PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • पाँच मतले पराजित कांग्रेसका प्रदीप पौडेलले गरे पुनः मतदानको माग

    पाँच मतले पराजित कांग्रेसका प्रदीप पौडेलले गरे पुनः मतदानको माग

    तनँहुँ :  तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन् । निर्वाचन आयोगमा उजुरी दिदैं पौडेलले विभिन्न केन्द्र गरी ४२ मत फर्जी भेटिएकोले पुनः मतदान गर्नुपर्ने माग राखेका छन्। आयोगले भने माओवादीकी आशा कोइरालाले १६ हजार ६ सय ४६ मत पाएर विजयी भएको घोषणाको तयारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • कैलाली ५ मा आरजु राणालाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी

    कैलाली ५ मा आरजु राणालाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी

    काठमाडौं :  कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई पराजित गर्दै नेकपा एमालेका नारदमुनि राना विजयी भएका छन्।  २७ हजार २०२ मत प्राप्त गरी राना विजयी भएका हुन्। आरजु ४ हजार ८८० मतले पराजित भईन् । उनले २२ हजार ३२२ मत प्राप्त गरेकी छन्। त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मण चौधरीले ६ हजार ७४७ मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • एमाले छाडेर कांग्रेस पसेका लामाले रोके वाम गठबन्धनको ‘क्लिन स्विप’ 

    एमाले छाडेर कांग्रेस पसेका लामाले रोके वाम गठबन्धनको ‘क्लिन स्विप’ 

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सबै मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभातर्फ दुबै क्षेत्रमा वाम गठबन्धन र प्रदेशसभातर्फ तीन सिट वाम गठबन्धनले जित हात पारेको बेला क्षेत्र नम्बर २ को प्रदेश ख मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पूर्व सभासद्समेत रहेका माओवादी केन्द्रका दावा तामाङलाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।  लामाले १८ हजार ९०५ मत पाए भने…

    विस्तृतमा पढ्नुस्

  • ५० मत गायव गरिएको भन्दै कांग्रेसले विवाद गरेपछि डोटीमा रोकियो मतगणना

    ५० मत गायव गरिएको भन्दै कांग्रेसले विवाद गरेपछि डोटीमा रोकियो मतगणना

    काठमाडौं :  प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र रहेको डोटीको प्रदेश सभा ख को मतगणना रोकिएको छ।  आफ्ना पक्षका ५० मत गायव पारिएको भन्दै कांग्रेसले मतगणना रोकेको हो। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले आफ्ना पक्षमा खसेका १५० मत मध्ये ५० मत कर्मचारीले डाटा इन्ट्री नगरेको भन्दै कांग्रेसले विवाद गरेपछि मतगणना रोकिएको जानकारी दिए। विवाद समाधानका लागि दलहरुले एक घण्टाको समय मागेकाले अहिले मतगणना…

    विस्तृतमा पढ्नुस्

  • बाँके ३ मा एमालेका नन्दलाल रोकाय विजयी

    बाँके ३ मा एमालेका नन्दलाल रोकाय विजयी

    नेपालगञ्ज :  बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनकातर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय विजयी भएका छन्। नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै रोकाय विजयी भएका हुन्। रोकायले ३१ हजार ५९३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कुर्मीले २६ हजार ६१७ मत ल्याएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • रौतहट ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित 

    रौतहट ४ बाट कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित 

    काठमाडौं :  रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना वियजी भएका छन्। उनले नेकपा एमालेका डा। वंशीधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले पराजित गरेका हुन्। तिमल्सिनाले २८ हजार २ सय २८ मत पाएका छन् भने एमाले उम्मेदवार मिश्रले २३ हजार ६ मत प्राप्त गरेका छन्।   

    विस्तृतमा पढ्नुस्

  • जापान जाने अफरसहित मोफसल यात्रामा फिल्म 'माई लभ'

    जापान जाने अफरसहित मोफसल यात्रामा फिल्म 'माई लभ'

    मंसीर २९ गतेदेखि प्रदर्शन हुने फिल्म 'माइ लभ' युनिट अहिले मोफसल यात्रामा छ। प्रचारका लागि काठमाडौं बाहिका विभिन्न शहरमा रहेको फिल्म युनिटले दर्शकको ध्यानाकर्षण गर्ने नयाँ अस्तु प्रयोग गरेको छ। माइ लभ हेर्ने दर्शकलाई जापान लाने अफर युनिटले सार्वजनिक गरेको हो। फिल्म हेरिसकेका दर्शकहरुमध्य कोही एकलाई गोलाप्रथाद्वारा जापान जाने अवसर प्राप्त हुने फिल्म युनिटले जनाएको हो। जसको लागि फिल्म दर्शकले…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारका सबै संयन्त्र खुला गर्न उत्तर कोरियालाई राष्ट्रसंघका विशेष दूतको आग्रह 

