काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि एमाले शतक कटाएको छ। जारी मतगणनामा एमालेले १०३ स्थानमा विजयी भइसकेको छ। थप ४१ स्थानमा अग्रता कायम राखेको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हासिल गरेको छ। एमालेभन्दा १४ स्थान कांग्रेस पछि छ। कांग्रेसले अहिले ३८ स्थानमा अग्रता बनाएको छ। माओवादी केन्द्रले अहिलेसम्म ३१ स्थानमा जित हासिल गरेको छ।…
डोटी: दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ। सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो। ९ नं वडाको मतगणना रोकिएको छ। ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए। सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको…
विराटनगर: मोरङको रतुवामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रविन राई बहुमत वडासहित विजयी भएका छन्। उपप्रमुखमा एमाले उम्मेदवार दमयन्तादेवी चुडाल विजयी भएकी छन्। रतुवामाईका निर्वाचन अधिकृत दिपक कोइरालाका अनुसार प्रमुख पदमा निर्वाचित राईले ९ हजार ८९५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी टिकेन्द्र पोमुले ८ हजार १०० मत प्राप्त गरे। उपप्रमुखमा निर्वाचित एमालेका चुडालले ८ हजार ३७२ र निकटतम प्रतिस्पर्धी कांग्रेसका…
अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ। मेयरमा कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले आठ हजार ३०३ मत पाएका छन्। उपमेयरमा माओवादी केन्द्रका ठाकुर कुमार बिक विजयी भएका छन्। उनले सात हजार १२७ मत पाए। मेयर उपमेयर दुबैमा एमाले उम्मेदवार पराजित भएका हुन्। मेयरमा एमालेका तर्फबाट कृष्णप्रसाद श्रेष्ठ र उपमेयरमा ईश्वरा पोख्रेल प्रतिस्पर्धामा थिए। सन्धिखर्क…
विश्व विजेता जर्मनी महादेशिय च्याम्पियनहरुले खेल्ने कन्फेडेरेसन कपको नयाँ च्याम्पियन बनेको छ। आइतबार राती रसियामा भएको फाइनलमा टुर्नामेन्टको डेब्यु टिम चिलीलाई १-० ले पराजित गर्दै जर्मनी कन्फेडेरेसन कप जित्ने छैटौँ राष्ट्र बनेको हो। यसअघि ब्राजिल (४) फ्रान्स (२), अर्जेन्टिना, मेक्सिको र डेनमार्क (१) पटक उपाधि जितिसकेका छन्। जर्मनीलाई उपाधि जिताउन बोरुसिया मोन्चेनग्लाडबाकका फरवार्ड लार्स स्टिन्डलले २०औं मिनेटमा गरेको गोल निर्णायक…
दाङ: दाङको दंगीशरण गाउँपालिका अध्यक्षमा एमालेका भागीराम चौधरी विजयी भएका छन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार पीमाकुमार वली खड्का विजयी भएकी छन्। एमालेका चौधरीले तीन हजार १६१ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका यज्ञनारायण आचार्यले दुई हजार ८४१ मत पाएका छन्। उपाध्यक्षमा खड्काले तीन हजार ६७ मत ल्याएकी छन्। निकटतम प्रतिस्पर्धी एमालेकी सीमा न्यौपानेले दुई हजार ९४१ मत ल्याइन।
कप्तान ज्यासन होल्डरले ५ विकेट लिएपछि वेष्टइन्डिजले १ सय ८९ रन डिफेण्ड गर्दै फोर्थ वान डे मा भारत विरुद्ध ११ रनको रोमाञ्चक जित हासिल गरेको छ। अजिन्का रहाने र महेन्द्र सिंह धोनीले अर्धशतक प्रहार गरेपनि भारतले १९० रनको टार्गेट भेट्टाउन सकेन। १९० रनको लक्ष्य पछ्याएको भारत २ बल बाँकी छदै १७१ रनमा अलआउट भयो। हारका बावजुत पनि ५ म्याचको सिरिजमा…
सोलुखुम्बु सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन्। उपप्रमुखमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएकी छन्। गएराति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले दुई हजार ७५१ मत प्राप्त गरेर विजय प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका आङ इगेले झलक शेर्पाले दुई हजार ६०१ मत प्राप्त…
रत्ननगर: चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नंको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञात छ। जाम परेर गाडी रोकिएका बेला…
पाल्पा: पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ। प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका छन्। प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गरेका थिए। बगनासकालीमा अध्यक्ष काँग्रेस विजय बगनासकाली…
काठमाडौँ: काठमाडौँसहित पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः४३ मा ओखलढुंगा केन्द्रबिन्दु बनाइ गएको भूकम्पको धक्का उपत्यकामा पनि महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प ५ दशमलव १ म्याग्निच्युड मापन गरेको छ। गोरखा भूकम्पको परकम्पकै रुपमा केन्द्रले मापन गरेको छ।
काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीन साता स्थगित व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। संसद् बैठकका लागि निर्वाचनमा जिल्ला गएको धेरै सांसद्हरु फर्किसकेका छन्। आइतबारको संसद्मा एमाले सांसद् महिन लिम्वुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। बाहलवाला सांसद् लिम्वुको असार १० गते निधन भएको थियो। क्यान्सरपीडित लिम्वुको धरानमा उपचारका क्रममा निधन भएको थियो। बाहलवाला सांसदको निधनमा शोक प्रस्ताव…
बैतडी: बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ। नगरपालिका प्रमुखमा नेकाका केशवबहादुर चन्दले चार हजार ८३३ मत प्राप्त गरी विजयी भएका हुन्। त्यसैगरी उपप्रमुखमा नेकाकै सरस्वती कोली तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुरा भट्टराईले तीन हजार ४५६ मत प्राप्त गरिन्। त्यसैगरी, नपा प्रमुखको प्रतिद्वन्द्वीका नेकपा एमालेका नरेश विश्वकर्माले तीन…
ताप्लेजुङ: ताप्लेजुङ जिल्लाको एक मात्र फुङलिन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका नगरप्रमुखका उम्मेदवार छत्रपति प्याकुरेलले तीन हजार ८९८ मत प्राप्त गरी विजयी भएका हुन्। त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। केन्द्रका उपप्रमुखका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार १२९ मत प्राप्त गरी विजयी भएका हुन्। नगर प्रमुखको प्रतिद्वन्द्वीमा नेकाका केशवप्रसाद दाहालले तीन हजार ६०६ मत प्राप्त गरे। त्यसैगरी…
काठमाडौं: जर्मनीको म्युनिख शहरमा कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना भएको छ। शनिबार सम्पन्न कविता कन्सर्टमा पराजुलीले आफ्नो कविता संग्रह 'सगरमाथा गहिराई'बाट 'खोया', 'हेब्बी बड्डे' लगायतका आफ्ना चर्चित कविताहरु वाचन गरे। साहित्य समाज जर्मनी र नेपाली फुटबल टिम म्युनिखद्वारा आयोजित कविता कन्सर्टमा पराजुलीले पहिलोपटक आफ्नो कविता 'मोक्ष' सार्वजनिक रुपमा प्रस्तुत गरेका हुन्। यो कविता कन्सर्ट, पराजुलीको नेपाल बाहिरको पहिलो कविता…
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचनको आधाभन्दा बढी स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ३३४ स्थानीय तहमा गत बुधबार भएको निर्वाचनमा आइतबार बिहान ९ बजेसम्म १७१ स्थानको नतिजा आइसकेको छ। आधा स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। प्राप्त मतपरिणाम अनुसार एमालेले अहिलेसम्म ७८ स्थानमा जित हासिल गरेको छ। नेपाली कांग्रेस ६६ स्थानमा…
दाङ : दाङको गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजय भएको छ। एमालेका सहजराम यादव तीन हजार ६३७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले तीन हजार ३०४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि एमालेकै शान्ति चौधरी तीन हजार ५३५ मत प्राप्त गरी विजय भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सकुन्तला डिसीले तीन हजार ४३० मत…
पोखराः अबिरल बर्षाका कारण पोखराको पस्र्याङपाखामा पहिरोले घर पुरिंदा १४ वर्षीय वालकको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्याङजा घर भई पोखरा बस्ने १४ वर्षीय टंक क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ब्लकले बनेको दुई तले कच्चीघर विहान साढे तीन बजे पहिरोमा पुरिएको थियो। उनीसँगै सुतेकी हजुरआमालगायत परिवारका…
रसियामा भइरहेको कन्फेडेरेसन कप फुटबलको उपाधिका लागि बज राती विश्व विजेता जर्मनी र चिलीबीच खेल हुँदैछ। फाइनल खेल सेन्ट पिटर्सवर्ग स्टेडियमा हुनेछ। जर्मनी सेमिफाइनलमा मेक्सिको तथा चिली पोर्चुगललाई पराजित गर्दै पहिलो पटक फाइनल पुगेका हुन्। त्यसैले जसले उपिध जितेपनि नयाँ च्याम्पियन बन्नेछ। यसअघि नै समूह चरणमा जर्मनी र चिलीले १-१ गोलको बराबरी खेलेका थिए। २३ वर्षिय युलियन ड्राक्सलरको कप्तानीमा रहेको…
काठमाडौं : बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सागको व्यक्तिगत स्पर्धामा पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले पुरुष फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे। स्वयम्भूका रमेश भट्टचनले कास्कीका…