काठमाडौँ : कालिकोटको नरहरिनाथ गाउँपालिकामा पनि आज निर्वाचन हुँदैछ। मतदान सम्पन्न भइसकेपछि मतपेटिका सुरक्षाका क्रममा भएको झडपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार धनरुप बटलाको निधन भएको थियो। बटलाको निधनपछि उक्त स्थानमा पुनः आज दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । नरहरिनाथ गाउँपालिकाको वडा नं। ६ मा आज पुनः मतदान हुन लागेको हो। विल्पव माओवादीका कार्यकर्ताले मतपेटिका खोसेपछि प्रहरीसँग झडप भएको…
अमेरिका र साउदी अरवियाले अहिलेसम्मकै ठूलो मात्रामा हतियार सम्झौता गरेका छन्। अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणकका क्रममा यो सम्झौता भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको यो पहिलो विदेश भ्रमण हो। दुइ देशबीच तीन सय ५० अर्ब डलर लेनदेनको सम्झौता भएको बीबीसीले जनाएको छ। व्हाइट हाउसका अनुसार यो अमेरिकाको अहिलेसम्मकै ठूलो हतियार सम्झौता हो। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले सउदी अरबसँग भएको…
काठमाडौँ : काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक व्यञ्जु विजयी भएका छन्। यस्तै उपमेयरमा पनि एमालेकै विमला शर्मा विजयी भएकी छन्। व्यञ्जुले ७९८१ मत पाएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसमा रमेश हुमागाईँले ५९०८ मत पाएका छन्। उपमेयरमा शर्माले ६७२३ मत प्राप्त गरिन। धुलिखेल नगरको मत परिणामसँगै काभ्रेका सवै नगर तथा गाउँपालिकाको मतगणन सकिएको छ।
काठमाडौँ : वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको अहिलेसम्म २६६ स्थानको मत परिणाम आएको छ। पहिलो चरणमा निर्वाचन भएका २८३ मध्ये अव १७ स्थानको नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकी रहेकामा अव ठूला चार महानगर, एक उपमहानगर र सात नगरपालिका रहेका छन्। दोस्रो चरणमा निर्वाचन भएका र आइतबार निर्वाचन भइरहेका ५ गाउँपालिकाको पनि नतिजा आएको छैन। काठमाडौं महानगरसहित…
काठमाडौं : इन्डियन प्रिमियर लिगको दशौं संस्करण आइपीएल-१० को फाइनल खेल अज हुँदैछ। उपाधिका लागि राइजिङ पुने सुपरजायन्टस र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। दुई पटकको च्याम्पियन मुम्बई भारतीय खेलाडी रोहित शर्मा तथा पहिलो पटक फाइनल पुगेको पुने अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रिदैँछ। लिग र प्लेअफमा गरी पुने र मुम्बई ३ पटक भिडेका थिए। तीनै पटक पुनेले मुम्बई…
दार्खा : धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति सांघातिक आक्रमण भएको विरोधमा नेविसंघ धादिङले आज जिल्ला बन्द गरेको छ। गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा (एमाले)का कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ…
लहान : सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। राति १० बजेतिर स१त २९७३ नंको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा ट्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर…
काठमाडौं : दुई बर्ष अघि फिल्म 'भैरव'बाट निर्देशनमा डेब्यू गरेका अभिनेता निखिल उप्रेती पुनः फिल्म निर्देशन गर्ने भएका छन्। आफ्नै निर्माण र निर्देशन रहनेगरी शनिबार निखिलले नयाँ प्रोजेक्ट 'कमिटमेन्ट : सिक्स्टी आवर्स' घोषणा गरे। निखिल उप्रेती प्रोडक्सनको व्यानर अनि प्रामा ईन्स्टुमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा निखिन नै लिड रोलमा हुनेछन् भने बलिउडका केही चर्चित अनुहार समेत रहनेछन्। तर लिड अभिनेत्री भने…
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यातको नाम अनुमोदन गरेको छ। यस्तै, महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम पनि समितिले अनुमोदन गरेको छ। दुवै पदाधिकारीको सुनुवाइपछि नाम अनुमोदन भएको समिति सचिव ध्रुवप्रसाद घिमिरेले बताए। संवैधानिक परिषदको वैशाख १९ गतेको बैठकले बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। यस्तै २० गतेको बैठकले शर्मालाई…
प्रिमियर लिग च्याम्पिय चेल्सीका कप्तान जोन टेरीलाई वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट डब्लुडब्लुईले शनिबार डब्लुडब्लुई वर्ल्ड हेभिवेट च्याम्पियनसिप बेल्ट प्रदान गरेको छ। तर टेरी रेस्लिङको खेल जितेका कारण उक्त्त बेल्ट प्रदान गरिएको भने होइन। यस सिजन एक खेल अगावै लिग च्याम्पियन बनेको सम्मानमा कप्तान टेरीलाई वर्ल्ड हेभिवेट च्याम्पियनसिप बेल्ट प्रदान गरिएको हो। डब्लुडब्लुईका वर्तमान च्याम्पियन र्यान्डी अर्टनको जितेको बेल्टको रेप्लिका टेरीलाई प्रदान…
इरानमा मतदान सम्पन्न भएको छ। आन्तरिक मन्त्रालयका अनुसार जहाँ ७० प्रतिशन मतदाताले मतदान गरेका थिए। यो पटक उल्लेखनिय महिला मतदाता सहभागि भएका थिए। इरानको संविधानमा महिलाहरुले मतदान गर्ने अधिकार सन् १९६३ पाएका थिए। तर, इरानमा महिलाहरुलार्इ अझैसम्म मतदान गर्न प्रतिबन्ध लगाउने गरिन्छ। इरानले आफ्नो राज्यसत्ताको व्याख्या धार्मिक लोकतन्त्रबाट गर्ने गर्दछ। जसको धुरी सर्वोच्च इस्लामी धर्मगुरुको आसपासमा रहेको हुन्छ। फोटो…
वीरगंजः वीरगंज उपमहानगरपालिका–१९ का तीस वर्षीय सुरजकुमार सोनारलाई प्रहरीले पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ। जनकपुरस्थित अप्सरा लजमा बसेका सोनारको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा खानतलासी गर्दा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोनारसँगै कोठामा बसेका धनुषा गणेशमान चारनाथ नगरपालिकाका अजयकुमार यादव र मिथिला बिहारी गाउँपालिका–५…
काठमाडौः तपाईँको सवारी साधन हराएको छ ? यदि हराएर भेटिएको छैन भने एक पटक प्रहरीलाई सम्पर्क गर्नुहोला । नेपाल प्रहरीले देशभरबाट हराएका १ हजार २२ वटा सवारीसाधन फेला पारेको छ। देशभर फेला परेका सवारीसाधन क्षेत्रीय प्रहरी कार्यालयहरुमा रहेका छन्। क्षेत्रीय प्रहरी कार्यालय हेटौडामा ४६४ वटा सवारी फेला गरेका छन्। प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा ३२ वटा, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा १४६…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा फर्जी मतको आशंकामा शनिबार अपरान्हदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। विवाद समाधानका लागि राजनीतिक दल र निर्वाचन आयोगका प्रतिनिधिवीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि मतगणना झनै अन्यौलमा परेको हो । विवादित वडाको समस्या समाधान नभएसम्म अन्य वडाको मतगणना सुरु नगर्ने निष्कर्षमा दलहरु पुगेका छन्। सानो र ठूलो आकारको दुई वटा स्वस्तिक छाप प्रयोग भएकोबारे…
काठमाडौंः काठमाडौं महानगरपालिकामा खसेकोमध्ये ७५ हजार ४ सय ४१ मत गणना भएको छ। अहिलेसम्मको मत परिणाम अनुसार मेयरमा नेकपा एमालेले अग्रता कायम गर्दै २४ हजार ५ सय ३४ मत ल्याएको छ। गनिएको मतलाई आधार मान्दा यो ३२.५२ प्रतिशत मत हो। दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ हजार २ सय ७७ मत ल्याएको छ। कांग्रेसले गनेकोमध्ये २२.९० प्रतिशत मत आफ्नो पक्षमा पाएको…
सन् २०१० देखि २०१२ सम्ममा चीनले अमेरिकाका १८ देखि २० जनासम्म जासुसहरुलार्इ बेपत्ता बनाएको न्यूयोर्क टाइम्सले दावी गरेको छ। न्यूयोर्क टाइम्सको एक प्रतिवेदन अनुसार चीनमा अमेरिकी जासुसी कार्यक्रम पुरै प्रभावित भएको छ। उक्त प्रतिवेदनमा अमेरिकाका जासुसहरुलार्इ चीनले मारेका अथवा बन्दी बनाएको अनुमान गरिएको छ। यो अमेरिकी सुरक्षाको मामलामा सात दशक यताको ठूलो झड्का भएको अधिकारीहरुले बताएका छन्।
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका खेमराज तिवारी निर्वाचित भएका छन्। तिवारीले नेकपा एमालेका उम्मेदवार देवेन्द्र रिमाललाई पराजित गर्दै वडामा आफूलाई स्थापित गरेका हुन्। अध्यक्ष पदमा जित हासिल गरे पनि बाँकी ४ जना सदस्य भने सबै नेकपा एमालेले जितेको छ।
काठमाडौंः निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। मतदाता शिक्षाका लागि अयोगले आफ्ना कर्मचारीहरु जेठ ५ गते देखि नै कार्यक्षेत्रमा खटाइसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। पहिलो चरणको निर्वाचनमा मतदाताहरुलार्इ मतदाता शिक्षाको कमीले धेरै मत बदर भएको आँकलन गरिएको थियो। तर, प्रवक्ता शर्मा यो कुरा मान्न तयार छैनन् र भन्छन्,…
पोखराः पोखरा लेखनाथ महानगरपालिकामा फर्जीमतको आशंकामा शनिबार साँझदेखि रोकिएको मतगणना सुचारु गर्न माग गर्दै मतगणनास्थलमा एमाले समर्थकले नाराबाजी गरेका छन्। स्थगित मतगणना छिटो सुचारु गर्न माग गर्दै मतगणनास्थल नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको परिसर वाहिर एमाले कार्यकर्ताले नाराबाजी गरेका हुन् । एमाले नेताहरुले जनताले स्वतःस्फुर्तरुपमा नाराबाजी गरेका बताएका छन् । मतगणना सुचारु गर्ने विषयमा सर्वपक्षीय बैठकमा सहमति नजुटेपछि मतगणना अनिश्चित…
काठमाडौं: ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन 'मिस एस ई ई आइडल २०१७'को चौथो संस्करणको उपाधी अनुषा राईले हात परेकी छिन्। अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन्। प्रतियोगितामा फर्स्ट रनर्स अप रोशिक थापा, सेकेण्ड रनर्स अप सेलिना महर्जन र थर्ड रनर्स अप रुबी कक्षपति भए। अनुषाले शिर्ष उपाधीसँगै भिउअर्स च्वाईस…