काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी भएका छन्। उपमेयरमा कांग्रेस उम्मेद्वार अञ्जना मधिकर्मी विजयी भएकी छिन्। श्रेष्ठले १४ हजार ३ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अष्ट कवेले १० हजार ८४६ मत पाए। यस्तै उपमेयरमा मधिकर्मीले १० हजार ६६५ मत प्राप्त गरिन। निकटतम प्रतिद्धन्द्धी नेपाल मजदुर किसान पार्टीका केदार खड्काले आठ हजार १२२…
काठमाडौः काठमाडौं महानगरको पछिल्लो मतगणना अनुसार नेकपा एमालेबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले फराकिलो अग्रता बनाएका छन्। शाक्यले कांग्रेस उम्मेदवार राजुराज जोशीलाई ९ हजार मत अन्तरले पछि पारेका छन्। करिव ९० हजार मतगणना भइसक्दा शाक्यले २९ हजार २३४ मत प्राप्त गरेका छन्। शाक्यलाई पछ्याइरहेका जोशीले भने २० हजार १०० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा विवेकशील नेपाली दलकी उम्मेद्वार रञ्जु दर्शनाले…
काठमाडौँ : चितवन खैरहनी नगरपालिकको मेयरमा एमालेका लालमणि चौधरी विजयी भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै सुनीता थपलिया विजयी भएकी छन्। चौधरी १० हजार ५०९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेद्वार राजेन्द्र चौधरीले नौ हजार ४५३ मत पाएका छन्। उपमेयरमा एमालेकी सुनीता थपलियाले दश हजार २५० पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सुशीला उप्रेतीले नौ हजार ६०८…
पोखराः फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना दिउसो एक बजेदेखि हुने भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो । मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवाद बढेको थियो । आज बसेको सर्वदलीय बैठकमा पनि…
काठमाडौं : डि एम जि एम ब्राण्डले आयोजना गरेको एक दिने अन्तर्राष्ट्रिय सौन्दर्य सेमिनार आइतबार राजधानीमा सम्पन्न भएको छ। सेमिनारमा नेदरल्याण्डको बरिष्ठ सौन्दर्यविद जेनी बेरिन्डास बिउस्को मुख्य प्रशिक्षकको रुपमा रहेकी थिइन्। सेमिनारमा जेनीले सौन्दर्य र हेयर स्टाइलका विभिन्न चरणहरुबारे प्रशिक्षण दिएकी थिइन्। उनले सौन्दर्यकर्मीलाई विभिन्न सिप सिकाउनुका साथै सौन्दर्य पेशालाई व्यवसायिक बनाउन स्वंय आफुले सिप र दक्षता बढाउन आवश्यक भएको…
काठमाडौंः नेकपा माओवादी केन्द्रले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकालेको हो । पार्टी एकता भएपनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताकाबीच निर्वाचनमा होमिएपनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो। बैठकमा पहिलो चरणको निर्वाचन…
दुई खेल अघि नै लिग च्याम्पियन बनिसकेको चेल्सीले गएराती सण्डरल्याण्डलाई ५-१ ले पराजित गर्दै प्रिमियर लिगमा शानदार अन्त्य गरेको छ। सण्डरल्याण्डले अप्रत्यासित रुपमा पहिले अग्रता लिएपनि चेल्सीले घरेलु मैदानमा ५ गोल फर्काएको हो। स्टानफोर्ड ब्रिजमा चेल्सीका कप्तान जोन टेरीले पहिलो रोजाईमा खेल्दै २६ मिनेट मैदानमा बिताए। उनलाई 'गार्ड अफ हनर' मार्फत शानदार बिदाई समेत गरियो। खेलको तेस्रो मिनेटमै जाभिएर मान…
काठमाडौं : युवा पुस्ताका गायक विधान श्रेष्ठले अंग्रेजी महिनाको अन्तिम शुक्रवार(मे महिनामा) हुने साङ्गीतिक कार्यक्रम 'पलेंटी'मा गाउने भएका छन्। लामो अन्तरालपछि गत महिनाबाट पुन: सुरु भएको पलेँटीमा कवि तथा गीतकार दिनेश अधिकारीका गीत र कविता प्रस्तुत गरिएको थियो। यसपटक गाउन लागेका विधान श्रेष्ठ नेपाली युवा गायनमा फरक शैलीका कलाकारका रुपमा परिचित छन्। बेग्लै किसिमको स्वर र त्यसलाई सुहाउँदो गीत छनौट गर्नसक्ने खुबी…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानकाबारेमा योजनावद्ध ढंगले सिर्जना गरिएको भ्रमका कारण पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम नआएको ठहर गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अपेक्षित परिणाम प्राप्त हुन नसकेपनि परिणामबाट चिन्तित र विचलित हुनुपर्ने अवस्था नरहेको ठहर गरेको हो। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर दोश्रो…
पोखराः फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मतगणना आज दिउसो साढे एक बजेदेखि सुचारु भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमतिपछि मतगणना सुचारु भएको हो। मतगणनाका क्रममा पोखरा १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवाद बढेको थियो। आज बिहान बसेको सर्वदलीय…
राजेन्द्र आचार्य- चितवनः सरकारले २० बर्षदेखि सुरक्षित रुपमा राखेको आखेटोपहार नष्ट गरेको छ । आरक्ष र निकुञ्ज तथा जिल्ला वन कार्यालयले विभिन्न समयमा संकलन गरेको आखेटोपहार सोमबार कार्यक्रम गरी नष्ट गरिएको हो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले दागवत्ती दिएर अखेटोपहार जलाएका थिए । चितवन राष्ट्रिय निकुञ्जको कसरा परिसरमा नेपाली सेनाको श्रीजंग गणको चौरमा मन्त्री महतसहित सरोकारवालाहरुको उपस्थितिमा आखेटोपहार जलाइएको थियो ।…
काठमाडौं : केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करण जेठ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल…
काठमाडौं : चर्चित नेपाली फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित भएकी छिनl एनआरएनए बेल्जियम तथा जनसम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका फेशन डिजाइनर शर्मालाई सम्मान गरेको होl एनआरएनए बेल्जियमका सस्थापक अधक्ष्य रबिन्द्र मान श्रेष्ठ, एनआरएनए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एनआरएनए एनसीसी बेल्जियमकि महिला संयोजक सपिला राजभण्डारीलगायतले काजल शर्मालाइ सम्मान पत्रसहित सम्मान गरेको हो। साथै उनले फेशन संसारमा पुर्याएको योगदान तथा युरोपमा…
काठमाडौं : फस्ट प्राइम मिनिस्टर कप वान डे राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ। नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान निलम्वन रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली क्रिकेटको इतिहासमै सर्वाधिक धनराशी पुरस्कार रहेको ५० ओभरको क्रिकेट प्रतियोगिता गर्न लागेको हो। नेपालको डेमेस्टिक लेभलमा करिब ३ वर्षपछि एकदिवसीय क्रिकेट प्रतियोगिता हुन लागेको हो। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी…
पोखरा : पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि शनिवार साँझदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन। मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो।…
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा नेकपा (एमाले)का वासुदेव थापा र उपप्रमुखमा एमालेकै जुना बस्नेत विजयी भएका छन्। आज बिहान ४ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार नगरप्रमुखमा एमालेका थापाले १२ हजार ८८६ र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका हुन्। नगरप्रमुखमा थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र उपप्रमुखमा काँग्रेसकै कल्पना राजथलाले…
भक्तपुर : मध्यपुर थिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गरेका छन्। कांग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भएका…
तेहरान : इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति हसन रुहानी नयाँ कार्यकालका लागि पुन निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गरेका छन्। गणना भएको मत सङ्ख्या खसेको सम्पूर्ण मत सङ्ख्याको ९९.७ प्रतिशत…
सुरुङ्गा : शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो। उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक…
काठमाडौँ : दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा आज पुनः निर्वाचन भइरहेको छ। गत आइतबारको पहिलो चरणको निर्वाचनमा झडपका क्रममा प्रहरीको गोलीबाट स्थानीय नकुल भुजेलको मृत्यु भएपछि आज पुनः निर्वाचन भएको हो। मेलुङ गाउँपालिका पवटीको सत्यवती मावि केन्द्रमा अहिले मतदान भइरहेको छ। १५ हजार ३५ मतदाता रहेको मेलुङ गाउँपालिकाको पवटीमा तीन हजार पाँच सय ८६ मतदाता छन्।