PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डे विजयी

    पाल्पा २ मा एमालेका सोमप्रसाद पाण्डे विजयी

    पाल्पा: पाल्पा क्षेत्र नम्बर २  मा एमालेका नेता सोमप्रसाद पाण्डे विजयी भएका छन्। पाण्डेले ३४ हजार ८९९ मत  ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरि प्रसाद नेपालले २४ हजार ५५४ मत ल्याएका छन्। । नेपाल निवर्तमान सांसद् समेत हुन्। प्रदेश तर्फको मतगणना जारी छ।

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तु क्षेत्र नं ३ को ख बाट कांग्रेसका वीरेन्द्र कनौडिया विजयी

    कपिलवस्तु क्षेत्र नं ३ को ख बाट कांग्रेसका वीरेन्द्र कनौडिया विजयी

    कपिलवस्तु :  कपिलवस्तुमा कांग्रेसले खाता खोलेको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रदेश ख बाट कांग्रेसका वीरेन्द्र कनौडिया विजयी भएका हुन्। कनौडिया ३ सय ७२ मतअन्तरले विजयी भएका हुन्। कनौडिया ६ हजार ६९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जावेद आलमले ६ हजार ३ सय ७ मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा वाम गठबन्धनको ‘क्लिनस्वीप’, चन्द्र भण्डारीसँग प्रदीप ज्ञवालीको बदला

    गुल्मीमा वाम गठबन्धनको ‘क्लिनस्वीप’, चन्द्र भण्डारीसँग प्रदीप ज्ञवालीको बदला

    काठमाडौँ: गुल्मीका प्रतिनिधिसभाका २ प्रदेशसभाका ४ वटै निर्वाचन क्षेत्र वाम गठबन्धनले जितेको छ। प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली सात हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। ज्ञवालीले निवर्तमान सांसद् चन्द्र भण्डारीसँग संविधानसभा सदस्य निर्वाचन ०७० को हारको बदला समेत लिए। यस्तै, क्षेत्र नम्बर २ मा पनि एमालेकै गोकर्ण विष्ट भारी मतान्तरले विजयी भए। विष्टले ३४ हजार ६१८ मत…

    विस्तृतमा पढ्नुस्

  • अमरेशकुमार सिंह ‘डेन्जर जोन’मा, राजपाका राकेशकुमार मिश्रको अग्रता

    अमरेशकुमार सिंह ‘डेन्जर जोन’मा, राजपाका राकेशकुमार मिश्रको अग्रता

    काठमाडौँ: वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको सर्लाही ४ मा कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह ‘डेन्जर जोन’मा पुगेका छन्। जारी मतगणनामा सिंह पछि परेका छन्। राजपाका उम्मेदवार राकेशकुमार मिश्रले सर्लाही ४ मा अग्रता लिएका छन्। मिश्रले सिंहभन्दा ३९७ मतका साथ अग्रता बनाएका छन्।   जारी मतगणनाकाे देशभरकाे परिणाम र ट्रेन्ड http://chunab.pahilopost.com मा हेर्न सक्नु हुनेछ।  

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली क्षेत्र नं एकबाट एमालेका गणेश पहाडी विजयी

    सिन्धुली क्षेत्र नं  एकबाट एमालेका गणेश पहाडी विजयी

    काठमाडौं :  सिन्धुली क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका गणेशकुमार पहाडी विजयी भएका छन्। कांग्रेसका प्रेमचन्द्र दाहाललाई पराजित गर्दै पहाडी विजयी भएका हुन्। पहाडीले ३२ हजार ५२९ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दाहालले २२ हजार ३८९ मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली २ बाट माओवादीका हरिबोल गजुरेल विजयी

    सिन्धुली २ बाट माओवादीका हरिबोल गजुरेल विजयी

    काठमाडौं :  सिन्धुली क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी भएका छन्। कांग्रेसका नरेन्द्रजंग थापालाई पराजित गर्दै गजुरेल विजयी भएका हुन्। गजुरेलले ३० हजार १७९ मत पाएका छन् भने थापाले १८ हजार १२७ मत ल्याएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • राजपा छाडेर सूर्य चिह्नमा चुनाव लडेका बृजेश कुमार गुप्ता कपिलवस्तु २ बाट विजयी

    राजपा छाडेर सूर्य चिह्नमा चुनाव लडेका बृजेश कुमार गुप्ता कपिलवस्तु २ बाट विजयी

    कपिलवस्तु: कपिलवस्तु क्षेत्र नम्बर २ मा  नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका बृजेश कुमार गुप्ता विजयी भएका छन्। गुप्ताले ३५ हजार १४७ मत ल्याएका छन्। नेपाली कांग्रेसका  उम्मेदवार सुरेन्द्र आर्चायले ३१ हजार ५६६ मत ल्याएका छन्।  राजपा परित्याग गरि गुप्ता एमालेको चुनाव चिह्नमा निर्वाचनमा होमिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • बामदेव गौतम ‘डेन्जर जोन’मा, मतगणना अन्तिम चरणमा पुग्दा २८ सय मतले पछि

    बामदेव गौतम ‘डेन्जर जोन’मा, मतगणना अन्तिम चरणमा पुग्दा २८ सय मतले पछि

    काठमाडौँ: वाम गठबन्धनमा जितको लहर चलिरहेका बेला गठबन्धन निर्माणका सुत्रधार मध्येका एक एमाले उपाध्यक्ष बामदेवा गौतम भने पराजय उन्मुख भएका छन्। जारी मतगणनमा गौतम दुई हजार ८०८ मतले पछि परेका छन्।  कांग्रेस उम्मेदवार तथा बालवाला सिँचाइमन्त्री सञ्जय गौतमले अहिले अग्रता कायम गरिरहेका छन्। मतगणना अन्तिम चरणतर्फ छ। मतगणनामा बामदेवले ३४ हजार ३४६ मत ल्याउँदा सञ्जयले ३७ हजार १५४ मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • इलाम २ बाट पूर्वसभामुख नेम्वाङ विजयी

    इलाम २ बाट पूर्वसभामुख नेम्वाङ विजयी

    इलाम :  इलाम क्षेत्र नम्बर दुईमा पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ विजयी भएका छन्। नेम्वाङ ३६ हजार ५१४ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन्। यसैगरी प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागते १७ हजार ९८६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा वाम गठबन्धनद्वारा ‘क्लिनस्वीप’ 

    पर्वतमा वाम गठबन्धनद्वारा ‘क्लिनस्वीप’ 

    पोखरा: पर्वतका सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा एमालेका पदम गिरी विजयी भएका छन्। एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष समेत रहेका गिरीले कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी पराजित गरेका छन्। जोशीले पर्वतमा यसअघि लगातार तीन निर्वाचन जितेका थिए। गिरीले जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पराजित गरेका हुन्।  गिरीले ३९ हजार २७५ मत प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेल विजयी

    काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेल विजयी

    काठमाडौँः एमाले महासचिव ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट विजयी भएका छन्। काठमाडौँ ५ बाटै दुई पटक पराजित पोखरेल तेस्रो प्रयासमा विजयी भएका हुन्। ०६४ र ०७० को संविधानसभा सदस्य निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट पराजित भएका थिए।  विजयी पोखरेलले २३ हजार २९ मत पाए। निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशसरण महतले पाए १३ हजार १६९ मत प्राप्त गरे।  यो नतिजासँगै प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी

    केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश एकबाट नेकपा एमालेका केशव स्थापित विजयी भएका छन्। कांग्रेसका न्हुछे नारायण मानन्धरलाई पराजित गर्दै स्थापित विजयी भएका हुन् । स्थापितले आठ हजार २२ मत प्राप्त गरेका छन् भने मानन्धरले ५ हजार १४९ मत पाएका छन्। दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका स्थापित पराजित भएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • रामेछापका तीनवटै क्षेत्र वाम गठबन्धनको पोल्टामा

    रामेछापका तीनवटै क्षेत्र वाम गठबन्धनको पोल्टामा

    काठमाडौँ: रामेछापका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रदेशतर्फ यसअघि नै एमालेका दुई उम्मेदवार विजयी भइसकेका थिए। मतगणना जारी रहेको प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ निर्वाचित भए।  श्रेष्ठले ४२ हजार ११७ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी पूर्णबहादुर तामाङले ३५ हजार ७७१ मत पाए।   प्रदेशतर्फ क’मा एमालेका शान्तिप्रसाद पौडेल विजयी भएका छन्। पौडेलले २२ हजार ३६९…

    विस्तृतमा पढ्नुस्

  • विश्वप्रकाश शर्मा झापा १ मा पराजित, गठबन्धनका सुरेन्द्र कार्की विजयी

    विश्वप्रकाश शर्मा झापा १ मा पराजित, गठबन्धनका सुरेन्द्र कार्की विजयी

    काठमाडौँ: झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सुरेन्द्रकुमार कार्की विजयी भएका छन्। कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।  कार्कीले ३६ हजार १७३ मत पाए। शर्माले ३३ हजार ३१० मत पाएका छन्। कार्की र शर्माको मतान्तर २८ सय ६३ छ। कार्की पहिलो संविधानसभा निर्वाचनमा ताप्लेजुङ १ बाट पराजित भएका थिए। ०७० मा समानुपातिक सांसद् थिए। …

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

    प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज बिहान ९ बजेसम्मको प्राप्त विवरण अनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको  १६ जिल्लामा मतगणना सकिएको छ।   रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर ३ मा रमेश लेखक भन्दा दीपकप्रकाश भट्ट २५७ मतले अगाडि

    कञ्चनपुर ३ मा रमेश लेखक भन्दा दीपकप्रकाश भट्ट २५७ मतले अगाडि

    काठमाडौं :  कञ्चनपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्ट र नेपाली कांग्रेसका रमेश लेखकबीच कडा टक्कर परेको छ। पछिल्लो मतपरिणाम अनुसार भट्टले १४ हजार ५० मत ल्याएका छन् भने लेखकले १३ हजार ७९३ मत पाएका छन्। अहिले मतअन्तर २५७ मात्र छ।  

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा वाम गठबन्धनले गर्‍यो क्लिन स्विप, रामशरण र अर्जुननरसिंह फराकिलो मतान्तरले पराजित

    नुवाकोटमा वाम गठबन्धनले गर्‍यो क्लिन स्विप, रामशरण र अर्जुननरसिंह फराकिलो मतान्तरले पराजित

    काठमाडौं : कांग्रेसको किल्ला मानिएको नुवाकोटमा वाम गठबन्धनले क्लिन स्विप गरेको छ।कांग्रेसका हेभिवेट उम्मेदवार मानिएका डा रामशरण महत र अर्जुननरसिंह केसीले आफ्नो किल्ला जोगाउन सकेनन्। क्षेत्र नम्बर एकमा हितबहादुर तामाङ ३६ हजार ४७३ मत ल्याएर विजयी भए। महत २७ हजार ९२० मा खुम्चिए। सोही क्षेत्रको प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ १८ हजार १ ३७ मतका साथ विजयी भइन् भने प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कैलाली ५ मा आरजुलाई ४ हजार मतले पछि पार्दै नारदमुनिको अग्रता, ३ हजार मत गन्न बाँकी

    कैलाली ५ मा आरजुलाई ४ हजार मतले पछि पार्दै नारदमुनिको अग्रता, ३ हजार मत गन्न बाँकी

    काठमाडौं :  कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका नारदमुनि रानाले चार हजार भन्दा बढी मतले अग्रता लिएका छन्। रानाले २५ हजार २३६ मत पाउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा देउवाले २१ हजार १४८ मत ल्याएकी छन्। ६१ हजार ९३४ मत खसेको यस क्षेत्रमा ५८ हजार ८७९ मतगणना भइसकेको छ। यस्तै राजपाका उम्मेदवार लक्ष्मण चौधरीले ६ हजार ४६४…

    विस्तृतमा पढ्नुस्

  • अछाम १ को प्रदेशसभा क मा कुँवर र २ को क मा रावल विजयी

    अछाम १ को प्रदेशसभा क मा कुँवर र २ को क मा रावल विजयी

    काठमाडौं :  अछामको क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट नेकपा एमालेका हर्कबहादुर कुँवर विजयी भएका छन्। नेपाली कांग्रेसका मेघराज खड्कालाई १ हजार ४१२ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन्।कुँवरले १० हजार ७१० मत प्राप्त गरे भने खड्काले ९ हजार २९८ मत ल्याएका थिए।  त्यस्तै अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित

    कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित

    काठमाडौं : कपिलवस्तु ३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका छन्।  शाह २० हजार १ मतकासाथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले १५ हजार ८२६ मत पाए। शाह २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २३ वर्षकै उमेरमा सभासद बनेका थिए।२०७० सालमा फोरम नेपालबाट निर्वाचित भएका शाह केही समयअघि फोरम नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell