स्वास्थ्यकर्मी

    काठमाडौं : शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल (टेकु) ले स्टाफ नर्स तथा मेडिकल क्षेत्रमा आवद्ध मानिसका लागि विज्ञापन आह्वान गरेको छ। कोरोना भाइरसको संक्रमणको कारण पछिल्लो समय विरामी चाप बढेपछि आइतवार सुचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो।  अस्पतालले स्टाफ नर्समा २६ जना, नर्सिङ अधिकृतमा ४ जना, मेडिकल अधिकृतमा  ८ जना र  कन्सल्टेण्ड एनेस्थेसियालोजिष्टमा ६ जना माग गरेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट बच्न प्रचण्डको आग्रह : राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गरौँ

    कोरोना संक्रमणबाट बच्न प्रचण्डको आग्रह : राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गरौँ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न  अपिल गरेका छन। उनले विश्वमा फैलिरहेको कोरोना भाइरसबाट सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा आग्रह गरेका हुन्। प्रचण्डले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्। अध्यक्ष प्रचण्डले कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौँः सर्लाही, धनुषा, लमजुङ, तनहुँ र काभ्रेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको कविलासी नगरपालिका ३ हतसरी चोकस्थित सडकमा ना ४ त ४८७ नम्बरको ट्याक्टर र बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल शनिबार बिहान एकापसमा ठक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-७ दुसादका गोविन्द पासवानको मृत्यु भएको हो। यस्तै धनुषा,…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो, विहारमा पहिलो संक्रमितको मृत्यु

    भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो, विहारमा पहिलो संक्रमितको मृत्यु

    काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ। नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको पहिलोपटक मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ६ जना पुगेको हो। बीबीसी हिन्दीका अनुसार विहारको पटनास्थित एम्स अस्पतालमा शनिबार विहान मृत्यु भएका विरामीको मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। स्थानीय पत्रकार नीरज सहायले मुंगेर निवासी ती व्यक्तिको शनिवार विहान ९ बजे मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • 'मनोरञ्जनभन्दा महत्वपूर्ण स्वास्थ्य' भन्दै रोकियो ‘के घर के डेरा’को छायांकन

    'मनोरञ्जनभन्दा महत्वपूर्ण स्वास्थ्य' भन्दै रोकियो ‘के घर के डेरा’को छायांकन

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को विरुद्धको सावधानी नेपाली फिल्म उद्योगले पनि अपनाएको छ। प्रदर्शनरत फिल्महरु उत्रिए। हलहरु बन्द भए। केही फिल्मको छायांकन स्थगित भयो। राज्यले पनि फिल्म सम्बन्धी सम्पूर्ण गतिविधी रोक्न आह्वान गर्‍यो। चैत दोस्रो सातादेखि छायांकनका लागि फ्लोरमा निस्कने घोषणा गरेको थियो फिल्म ‘के घर के डेरा’ युनिटले। तर, कोभिड-१९ को त्रासबीच सतर्कता अपनाउँदै अवस्था सामान्य नभएसम्मका लागि उक्त…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना भाइरसको सुनामी आउनसक्ने विशेषज्ञको चेतावनी, ३० करोड मानिस उच्च जोखिममा

    भारतमा कोरोना भाइरसको सुनामी आउनसक्ने विशेषज्ञको चेतावनी, ३० करोड मानिस उच्च जोखिममा

    काठमाडौं : भारतमा कोरोना भाइरसको सुनामी आउन सक्ने एक विशेषज्ञले चेतावनी दिएका छन्। अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ। सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने बताएका छन्। विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्काको कोरोना सन्देश : सबैले आफ्नो जिम्मेवारी लिए अहिलेको परिस्थितिबाट अघि बढ्न सहज हुने छ

    पारस खड्काको कोरोना सन्देश : सबैले आफ्नो जिम्मेवारी लिए अहिलेको परिस्थितिबाट अघि बढ्न सहज हुने छ

    काठमाडौं : विश्वभर कोरोना भाइसको प्रकोप बढिरहँदा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सबैलाई आफ्नो जिम्मेवारी लिन आग्रह गरेका छन्। आज सामाजिक सञ्जालमार्फत खड्काले सबै मिलेर अहिलेको अवस्थाबाट अघि बढन आग्रह गरेका छन्। Let us all take the responsibility,take all necessary precautions,share useful INFORMATION ONLY and help our government to over come this situation#covid_19 pic.twitter.com/xQSH86zpEO — Paras Khadka (@paras77) March…

    विस्तृतमा पढ्नुस्

  • डलरको भाउ बढेर १२०.६८ रुपैयाँ पुग्यो, कोरोनाको कहरले नेपाली रुपैयाँ सर्वाधिक कमजोर

    डलरको भाउ बढेर १२०.६८ रुपैयाँ पुग्यो, कोरोनाको कहरले नेपाली रुपैयाँ सर्वाधिक कमजोर

    काठमाडौं : अमेरिकी डलरको १२० रुपैयाँ ६८ पैसा पुगेको छ। एकै दिन डलर ४० पैसालेबढे को हो। बिहीवार डलरको भाउ ११९ रुपैयाँ ११ पैसा थियो। शुक्रवार बढेर १२० रुपैयाँ २८ पैसा पुगेको थियो। अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ। १४ को हाराहारीमा रहेको डलर आइतवारसम्म १२० रुपैयाँमाथि उक्लिएको छ।  चीनबाट फैलिएको नोबल कोरोना भाइरसले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell