कप्तान इयान मोर्गनको शतक प्रेरित इंगल्याण्डले फस्ट रोएल लण्डन वान डे क्रिकेटमा दक्षिण अफ्रिकालाई ७२ रनले हराएको छ। जितसँगै घरेलु टोली इंगल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। लिड्सस्थित हेडिङ्लेमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि इंगल्याण्डले पहिले ब्याटिङ गर्दै ३३९ रन बनाएको थियो। इंगल्याण्डको लागि कप्तान मोर्गनले १०७ रन बनाए। ९३ बल खेलेका उनले ७ चौका र…
काठमाडौंः नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि चार सय ८३ उम्मेद्वार छनौटको काम सुरु गरेको छ। सधै अन्तिम समयमा मात्र जुट्ने कांग्रेस यस पटक भने अरु भन्दा एक कदम अघि बढेर आज विहानै देखि उम्मेदवार छनौटको छलफलमा जुटेको हो। ‘अहिले हामीले दुर्गमबाट उम्मेद्वार छनौटको छलफल सुरु गरेका छौ सम्भवता केही दिनभित्रै टुंग्याउने छौं’,कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘उम्मेदवार छनौट गर्दा…
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन्। लाजिम्पाटस्थित निवासमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले…
काठमाडौं : स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयले जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने वातावरण प्रभावित भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि २० दिन बाँकी रहँदा आयोगले जेठ ३१ मा निर्वाचन सम्भव नहुने आशयको विज्ञप्ति प्रकाशित गरेको हो। आयोगले विज्ञप्ति जारी गर्दै ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते निर्वाचन सम्पन्न गर्ने गराउने वातावरण मिलाउन सरकारलाई…
काठमाडौं : विभागीय टीम नेपाल पुलिस क्लबले राजधानीमा जारी प्राइममिनिस्टर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। बिहिबार भएको आफ्नो दोस्रो खेलमा पुलिसले पूर्वाञ्चललाई ९ विकेटले हरायो। १०५ रनको सामान्य लक्ष्य पुलिसले १७.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। समूह बी मा दुई जित हासिल गरेको पुलिस सेमिफाइनल नजिक पुगेको छ। पुलिसले पहिलो खेलमा बुधबार सुदूरपश्चिमलाई ७ विकेट…
पोखराः पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयरमा कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई पछाडि पार्दै एमालेका मानबहादुर जिसीले फराकिलो मत अन्तरले अग्रता लिएका छन्। महानगरमा १ लाख २५ हजार ७ सय मत खसेकोमा झण्डै १ लाख ८ हजार मत गणना सम्पन्न भइसकेको छ । महानगरका ३३ वडाहरु मध्ये २९ वटा वडाको मतपरिणाम सार्वजनिक भईसक्दा जिसी कांग्रेसका उम्मेदवार कुँवर भन्दा…
काठमाडौंः पहिलो चरणको निर्वाचन भएका २८३ स्थानीय तह मध्ये अहिलेसम्म २७८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार २७८ स्थानीय तहबाट १२ हजार ९६४ उम्मेदवार निर्वाचित भएका छन्। आयोगका अनुसार अब पाँच स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार नगरप्रमुख वा अध्यक्षमा २७८, उपाध्यक्ष/उपप्रमुख २७८, वडा…
काठमाडौंः सरकारले माध्यमिक शिक्षा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा सरकारले यसलाई समावेश गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले माध्यामिक शिक्षा स्थानीय तहलार्इ हस्तान्तरण गरिने बताइन्। माध्यामिक तहको शिक्षा अनिवार्य तथा निःशुल्क बनार्इने र लक्षित बर्गलार्इ शिक्षामा दिर्इएको सुविधालार्इ थप ब्यवस्थित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी,…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। औपचारिक सम्बोधनमा जाँदा उनलाई कारकेटसँगै घोडसवारले साथ दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको राष्ट्रपतिलाई पेश गरेपछि उनले त्यो पढेकी हुन्। मन्त्रिपरिषद्ले गत जेठ ७ गते नीति तथा कार्यक्रम पारित गरेको थियो। निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति…
नरहरि पौड्याल - पोखरा : क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथमा करिब ६० प्रतिशत मत गन्न सकिँदा स्पष्ट भइसकेको छ – यो ठाउँ अब एमालेको लालकिल्ला बन्नेछ। विगतका संसदीय निर्वाचनदेखि स्थानीय निकायको निर्वाचनसम्म सबैमा कास्की जिल्लामा एमालेले वर्चश्व कायम गर्दै आएको हो। तर पछिल्लो संविधान सभा निर्वाचनमा कास्कीका चार निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले 'फिफ्टी-फिफ्टी' भए। कास्की…
विराटनगरः विराटनगरबाट ४० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर उपमहानगरपालिका–१५ भन्सार कार्यालय जोगबनी नजिकबाट प्रहरीले ४० किलो चाँदीसहित विराटनगरका संजय अग्रवाल र सीमा अग्रवाललाई पक्राउ गरेको हो। नेपालबाट जिपमा लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा बुझाएको एक दिनपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन्। ‘नेपालको संविधानको धारा १९८ को उपधारा दुई बमोजिम सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छिन्। सरकारको तर्फबाट राष्ट्रपतिले संसद बैठकमा नीति तथा कार्यक्रम पढेर सुनाएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए। निर्वाचन आचारसंहिताका कारण नीति तथा कार्यक्रममा सरकारले यसपटक नयाँ कार्यक्रमहरु भने समावेश गरेको छैन। यद्यपि केही राजनीतिक विषय र केही विकासका कार्यक्रममलाई…
ललितपुर : नौ दिन लामो मतगणनापछि बुधबार बिहान उपत्यकाले पहिलो मेयर पाएको छ। ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन मेयरमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले पराजित गर्दै महर्जन मेयरमा निर्वाचित भएका हुन्। मेयरमा निर्वाचित महर्जनले मतदातालाई गरेका प्रतिबद्धता अनुसार महानगरको काममा क्रियाशील हुने बताएका छन्। महर्जनका योजना नवनिर्वाचित मेयर महर्जनले महानगरबासीलाई स्वच्छ खानेपानीको प्रवन्ध गर्ने बताएका…
काठमाडौँ : यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ। काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ।…
काठमाडौँ : स्थानीय तहको संख्या थपको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को कारवाही अघि बढ्न नदिने अडान कामयै राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकिएको छ। संसदबाटै राजीनामा घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले संसद् अवरुद्ध भएपछि सम्वोधन र राजीनामा दुवै प्रक्रिया अघि बढाउन पाएका छैनन्। यसअघिको सहमति विपरित स्थानीय तहको संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्धको…
काठमाडौँ : साझा पार्टीले ललितपुरका मतदातालाई धन्यवाद दिएको छ। स्थापनाको छोटो समयमा नै वैकल्पिक शक्तिका रुपमा आफ्ना उम्मेद्वारलाई विश्वास गरेको भन्दै साझाले मतदातालाई धन्यवाद दिएको हो। ललितपुरमा साझा पार्टीका उम्मेदवार मेयरमा तेस्रो र उपमेयरमा दोस्रो भएका थिए। पार्टीले विज्ञप्तिमा भनेको छ ‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा…
काठमाडौँ : चार महानगरमध्ये ललितपुर महानगरपालिकाको मतगणना सकिए पनि अन्य तीन महानगरको मतगणना जारी नै छ। अहिलेसम्म तीन महानगरमा करिव ७० प्रतिशत मात्र मतगणना सकिएको छ। काठमाडौं महानगरमा दुई लाखभन्दा बढी मत खसेको छ। अहिलेसम्म १ लाख ३२ हजारभन्दा बढी मतगणना भइसकेको छ। अहिलेसम्म नेकपा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य ४४ हजार ६ सय ९६ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका…
चितवनः चितवनको भरतपुर महानगरको मतपरिणाम रोमान्चक वनेको छ । नेकपा एमालेका देवी ज्ञवाली र माओवादी–काग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालबीच प्रमुख पदमा भएको प्रतिस्पर्धाको नतिजा अन्तिम समयमा वढी प्रतिस्पर्धात्मक देखिएको छ । मनोनयनवाटै चर्चाको शिखरमा रहेको भरतपुर महानगरमा यतिवेला चितवनको पश्चिमी भेगको मतगणना भईरहेको छ । सहरी क्षेत्रको मतगन्दा एमालेको अग्रता रहेको भरतपुरमा गाउँपसेपछि गठवन्धनको पक्षमा वढी मत खसेको देखिएको छ…
काठमाडौं : नेकपा एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा गाउँपालिका र नगरपालिकाहरुमा हारको पाँच कारण पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ। एमालेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले निर्देशन जारी गर्दै पराजित हुनुको कारण तीन दिन भित्र पठाउन निर्देशन दिएको हो। एमालेले स्थानीय तहको निर्वाचनमा प्रशासनको भूमिकाको समेत समीक्षा गर्ने भएको छ। उम्मेद्वारहरुलाई एमालेले प्रशासनको भूमिकाका…