नवलपरासी : बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ। कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो। जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए। श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो।रासस
चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन्।…
रामबहादुर थापा बागलुङ : जिल्लाको मल्म–९ झिर्काका खिमबहादुर विकको छिमेकीको कुटपिटबाट मुत्यु भएको भन्दै परिवारले न्यायको माग गरेका छन्। परिवारका सदस्यले सोही स्थानका २३ वर्षीय दीपक विकले आपसी विवादमा निर्मम ढङ्गले कुटपिट गर्दा मुत्यु भएको जाहेरी प्रहरीमा दिएका छन्। कात्तिक १५ गते पटकपटक गरी भएको कुटपिटका कारण श्रीमानको मृत्यु भएको श्रीमती सुशीला विकले बताइन्। कुटपिटपछि विस्तरामा सुतेका खिमबहादुर…
कपिलवस्तु : कपिलबस्तुको बाणगङ्गा–४ गोगापुर निवासी वीरुबहादुर थापा हराएको महिना दिन बित्न लाग्दा पनि अझै भेट्टिएका छैनन्। कामता माध्यमिक विद्यालय करैलीयामा कार्यरत शिक्षक थापा कात्तिक ३ गतेदेखि सम्पर्कमा नआएपछि अहिले उनको विद्यालय परिवार र घरपरिवार चिन्तामा परेको छ। कात्तिक ३ गते बिहान विद्यालय जान्छु भनी घरबाट हिँडेका उनी विद्यालयमा समेत सो दिन नआएको विद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले बताए।…
काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीले आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक फाइनल पुगेको नेपालले मंगलबार एएफसी सोलिडारिटी कपको उपाधिका लागि मकाउसँग खेल्दैछ। प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले फाइनल पुग्दै आफूलाई उपाधि नजिक पुर्याएको छ। कुल ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल र मकाउ दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपाल ३ टोली सम्मिलित समूह एको विजेता तथा मकाउ समूह…
काठमाडौं : नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ प्रतिशतले खुद मुनाफा वृद्धि छ। कम्पनीले असोजसम्ममा ४ अर्ब १४ करोड २९ लाख ५३ हजार २ सय ७९ रुपैयाँ कमाएको छ। कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८३ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो। नाफामा उच्च वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी ११०.४८ रुपैयाँ पुगेको छ। गत वर्ष यो ८८ रुपैयाँ…
काठमाडौं : जापानमा हुने दसौं एसियाली पौडी प्रतियोगितामा नेपालबाट तीन खेलाडीले सहभागिता जनाउने भएका छन्। नोभेम्बर १७ देखि २२ सम्म हुने प्रतियोगितामा तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगितामा सहभागी हुन मंगलबार खेलाडीसहित छ सदस्यीय नेपाली टोली जापानको टोकियो प्रस्थान गर्दैछ। प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाई तथा ५० र सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन्। अक्शरा सिंहले ५० र १…
काठमाडौं : राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल र स्कुटर चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। चोरीको अभियोगमा मोरङ जिल्लाको हसनदह ८ घर भई हाल ललितपुरको इमाडोल बस्ने २३ वर्षीय युनिश शाह पक्राउ परेका हुन्। बा ३१ प ८७३ नम्बरको मोटरसाइकलमा बा २९ प ४२० नम्बर प्लेटमा परिर्वतन गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो। उनले काठमाडौंको सुकेधारा नजिकैको सडक र…
मस्को (रसिया) : मस्को निकट रुमेन रादेभ बुल्गेरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि रसियाको प्रशासन केन्द्र क्रेमलिनले बुल्गेरियाका नवनिर्वाचित राष्ट्रपतिलाई सोमबार बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ। नयाँ राष्ट्रपतिको आगमनले दुई राष्ट्रबीचको सम्वन्ध थप विस्तार हुने बताउँदै रसियाले बुल्गेरियालाई विशेष महत्वका साथ हेर्ने गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताएका छन्। 'हामीले आशा गरेका छौं कि नयाँ राष्ट्रपतिको…
काठमाडौं : आज बिहना कीर्तिपुर-३ सुन्दरीघाटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। बिहान पौने ७ बजेतिर बा ७० प १५९७ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय व्यक्तिको मृत्यु भएको हो। दुर्घटनापछि उपचारका लागि कीर्तिपुर मोडेल अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। ठक्कर दिने मोटरसाइकल चालक झापा शिवगन्ज-१ घर भई…
काठमाडौं : साताको साहित्य डटकमले यस वर्षको 'साताको साहित्य पुरस्कार' कवि बोनम प्रतापलाई दिने घोषणा गरेको छ। पाठक प्रतिक्रिया र साताको साहित्यको छनोटका आधारमा केही समयअघि साताको साहित्यले हरेक वर्षझैं तीन उत्कृष्ट रचनाहरू सार्वजनिक गरेको थियो। जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको गजल छानिएका थिए। 'तीन वटा उत्कृष्ट रचनाबाट…
काठमाडौं : शिक्षामन्त्री धनिराम पौडेलले सिटिइभिटी परिषद् बस्न लागेको र केही कलेजलाई सम्बन्धन दिन लागेको स्वीकार गरेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा मन्त्री पौडेलले आजै बस्ने सिटीइभीटी परिषद् बैठकले केही कलेजलाई सम्बन्धन दिने बताए। सार्वजनिक सूचनाबिनै अन्य प्रक्रिया नपुर्याई किन सम्बन्धन दिन लाग्नुभएको? भन्ने प्रश्नमा शिक्षामन्त्री पौडेलले प्रतिप्रश्न गर्दै भने, '६१ सालदेखि आएका निवेदन सिटीइभिटीमा थन्किएका छन्। ती निवेदनले कहिलेसम्म कुर्ने?'…
भद्रपुर : प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्याउन सके दण्डहीनताको अन्त्य हुने बताएकी छिन्। सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’ विषयक छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्याउन सबैले आफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन्। 'न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ,' उनले…
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीलाई अष्ट्रेलियन क्रिकेट लिग बिग ब्यास क्लबमा प्रशिक्षण गर्ने मौका मिलेको छ। क्रिकेट र अष्ट्रेलिया र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको संयुक्त सहकार्यमा रेबेल बिग ब्यास मा एसोसियट राष्ट्रका खेलाडीलाई दिइएको मौकामा नेपाली रुविना पनि परेकी हुन्। महिला बिग ब्यास लिगको दोस्रो संस्करणका लागि ८ टीमले आफ्नो रुकी खेलाडीको नाम पक्का गरेको…
बलिउड स्टार सलमान खानले आफ्नै ब्यानरमा नयाँ फिल्म घोषणा गरेका छन्। सलमान खान फिल्मस् र फर्स्ट टेक इन्टरटेनमेन्टले संयुक्त रुपमा 'लायन्स अफ द सी' बनाउने भएको हो। फिल्म कोमागाटा मरु घटनामा आधारित रहने बलिउड हंगामाले जनाएको छ। यही घटनाले क्यानडाको आप्रवासी नीति परिवर्तन गरेको थियो। फिल्ममा भारतदेखि क्यानडासम्मको यात्रा देखाइनेछ। फिल्मको बारेमा बोल्दै सलमानले भने, 'हामीले निर्माण…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले म्याद तामेलीमा अवरोधको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। कार्की आफैँ उपस्थित भएर मंगलबार जवाफ पेश गरेका हुन्। गत २३ कात्तिकमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले कार्कीले म्याद तामेलीमा अवरोध गरेको भन्दै दायर रिटमा सात दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने आदेश थियो। अदालतले म्याद तामेलीमा अवरोध…
काठमाडौं : यस वर्षको गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार राज सरगमको उपन्यास 'छाउघर'लाई प्रदान गरिने भएको छ। बालसाहित्य प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो। साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको स्मृतिमा स्थापित यो पुरस्कार २०६९ सालबाट नियमित प्रदान गरिँदै आएको छ। 'किशोरकिशोरीको संवेगलाई सशक्त रुपमा प्रस्तुत गरी सामाजिक कुप्रथाको चिरफार गर्दै उज्यालो गोरेटोतर्फ हिँड्न अभिप्रेरित गर्ने यो कृतिको…
काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउसँग प्रतिस्पर्धा गर्दैछ। एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनल पुगेको हो। खेल मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भइरहेको छ। नेपालले उपाधि जिते नेपाली फुटबल इतिहासमै एएफसीको प्रतियोगिता जित्ने रेकर्ड कायम गर्नेछ।
काठमाडौं : सोमबार बिहान ३२ वर्षीय केशवराज फुलारा नयाँ बानेश्वरबाट ललितपुर कुपण्डोलतर्फ भाडाको बस चढी जाँदै थिए। कुपण्डोल पुगेर गोजीमा भएको वालेट छाम्दा उनले भेटाएनन्। बसभित्र नै उनको वालेट चोरी भइसकेको थियो। वालेटमा ५ सय नगद सहित २ लाख ५५ हजारको नबिल बैंकको चेक थियो उनीसँग। चोरी भएको उजुरीसहित फुलारा प्रहरी पुगे। बैंकलाई चोरीबारे जानकारी गराए। उनको वालेट चोरी…
काठमाडौं : नेपाली महिला क्रिकेटको टोलीमाथि दुर्व्यवहार गरिएको भन्दै प्रकाशित समाचारको खण्डन गर्दै महिला टीमको प्रशिक्षक राजु बस्न्यातले यो सरासर गलत भएको र आफ्नो चरित्र हत्या गर्ने काम गरेको बताएका छन्। उक्त समाचारले आफ्नो चरित्रमा ठुलो आघात पुर्याएको भन्दै राजुले भने, 'अभद्र व्यवहार त म सोच्नसम्म पनि सक्दिनँ, जुन समाचार आएको छ। त्यसले मेरो चरित्र हत्या गर्ने काम गरेको छ। यसले…