PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • मोरङ २ मा मीनेन्द्र रिजालको ९४ मतको अग्रता

    मोरङ २ मा मीनेन्द्र रिजालको ९४ मतको अग्रता

    विराटनगर :  मोरङमा मतगणनाको सुरुवातदेखि नै ६ वटै क्षेत्रमा पछि पर्दै आएको नेपाली काङ्ग्रेसलाई क्षेत्र नम्बर २ का डाक्टर मीनेन्द्र रिजालले बिहान २.४५ मा झिनो आशा जगाएका छन्। बिहान २.४५ मा गरिएको घोषणाअनुसार रिजालले आफ्ना प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेललाई ९४ मतले पछि पारेका छन्। रिजालले १६ हजार ४ सय ४९ र पोखरेलले १६ हजार ३ सय ५५ मत हासिल गरेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • धादिङ १ मा एमालेका भूमि त्रिपाठी २७ हजार मतान्तरले विजयी

    धादिङ १ मा एमालेका भूमि त्रिपाठी २७ हजार मतान्तरले विजयी

    काठमाडौं :  धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका छन्। त्रिपाठी ४९ हजार १२१ मत प्राप्त गरी फराकिले मतअन्तरले विजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९६८ मत ल्याएका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए। एकलाख १८ हजार १५० मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ६३ मत खसेको थियो।  

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्ति छाडेर माओवादी फर्केका देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

    नयाँ शक्ति छाडेर माओवादी फर्केका देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

    काठमाडौं : नयाँ शक्ति पार्टी छाडेर नेकपा माओवादी केन्द्रमा फर्केका देवेन्द्र पौडेल बाग्लुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनाव लडेका पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई पराजित गरेका हुन्। पौडेलले २८ हजार ८२७ मत प्राप्त गरेका र पुनले १९ हजार ९०५ मत प्राप्त गरेका निर्वाचन कार्यालय बागलुङले जनाएको छ। यस क्षेत्रको प्रदेश क मा माओवादीका चन्द्रबहादुर…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

    रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

    काठमाडौं :  रसुवामा नेपाली कांग्रेसका उम्मेदवार माेहन आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आचार्य नेकपा एमालेका पूर्व सभासद जनार्दन ढकाललाई पराजित गर्दै विजयी भएका हुन्। आचार्यले १४ हजार मत प्राप्त गरेका छन्। औपचारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ। निर्माण व्यवसायीसमेत रहेका आचार्य इन्जिनियर हुन्। प्रदेश क मा कांग्रेसकै प्रभात लामा विजयी भइसकेका छन्। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा एमालेले खाता खोल्यो, क्षेत्र नं ३ मा कृष्ण राई विजयी

    काठमाडौंमा एमालेले खाता खोल्यो, क्षेत्र नं ३  मा कृष्ण राई विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कृष्णबहादुर राई विजयी भएका छन्।  राई कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले १९ हजार १६९ प्राप्त गरेका छन् भने उनका निकटमत प्रतिस्पर्धी बस्नेतले १४ हजार ८८४ मत प्राप्त गरेकी छन्। यो क्षेत्रमा ३९ हजार ३ मत खसेको निर्वाचन अधिकृत मोना सिंहले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र नं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी, नवीन्द्रराज जोशी ४४४ मतले पराजित

    काठमाडौं क्षेत्र नं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी, नवीन्द्रराज जोशी ४४४ मतले पराजित

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन्।  श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत मात्र पाएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा भट्टभन्दा दोब्बर मतले अगाडि

    प्रधानमन्त्री देउवा भट्टभन्दा दोब्बर मतले अगाडि

    काठमाडौं :  डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका खगराज भट्टभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार देउवाले ५ हजार ४२६ मत पाएका छन् भट्टले दुर्इहजार ७०० मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ४ बाट गगन थापा साढे तीन हजार मतान्तरले विजयी

    काठमाडौं ४ बाट गगन थापा साढे तीन हजार मतान्तरले विजयी

    काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन्। थापा २१ हजार ५५८ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डा राजन भट्टराइले १८ हजार १४० मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक १ मा बहालवाला सञ्चारमन्त्रीलाई हराउँदै विजयी भए पूर्वसञ्चारमन्त्री सापकोटा

    सिन्धुपाल्चोक १ मा बहालवाला सञ्चारमन्त्रीलाई हराउँदै विजयी भए पूर्वसञ्चारमन्त्री सापकोटा

    काठमाडौं :  सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भएका छन्।  बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बस्नेतलाई १० हजार ७०६ मतान्तरले हराउँदै पूर्वसञ्चारमन्त्री सापकोटा विजयी भएका हुन्। सापकोटाले ४० हजार ५०४ मत पाए भने बस्नेतले २९ हजार ७९८ मत पाएका छन्। विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • नाति जर्नेललाई ८ हजार मतले पछि पार्दै विजयी भए शेरबहादुर तामाङ

    नाति जर्नेललाई ८ हजार मतले पछि पार्दै विजयी भए शेरबहादुर तामाङ

    काठमाडौं :  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन्। राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणालाई ८ हजार मतले पछि पार्दै तामाङ विजयी भएका हुन्। तामाङले ३८ हजार ६०१ मत पाए भने राणाले ३० हजार ४०१ मत प्राप्त गरेका छन्। राणाको यो ह्याट्रिक हार हो। मतगणना सम्पन्न भएपनि ‍औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत दीपक…

    विस्तृतमा पढ्नुस्

  • ध्यान गोविन्दसँग कृष्ण गोपालको बदला, ८ हजार मतान्तरले श्रेष्ठ विजयी

    ध्यान गोविन्दसँग कृष्ण गोपालको बदला, ८ हजार मतान्तरले श्रेष्ठ विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्वर ९ बाट नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन्। उनले २२ हजार ८ सय ५२ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ध्यान गोविन्द रन्जितले १४ हजार ८ सय २ मत प्राप्त गरे। यसअघि दुई संविधान सभाको निर्वाचनमा कृष्ण गोपाल ध्यान गोविन्द सँग पराजित भएका थिए।

    विस्तृतमा पढ्नुस्

  • हेभिवेट उम्मेदवार जसले पराजय भोगे

    हेभिवेट उम्मेदवार जसले पराजय भोगे

    काठमाडौं: मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। निर्वाचनमा केही हेविवेट उम्मेदवारले पराजय भागेको छन्। कतिपयमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। नाति जर्नेलको हारमा ह्याट्रिक सिन्धुपाल्चोक २ बाट पशुपति शमशेर राणा तेस्रो पटक पराजित भएका छन्। राणलाई पराजित गर्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ विजयी भए। तामाङले राणालाई यो समेत दोस्रो पटक पराजित गरेका हुन्। आठ…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् गगन थापाको विजयी र्‍याली

    फोटोमा हेर्नुस् गगन थापाको विजयी र्‍याली

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका युवा नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर संसदिय भुमिका नचुकीकन निभाउने बताएका छन्। काठमाडौं च मा एमालेका राजन भट्टराईलाई हराएर शनिबार विजयी र्‍यालीमा निक्लेका उनले सञ्चारकर्मीससँग कुरा गर्दै बम विस्फोटमा परेका घाइतेहरुलाई स्मरण गरेका छन्। थापा २१ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्। उनका…

    विस्तृतमा पढ्नुस्

  • वामको कब्जामा धादिङ, भुमि त्रिपाठी २७ हजार १५३ मतान्तरले विजयी

    वामको कब्जामा धादिङ, भुमि त्रिपाठी २७ हजार १५३ मतान्तरले विजयी

    काठमाडौं : धादिङमा एमालेका भूमि त्रिपाठी अहलेसम्मकै फराकिलो मतअन्तरमा विजयी भएका छन्। जिल्ला अध्यक्ष समेत रहेका त्रिपाठीले नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरे। वाम गठबन्धनका उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरे। यसैगरी धादिङ २ मा पनि एमालेकै…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ २ मा वाम गठबन्धनका देवेन्द्र पौडेल विजयी

    बागलुङ २ मा वाम गठबन्धनका देवेन्द्र पौडेल विजयी

    काठमाडौँ: बागलुङमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्। कांग्रेस उम्मेदवार नरबहादुर पुनलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्।  पौडेलले २८ हजार ८२७ मत पाएका छन्। पुनले १९ हजार ९०५ मत पाए। पौडेल यसअघि ०७० को संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • को हुन् भूमि त्रिपाठी?, जसले प्रतिनिधिसभामा अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरे

    को हुन् भूमि त्रिपाठी?, जसले प्रतिनिधिसभामा अहिलेसम्मकै फराकिलो अन्तरको जित हासिल गरे

    काठमाडौं: नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका भूमि त्रिपाठी सवैभन्दा फराकिलो अन्तरले विजयी हुँदै धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरे। वाम गठबन्धनबाट उम्मेदवार त्रिपाठीले ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे। गजुरीको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड विक्रम पाण्डेभन्दा १४०९ मतले अघि

    प्रचण्ड विक्रम पाण्डेभन्दा १४०९ मतले अघि

    काठमाडौं: चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाएका छन्। दहालले ३ हजार ७९५ मत प्राप्त गरेका छन्। प्रचण्डलाई राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ हजार ३०८ मत प्राप्त गरेर पछ्याइरहेका छन्। दाहाल र पाण्डेबीचको मतान्तर १ हजार ४०९ छ।

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा वाम गठबन्धनको क्लिनस्विप

    दार्चुलामा वाम गठबन्धनको क्लिनस्विप

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेका छन्। दार्चुलाको प्रतिनिधि तथा प्रदेश सभामा वाम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन्। एक मा प्रतिनिधि सभा क्षेत्र रहेको दार्चुलामा एमालेका गणेश सिंह ठकुन्ना विजयी भएका छन्। ठकुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दि विक्रम सिंह धानी २२ हजार २…

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी

    ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी

    काठमाडौँ: ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार रामहरि खतिवडालाई पराजित गर्दै सुनुवार विजयी भएका हुन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र सुनुवार दुवै ओखलढुङ्गाबाट विजयी भएका थिए।  सुनुवारले ३२ हजार ५८० मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गरे। ५ हजार २५३ मतान्तरले सुनुवार विजयी भएका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • गोरखा २ मा भट्टराईको अग्रता कायमै

    गोरखा २ मा भट्टराईको अग्रता कायमै

    काठमाडौं : गोरखा क्षेत्र नम्वर २ मा बाबुराम भट्टराईले नारायणकाजीमाथि अग्रता बढाएका छन्। ४५ हजार १ सय ७३ मत गणना हुँदा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले २३ हजार १ सय १७ मत प्राप्त गरेका छन भने नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत प्राप्त गरका छन्। भट्टराई ३ हजार ६ सय ४२ मतले अगाडी छन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell