PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • डान भान निएकेकले बनाइन् अनौठो कीर्तिमान्, २० बलमा कुनै रन नदिई ४ विकेट

    डान भान निएकेकले बनाइन् अनौठो कीर्तिमान्, २० बलमा कुनै रन नदिई ४ विकेट

    दक्षिण अफ्रिकी महिला क्रिकेट खेलाडी डान भान निएकेकले वान डे क्रिकेटमा नयाँ कीर्तिमान बनाएकी छिन्। इंगल्याण्डमा भइरहेको महिला विश्वकमा उनले वेष्ट इन्डिज विरुद्ध कुनै रन नदिई ४ विकेट लिएर कीर्तिमान रचेकी हुन्। ३.२ ओभर बलिङ गर्दा उनले ३ मेडन राख्दै कुनै रन नदिई ४ विकेट झारेकी हुन्। निएरेकसँगै मरिजाने कापले ४ तथा र शबनिम इस्मेइलले २ विकेट लिएपछि दक्षिण अफ्रिकाले…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बस दुर्घटना, ३ जनाको मृत्यु, पाँच घाइते

    चितवनमा बस दुर्घटना, ३ जनाको मृत्यु, पाँच घाइते

    चितवनः चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। काठमाडौंबाट धनगढी गइरहेको ना.६ ख २४६८ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकको नालीमा पल्टेर दुर्घटना भएको हो।  दुर्घटनामा बर्दिया, मगरागढी–६ का २६ वर्षीय राजकुमार थारु,  उनकी तीन महिनाकी छोरी र बस चालक कैलालीका दिनेश राना मगरको मृत्यु भएको हो। दुई…

    विस्तृतमा पढ्नुस्

  • दश दिनपछि भारतमा नेपाली यू-१९ क्रिकेट टोलीको अभ्यास खेल

    दश दिनपछि भारतमा नेपाली यू-१९ क्रिकेट टोलीको अभ्यास खेल

    काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका लागि भारतमा रहेको नेपाली युवा क्रिकेट टोलीले बल्ल आज पहिलो अभ्यास खेल खेल्ने मौका पाएको छ। गत जुन २३ मा भारतको नोइडा गएको नेपाली यू-१९ टोलीले यसअघि अभ्यास खेल खेल्ने भन्दै आएपनि नेट प्राक्टिस र प्रशिक्षणमै रमाउनु परेको थियो। जुन २७ र जुलाई १ मा अभ्यास खेल खेल्ने भनिए पनि हुन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा काङ्ग्रेसकै अग्रता

    विराटनगर महानगरमा काङ्ग्रेसकै अग्रता

    विराटनगरः विराटनगर महानगरपालिकामा काङ्ग्रेसका भीम पराजुली ८ हजार ४६ मतसहित अगाडि छन्। उनलाई एमालेका विनोद ढकालले ५ हजार ५ सय ८२ सहित पछ्याइरहेका छन्। उपप्रमुखमा अगाडि रहेकी कांग्रेसकी इन्दिरा कार्कीले ५ हजार ५ सय ८२ मत प्राप्त गरेकी छन्। उनीसित नजिक रहेर प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रकी नमिता न्यौपानेले ३ हजार ४ सय ५१ मत ल्याएकी छन्। महानगरको १ र १६…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र एमालेका उम्मेदवारले भोट ल्याए बराबर, के गर्ने अब?

    कांग्रेस र एमालेका उम्मेदवारले भोट ल्याए बराबर, के गर्ने अब?

    काठमाडौं : झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष उम्मेद्वारले मत बराबरी ल्याएपछि कसरी विजयी उम्मेद्वार घोषणा गर्ने अन्यौल भएको छ।  मंगलवार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी उम्मेद्वार मेनका काफ्लेले ८ हजार २ सय ७५ मत पाएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइटेलले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'कसरी उम्मेद्वार घोषणा गर्ने भन्ने विषयमा हामी परामर्श…

    विस्तृतमा पढ्नुस्

  • मोरङका बाँकी ५ नगरपालिकाको मतगणना जारी, कांग्रेस र एमाले २/२ तथा माओवादी एकमा अगाडि

    मोरङका बाँकी ५ नगरपालिकाको मतगणना जारी, कांग्रेस र एमाले २/२ तथा माओवादी एकमा अगाडि

    विराटनगरः मोरङमा मतगणना जारी रहेका ५ नगरपालिकामध्ये २/२ मा नेपाली काङ्ग्रेस र एमाले तथा एकमा माओवादी केन्द्र अगाडि देखिएका छन्। मोरङको रङ्गेली नगरपालिकाको पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका दिलीप बगौडियाले ४ हजार ८ सय ५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका मोदराज घिमिरेले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन्। सुनबर्सी नगरपालिकाको प्रमुखमामा नेपाली काङ्ग्रेसले विजय हासिल…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानका १७ यस्ता डायलग जसले उनको २५ वर्ष लामो बलिउड यात्रा सम्झाउँछ 

    शाहरुख खानका १७ यस्ता डायलग जसले उनको २५ वर्ष लामो बलिउड यात्रा सम्झाउँछ 

    बलिउड बादशाह वा किङ अफ रोमान्सको रुपमा स्थापित छन् स्टार शाहरुख खान। उनको अभिनयले मात्र होइन गेट-अप, लुक्स र फिल्मको डायलगले पनि दर्शकमाझ चर्चा बटुलिरहन्छ।  यहाँ उनको हिट फिल्मको केही त्यस्ता डायलगहरु छन् जसले निकै चर्चा कमायो। र, यिनै डायलगहरुले उनको २५ वर्ष लामो बलिउड यात्रालाई ताजा बनाइरहेको छ। फिल्म बाजिगर (१९९३): 'कभी कभी जीत्ने के लिए कुच हार्न भि…

    विस्तृतमा पढ्नुस्

  • निलु डोमा शेर्पालाई श्रद्धाञ्जली, स्वयम्भूमा गरियो दाहसंस्कार

    निलु डोमा शेर्पालाई श्रद्धाञ्जली, स्वयम्भूमा गरियो दाहसंस्कार

    काठमाडौं: मृत्यु भएको चौथो दिन निलु डोमा शेर्पाको दाहसंस्कार भएको छ। आमा छिरिङ ल्हामु शेर्पा अष्ट्रेलियाबाट आएपछि उनको शवलाई स्वयम्भूस्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइएको हो। उनलाई श्रद्धाञ्जली दिन मृत्युको शोकमा रहेका परिवार, आफन्त, कलाकर्मी र ब्लु डाइमण्ड सोसाइटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। बौद्ध परम्परा अनुसार गरिएको दाहसंस्कारमा लामाले मन्त्र उच्चारण गरेर निलुको आत्माको शान्तिका लागि कामना गरे। मृत्यु हुनुअघि…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत २'को प्रचार तिब्र नयाँ भिडियोमा अश्लेषासँग कार्टुन्ज क्रु

    'प्रेमगीत २'को प्रचार तिब्र नयाँ भिडियोमा अश्लेषासँग कार्टुन्ज क्रु

    काठमाडौं: फिल्म 'प्रेमगीत २'को गीत मोटरसाइकलमाको कभर भिडियो सार्वजनिक भएको छ। भिडियोमा डान्सिङ ग्रुप 'कार्टुन्ज क्रु' सँग मुख्य अभिनेत्री अश्लेषाको फिचरिङ रहेको छ। एलिस कार्कीको संगीत रहेको गीतलाई प्रचार समाग्रीका रुपमा फिल्मको डिजिटल राइट्स खरिद गरेको हाइलाइट्स नेपालको अफिसियल च्यानलबाट अपलोड गरिएको छ। गीतमा प्रतास दास र इन्दिरा जोशीको स्वर छ। स्कटिस थिममा निर्देशन गरिएको यो गीतको अघिल्लो संस्करणमा स्वस्तिमा…

    विस्तृतमा पढ्नुस्

  • प्रमोद खरेल र अन्जु पन्तको स्वरमा 'म यस्तो गीत गाउँछु'को नयाँ भिडियो

    प्रमोद खरेल र अन्जु पन्तको स्वरमा 'म यस्तो गीत गाउँछु'को नयाँ भिडियो

    काठमाडौं: फिल्म 'म यस्तो गीत गाउँछु'को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको शिर्ष गीत 'कहाँ छ र?' भिडियो सहित बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ। असार ३० बाट सार्वजनिक हुने फिल्मको प्रचार प्रसारमा लागेको युनिटले फिल्म सार्वजनिक मिति नजिकिदै गर्दा गीत रिलिज गरिएको छ। कविराज गहतराजको निर्देशन रहेको गीतको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई मतले जिताएन, भाग्यले पनि दिएन साथ, बराबरीपछिको गोलाप्रथामा पराजय

    कांग्रेसलाई मतले जिताएन, भाग्यले पनि दिएन साथ, बराबरीपछिको गोलाप्रथामा पराजय

    काठमाडौं : झापाको कमल गाउँपालिकामा नेकपा एमालेका मेनका काफ्ले विजयी भएकी छन्। काफ्ले गोलाप्रथाबाट अध्यक्षमा विजयी भएकी हुन्।    मंगलवार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी उम्मेद्वार मेनका काफ्लेले समान ८ हजार २ सय ७५ मत पाएका थिए। बराबर मत पाएपछि कसरी उम्मेद्वार जिताउने विषयमा राजनीतिक दल र आयोगका कर्मचारी बीच छलफल भयो जहाँ गोलाप्रथालाई उम्मेद्वार छनौट गर्ने…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको मेयरमा २ हजार ६ सय मतले कांग्रेसको अग्रता

    विराटनगरको मेयरमा २ हजार ६ सय मतले कांग्रेसको अग्रता

    विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले फराकिलो मतान्तरसहित आफ्नो अग्रता राखेको छ। महानगरमा काङ्ग्रेसका मेयरका आकांक्षी भीम पराजुली एमालेका विनोद ढकालभन्दा २ हजार ६ सय ७७ मतले अगाडि हुँदै आफ्नो अग्रता कायम राख्न सफल भएका हुन्। निर्वाचन कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार काङ्ग्रेसका पराजुलीले ९ हजार १ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका ढकालले ६ हजार ४ सय ४७ मत…

    विस्तृतमा पढ्नुस्

  • भोएज अफ क्रिएशन-३ अगस्ट १९ मा, २० डिजाइनरले प्रतिस्पर्धा गर्ने

    भोएज अफ क्रिएशन-३ अगस्ट १९ मा, २० डिजाइनरले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : नेपाल इन्स्टिच्युट अफ फेसनको आयोजनामा आगामी भदौ ३ गते (अगस्ट १९) मा फेसन डिजाइनीङ कम्पीटिसन 'भोएज अफ फेसन-३' हुने भएको छ। यसअघिका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजकले तेस्रो संस्करण अझै उत्कृष्ट र भव्य रुपमा गर्ने जनाएको छ। युवा विद्यार्थीहरुको लागि यो कम्पीटिसन नयाँ जानकारी हासिल गर्ने मौकाको रुपमा रहनेछ। गत संस्करणमा चर्चित भारतीय कलाकार राहुल रोए लगायत…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभा र प्रतिनिधि सभा चुनावलाई आयोगको ताकेता : निर्वाचन आयोगले पठायो सरकारलाई औपचारिक पत्र

    प्रदेश सभा र प्रतिनिधि सभा चुनावलाई आयोगको ताकेता : निर्वाचन आयोगले पठायो सरकारलाई औपचारिक पत्र

    काठमाडौं : निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ। केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर निर्वाचनका लागि आवश्यक कामका लागि मिति सहितको प्रस्ताव गरेको आयोगले आज सरकारलाई ओपचारिक पत्र नै पठाएको हो।  'आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि मिति र तिथि पाएमा काम गर्न सहज हुन्छ,' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'माघ…

    विस्तृतमा पढ्नुस्

  • अभ्यास खेलमा नेपाल यु-१९ टोलीको जित

    अभ्यास खेलमा नेपाल यु-१९ टोलीको जित

    काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोटको तयारीका क्रममा भारतमा रहेको नेपाली यू-१९ टोलीले अभ्यास खेलमा जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपाली युवा टोलीले नोइडाको फ्रेण्ड्स स्पोर्ट्स एकेडेमी (एफएसए)लाई १ सय २१ रनले पराजित गरेको छ। गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा टस जितेर घरेलु टोलीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरको खेलमा २ सय ५० रन…

    विस्तृतमा पढ्नुस्

  • बक्सअफिस फिल्म फेयर अवार्डमा केकी अधिकारी उत्कृष्ट घोषित, बाढियो ५२ विधामा अवार्ड

    बक्सअफिस फिल्म फेयर अवार्डमा केकी अधिकारी उत्कृष्ट घोषित, बाढियो ५२ विधामा अवार्ड

    लन्डनमा सम्पन्न बक्स अफिस फिल्म फेयर अवार्डमा फिल्म तर्फ कलाकार र प्राविधिकलाई २८ र अन्य २४ विधामा गरेर ५२ वटा अवार्ड वितरण भयो। नेपालबाट कार्यक्रमका लागि हरेकले एक न एक विधाको अवार्ड हात पारे। दशौं संस्करणको फिल्म फेयर अवार्डमा फिल्म 'वीर बिक्रम' उत्कृष्ट घोषित भयो। उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म लभ सासाबाट केकी अधिकारीले पाइन् भने उत्कृष्ट अभिनेताको अवार्ड फिल्म होमवर्कका…

    विस्तृतमा पढ्नुस्

  • लेटाङ नगरपालिका प्रमुखमा काङ्ग्रेसका राई विजयी

    लेटाङ नगरपालिका प्रमुखमा काङ्ग्रेसका राई विजयी

    विराटनगरः मोरङको लेटाङ नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहुमत वडाका साथ विजयी भएका छन्। लेटाङको प्रमुखमा काङ्ग्रेसका शङ्कर राई ६ हजार ९ सय ६१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका भूपेन्द्र लावतीले ६ हजार ६ सय ५६ मत प्राप्त गरे। उपप्रमुखमा भने एमालेकी कृष्णाकुमारी निरौला ६ हजार ९ सय ९ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी सुभद्रादेवी…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु 

    चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु 

    रौतहटः रौतहटको गढिमाई गाँउपालिका ६ धरमपुरमा आईतबार राति चट्याङ लागेर २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा स्थानीय ४५ वर्षिय विश्वानाथ राय यादव र १७ वर्षिय सरोज यादव छन्।  खेतमा भैंसी चराउदै गरेका यादवलाई राति करिव ८ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • मोरङको धनपालथानमा मतगणना अझै सुरु भएन

    मोरङको धनपालथानमा मतगणना अझै सुरु भएन

    विराटनगर : शनिबार साँझदेखि अवरूद्ध धनपालथान गाउँपालिकाको मतगणना अझै सुरु गरिएको छैन। एक सय एक थान मतपत्रको परिणाम ‘भुलवश’ एमालेको खातामा जोडिएपछि शनिबार साँझदेखि मोरङको धनपालथान गाउँपालिकामा मतगणना रोकिएको हो। मतगणना कसरी खुलाउने भनेर निर्वाचन अधिकृत टोलराज उपाध्याय सम्बन्धित गाउँपालिकामा सर्वदलीय बैठक राख्ने तयारी गरिरहेका छन्। समस्या समाधानका लागि अधिकृत उपाध्याय आइतबार विराटनगर आएका थिए। विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको बेडबाटै फोटो राखिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले, दाहिने हातमा चोट

    अस्पतालको बेडबाटै फोटो राखिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले, दाहिने हातमा चोट

    काठमाडौं: पूर्व मिस नेपाल एवंम अभिनेत्री सृष्टि श्रेष्ठले अस्पतालको बेडबाटै आफ्नो इन्स्टाग्राम र फेसबुक अपडेट गरेकी छिन्। सोमबार बिहान उनी नर्भिक अस्पतालमा रहेको खबर फैलिएपछि भने उनले आफ्नो फ्यान एवं शुभचिन्तकलाई आफू ठीक हुँदै गरेको जानकारी दिइन्। यस अघि उनी केही दिन यता सामाजिक संजालमा निस्क्रिय थिइन्। दाहिने हातमा चोट लागे पछी शल्यक्रिया गर्न पर्ने अवस्थामा पुगिन्। उनको शनिबार शल्यक्रिया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell