काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा सेमिफाइनलमा लाओसविरुद्ध दुई पेनाल्टी रोकेका नेपालका गोलरक्षक किरण चेम्जोङले आफ्नो कन्फिडेन्सकै कारण पेनाल्टी रोक्न सफल भएको बताएका छन्। निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएपछि किरणले पेनाल्टी सुटआउटमा लाओसका दुई खेलाडीको पेनाल्टी रोकेपछि नेपाल ३-० ले विजयी भएको थियो। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजना गरेको सम्मान…
काठमाडौँ : ग्यास सिलिन्डर पड्किँदा काठमाडौंमा एक दम्पती घाइते भएका छन्। ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर पड्किँदा आज काठमाडौँ महानगरपालिका–२२ टेबहाल बस्ने ४० वर्षीय बाबुराजा महर्जन र उनकी ३८ वर्षीया श्रीमती शोभा घाइते भएका हुन्। सिलिन्डरबाट ग्यास लिक हुँदा सो दुर्घटना भएको हो। जलेर घाइते भएका दुवैलाई उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
काठमाडौं : आगामी डिसेम्वरबाट भारतमा हुने चौथो संस्करणको साफ वुमन्स च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ। बंगलादेशमा विहिबार घोषणा गरिएको ड्र अनुसार नेपाल समूह ए मा परेको छ। समूह ए मा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्। यस्तै समूह बी मा भारत, बंगलादेश र अफगानिस्तान छन्। नेपालले समूहको पहिलो खेलमा डिसेम्वर २६ मा भुटानसँग खेल्नेछ। नेपालले दोस्रो खेल डिसेम्बर २८…
काठमाडौं : भारतीय ब्राण्ड माइक्रोम्याक्सको क्यू-३९७ नेपाली बजारमा ल्याएको छ। एन्ड्रोइड ६.० मार्सम्यालो भएको यो स्मार्टफोनमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ। १६ जिबी रोम रहेको यो फोनमा ५.५ एचडी आइपिएस डिस्प्ले छ। यो फोनमा २६५० एमएएच ब्याट्री र ८ एमपी हार्इ रिजोलुसन अटोफोकस रियर क्यामेरा छ। यो फोनमा २ एमपी फ्रन्ट क्यामेरा भएकोले सेल्फी खिच्दा राम्रो…
बागलुङ : पछिल्लो समय बसहरु पनि निकै सुविधासम्पन्न भित्रन थालेका छन्। बागलुङ-काठमाडौं चल्ने निकै सुविधा भएको पर्यटक बस सञ्चालनमा आएको छ। यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो। प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज आयोजित कार्यक्रममा सो बस सेवाको शुभारम्भ गरे। ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका…
काठमाडौँ : तिहारयता लोडसेडिङ नहुँदा तपाइँलाई पक्कै राहत भएको छ। यो अवस्था निरन्तर रहोस् भन्ने सबैको चाहना पनि छ। यदि यो चाहना पूरा गर्ने हो भने तपाईंले पनि विद्युत प्राधिकरणलाई सानो सहयोग गर्नुपर्ने हुन्छ। कस्तो सहयोग? तपाईंले ठूलो सहयोग गर्नै पर्दैन। दिनमा ६ घन्टा मात्रै बिजुली धेरै खपत गर्ने चार उपकरण नचलाए मात्रै २४सै घन्टा बत्ती बाल्न, टिभी हेर्न…
किन्सासा (कङ्गो) : कङ्गोका एक सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि गोली हानी हत्या गरिएको नेशनल प्रेस युनियनले जनाएको छ। कङ्गोली राष्ट्रिय रेडियो तथा टेलिभिजनका पत्रकार मार्सेल लुवालालाई सोमबार राति सुतिरहेको अवस्थामा गोली हानी हत्या गरिएको बताउँदै युनियनका प्रमुख जोसेफ वाडकार्ड कासोङ्गा सिलुङ्डेले घटनाको घोर निन्दा गरेका छन्। प्रहरीले रात्रिकालीन गस्ती गरिरहेका बेला पत्रकारको हत्या हुनुले आफू चिन्तित भएको सिलुङ्गेले…
काठमाडौँ : पाँच दशकदेखि आख्यान विधामा सक्रिय भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारी रत्न’बाट सम्मान गरिएको छ। बाह्रौँ त्रिमूर्ति दिवसका अवसरमा त्रिमूर्ति निकेतनद्वारा बुधबार आयोजित कार्यक्रममा रु एक लाख राशिको सहित ताम्रपत्रद्वारा श्रेष्ठलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गरे। सोही अवसरमा शास्त्रीय छन्दकवि मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’, नाट्यकर्मी अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ र कवि मञ्जुललाई ‘देवकोटा काव्य…
काठमाडौं : संविधानमा तराई-मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन्। भातृ संगठन नेपाल तरुण दलको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलिपल्टै नेता पौडेल आज तराई यात्रामा निस्केका हुन्। मंसिर २ गते वीरगन्जबाट तराई यात्रा सुरु गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र…
लियोनल मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर मिलाएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गदै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत १२ औं चरणको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई ३-० ले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेसीले प्ररणादायी प्रदर्शन गरे। खेलको दशौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका मेसीले २३ औं मिनेटमा लुकास प्राटोको लागि गोलको अवसर…
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले इंगल्याण्ड विरुद्ध उत्कृष्ट कमब्याक गर्दै बराबरी खेलेको छ। ८९ औं मिनेटसम्म २ गोलले पछि परेको स्पेनले निर्धारित समयको अन्त्यमा र इन्जुरी टाइममा गरी २ गोल फर्काउँदै इंगल्याण्डसँग बराबरी गरेको हो। स्पेनको लागि ८९ औं मिनेटमा आओगो आसपासले गोल गर्दै गोल अन्तर कम पारेका थिए भने इन्जुरी टाइमको पाँचौं मिनेटमा इस्कोले बराबरी गोल गरेका हुन्। यसअघि खेलको…
इटालियन गोलरक्षक जियानलुजी बुफोनले स्पानिस गोलरक्षक इकर क्यासियासको कीर्तिमान बराबरी गरेका छन्। बुफोनले कीर्तिमानी खेल खेलेपनि उनको टीम इटली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीसँग बराबरीमा रोकिएको छ। ३८ वर्षे बुफोनले पहिलो हाफको ४५ मिनेट खेलेका थिए। यस क्रममा उनले क्यासियसको १६७ औं खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमान बराबरी गरेका हुन्। पहिलो हाफमा बुफोनले केही राम्रो बचाउ समेत गरे। दोस्रो हाफमा…
नारायण ढुंगाना रत्ननगर : चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ। प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो। चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले जानकारी दिइन्। 'यात्रु प्रतिक्षालयमा ओढ्ने…
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै लगातार छैटौ जित हात पारेको छ। १२ औं चरणको छनोट खेलमा ब्राजिलले पेरुलाई पराजित गर्दै लगातार ६ खेल जितेको हो। ब्राजिलले पेरुलाई उसैको घरेलु मैदानमा २-० ले पराजित गर्यो। अघिल्लो खेलमा घरेलु मैदानमा अर्जेन्टिनालाई हराउँदै उत्कृष्ट लयमा रहेको ब्राजिलले पेरुलाई हराउँदा दुवै गोल…
इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कसैको आन्दोलनसँग संविधानको मूल्य, मान्यताको खरिद–बिक्री नहुने बताएका छन्। प्रेस चौतारी इलामले आज बिहान इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा खनालले अहिले संविधान संशोधनको कुनै आवश्यकता नरहेको बताए। अहिले संशोधन नभई संविधान कार्यान्वयनको समय रहेको भन्दै उनले कार्यान्वयन गर्दै जाँदा आवश्यक परे मात्र संशोधन गर्न सकिने बताए। अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख…
लिबाङ (रोल्पा) : इलाका प्रहरी कार्यालय, सुलिचौर रोल्पाले ज्यान मारेको आरोपमा दुई रोल्पाली युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन्। कात्तिक २६ गते मिझिङ–२ कझिङमा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। पैसाको मोहमा…
काठमाडौं : ११औं महानगरीय प्रहरी दिवस आज मनाइएको छ। केही एकसाता अघिदेखि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै आएको महानगरीय प्रहरीले आज महानगरीय आयुक्तको कार्यलय रानीपोखरीमा विशेष कार्यक्रम गरी दिवश मनाएको हो। कार्यक्रममा वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। यो वर्ष अपराध अनुसन्धानमा सर्वोत्कृष्ट काम गरेकोमा महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अनुसन्धानबाट…
काठमाडौं : भारतीय ब्राण्ड माइक्रोम्याक्सको क्यू-३९७ नेपाली बजारमा ल्याएको छ। एन्ड्रोइड ६.० मार्सम्यालो भएको यो स्मार्टफोनमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ। १६ जिबी रोम रहेको यो फोनमा ५.५ एचडी आइपिएस डिस्प्ले छ। यो फोनमा २६५० एमएएच ब्याट्री र ८ एमपी हार्इ रिजोलुसन अटोफोकस रियर क्यामेरा छ। यो फोनमा २ एमपी फ्रन्ट क्यामेरा भएकोले सेल्फी खिच्दा राम्रो…
काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिले प्रहरी संगठनलाई बदनाम गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्। ११औं महानगरीय प्रहरी दिसवको अवसरमा बुधबार महानगरीय आयुक्तको कार्यालयमा भएको विशेष कार्यक्रममा बौल्दै अर्यालले आफूलाई जोडेर संगठनलाई नै बदनाम हुने काम भइरहेको बताए। अहिले प्रहरी नियमावली संशोधन गरेर आइजिपी परिर्वतन गर्ने खेल भइरहेको भन्ने विषयमा अर्यालले सञ्चारमाध्यममा आएको कुरा हल्ला मात्र भएको…
काठमाडौँ : व्यवस्थापिका संसदको बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा संसदले शोक प्रस्ताव पारित गरेको हो। पाण्डेको फोक्सोको क्यान्सरको उपचारका क्रममा ललिपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको थियो। २०२७ सालबाट राजनीति सुरु गरेका ६३ वर्षका पाण्डे २०५७ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका थिए। उनी २०७० सालमा नेकपा…