PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • 'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोश्रो अडिसन कहिले?

    'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोश्रो अडिसन कहिले?

    काठमाडौँ: 'नेक्स्ट सुपर टप्स मोडल नेपाल'को दोस्रो अडिसन असार ३१ गते हुने भएको छ। प्रतियोगिताको पहिलो अडिसन असार १७ गते शनिबार सम्पन्न भएको थियो। नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि संयुक्त सौन्दर्य प्रतियोगिता मोडल सङस नेपालले आयोजना गरेको हो। पहिलो अडिसनबाट पचास सहभागीहरुले अडिसन दिएका थिए। प्रतियोगिताको दोस्रो अडिसनमा भाग लिनको लागि १६ बर्ष देखि ३० वर्षसम्मका सबैले पाउने…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री महराको संसद्मा ब्रिफिङ्ः प्रधानमन्त्रीको भ्रमण मिति टुंगो लागेको छैन

    उपप्रधानमन्त्री महराको संसद्मा ब्रिफिङ्ः प्रधानमन्त्रीको भ्रमण मिति टुंगो लागेको छैन

    काठमाडौं : भारत भ्रमणबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भ्रमणका विषयममा संसदलाई जानकारी गराएका छन्। चार दिने भारत भ्रमण सकेर हिजो मात्र नेपाल फर्किएका परराष्ट्रमन्त्री महराले प्रधानमन्त्रीको भारत भ्रमण, नेपालमा रहेका भारतीय नोटको सटही, नेपाली ग्यास बुलेटलाई भारत प्रवेश खुल्ला तथा नेपालमा हुने विमस्टेक बैठकका विषयमा कुराकानी भएको जानकारी दिए।  ‘प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यूको भारत भ्रमणको मिति दुवै मुलुकका…

    विस्तृतमा पढ्नुस्

  • मेसी २०२१ सम्म बार्सिलोनामै रहने

    मेसी २०२१ सम्म बार्सिलोनामै रहने

    अर्जेन्टाइन सुपरस्टार लियोनाल मेसी सन् २०२१ सम्म स्पानिस जायन्ट बार्सिलोनामै रहने भएका छन्। भर्खरै रोकुज्जासँग विवाह गरेका मेसीले क्याटलान क्लब बार्सिलोनासँग केही दिनमै सम्झौता थप गरिने क्लबले जनाएको छ। अहिले छुट्टिमा रहेका मेसीले क्लबमा फर्केपछि सम्झौता गरिनेछ र सन् २०२१ को जुन ३० सम्म मेसी बार्सिलोनामै रहनेछन्।   🔥 ÚLTIMA HORA 🔥 Leo Messi seguirá en el @FCBarcelona_es hasta 2021…

    विस्तृतमा पढ्नुस्

  • आशिरमान देशराज जोशी भन्छन्- म राज्यलाई ट्याक्स तिर्छु

    आशिरमान देशराज जोशी भन्छन्- म राज्यलाई ट्याक्स तिर्छु

    काठमाडौं: बैंकर रबिना देशराज जोशीका छोराहरु भनेर चिनिने आयुषमान देशराज जोशी र आशिरमान देशराज जोशीले छोटो समयमै फिल्म क्षेत्रमा राम्रो फ्यान फलोइङ बनाए। अब यि दुबै कलाकारलाई परिचयका लागि आमाको नाम जोडिन आवश्यक छैन। आयुषमान देशराजले चपली हाइट २ बाट डेब्यु गरे भने भाइ आशिरमान जोशी फिल्म 'ग्याङ्स्टर ब्लूज'बाट अभिनेताको रुपमा देखा पर्दैछन्। गत कार्तिकमा घोषणा भएको फिल्मले तेस्रोपटक फाइनल…

    विस्तृतमा पढ्नुस्

  • उर्लाबारी र सुनवर्सीमा काङ्ग्रेस विजयी

    उर्लाबारी र सुनवर्सीमा काङ्ग्रेस विजयी

    विराटनगरः बुधबार घोषणा गरिएका मोरङका ३ मध्ये २ नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेस र १ मा नेकपा एमाले विजयी भएका छन्। मोरङको उत्तरपुर्वी क्षेत्रमा पर्ने उर्लाबारी नगरपालिकामा काङ्ग्रेसका खड्ग फागो ११ हजार ६ सय ३२ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका भूपालसिंह राईले ८ हजार ५ सय ४२ मत प्राप्त गरे। उर्लाबारीको उपप्रमुखमा भने एमालेकी लक्ष्मीदेवी भण्डारीले जितिन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुनेछ। सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ का दरले जम्मा ७ सय १० खेलाडी सहभागी हुनेछन्। क्रिकेटमा छात्र टोली मात्र सहभागी हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो अभ्यास खेलमा नेपाली यू-१९ टोली २४९ रनले विजयी

    दोस्रो अभ्यास खेलमा नेपाली यू-१९ टोली २४९ रनले विजयी

    काठमाडौं : आइसीसी यू-१९ विश्कप क्रिकेट छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय यू-१९ टोलीले लगातार दोस्रो खेल जित हात पारेको छ। भारतको ग्रेटर नोइडामा बुधबार भएको खेलमा नेपालको युवा टोलीले गुरुग्राम स्पोर्ट्स क्लब (जिएससी) लाई २४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३३८ रन बनाएको…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि तयारी पूरा, टिकट मूल्य पाँच सय र १ हजार

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि तयारी पूरा, टिकट मूल्य पाँच सय र १ हजार

    काठमाडौं : नेपाल यु-२३ र बंगलादेश यू-२३ टोली बीचको मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबीचको खेल यही असार २७ (जुलाई ११) गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फ मैदानमा हुनेछ। मैत्रीपूर्ण खेलले एएफसी च्याम्पियनसिपको छनोटमा रहेको दुवै टोलीलाई सहयोग पुग्न एन्फाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदी विजयी

    बुटवल उपमहानगर प्रमुखमा एमालेका शिवराज सुवेदी विजयी

    रुपन्देहीः नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलको गठबन्धनलाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ।  प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका छन्।  उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्य २५ हजार ३०१ मत प्राप्त गरी विजयी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यू १९ को चौथो अभ्यास खेलमा वर्षा बाधक

    नेपाल यू १९ को चौथो अभ्यास खेलमा वर्षा बाधक

    काठमाडौं : आइसीसी यू १९ विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपालले मंगलबार नोएडा एघारसँग मैत्रीपूर्ण खेल खेल्यो। तर वर्षाका कारण खेल पूरा हुन पाएन र नतिजाविहिन भयो। २ सय ७९ रनको रन पछ्याउँदै नेपालले जवाफमा २५ ओभर खेल्दै ३ विकेट गुमाएर १ सय १७ रन बनाउदा पानी परेपछि खेल रद्ध भएको हो। भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडाको शाहिद विजय पाथिक…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ

    जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ

    लमजुङ: लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन्। घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा यात्रुबाहक बस दुर्घटना, सातजना घाइते

    चितवनमा यात्रुबाहक बस दुर्घटना, सातजना घाइते

    चितवन: इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँबाट धनगढी जान आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो। घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • ६० स्थानीय तहको मतपरिणाम आउन बाँकीः एमाले १२०, कांग्रेस १०५ र माओवादी ३५ स्थानमा विजयी

    ६० स्थानीय तहको मतपरिणाम आउन बाँकीः एमाले १२०, कांग्रेस १०५ र माओवादी ३५ स्थानमा विजयी

    काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अब ६० स्थानको नतिजा आउन बाँकी रहेको छ। विराटनगर महानगरपालिका र ६ उपमहानसहित अब ६० स्थानको नतिजा आउन बाँकी रहेको हो। नेपालगन्ज उपमहानगरको नतिजा आएको छ। नेपालगन्जको मेयरमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन्। उपमेयरमा कांग्रेसकी उमा थापामगरले जित हासिल गरेकी छन्।   हालसम्म प्राप्त २७४ स्थानको मतपरिणाममध्ये एमाले १२० स्थानमा विजयी भएको छ। यस्तै, नेपाली…

    विस्तृतमा पढ्नुस्

  • देवदह नगरपालिकाको मेयरमा कांग्रेस माओवादी संयुक्त प्यानल विजयी

    देवदह नगरपालिकाको मेयरमा कांग्रेस माओवादी संयुक्त प्यानल विजयी

    रुपन्देहीः देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हिरा केसी विजयी भएका छन्। कांग्रेसका देवदह नगरका क्षेत्री सभापति रहेका केसी मेयरमा विजयी भएका हुन्। उनी कांग्रेस माओवादी केन्द्रबीचको गठबन्धनका संयुक्त उम्मेदवार हुन्।  केसीले ११४ मतअन्तरले एमालेका उम्मेदवारलाई पछि पारेका हुन्। केसीले  १० हजार १७६ मत प्राप्त गरे। एमालेका उम्मेदवार टीकाराम चापागाईँले १०  हजार ९८ मत मात्र पाए। तीनवटा वडामा प्यानलसहित मेयर पद कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • मोरङको सुन्दरहरैचा नगरपालिकामा कांग्रेस विजयी

    मोरङको सुन्दरहरैचा नगरपालिकामा कांग्रेस विजयी

    मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका शिव ढकाल १६ हजार ८२१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम  प्रतिस्पर्धी एमालेका केदार गुरागाईँले १५ हजार ८५३ मत पाएका छन्।  उपमेयरमा भने एमालेकी धना तामाङ विजयी भएकी छन्। १५ हजार ४७८ मत ल्याई तामाङ विजयी भएकी हुन्। उपमेयरमा कांग्रेस उम्मेदवार बन्दा थापा दाहालले १३ हजार ९० मत पाइन्।…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ

    विद्युत् प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ

    भक्तपुर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ। आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ गरेको हो। एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धानका क्रममा भैललाई रङ्गेहात पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी

    उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी

    गाईघाट: उदयपुर जिल्लाको कटारी नगरपालिकाको प्रमुख तथा उपमप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले छ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका हुन्। यस्तै, उपप्रमुखमा पनि एमालेका उम्मेदवार भीमकुमारी राउतले सात हजार ५१७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताए। प्रमुख पदमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले उपमहासचिव भुसालको वडामा कांग्रेस, कांग्रेस नेता खाँणको वडामा एमाले विजयी

    एमाले उपमहासचिव भुसालको वडामा कांग्रेस, कांग्रेस नेता खाँणको वडामा एमाले विजयी

    रुपन्देहीः दुई केन्द्रीय नेताको क्षेत्र रहेको तिलोत्तमा नगरपालिकामा केन्द्रीय नेताले वडामा समेत आफ्नो पार्टीलाई जिताउन सकेनन्। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। तिलोत्तमा वडा नम्बर ९ एमाले उपमहासचिव भुसालको वडा हो। त्यो वडामा  भुसालले मतदान गरेका थिए। वडा नम्बर ९ मा कांग्रेसको प्यानल विजयी भएको हो। वडाध्यक्षमा नारायण न्यौपाने एक हजार २२९ मत ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • जोन टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्लामा अनुबन्धित

    जोन टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्लामा अनुबन्धित

    इंगलिस च्याम्पियनसिप क्लब एस्ट भिल्लाले चेल्सी तथा इंगल्याण्डका पूर्व कप्तान जोन टेरीलाई अनुबन्ध गरेको छ। ३६ वर्षे डिफेण्डरलाई भिल्लाले एक वर्षका लागि क्लब भित्राएको हो। गत जुन ३० मा टेरीको चेल्सीसँग सम्झौता सकिएको थियो। टेरीले चेल्सी विरुद्ध नखेल्नकै लागि प्रिमियर लिगका अन्य क्लबको आकर्षक प्रस्ताव अस्वीकार गरेको बताएका छन्। इंगल्याण्डका लागि ७८ क्याप जितेका टेरी 'ब्लुज' का लागि ७१९ खेल…

    विस्तृतमा पढ्नुस्

  • शिवकुमारी बनिन् 'डेब्यु'मै कान्छी उपमेयर

    शिवकुमारी बनिन् 'डेब्यु'मै कान्छी उपमेयर

    काठमाडौँ: मनोनयन दर्ताअघि नै पश्चिम तराइमा चर्चामा रहेकी २३ वर्षीय शिवकुमारी थारु नेकपा एमालेको तर्फबाट उपमेयरमा विजयी भएकी छिन्। २३ वर्षीया शिवकुमारी ५ हजार ९६२ मत ल्याएर  कपिलवस्तु शिवराज नगरपालिकाको उपमेयर बनेकी हुन्। उनकी प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन्। सम्भवत शिवकुमारी दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म विजय हुने कान्छी उपमेयर हुन्। २३ वर्षीय भए पनि धेरैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell