काठमाडौँ : स्थानीय तहको संख्या थप गरेको विरोधमा एमालेले संसदमा अवरोध गर्ने जनाएपछि सभामुख ओनसरी घर्तीले संसद बैठक बिहीबार ४ बजे सम्मका लागि स्थगित गरेकी छिन्। संसद बैठक सुचारु बनाउने विषयमा बानेश्वरमा भएको छलफलमा एमालेले पछाडि नहट्ने बताएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए। यसैबीच, प्रधानमन्त्रीले संसद बाहिरबाटै सम्बोधन गर्ने तयारी…
पोखराः नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातका कारण निधन भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु निवासी ४४ वर्षीय आचार्यको बुधवार विहान आफ्नै निवासमा हृदयघात भएको हो। हृदयघात भइ उपचारार्थ मनिपाल अस्पताल पुर्याइएको थियो। त्यहाँ चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए। आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि दिउँसो नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुङ्गामा राखिने बताइएको छ।…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक हुन नदिएका कारण सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउने भएको छ। लगातार दुई दिनसम्म एमालेले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा गर्ने सम्बोधन पनि अवरुद्ध हुँदै आएको छ। संविधानअनुसार जेठ १५ गते सार्वजनिक गर्नुपर्ने बजेटको विषयमा छलफलका लागि सभामुख ओनसरी घर्तीले प्रयास गरेको भए पनि दलहरुबीच संसद खुलाउने विषयमा सहमति…
काठमाडौं : सञ्चारकर्मीबाट गायक बनेका सुरज पौडेलको गीत 'ठुमक्का…' ले को भिडियो सार्वजनिक भएको छ। चितवन र नवलपरसीमा खिचिएको भिडियोमा रन्जु शर्मा र मेण्डी बाबुले अभिनय गरेका छन्। भिडियोलाई अर्का सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन्। गायक सुरज पौडेलको प्रस्तुती रहेको गीतमा भिषण राईले सगीत दिएका छन् भने गोपाल रसाँइलीले एरेन्ज गरेका छन्। यसतै म्युजिक भिडियोलाई रविन्द्र खड्ङ्काले सम्पादन गरेका…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह सिंहदरबारबाट विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्न लागेका उनको निजी सचिवालयले जनाएको हो। प्रधानमन्त्रीले आफ्नो सम्बोधनबाटै राजीनामाको घोषणा गर्ने बताइएको छ। नेकपा एमालेले व्यवस्थापिका संसदको बैठक चल्न नदिने बताएपछि प्रधानमन्त्रीले सिंहदरबाट सम्बोधन गर्न लागेका हुन्। स्थानीय तह संख्या बढाइएको विषयलाई लिएर नेकपा एमालेले संसद…
काठमाडौं : नेपाल र भारतबीच हुने मैत्रीपूर्ण फुटबल खेल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको छ। आगामी जेठ २२ गते जुन ६ मा मुम्बईमा हल लागेको खेल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नै अल इन्डिया फुटबल फेडेरेशन एआईएफएफले जनाएको छ। एआईएफएफ र फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडिएल)बीच एक वर्षसम्म भारतले खेल्ने सबै अन्तर्राष्ट्रिय खेलको प्रत्यक्ष प्रशारण गर्ने सहमती गरेपछि नेपाल र…
नेपाली महिला टोली दोस्रो मैत्रीपूर्ण खेलमा मलेसियन महिला टोलीसँग ४-१ ले पराजित भएको छ। दुई दिनअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको नेपाल दोस्रो खेलमा घरेलु टोली सामु निरिह रहयो। मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा भएको खेलमा मलेसियालाई जित दिलाउन शेरेइलिएन इले पिउसले २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले १/१ गोल गरिन्। नेपालका लागि कप्तान सजना राना…
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्दैछन्। लाइभ हेर्नुस्
पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २३ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद पराजुली प्यानलसहित विजयी भएका छन् । पराजुलीले एमालेका दामबहादुर विकलाई २ सय ५७ मत अन्तरले हराएका हुन् । पराजुलीले १ हजार ५८ मत प्राप्त गरेका थिए भने एमालेका विकले ८ सय १ मत ल्याएका थिए। खुल्ला सदस्यमा नेपाली काग्रेसका भरत भण्डारी, दुर्गाबहादुर घले, दलित महिला सदस्यमा यमकुमारी…
काठमाडौं : रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै जेठ ११ गते विदाको जानकारी गराएको हो।
काठमाडौं : विभागीय क्लब नेपाल पुलिसको क्रिकेट टिमले प्राइममिनिस्टर (पिएम) कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। युवा बलर सुशिल कँडेलले बलिङमा ५ विकेट तथा अमित श्रेष्ठले ब्याटिङमा अर्धशतक प्रहार गरेपछि पुलिसले सुदूरपश्चिमाञ्चललाई बुधबार ७ विकेट पराजित गरेको हो। सुपले दिएको १७१ रनको लक्ष्य पुलिसले २४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। कीर्तिपुरस्थित टियू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले…
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामाको घोषणा गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आजैदेखि राजीनामा गर्ने बताएका हुन्। संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका प्रधानमन्त्री विपक्षी दल एमालेको अवरोधका कारण संसद बैठक बस्न नसकेपछि सिंहदरबारबाट सम्बोधन गर्दै राजीनामा दिएका हुन्। सम्बोधनको सुरु मै उनले भने, 'मैले हिजो नै सम्बोधन गर्न खोजेको थिएँ। तर संसद अवरुद्ध भयो। त्यसैले सिधै जनतासँग…
हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले विजयी भएको छ । कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार आनन्द पराजुलीलाई पराजित गर्दै एमालेका हरिबहादुर महत प्रमुखमा विजयी भएका हुन् । महत २३ हजार १२४ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मीना लामा विजयी भएकी छन् । लामा २३ हजार…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन्।* देशबासीका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गरे लगत्तै राष्ट्रपति कार्यालय पुगेर उनले राजीनामाको पत्र बुझाएका थिए। ५ बजेर ५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका प्रचण्डले राष्ट्रपतिसँग एक घण्टा छलफल समेत गरेका थिए। राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्ले…
काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं २१ मा एमालेको प्यानल विजयी भएको छ। एमालेका चुडामणि बज्राचार्य कांग्रेसका गोविन्द रञ्जितलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । बज्राचार्य २६ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द रञ्जितले ८३० मत ल्याएका छन् ।
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै विज्ञप्ति जारी गरी सभापति देउवाले सरकार गठन हुँदाका उद्देश्य सफल रुपमा हासिल गर्न सकेकोमा बधाई दिए। 'सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ। यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य…
काठमाडौं : व्यवस्थापिका संसद्मा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको सिद्धान्तमाथि आज संसदमा छलफल हुँदैछ। सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्थाव राख्नेछन्। महराले बजेटका प्राथमिकता सदनमा पेस गर्नेछन्। सरकारले पेस गरेको प्रस्तावमा आज एकदिन मात्र छलफल हुनेछ। बजेट पूर्वका छलफलका रुपमा यसअघिका वर्षमा कम्तीमा तीन दिनसम्म छलफलको प्रचलन भए पनि समय अभावका कारण यो वर्ष एकदिन…
बीबीसीः ब्रिटेनको म्यानचेष्टर सहरको एक सांगीतिक कन्सर्ट भइरहेको स्थानमा भएको आतंककारी हमलामा परी मारिनेको संख्या २२ पुगेको छ । म्यानचेष्टर प्रहरीले घटनामा परी ५९ सर्वसाधरण घाइते भएको जनाएको छ। म्यानचेष्टर एरिनामा अमेरिकी पप गायिका एरियाना ग्रान्डीले प्रस्तुती गरिरहँदा बिस्फोट भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन। गायिका ग्रान्डी भने सुरक्षित रहेको बताइएको छ।…
रत्ननगर : चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति ९ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई…
पोखरा : पोखरा लेखनाथ महानगरको वडा नं. १६ र १८ दुवैमा एमाले विजयी भएको छ। विवादका कारण वडा नं. १७ को मतगणना भने स्थगित गरिएको छ। फर्जी मतको विवादका कारण पोखरा लेखनाथको मतगणना ४६ घण्टा रोकिएको थियो। वडा नं. १६ मा एमालेका जीवन आचार्यसहित प्यानल नै विजयी भएको छ। आचार्यले ३१ सय ३३ मत ल्याएर विजयी भएका हुन्। निकतम प्रतिद्धन्दी…