    सञ्चारका सबै संयन्त्र खुला गर्न उत्तर कोरियालाई राष्ट्रसंघका विशेष दूतको आग्रह 

    प्योङ्याङ :  उत्तर कोरियाको राजधानी प्योङ्याङको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका एकजना विशेष दूतले उत्तर कोरियालाई सञ्चारका सबै संयन्त्रहरु खुला राख्न आग्रह गरेका छन्।  उनले उत्तर कोरियालाई संसारसँग वा संयुक्त राष्ट्रसंघसँग सम्बन्ध र सञ्चारका सबै संयन्त्रहरु आवश्यक मात्रामा खुला राख्न आग्रह गरेका हुन्। उनले भनेका छन्,‘आफ्नो मात्र अनुमान र संसारको अध्ययन नै नगरी आफ्नो मात्र मनगणन्ते बिचारका आधारमा आणविक परीक्षणजस्तो घातक काम…

    विस्तृतमा पढ्नुस्

  • भारतीय अर्धसैन्य बलका एक जवानले गरे आफ्नै चारजना साथीको हत्या

    भारतीय अर्धसैन्य बलका एक जवानले गरे आफ्नै चारजना साथीको हत्या

    नयाँदिल्ली :  भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन्। सैन्य बलको केन्द्रीय शिविर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।  शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो। आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए।  छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले खोल्यो खाता : राजेन्द्र लिङ्देनले बदला लिए कृष्ण सिटौलासँग

    राप्रपाले खोल्यो खाता : राजेन्द्र लिङ्देनले बदला लिए कृष्ण सिटौलासँग

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ खाता खोलेको छ। झापा ३ बाट राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले जित दर्ता गरेका हुन्। नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई १३ हजार ४४३ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४४ हजार ६१४ मत पाए भने सिटौलाले ३१ हजार १७१ मत पाए।  ताप्लेजुङमा जन्मिएका लिङ्देन झापाको राजनीतिमा तीन दशकदेखि सक्रिय छन्। २०२२ सालमा जन्मिएका…

    विस्तृतमा पढ्नुस्

  • ओलीले जितमा बनाए रेकर्ड : तर अर्को एउटा रेकर्ड बनाउन भने चुके

    ओलीले जितमा बनाए रेकर्ड : तर अर्को एउटा रेकर्ड बनाउन भने चुके

    काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्। योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्।  झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात् २८ हजार ८४२ मतान्तरले पराजित गरेका हुन्। अधिकारीले २८ हजार २९७ मत पाए।  सार्वधिक मत ल्याएर विजयी बनेपनि मतान्तरको रेकर्ड…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बरमा एमालेले खाेल्याे खाता

    दुई नम्बरमा एमालेले खाेल्याे खाता

    काठमाडौं : दुई नम्बर प्रदेशमा एमालेले पहिलो जित हात पारेको छ । सिरहा क्षेत्र नम्बर तीनबाट एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवलाई पराजित गर्दै विजयी बनेका हुन्। श्रेष्ठले २३ हजार दुई सय ७२ मत ल्याए भने यादवले २१ हजार दुई सय २० मत ल्याए। पहाडी मतदातासमेत रहेको उक्त क्षेत्रमा वाम गठबन्धनबाट श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • डिभोर्सको खबर बारे बोल्न चाहदिनन् रीमा विश्वकर्मा

    डिभोर्सको खबर बारे बोल्न चाहदिनन् रीमा विश्वकर्मा

    काठमाडौं: दुई वर्षअघि विवाह बन्धनमा बाँधिएकी अभिनेत्री रीमा विश्वकर्माको सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएको छ। उनले लण्डन बस्दै आएका रोवर्ट विकसँग प्रेम विवाह गरेकी थिइन्। रोवर्ट लण्डनमै रहेपनि रीमा करियरलाई निरन्तरता दिनका लागि नेपाल बस्दै आएकी छिन्। डिभोर्सको आधिकारिक खबर रीमाले दिएकी भने होइनन्। तर रोवर्ट विक र मोडल वर्षा रसाईलीको इन्गेजमेन्टको फोटोसहित खबर सार्वजनिक भएपछि रीमाले उक्त विषयमा केही…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वरिष्ठ नेता पौडेललाई लाग्यो ब्रेक, एमाले नेता कृष्णकुमार श्रेष्ठसँग पराजित

    कांग्रेस वरिष्ठ नेता पौडेललाई लाग्यो ब्रेक, एमाले नेता कृष्णकुमार श्रेष्ठसँग पराजित

    काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका छन्।  २०४६ देखि यस क्षेत्रबाट विजयी हुँदै आएका पौडेललाई झन्डै सातहजार मतान्तरले पराजित गरेका हुन्।  किसान ३४ हजार ४९२ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। पौडेलले २७ हजार ६९० मत पाएका छन्। २०६४ सालको निर्वाचनमा देशभर माओवादीको लहर आउँदा पनि २०४६…

    विस्तृतमा पढ्नुस्

  • राजदूत पद छाडेर चुनाव लडेका दीपकुमार माअाेवादीका चक्रपाणी खनालसँग पराजित

    राजदूत पद छाडेर चुनाव लडेका दीपकुमार माअाेवादीका चक्रपाणी खनालसँग पराजित

    काठमाडौं :  भारतका लागि नेपाली राजदूत पद छाडेर कपिलवस्तु दुईबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका कांग्रेस नेता दीपकुमार उपाध्याय पराजित भएका छन्। उपाध्याय नेकपा माओवादी केन्द्रका चक्रपाणी खनालसँग ९४६ मत अन्तरले पराजित भएका हुन्। वाम गठबन्धनका उम्मेदवार खनालले २९ हजार ७९९ मत प्राप्त गर्दा उपाध्यायले २८ हजार ८५३ मत ल्याए।  

    विस्तृतमा पढ्नुस्

  • 'सिक्रेट सूपरस्टार' जायरा वसिममाथि शारीरिक दुर्व्यवहार

    'सिक्रेट सूपरस्टार' जायरा वसिममाथि शारीरिक दुर्व्यवहार

    दंगल गर्ल जायरा वसिमको समर्थन र विरोधमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भैरहेका छन्। उनले इन्स्टाग्राम लाइभामार्फत आफूमाथि भएको दुर्व्यवहार बारे बोलेपछि बलिउड मिडियामा थुप्रै गसिपहरु बन्दै छन्। सामाजिक सञ्जालमा पनि कतिले 'आइ एम विद जायरा' भनेर ट्रेन्ड चलाएका छन् भने कतिले उनीमाथि पब्लिसिटी स्टन्टको आरोप लगाएका छन्।  दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा एक अधवैंशे मान्छेले आफूलाई शारीरिक दुर्व्यवहार गरेको जायराले जनाएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ २ को क मा पुनः मतदान नहुने, माओवादीकी आशा कोइराला निर्वाचित

    तनहुँ २ को क मा पुनः मतदान नहुने, माओवादीकी आशा कोइराला निर्वाचित

    काठमाडौं :   तनहुँ क्षेत्र नम्बर दुईको प्रदेशसभा क का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेकोमा निर्वाचन आयोगले उनको माग अस्विकार गरेको छ। पौडेलले विभिन्न केन्द्रमा गरी ४२ मत फर्जी भेटिएकाले पुनः मतदान गर्नुपर्ने माग राख्दै उजुरी दिएका थिए।निर्वाचन अधिकृत गोविन्द गिरीले जनजग कुमारी मतदानस्थलका केन्द्रको मतपेटिकामा रुजु गर्दा कुनै फर्जी मत नभेटिएको बताए। निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना

    मतदानको तीनदिन बित्दा पनि स्याङ्जामा सुरु भएन मतगणना

    काठमाडौं :  मंसिर २१ गते निर्वाचन सम्पन्न भएको स्याङजामा तीन दिन वित्दा पनि मतगणना सुरु भएको छैन।  दुर्इ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा सर्वदलीय बैठक जारी रहेको र सहमतिपछि आजै मतगणना सुरु हुने निर्वचन अधिकृत हरिकृष्ण श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। स्याङ्जाका चार मतदान केन्द्रमा कांग्रेसले बुथकब्जा गरेको भन्दै पुनः मतदान गर्न वाम गठबन्धनले शुक्रबार उजुरी गरेपछि मतगणना सुरु नभएको हो।   

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा वाम गठबन्धनको एकलाैटी जित, प्रतिनिधसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

    पर्वतमा वाम गठबन्धनको एकलाैटी जित, प्रतिनिधसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

    काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा वाम गठबन्धनका पदम गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।  नेकपा एमालेका गिरीले नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतले अन्तरले पराजित गरे।  एमालेका गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा कांग्रेसका अर्जुन जोशीले २६ हजार ८१९ मत प्राप्त गरे। यसैगरी प्रदेश क र ख मा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं पास हुन सकेनन्

    वाम गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं पास हुन सकेनन्

    काठमाडौं :  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्। बर्दिया १ मा चुनावी मैदानमा रहेका गौतमलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री गौतम विजयी भएका हुन्। सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका छन्। वर्तमान वाम गठबन्धनका मुख्य रणनीतिकार गौतमले गठबन्धनको बलमा धेरै उम्मेदवारहरुलाई पार लगाए पनि आफै भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell