काठमाडौं: सरकारले भोलि बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ। भोलि बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो। लकडाउनको समयमा तोकिएका र अधिकार प्राप्त व्यक्ति बाहेक अरुलाई…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो दुई महिनाको तलब दिने घोषणा गरेकी छिन्। सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण फैलिन नदिने सरकारको अभियानलाई साथ दिँदै दुई महिनाको तलब प्रदान गरिने जानकारी दिएको छ। सरकारले आइतबार कोरोना भाइरस संक्रमण रोक्न ५० करोडको कोष स्थापना गरेको थियो। कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै…
काठमाडौं : बेलायतमा एक नेपालीको मृत्यु भएको छ। चितवन बसेनी घर भई २३ वर्षदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनले जानकारी दिए। बेलायतबाट सञ्चालित नेपाली अनलाइन पत्रिका वी नेपालीका अनुसार घरमै अस्वस्थ भएका अर्याललाई शनिबार एम्बुलेन्सबाट लण्डनको उलीचस्थित क्वीन एलिजावेथ अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राती…
काठमाडौं : बनेपा नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन भन्दै आज राति १० बजेदेखि नगरपालिका क्षेत्र पूर्ण रुपमा 'लकडाउन' गर्ने निर्णय गरेको छ। काठमाडौंमा एकजना कोरोना भाइरस संक्रमित देखिएसँगै बसेको नगरपालिकाको सर्वपक्षीय बैठकले लक डाउन गर्ने निर्णय गरिएको हो। नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले विज्ञप्ति जारी गर्दै लकडाउनका समयमा अत्यावश्यक अवस्थामाबाहेक नगरवासीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन्। कसैमा कोरोना भाइरसको…
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ। सरकारले सोमवारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो। चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…
काठमाडौं : गायक प्रकाश सपुतले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबोधन गर्दै खुल्ला पत्र लेखेका छन्। विश्वमा भयानक रुप लिँदै गएको कोरोना भाइरस (कोभिड-१९)को सतर्कताको लागि नेपाल सरकारले गरेका प्रयासहरु सराहनीय रहेको सपुतले पत्रमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘भर्खरै मिर्गौला प्रत्यारोपण गरेको आफ्नो कमजोर शरीर तर बलियो आत्मबलसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुसँग गरेको भिडियो कन्फ्रेन्स…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले 'कन्ट्याक्ट ट्रेसिङ' अर्थात संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि प्रोटोकल बनाउन सरकारसँग माग गरेका छन्। सोमबार स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट आएकी नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएको तथ्य सार्वजनिक गरेपछि सांसद थापाले 'कन्ट्याक्ट ट्रेसिङ'को प्रोटोकल बनाउन माग गरेका हुन्। थापाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्। सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णयको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेका हुन्। संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुने छ। सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पुर्व तयारीस्वरुप आइतवार केन्द्रीय राहत कोष खडा गरेको थियो। …
काठमाडौं : सरकारले ‘क्वारेन्टाइन स्थल’ निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ। सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले ‘क्वारेन्टाइन स्थल’ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिएको हो। उच्चस्तरिय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर ‘क्वारेन्टाइन’ व्यवस्थापनको जिम्मा दिएको छ। सो समितिले सुरक्षा निकायहरुसँग सोमवार यसबारे छलफल गरिरहेको छ। समितिले सोमवार विहान नेपाली…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २५ ले आफ्नो क्षेत्रमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउन शुरु गरेको छ। वडा र मछिन्द्र कल्बको संयुक्त प्रयासमा आज इन्द्रचोक, जनबहाल, असनमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किएको हो। ‘जनचेतना जगाउन हो। कोरोना भाइरसविरुद्ध लड्न जनताले सहभागिता देखाउनुपर्यो भनेर नै हामीले यो कार्यक्रम शुरु गरेका हौं,’ वडा अध्यक्ष निलकाजी शाक्यले भने। यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले…
काठमाडौः प्रहरीले सार्वजनिक ठाउँमा अनाआवश्यक रुपमा बस्न नदिने भएको छ। सोमवार बसन्तपुरमा बसिरहेका मानिसलाई हटाएको हो। कोरोना भाइरस संक्रमणको जोखिबाट जोखिन भन्दै सरकारले २५ जना भन्दाबढी मानिस फेला नहुन र अत्याआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ। त्यसो त देशका विभिन्न जिल्लामा अनिश्चित समयको लागि निषेधाज्ञा समेत गरेको छ।
काठमाडौं : नेपाली फिल्म ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन हुने भएको छ। प्रतिष्ठित ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ को ६६ औं संस्करणका लागि उक्त फिल्म छनौट भएको हो। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको यस फिल्म फेस्टिभलमा जर्मनी प्रतिष्पर्धा बाहेक एक सय विदेशी फिल्म छनौट गरिन्छ। यस पटक विश्वभरबाट ६५ सय फिल्महरुले आवेदन दिएका थिए। जसमध्ये ‘जुनुको जुत्ता’…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो। सरकारले आइतवार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो। भोलि पर्न…
काठमाडौं: संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले पाण्डेको नाम अनुमोदन गरेको समितिको सचिवालयले जनाएको छ। पाण्डेविरुद्ध १० दिने समयअवधिमा एउटा पनि उजुरी नपरेपछि संसदीय सुनुवाइमा सर्वसम्मत अनुमोदित भएका हुन्। सरकारले गत फागुन १८ गते चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरेको थियो।…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि विभागले आफूसँग कोरोना भाइरसको परीक्षण गर्नसक्ने प्रयोगशाला (ल्याब), उपकरणहरु र जनशक्ति रहेको जानकारी दिएको छ। हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण भइरहेको छ। सरकार अन्य ठाउँमा परीक्षणका लागि आवश्यक तयारी गरिरहेका बेला जैविक विभागले विज्ञप्ति जारी गरेर कोरोना भाइरस परीक्षण गर्न आफूसँग ल्याब, उपकरण र जनशक्ति…
काठमाडौं : भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई बसोवास गरिरहेको स्थानमा नै सुरक्षित साथ बस्न अपिल गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत भनेको छ। जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनु भएका नेपालीहरुलाई आ-आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न हार्दिक अपिल गर्दछौं।’ विज्ञप्तिमा कोभिड-१९ को…
काठमाडौं : उपत्यका सुनसान बनेपछि यातायात व्यवसायीले सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णयमा पुगेका छन्। सरकारले सोमवारदेखि लामा दुरीको सार्वजनिक सवारीसाधनमा रोक लगाएका कारण आइतवार राति १२ बजेसम्म लाखौले उपत्यका छाडिसकेका छन्। कोरोनाको संक्रमण फैलने जोखिमलाई मध्यनजगर गर्दै सरकारले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन भनेपछि उपत्यका सुनसान बनेको छ। तेल खर्च उठाउनै नसक्ने भएपछि व्यवसायीहरु उपत्यकाको सार्वजनिक सवारी साधन संचालन बन्द…
काठमाडौं : एक नेपाली किशोरीमा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको पुष्टि गरेको हो। आत्तिहाल्नुपर्ने अवस्था यसकारण पनि छैन कि उनी होम क्वारेन्टाइनमा रहँदै आएकी थिइन्। चैत ४ गते काठमाडौं आइपुगेकी उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेकी थिइन्। त्यसैले उनीबाट संक्रमण अन्यत्र फैलिने सम्भावना न्यून छ। फ्रान्समा पढ्दै रहेकी उनमा संक्रमण देखिए पनि क्वारेन्टाइनमा रहेर उनले…
काठमाडौः काठमाडौंमा एक जनामा कोरोना भाइरस ( कोभिड-१९) का संक्रमण देखिएको छ। सोमवार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्। हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको हो। यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि…
काठमाडौः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा विप्लवका दाई सहित ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। विप्लवका दाई जयन्द्रबहादुर चन्द, विनोद चन्द, प्रेम केसी, कमल सुनवार, अनिल मगर र कृष्ण मगरलाई नियन्त्रणमा लिइएको हो।' चन्दा असुली लगायत अन्य गतिविधिमा लागेकाले नियन्त्रणमा लिएका हौं।' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद…