काठमाडौं : लमजुङको दोर्दी खोलामा आएको बाढीमा मर्नेको संख्या ५ पुगेको छ। बाढीका कारण बेपत्ता भएकामध्ये अर्का एक व्यक्ति सम्पर्कमा आएका छन्। अझै ९ जना व्यक्तिको अवस्था पहिचान हुन नसकेको लिबर्टी इनर्जी कम्पनीका निर्देशक रामबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए। अपर दोर्दी जलविद्युत आयोजनाको पावर हाउसमा काम गरिरहेका मजदुरहरु अप्रत्यासित रुपमा आएको बाढीमा परेका थिए। साढे दुई घन्टामात्र बाढी आएको थियो। कुन…
काठमाडौं : दुई नेपाली स्केटबोर्ड खेलाडी युथ क्याम्पमा हसभागि हुन चीन जाने भएका छन्। यही जुलाई २८ देखि अगष्ट १० सम्म चीनको नान्जिङमा हुने एसियन स्केटबोर्डिङ क्याम्प (स्ट्रिट एण्ड बो) ट्रेनिङ क्याम्पमा सहभागि हुन नेपालबाट बसन्त राई र पेम्बा शेर्पा जान लागेका हुन्।यस्तै प्रशिक्षकमा उज्वल डंगोल छन्। ट्टीन सदस्यीय टोलीलाई बिहीवार सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम ङेष्ठले…
काठमाडौं : नेपालका ३ जुडो खेलाडीले चाइनिज ताइपेईमा हुने अन्तर्राष्ट्रिय स्तरको जुडो प्रतियोगिता खेल्ने भएका छन्। नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ र मोहम बामले यही जुलाई २७ देखि ३० सम्म ताइपेईमा हुने एसिया ओपन क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन्। यस्तै अगष्ट ३-४ मा ताइवपेईमै हुने ताइपेई एसियन जुडो ओपन च्याम्पियनसिपमा समेत उनीहरुले भाग लिने…
काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ। शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारीको शहरी विकास मन्त्रालयमा सरुवा भएको छ।
काठमाडौं : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत…
काठमाडौं : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको हो। अघिल्लो महिना पनि नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको थियो। दक्षिण एसियामा भने नेपाल, भारत र माल्दिभ्सपछि तेस्रो स्थानमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०३औं र माल्दिभ्स १५२औं…
काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप २०२० को क्वालिफायरमा नेपाल कठिन समूहमा परेका छ। एएफसी हेडक्वाटर क्वालालम्पुरमा बिहीवार भएको ड्र अनुसार नेपाल सेन्ट्रल एण्ड साउथ जोनको समूह ए मा परेको छ। उक्त समूहमा नेपालसँगै उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान छन्। उज्वेकिस्तान चार पटकको उपविजेता हो। एएफसीले एसियाका ३१ राष्ट्रलाई विभिन्न ६ क्षेत्रमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो। जस अनुसार सेन्ट्रल एण्ड…
काडमाठौं : सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर (एसिया फाइनल) मा नेपालले बुधवार मलेसियालाई पराजित गर्दा विभिन्न कीर्तिमान बने। क्रिकेट आफैँमा त्यस्तो खेल हो जहाँ हरेक बल र विकेटमा रोमाञ्चकता हुन्छ र एकै खेलमा पनि धेरै कीर्तिमान बन्छन्। वर्षाका कारण ९ ओभरमा छोट्याइएको उक्त खेलमा नेपाललाई ७ विकेटको जित दिलाउन नायक रहे ब्याट्मयान ज्ञानेन्द्र मल्ल र फास्ट बलिङ अलराउण्डर…
इंग्ल्याण्ड आइसीसी एक दिवसीय क्रिकेट विश्वकपको नयाँ च्याम्पियन। गत जुलाई १४ मा न्यूजिल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा पराजित गर्दै इंग्ल्याण्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको थियो। क्रिकेटको मक्का मानिने लर्ड्समा च्याम्पियन बनेपछि इंग्लिस टोलीले हाल छिमेकी आयरल्याण्ड विरुद्ध १ मात्र टेष्ट खेलिरहेको छ। लर्ड्समा बुधवारदेखि सुरु भएको उक्त टेष्टको पहिलो दिनै २० विकेट झर्यो। दुवै टोलीले आफ्नो पहिलो इनिङ्स ब्याटिङ गरे र…
काठमाडौः पचासको दशकदेखि कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता सङ्ग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ। साहित्यको मूलबाटो मानिएको कविता लेखन कलाको एउटा रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाइ र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ। त्यसमै आधारित रहेर कार्कीले गद्य कविताहरूको सङ्ग्रह प्रकाशित गरेको जानकारी दिए। सङ्ग्रहमा कविले ३३ वटा कविता समेटेका छन्। पत्रकारितामा समेत आबद्ध…
काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जना प्रहरीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत दुई जना प्रहरीलाई बुधवार राति घुस रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक (सइ) रेशम पाण्डे र राजु सोडकार रहेको आयोगका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।‘ सेवाग्राहीको केस मिलाइदिन्छु भन्दै रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं‘, सहसचिव कोइरालाले भने। उनीहरुको साथबाट प्रहरीले १८…
काठमाडौं : लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। बाढीमा परी अपर दोर्खी एको पावर हाउसका लागि काम गरिरहेका मजदूरहरुको मृत्यु भएको हो। बेपत्ता हुनेमा पनि सोही आयोजनाका लागि खटिएका कामदार रहेको लिबर्टी इनर्जी कम्पनीका निर्देशक रामबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए। 'पानी कहाँ थुनिएको थियो र कसरी आयो थाहै भएन।…
काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एउटा फोटोका कारण फिल्म निर्देशक तथा कलाकार सम्राट सापकोटा तनावमा परेका छन्। बुधबार बिहान सापकोटाले फेसबुकमा दुईवटा फोटो सार्वजनिक गरेका थिए। दुवै फोटोमा उनले बन्दुक समाएका छन्। एक फोटोमा मारिएको बँदेल र अर्कोमा हरिण छ। फोटोको क्याप्सनमा उनले लेखेका छन्- 'कुनै बखत चारकोसे जङ्गलमा शिकारी हुँदाको अवस्था।' उनको फोटो सार्वजनिक भएसँगै सामाजिक सञजाल प्रयोगकर्ताले…
काठमाडौं : कर्मचारीलाई रकम दिएर नम्बर बढाएको खुलासा भएपछि त्रिभुवन विश्वविद्यालयले सुरेन्द्रप्रसाद कोइरालाको शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको छ। त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्र, पाटन संयुक्त क्याम्पसबाट ग्रामिक विकास र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका कोइरालाले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी अंक बढाएका थिए। यसै विषयमा अख्तियारले अनुसन्धान सँगै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको…
काठमाडौं : चीनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले पहिलो खेल जितेका छन्। उनी पहिलो खेलमा जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन्। उनले पहिलो चरणमा पुरुष एकल यू–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१–१६, २१–१२ को सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन्। अब उनले दोश्रो चरणमा चिनका खेलाडीसंग…
काठमाडौं : फिल्म निर्देशक छविराज ओझाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। सँगै प्रहरीले उनकी कान्छी पत्नी शिल्पा पोखरेलको पनि खोजी थालेको छ। नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई पक्राउ गर्न प्रहरीलाई पुर्जी जारी गरेको हो। 'अदालतबाट पक्राउ पूर्जी जारी भएको छ,' महानगरीय प्रहरी प्रभाग काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने, 'उहाँहरुलाई जतिखेर पनि पक्राउ…
काठमाडौं : बिग मर्जरलाई प्राथमिकता दिँदै आज नेपाल राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति जारी गरेका हुन्। पढ्नुस् मौद्रिक नीतिको पूर्ण पाठ -
काठमाडौं : पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। गत फागुनमा विराटनगरमा आयोजना भएको साफमा उपविजेता भएको टोलीका खेलाडीलाई मन्त्रालयले ३२ हजार पाँच सयका दरले सम्मान गरेको हो। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश सिलवाल, एन्फा…
काठमाडौं : अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जित्नेका धावक अजित कुमार यादव, ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल र अजय तामाङ नगदसहित सम्मानित भएका छन्। बुधवार युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जितेका यी तीन खेलाडीलाई नगद १-१ लाखबाट पृरस्कृत गरेको हो। अजितले गत चैतमा भएको थर्ड युथ एथ्लेटिक्समा स्वर्ण जितेका थिए भने प्रिन्सले गत असोजमा दुबई इन्टरनेशनल जुनियर ब्याडमिन्टनको…
काठमाडौं : पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रि नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको हो। नेपालले पाकिस्तानलाई उसैको मैदानमा ४-० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो। एक खेल भने वर्का कारण रद्भ भएको थियो। भगवती भट्टाराईको कप्तानीमा नेपालले ४…