PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

  • मन्त्री पाण्डे भन्छन्- 'सरकार निर्वाचनमा केन्द्रित छ'

    मन्त्री पाण्डे भन्छन्- 'सरकार निर्वाचनमा केन्द्रित छ'

    कपिलवस्तु : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताएका छन्। प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको बताएका हुन्। वर्तमान सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारीकै लागि संसद्ले निर्वाचनसम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले बताए।…

    विस्तृतमा पढ्नुस्

  • छ सय हालेर नबिल बैंकको १० कित्ता शेयर किन्ने अहिले लखपती

    छ सय हालेर नबिल बैंकको १० कित्ता शेयर किन्ने अहिले लखपती

    काठमाडौँ : सन् १९८४ को जुन महिनामा नेपाल राष्ट्र बैंकले एउटा निजी बैंकलाई लाइसेन्स दियो। गभर्नर थिए कल्याणबिक्रम अधिकारी। जुलाई १२ तारिखमा अधिकारीले नै उक्त बैंकको उद्घाटन गरे। यसरी सुरु भएको बैंक हो - नेपाल अरब बैंक।   स्वदेशी लगानीकर्ताको रुपमा सुरु देखिनै बैंकमा संलग्न शम्भुप्रसाद पौडेलको सम्झना अनुसार नेपालीभन्दा अरबीको चाहनामा उक्त बैंक खुलेको थियो। ‘त्यतिखेर जोइन्टभेन्चर कम्पनी मुलुक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प

    काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि पठनपाठन ठप्प

    बनेपा : काठमाडौँ विश्वविद्यालयमा १० दिनदेखि भएको तालाबन्दी हालसम्म पनि खुल्न नसक्दा पठनपाठन प्रभावित भएको छ। विद्यार्थी कल्याणको चुनाव स्थगनपछि अनेरास्ववियुले काठमाडौँ विश्वविद्यालयको प्रशासनिक कक्षलगायतका विभिन्न विभागमा गत ९ गतेदखि तालाबन्दी गरेको थियो। विश्वविद्यालयका रजिष्टार डा. भोला थापाले तालाबन्दीका कारण पठनपाठन ठप्प भएको उल्लेख गर्दै विद्यार्थीसँग वार्ता जारी रहेको बताए। काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज औद्योगिक क्षेत्रको स्तरोन्नति अझै हुन सकेन, जीर्ण भवनमा उद्योग सञ्चालित

    नीरज गौतम नेपालगन्ज : पर्याप्त बिजुली बत्तीको व्यवस्था छैन। वर्षातमा डुबानको नियति भोग्नुपर्छ। सडक जीर्ण छन्। अन्य भौतिक पूर्वाधार क्रमशः कमजोर हुँदै गएका छन्। नेपालगन्ज औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने उद्योगीले सधैँ यस्तै किसिमका गुनासा र पीडा व्यक्त गर्दै आएका छन्। गुनासो गर्न थालेको वर्षौं भयो, तर सुनुवाइ कतैबाट हुनसकेको छैन। 'उद्योग सञ्चालन गरिरहेको पुरानो भवन मर्मतका लागि हामीले धेरै…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष केपी ओलीको दाबी : सत्ताधारीले बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याए

    एमाले अध्यक्ष केपी ओलीको दाबी : सत्ताधारीले बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याए

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलका नेताहरुले आफुलाई बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याइरहेको दावी गरेका छन्।   एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानबारे जानकारी दिन पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘तिमी मान्छौँ कि बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याइरहेका छन्।' उनले धम्क्याएको दावी गरे पनि कसले धम्क्याएको हो सो भने खुलाएनन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा राजनीतिक दलले पाउने चन्दामा अंकुश : नगदमा २ हजारमात्रै दिन पाइने, बढी चाहिए चेक

    भारतमा राजनीतिक दलले पाउने चन्दामा अंकुश : नगदमा २ हजारमात्रै दिन पाइने, बढी चाहिए चेक

    नयाँदिल्ली : भारतले राजनीतिक दलले दुर्इ हजार भारु भन्दा बढी नगदमा चन्दा लिन नपाउने व्यवस्था गरेको छ।भारतले बुधबार पेश गरेको बजेटमा दुर्इ हजार रुपैयाँ भन्दा बढी रुपैयाँ नगद लिन पाउने व्यवस्था गरेको हो। ​यसअघि नगदमा चन्दा लिन पाउने सीमा २० हजार भारु थियो। राजनीतिक दलले चेक वा डिजिटल पेमेन्टमार्फत चन्दा भने लिन पाउने व्यवस्था गरिएको छ। बिबिसी हिन्दीका अनुसार चेक…

    विस्तृतमा पढ्नुस्

  • ​संसदमा पुग्यो स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन

    ​संसदमा पुग्यो स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन

    काठमाडौं : संसदको राज्य व्यवस्था समितिले स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ। बुधबार बसेको संसदमा समितिका सभापति दिलबहादुर घर्तीले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाएका हुन्। मंगलवार समिति अन्तर्गतको उपसमितिले विधेयकमा सहमति गरेको थियो। राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा भ्रस्टाचार, नैतिक पतनलगायतका दर्जन भन्दा बढी प्रकृतिका मुद्दामा सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न नपाउने व्यवस्था सहितको प्रतिवेदन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर : मन्त्री लेखक

    निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर : मन्त्री लेखक

    काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने तयारी भइरहेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने, ‘सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर रुपमा लागिपरिरहेको छ, कानुनी प्रबन्ध मिलाउन ऐन तथा कानुनहरु संसदबाट कतिपय पारित भैसकेका छन् भने कतिपय पारित हुने क्रममा छन्। निर्वाचन आयोगलाई…

    विस्तृतमा पढ्नुस्

  • कागजबाट निर्मित कप उद्योग सञ्चालनमा

    बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ बुडोलमा कागजबाट निर्मित कप उद्योग आजदेखि सञ्चालनमा आएको छ।   व्यवसायी शान्तिरत्न शाक्य, वसन्तराज भोछिभया, साजन शाक्य, सुरेश भोछिभया र रोशन श्रेष्ठ लगायतको करिब रु सात करोडको लगानीमा सो उद्योग सञ्चालनमा आएको हो।   ‘महाचण्डी शुभश्री इन्डष्ट्रिज’ कम्पनीबाट उत्पादन हुने कागज निर्मित कपका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • ​एक वर्षको विश्रामपछि संसद् फर्किए नरहरी : 'शरीरले साथ देलाजस्तो छ, अब सक्रिय हुन्छुु'

    ​एक वर्षको विश्रामपछि संसद् फर्किए नरहरी : 'शरीरले साथ देलाजस्तो छ, अब सक्रिय हुन्छुु'

    काठमाडौं : ब्राउन कलरको कोट। मिलाएर काटेको जुङगा। उही हसमुख मुहार। झन्डै एक वर्षको विश्रामापछि बुधबार संसद् फर्कँदा काङ्ग्रेस सांसद नरहरी आचार्य निक्कै प्रफुल्ल देखिए। उनलाई संसद् परिसरमा देख्दा सांसदहरु र सञ्चारकर्मी र संसद्का मर्यादापालकसमेत खुसी देखिएका थिए। अकस्मात् बिरामी हुँदा गत माघ २६ बाट उनी चाहेर पनि संसदीय गतिविधिमा संलग्न हुन सकेका थिएनन्। करिब एक वर्षको उपचारपछि उनी माघ १९ बुधबार…

    विस्तृतमा पढ्नुस्

  • ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल बंगलादेशसँग ५९ रनले पराजित

    ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल बंगलादेशसँग ५९ रनले पराजित

    काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड टी २० वर्ल्ड कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार अष्ट्रेलियासँग हारेको नेपाल बुधबार बंगलादेशसँग ५९ रनले पराजित भयो। २०४ रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। नेपालका लागि किर्तन श्रेष्ठ दुवालले नटआउट रहँदै ५५ रन बनाए। यस्तै रमेश बहादुर बानियाले १८ तथा…

    विस्तृतमा पढ्नुस्

  • ​कसले पाउला ऋतिक रोशनको आँखा

    ​कसले पाउला ऋतिक रोशनको आँखा

    अभिनयसँगै खैरो सेक्सी लुक्सको पनि उत्तिकै प्रभाव छ बलिउड अभिनेता ऋतिक रोशनको प्रशंसक बढाउनुमा। ऋतिकले त्यही सेक्सी लुक्स दिने आफ्नो आँखालाई आफ्नो मृत्युपछि पनि जिवितै राख्ने निर्णय गरेका छन् दान मार्फत । फिल्म काबिलमा नेत्रहिन युवाको भुमिकामा अभिनय गरेर प्रशंसा पाएका उनले आफ्नो ३४ औं जन्मदिन पारेर आँखा दानको निर्णय गरेका हुन्। उनले काबिलमा अभिनय गर्नु अगाडि नेत्रहिनको कठिन दैनिकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र बैङ्क भन्छ- 'वित्त बजारमा तरलता अभाव छैन'

    राष्ट्र बैङ्क भन्छ- 'वित्त बजारमा तरलता अभाव छैन'

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ। नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताए। 'ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन…

    विस्तृतमा पढ्नुस्

  • आन्द्रे रसेललाई एक वर्षको प्रतिबन्ध

    आन्द्रे रसेललाई एक वर्षको प्रतिबन्ध

    वेष्ट इन्डियन अलराउण्डर आन्द्रे रसेललाई कुनै पनि अन्तर्राष्टिय स्तरको प्रतियोगितामा सहभागि हुन नपाउने गरी एक वर्षको प्रतिवन्ध लागेको छ। बारम्बार आग्रह गर्दा पनि डोपिङ परिक्षणमा असहयोग गरेको भन्दै इन्डेपेन्डेन्ट डोपिङ प्यानलले रसेललाई प्रतिवन्ध लगाउने घोषणा गरेको हो। रसेलको प्रतिवन्ध २०१७ जनवरी ३१ देखि नै लागु हुनेछ भने २०१८ को जनवरी ३० सम्म कायम रहनेछ। ह्युज फउकनर, डा मार्जोरी भासेल र…

    विस्तृतमा पढ्नुस्

  • वृद्धवृद्धाहरुको हेरचाह गर्ने रोबट

    वृद्धवृद्धाहरुको हेरचाह गर्ने रोबट

    वैज्ञानिकहरुको एउटा अन्तर्राष्ट्रिय टोली वृद्धवृद्धाहरुको हेरचाह गर्ने रोबट बनाउमा जुटेको छ। जापान र युरोपेली संघको २० लाख पाउण्ड लगानीमा बन्दै गरेको यो रोबट सांस्कृतिक तथा सम्वेदनशील हुने बताइएको छ। यो रोबट तीन वर्षभित्र बन्नसक्ने अनुमान गरिएको छ। यस योजनामा संलग्न विज्ञहरुका अनुसार रोबट प्रयोगमा आएपछि वृद्धवृद्धाहरुका लागि बनाइएका केयर सेन्टर, वासस्थान तथा आश्रममा निर्भरता घट्नेछ। मान्छेजस्तै देखिने तथा मान्छेको जस्तै बानीव्यवहार…

    विस्तृतमा पढ्नुस्

  • मंहगो भयो खाना पकाउने ग्यास, २५ रुपैयाँ बढ्यो, डिजेल-पेट्रोल उस्तै

    मंहगो भयो खाना पकाउने ग्यास, २५ रुपैयाँ बढ्यो, डिजेल-पेट्रोल उस्तै

    काठमाडौ‌ं:  नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो।निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो।इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो। यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बहिरा क्रिकेटमा मोरङ र सुनसरीको जित

    काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मोरङ र सुनसरी विजयी भएका छन्। समूह ए को खेलमा लालान चौधरीको अलराउण्ड प्रदर्शनको मद्दतमा मोरङले बाँकेलाई ४८ रनले हरायो। पुल्चोकस्थित इजिनियरिङ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो। मोरङका लागि मोनज रेले सर्बाधिक ४४ रन बनाए भने लालन चौधरीले…

    विस्तृतमा पढ्नुस्

  • माग सम्बोधन नभएको भन्दै अस्थायी शिक्षकले सुरु गरे रिले अनशन

    काठमाडौँ : अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले आजदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ।   अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासङ्घले चासो नदिएको भन्दै समितिले अनशन सुरु गरेको हो।   आजको अनशनमा समितिका महासचिव महादेव भट्ट र केन्द्रीय सदस्य दानबहादुर थापामगर  सहभागी थिए। अनशन आरम्भ हुनुअघि समितिले महासङ्घका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • दाङमा ट्रकको ठक्करबाट दुई महिला गम्भीर घाइते

    दाङ : घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएकी छिन्। घाइते दुवै शिक्षिकालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो। घाइतेमध्ये गौतमलाई टाउकामा र भट्टलाई ढाडमा चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • निजामती कर्मचारी सङ्गठनले भ्रष्टाचार रोक्न अभियान थाल्ने

    काठमाडौँ : नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान सञ्चालन गर्ने भएको छ।   पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सबै मन्त्रालय र विभागमा भ्रष्टाचार न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने जानकारी दिए।   'हाम्रो चाहना पनि भ्रष्टाचारको दलदलमा कर्मचारी नपरून् भन्ने हो,' उनले भने–'राष्ट्रसेवक कर्मचारीको काम ठगी होइन सेवा दिने हो। हामी सेवा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell