काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन गराउन सफल भएकोमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। चितवन क्षेत्र नम्वर ३ मा विजयी भएसँगै संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तिनै तहको निर्वाचन शान्तिपुर्ण गराएको देउवालाई धन्यवाद दिएका हुन्। दाहालले भने ‘वाम गठवन्धन बन्दाखेरी नि देउवा जिलाई कांग्रेसले यति सिट ल्याउँछ भन्ने थाहा थियो। तर पनि उहाँले…
वीरगंज : प्रदेश नं २ को पर्सा–बारा जिल्ला मधेशी दलको किल्ला बनेको छ। मधेसी गठबन्धनको नामले चुनाव लडेको राजपा–फोरम नेपाल गठबन्धनले दुई जिल्लाको ८ क्षेत्र मध्ये ७ वटामा जित निकालेको छन् भने एकमा मात्र नेपाली कांग्रेसले साख जोगाउन सफल भएको छ। पर्साको चार क्षेत्र मध्ये ३ मा फोरम नेपालले मसाल बालेको छ भने एकमा राजपाको छाताले जितेको छ। बारामा विजय…
काठमाडौः सिरहाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रदीप गिरि विजयी भएका छन्। गिरिले २३ हजार ९५१ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपाबाट एमाले प्रवेश गरेका अघिल्लो संसदका उपसभामुख गंगाप्रसाद यादवले भने २१ हजार ३७१ मत प्राप्त गरे। उनी यसअघि सिरहाबाट समानुपातिकतर्फ निर्वाचित भएका थिए। उनले २०२१ सालदेखि राजनीति शुरु गरेका थिए। गिरी आफूलाई गान्धीवादी नेता मान्छन्।
काठमाडौं : प्रतिनिधि तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश नम्बर ७ का ३ निर्वाचन क्षेत्रको मत परिणम आउन बाँकी रहेका छ। कैलालीको निर्वाचन क्षेत्र १ र २ तथा कंचनपुर ३ मा मतगणना भैरहेको छ। कैलाली १ मा राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले ठुलो मतान्तरले अग्रता लिएका छन्। अहिलेसम्म उनले १९ हजार ५८२ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका मदन कुमारी साहाले…
काठमाडौं : सत्तामा सधै रहने र स्थायी उप प्रधानमन्त्रीका रुपमा चिनिएका विजय कुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरीबीचको चुनावी मत गणना रोचक बन्दै गएको छ। मत परिणाममा देखिएको रस्साकस्सीले यतिखेर सुनसरी ३ ले धेरैको ध्यान खिचेको छ। मत गणनामा विवाद निस्किएपछि परिणाम कुन दिशातिर जान्छ भन्न सकिन्न। आज बिहान १० बजेसम्म भगवती चौधरीले मत गणनामा लिड गरेकी छिन्।…
काठमाडौं: काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १५ औं संस्करण विहीबार मंसिर २८ गतेबाट सुरु हुँदैछ। पाँच दिन लामो किम्फमा योपटक ३७ देशका डकुमेन्ट्री, सोसियल ड्रामा, एनिमेटेड, सर्ट फिल्म लगायत अन्य फरक विधाका फिल्महरु देखाइने बताइएको छ। जीवनशैली, वातावरण, साहसिक खेल, पर्वतारोहण, पर्वतीय समाज, संस्कृती आदी विषयका कथा समेटिएको फिल्महरु देखाइन लागेको हो। किम्फ २०१७ मा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ १५ फिल्म…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवन टाइगर्सको कप्तानी पृथु बास्कोटाले गर्ने भएका छन्। सोमबार आइडिएस ग्रुपले चितवन टाइगर्सको कप्तान, प्रशिक्षक र म्यानेजर घोषणा गर्दै पृथुलाई कप्तान नियुक्त गरेको जानकारी दिएको हो। चितवन टाइगर्सका मालिक तथा आइडिएस ग्रुपका अध्यक्ष किशोर भट्टराईले विदेशी खेलाडीलाई कप्तान बनाउने तयारी गरिए पनि विदेशी खेलाडीसँग समयमै कन्ट्रयाक्ट हुन नसक्दा पृथुलाई कप्तान चयन गरिएको बताए।…
'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी नेपाली मोडल सबिता कार्की प्रतियोगिताको टप ३ का लागि छानिएकी छिन्। सबितासँगै रिया सुबोध र श्वेता राज उत्कृष्ट ३ घोषित भए। र यी तीन प्रतिस्पर्धीले कार्यक्रमको लागि जज समेत रहेकी अभिनेत्री मलाइका अरोरासँग फोटो सुटको अवसर प्राप्त गरे। काठमाडौंकी २३ वर्षीय सबिता कार्कीले पनि अरोरासँग तीन पोज दिइन्। जुन फोटो उनले आफ्नो इन्टाग्राममार्फत सेयर गरेकी…
काठमाडौं : बाँके क्षेत्र नम्वर २ प्रतिनिध सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका नेता मोहम्द इस्तियाक राई विजयी भएका छन् । उनले वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रलाई पराजित गरेका हुन्। राईले २१ हजार ५ सय ७५ मत पाए भने मिश्रले १५ हजार ९ सय ५१ मत ल्याए। मधेश आन्दोलनबाट राजनीतिमा चर्चामा आएका इस्तियाक पहिलो संविधान सभाको निर्वाचनमा पनि फोरमबाटै…
राकेश कुमार मिश्र नेपालगज : प्रदेश नम्वर ५ अन्तर्गत रहेको जिल्ला बाँकेमा प्रतिनिधि र प्रदेश सभामा मिश्रित नतिजा आंइरहेको छ। तीन निर्वाचन क्षेत्र रहेको बाँके २ मा फोरम नेपालका मोहम्द इस्तियाक राई विजयी भइसकेका छन्। यसैगरी बाँके क्षेत्र नम्वर १ को प्रदेश (क) मा केसी विजयी वाम गठवन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका कृष्णा केसी विजयी भएका छन्। उनले १३…
प्रिमियर लिग अन्तर्गत शनिबार भएकव खेलमा टोटनहमले स्टोक सिटीलाई ५-१ ले पराजित गरेको छ। वेम्वली मैदानमा भएकव खेलमा टोटनहमलाई फरिकलो जित दिलाउन ह्यारी केनले २ तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले १-१ गोल गरे। टोटनहमलाई एक आत्मघाती गोल उपहार दिएका राएन सक्रवसले स्टवकका लागि सान्त्वना गोल फर्काए। नोभम्वर ५ मा क्रिस्टल प्यालेसलाई हराए यता प्रिमियर लिगमा टोटनहमको यो पहिलो जित…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेश सभा २ मा नेकपा एमालेकी अष्ट लक्ष्मी शाक्य (वोहरा) विजयी भएकी छिन्। उनी ५ हजार १६९ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवरत्न डंगोल ३ हजार ६६९ मत ल्याएर पराजित भए।
विराटनगर : छोटो समय आपूर्ति मन्त्री हुँदा दरवारमार्गस्थित व्यवसायीका बिच खैलाबैला मच्चाउन सफल विना विभागीय मन्त्री शिवकुमार मण्डल मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वाम गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी नेता मण्डलले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललाई ३ हजार ८ सय ९२ मतले पराजित गरेका हुन्। मण्डलले २२ हजार ९ सय ४५ र अर्यालले…
भ्यालेन्सियाले सेल्टाभिगोलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम गरेको छ। घरेलु मैदान सिमोन जाजा र ड्यानिएल परेजोले १-१ गोल गरे। सेल्टाका लागि इगो असपासले १ गोल गरे। जितपछि भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी २ मा झारेको छ। तर बार्सिलोनाले भ्यालेन्सियाभन्दा एक खेल कम खेलेको छ। १४ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। १५ खेलबाट…
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिगमा लिलेलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदान पार्क डे प्रिन्समा पिएसजीलाई जिताउन एन्जल डि मारिया, ज्याभिएर पास्टोर र केएलिन एमबापेले एक एक गोल गरे। लिलेका लागि अनवर अल घाजीले एक गोल गरे। जितपछि पिएसजीले दोस्रो स्थानको मोनाकोमाथि ९ अंकको अग्रता बनाएको छ। १७ खेलबाट ४४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा आसिन छ। समान…
काठमाडौं : राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष-महिला सिंगल्समा च्याम्पियन बने। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले दुई पटकका पूर्व च्याम्पियन प्रहरीका दीप साउनलाई ४–१ को सेटमा पराजित गरे। सानै उमेरदेखि नविताबाट टेबलटेनिस खेल्न सिकेका श्यान्टुले दीपलाई ७–११,…
काठमाडौं : रुपन्देही प्रतिनिधि सभा ३ मा वाम गठबन्धनका घनश्याम भुसाल विजयी भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भुसालले राप्रपा प्रजातान्त्रिकका दिपक बोहरालाई पराजित गरे। भुसालले ३२ हजार ८६६ मत प्राप्त गर्दा बोहराले २७ हजार ४२२ मत पाए। यस्तै संघिय समाजवादी पोरम नेपालका महेन्द्र राय यादव १२ हजार ५३६ मत ल्याएर तेस्रो स्थानमा रहे।
गुल्मी : गुल्मी क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यमा एमालेका सचिव प्रदिप ज्ञावली विजयी भएका छन्। उनले ३७ हजार ८ सय १४ मत ल्याए भने नेपाली कांग्रेसक नेता चन्द्र कान्त भन्डारीले ३० हजार २ सय ५६ मत प्राप्त गरे। प्रदेशमा एमालेका कमल राज श्रेष्ठ र माओबादीका सुर्दशन बराल विजयी भएका छन्।
काठमाडौँ: पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट विजयी भएका छन्। खनालको इलामबाट यो लगातार तेस्रो जित हो। कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गर्दैै खनाल निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी कट्टेलले १९ हजार ६३८ मत पाउँदा खनालले ३६ हजार ८०५ मत पाए।
रुपन्देही: रुपन्देही क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्। शाह ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी मओवादी केन्द्रका नेता डिलाराम आर्चायले २० हजार ४३८ मत ल्याएका छन्। झन्डै १३ हजार मत अन्तरले शाह विजयी भएका हुन्। प्रदेशमा भने एमालेका भूमिश्वर ढकाल र नेपाली कांग्रेसका फकर उद्धिन खाँ विजयी भएका छन्।