PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

  • भारतको सुप्रिम कोर्टले सरकारसँग सोध्यो– कश्मीरमा कहिलेसम्म प्रतिबन्ध लगाउने?

    भारतको सुप्रिम कोर्टले सरकारसँग सोध्यो– कश्मीरमा कहिलेसम्म प्रतिबन्ध लगाउने?

    भारतको सर्वोच्च अदालत (सुप्रिम कोर्ट) ले भारत सरकारसँग भारत नियन्त्रित कश्मीरमा कहिलेसम्म प्रतिबन्ध लगाउने भनेर प्रश्न गरेको छ। अदालतले कश्मीरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० हटाएपछि अझै कति दिन कश्मीरमा सहज आवागमन, अभिव्यक्तिलगायतमाथि प्रतिबन्ध लगाउने हो भनेर प्रधानमन्त्र नरेन्द्र मोदीको सरकारसँग आज प्रश्न सोधेको हो। सर्वोच्चको तीन जना न्यायाधीशको इजलासमा भएको कश्मीरसम्बन्धी सुनुवाइमा इजलासको नेतृत्व गरिरहेका न्यायाधीश एनवी रमन्नाले…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : क्याट क्विन्स काठमाडौंलाई हराउँदै चितवन च्याम्पियन

    डब्लुसिएल : क्याट क्विन्स काठमाडौंलाई हराउँदै चितवन च्याम्पियन

    काठमाडौं : वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा आज उपाधिका लागि चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई ४५ रनले हराउँदै डब्लुसिएलको उपाधि हात पारेको छ। आज कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा क्याट क्विन्स काठमाडौंले टस जितेर चितवनलाई ब्याटिङको निम्ता दिएको थियो। इन्दु बर्माको कप्तानीमा रहेको चितवनले निर्धारित २० ‍ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। चितवनका लागि सुमन खतिवडाले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • अप्रत्यासित चुनावी नतिजा आउँदै गर्दा भाजपा हरियाणाका अध्यक्षले दिए राजीनामा

    अप्रत्यासित चुनावी नतिजा आउँदै गर्दा भाजपा हरियाणाका अध्यक्षले दिए राजीनामा

    भारतीय जनता पार्टीका हरियाणा प्रदेश प्रमुख सुवास बरालाले आफ्नो पदबाट राजीनामा दिएका छन्। मत परिणाम अनपेक्षित आएपछि उनले राजीनामा दिएका हुन्। जाट समूदायका महत्वपूर्ण भाजपा नेतासमेत रहेका उनी आफै‌ं पनि चुनावमा २७ हजार मतले पछि परेका छन्। जननायक जनता पार्टीका देवेन्द्र सिंह बाबलीले उनीभन्दा बढी मत ल्याएका छन् अहिलेसम्मको गणनामा। यद्यपि, उनको राजीनामा स्वीकृत भए नभएको खुलेको छैन। जसै मत…

    विस्तृतमा पढ्नुस्

  • धेरै पासवर्ड सम्झन झर्को लाग्छ? सबै पासवर्ड सुरक्षित गर्ने यस्तो छ सजिलो तरिका

    धेरै पासवर्ड सम्झन झर्को लाग्छ? सबै पासवर्ड सुरक्षित गर्ने यस्तो छ सजिलो तरिका

    यदि तपाईंले सजिलोको लागि सबैजसो सामाजिक सञ्जाल तथा वेबसाइटमा एउटै पासवर्डको प्रयोग गरिरहनु भएको छ भने त्यो असुरक्षित हुन सक्छ। कसैले एउटा वेबसाइटको पासवर्ड पत्ता लगाउन सक्यो भने उसले तपाई‌को सबै सामाजिक सञ्जालमा एक्सेस पाउन सक्छ। त्यसैले हरेक साइटका लागि फरक फरक पासवर्ड राख्नु अत्यन्तै जरुरी छ। अनि त्यति नै जरुरी छ पासवर्डहरु नियमित परिवर्तन गरिरहनु पनि, यदि तपाई इन्टरनेटको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटसल क्वालिफायर्स : नेपालले उज्बेकिस्तानसँग खेल्ने

    एएफसी फुटसल क्वालिफायर्स : नेपालले उज्बेकिस्तानसँग खेल्ने

    एएफसी फुटसल क्वालिफायर्सको आजको खेलमा नेपालले उज्बेकिस्तानको सामना गर्दै छ। हिजो भएको समूह 'ए'को पहिलो खेलमा ताजकिस्तानसँग ६-० को फराकिलो अन्तरको पराजय भोगेको नेपालले आज उज्बेकिस्तानको सामना गर्न लागेको हो। सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसलको छनोट अन्तर्गत जारी खेलमा नेपाल समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्। त्यस्तै समूह 'बी' मा इरान, किर्गिस्तान र…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी नहुने, सम्मेलन भाेलि शुरु

    भारतीय प्रधानमन्त्री मोदी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी नहुने, सम्मेलन भाेलि शुरु

    काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा सहभागी नहुने भएका छन्। अजरबैजानको बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलन हुँदै छ।  सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने र उनको साटो भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतका उपराष्ट्रपति एम बैंकैया नायडूले गर्ने द हिन्दूले आज जनाएको छ। मोदी यसअघि भेनेजुएलामा सन् २०१६ मा भएको असंलग्न राष्ट्रहरुको…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हलमा थोरे शो पाएकाले सर्‍यो ‘घामड शेरे’ को रिलिज डेट, अब कात्तिक २२ मा प्रदर्शनमा आउने

    सिनेमा हलमा थोरे शो पाएकाले सर्‍यो ‘घामड शेरे’ को रिलिज डेट, अब कात्तिक २२ मा प्रदर्शनमा आउने

    काठमाडौं : कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘घामड शेरे’ को प्रदर्शन मिति सरेको छ। 'घामड शेरे' अब कात्तिक २२ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ। 'घामड शेरे' प्रदर्शनको दुई दिनअघि मिति सर्नुको कारण यो फिल्मलाई सिनेमा हलमा थाेरै शाे पाउनुलाई मानिएको छ। बुधवार मल्टिप्लेक्समा खोलिएको अग्रिम बुकिङमा 'घामड शेरे'लाई न्यून शो दिएपछि निर्माण पक्षले फिल्मको मिति पछि…

    विस्तृतमा पढ्नुस्

  • बिहेको हल्ला भाइरल हुँदा रणवीर र आलिया लन्डनमा मस्त

    बिहेको हल्ला भाइरल हुँदा रणवीर र आलिया लन्डनमा मस्त

    बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले हालै लन्डनमा एक फ्यानसँग खिचेको फोटो सार्वजनिक गरे। केही अघिमात्रै बलिउडमा यो जोडीको बिहे हुने र त्यसको निम्ता समेत बाडिएको खबर भाइरल भएको थियो जसलाई आलियाले 'गलत' भन्दै प्रस्टिकरण दिएकी थिइन्। आलिया र रणवीर फ्यानसँगको फोटोमा निक्कै फ्रेस देखिएका छन्। सेतो टी सर्टमा आलिया र खैरो सर्टमा फ्यानसँग देखिएका हुन्। उनीहरुले सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • महरा प्रकरणमा प्रहरीले गुजार्‍यो १८ दिनः अझै अनुसन्धान सकिएन, पुनः म्याद थपको तयारी 

    महरा प्रकरणमा प्रहरीले गुजार्‍यो १८ दिनः अझै अनुसन्धान सकिएन, पुनः म्याद थपको तयारी 

    काठमाडौँः जबर्जस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएको छ। जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद अदालतले थप गरेको थियो। जुन बुधबार नै सकिएको छ।  पहिलोपटक अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको थियो।  प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गर्ने तयारी गरेको छ। महराको बयान लगायत अन्य…

    विस्तृतमा पढ्नुस्

  • डुइङ बिजनेस इन्डेक्समा दक्षिण एसियामा नेपाल तेस्रो, विश्व र्‍याङ्किङमा १५ अंकको सुधार

    डुइङ बिजनेस इन्डेक्समा दक्षिण एसियामा नेपाल तेस्रो, विश्व र्‍याङ्किङमा १५ अंकको सुधार

    विश्व बैंकको डुइङ बिजनेस र्‍याङ्किङमा नेपालले आफूलाई केही सुधार गरेको छ। दक्षिण एसियामा नेपालको पोजिसन तेस्रो छ भने विश्व सूचीमा ९४ औं स्थानमा। दक्षिण एसियामा पहिलो स्थानमा रहेको भारत विश्व सूचीमा ६३ औं स्थानमा छ। दोस्रो सूचीमा रहेको भुटान विश्वसूचीमा ८९ स्थानमा छ। नेपाल विश्वस्तरमा ९४ औं स्थानमा रहेको छ। नेपालपछि श्रीलंका विश्व सूचीमा ९९ रहेको छ। दक्षिण एसियाको इन्डेक्समा…

    विस्तृतमा पढ्नुस्

  • जातीय विभेद गरी कुटपिट गर्ने वडा सदस्य पक्राउ

    जातीय विभेद गरी कुटपिट गर्ने वडा सदस्य पक्राउ

    पाल्पाः दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका ६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो। जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    बैतडीः महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका काभ्रे इञ्चार्ज थोकर मध्यरातमा घरबाटै समातिए

    विप्लवका काभ्रे इञ्चार्ज थोकर मध्यरातमा घरबाटै समातिए

    काभ्रेपलाञ्चोकः प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्‍यौँ', उनले भने। ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : उपाधिका लागि चितवन र काठमाडौं भिड्ने

    डब्लुसिएल : उपाधिका लागि चितवन र काठमाडौं भिड्ने

    काठमाडौं :  वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा आज उपाधिका लागि चितवन राइनोज र क्याट क्विन्स काठमाडौं भिड्दैछन्। आज दिउँसो ११:३० मा कीर्तिपुरस्थित टियू मैदानमा खेल सुरु हुनेछ। इन्दु बर्माको कप्तानीमा रहेको चितवन जारी प्रतियोगितामा अपराजित छ। चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै उपाधिको बलियो दावेदारी प्रस्तुत गर्नेछ। त्यस्तै रुविना क्षत्रीको कप्तानीमा रहेको काठमाडौंले ४ खेलमा ३ जित निकालेको छ। पहिलो खेल…

    विस्तृतमा पढ्नुस्

  • भ्रस्टाचारको मुद्दा लागेपछि बार काउन्सिलले गर्‍यो आठ वकिलको प्रमाणपत्र निलम्बन

    भ्रस्टाचारको मुद्दा लागेपछि बार काउन्सिलले गर्‍यो आठ वकिलको प्रमाणपत्र निलम्बन

    काठमाडौँः नेपाल कानुन व्यवसायी परिषद्ले भ्रस्टाचार मुद्दा चलाइएका आठ कानुन व्यवसायीको इजाजतपत्र निलम्बन गरेको छ। कानुन व्यवसायीको आचारसंहिता २०५१ को नियम ६(क) अनुसार प्रमाणपत्र निलम्बन गरिएको हो।  ख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार मुद्दा चलाएको जानकारी परिषदमा पठाएपछि प्रमाणपत्र निलम्बन गरिएको हो।  परिषद्का अनुसार अधिवक्ताहरू सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपाल तजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित

    एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपाल तजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित

    इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। सुरुवाती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा तजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो। तजिकिस्तानका खेलाडीले बारम्बार नेपालको…

    विस्तृतमा पढ्नुस्

  • नेपालको संविधानको व्यवस्था उत्कृष्ट भएकोले मिल्यो अन्तर्राष्ट्रिय सम्मान : प्रधानमन्त्री ओली

    नेपालको संविधानको व्यवस्था उत्कृष्ट भएकोले मिल्यो अन्तर्राष्ट्रिय सम्मान : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्‍याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न सुरु गरेको बताएका छन्। नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड – २०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउएका हुन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका…

    विस्तृतमा पढ्नुस्

  • एउटा 'गेमचेन्जर' आयोजनालाई सर्वेक्षणको अनुमति : १०६१ मेगावाटको हुनेछ अर्ध जलाशययुक्त माथिल्लो अरुण

    एउटा 'गेमचेन्जर' आयोजनालाई सर्वेक्षणको अनुमति : १०६१ मेगावाटको हुनेछ अर्ध जलाशययुक्त माथिल्लो अरुण

    काठमाडौं : सरकारले १०६१ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त  जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। ऊर्जा मन्त्रालयले संखुवासभामा पर्ने आयोजनाको लाइसेन्स विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको हो। केही दिनअघि जारी गरिएको लाइसेन्सको अवधि दुई वर्षको रहने छ। विश्व बैकको सहुलितपूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ। सरकारले माथिल्लो अरुण आकर्षक आयोजना भएकाले जनताको…

    विस्तृतमा पढ्नुस्

  • 'वार' बन्यो ३ सय करोड कटाउने २०१९ को पहिलो फिल्म

    'वार' बन्यो ३ सय करोड कटाउने २०१९ को पहिलो फिल्म

    यश राज फिल्मसको ब्यानरमा बनेको एक्सन थ्रिलर फिल्म वारले ३ सय करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गर्दै सन् २०१९ को सर्वाधिक कमाउने फिल्ममा सूचीकृत भएको छ। बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार फिल्मले ३ सय ५ करोडभन्दा बढी कलेक्सन गरिसकेको छ। हृतीक रोशन र टाइगर श्रफ दुवैको यो पहिलो ३ सय करोड कटाउने फिल्म बनेको छ। सन् २०१४ यता एक…

    विस्तृतमा पढ्नुस्

  • स्कुलको छत खस्दा पढिरहेका ३९ विद्यार्थी घाइते

    स्कुलको छत खस्दा पढिरहेका ३९ विद्यार्थी घाइते

    काठमाडौं : काठमाडौंको तारकेश्वरमा एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्। तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना खसेको हो। 'सबै विद्यार्थीको उद्धार भइसकेको छ। अहिले अवस्था सामान्य छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने। विद्यालयमा पढिरहेका विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै आजै दिउँसो चाबहिलमा भत्काइ रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell