सरिता पौडेल चितवन : चितवनको माडीमा पहिलोपटक विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरणद्धारा निर्मित ३३ बाई ११ केभि माडी शब स्टेशनको आज एक कार्यक्रममा बीच उर्जामन्त्री जनार्दश शर्माले उद्घाटन गरे। २० करोड ८३ लाखको लागतमा सब स्टेशनको निमार्ण गरिएको हो। करिब २० हजार जनसंख्या रहेको माडीमा ४० प्रतिशत स्थानमा सेवा विस्तार गरिएको विद्युत प्राधिकरण भरतपुरका प्रमुख रामदुलाल यादवले बताए। माडीमा…
चितवन : उर्जामन्त्री जनार्दन शर्माले जनताको सहयोग र विद्युत प्राधिकरणको नयाँ नेतृत्वको आँटका कारण काठमाण्डौलाई लोडसेडिङ मुक्त पार्ने अभियान सफलतातर्फ अगाडि बढिरहेको बताएका छन्। अब छिट्टै अन्य जिल्लामा पनि लोडसेडिङ्ग हटाउने उनको भनाई थियो। प्रेस सेन्टर चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले आफुले विभिन्न समय र खासगरी मन्त्री भएलगत्तै गरेको अध्ययनमा विद्युत्तमा ठूलो गिरोह सक्रिय रहेकोले सो को अन्त्यका लागि…
म्यानचेष्टर युनाइेटड प्रिमियर लिगमा आर्सनलसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ। प्रिमियर लिग अन्तर्गत १२ औं चरणको पहिलो खेलमा युनाइेटड र आर्सनलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। निर्धारित समयको खेल सकिन एक मिनेट अगाडी आर्सनलका जिरुडले गोल गरेपछि युनाइटेड आर्सनलसँग बराबरीमा रोकियो। पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपछि ६८ औं मिनेटमा हुँवा माटाले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका…
काठमाडौं : प्रहरीले इलान इन्टरनेशनल मेनपावरका सञ्चालक धनश्याम अर्याललाई पक्राउ गरेको छ। गुल्मी सिमीचौर घर भई हाल काठमाडौं नयाँबानेश्वर स्थित मेनपावर सञ्चालन गर्दै आएका अर्याललाई ठगीको आरोधमा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो। अर्यालले आफ्नै मेनपवारबाट ३० जनाभन्दा बढी युवालाई ब्रुनाई पठाइदिने भन्दै नक्कली डिमान्ड लेटर र भिसा देखाएर ठगी गरेका थिए। १ करोड ३० लाखभन्दा बढी रकम…
दोलखा : कालिन्चोकमा केबुलकार निर्माणमा संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पत्र काटेको छ। दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले पनि विरोध गर्न थालेपछि केबुलकार निर्माणमा कठिनाइ उत्पन्न भएको छ। जिल्ला वन कार्यालय, दोलखाका अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन…
काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म 'छायाँ', 'द फेमस' र 'पुरानो पुस्ता' प्रदर्शनमा आएका छन्। गत साता सार्वजनिक जात्राले शो बढाइरहेको अवस्थाबीच यी तीन फिल्म प्रतिस्पर्धामा उत्रिएका हुन्। मनोज पण्डित निर्देशित फिल्म छायाँमा बाल यौन दुर्व्यवहार र बाल मनोविज्ञानमा पर्ने असरलाई देखाउन खोजिएको छ। फिल्ममा साइव्रत आचार्य, अनुप बराल, अरुणा कार्की लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। फिल्मले…
काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पुनर्संरचना प्रतिवेदन नबुझाउने स्थानीय विकास अधिकारी (एलडिओ) परिवर्तन गर्ने चेतावनी दिएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज बसेको पुनर्संरचना सहजीकरण बैठकमा मन्त्री पाण्डेले अब पनि रिपोर्ट किन नपठाएको भनेर एक पटक सोध्ने र त्यसपछि एलडिओ परिवर्तनको निर्णय लिइने बताए। ६५ जिल्लाबाट प्रतिवेदन आए पनि १० जिल्लाबाट…
अलराउण्डर कोलिन डे ग्राण्डहोमले न्युजिल्याण्डको टेष्ट क्रिकेटमा कायम रहेको ६५ वर्ष पुरानो रेकर्ड ब्रेक गरेका छन्। घरेलु मैदान क्राइस्चर्चमा भइरहेको पाकिस्तान विरुद्धको पहिलो टेष्टमा डेब्यु गरेका ग्राण्डहोमले ६ विकेट लिँदै डेब्युमा सबैभन्दा धेरै विकेट लिने रेकर्ड कायम गरेका हुन्। १५.५ ओभर बलिङ गरेका उनले मात्र ४२ रन खर्चेर ६ विकेट लिएका हुन्। जुन न्युजिल्याण्डको खेलाडीले डेब्यु टेष्टमा लिएको विकेटको 'वेष्ट…
सरिता पौडेल चितवन : आर्थिक अभावका कारण कैयौं बिरामीहरु उपचारबाट वञ्चित छन्, तर चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३९ लाख मूल्य बराबरका सामान प्रयोग विनै नष्ट भएका छन्। अस्पतालको प्याथोलोजी विभाग अन्तर्गतका सामानहरु लापरबाहीका कारण नष्ट भएका हुन्। बिरामीको रगत र मासुको जाँचका लागि मेसिन तथा उपकरणमा प्रयोग गरिने रिएजेन्ट, किट्सहरु प्रयोगबिना नै मिति गुज्रिएको खुलेको हो। रिएजेन्ट तथा…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्टस् न्युट्रिसन सेमिनार सम्पन्न भएको छ। सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए। सहभागीलाई पोषणविद् केपी लम्सालले प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए। एकदिने सेमिनार सकिएपछि राखेप सदस्य–सचिव केशवकुमार विष्टले…
काठमाडौं : काठमाडौंको तीनकुनेमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली सेनाका भूपू उपसेनानी काभ्रे नाला ३ बस्ने ४७ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्। बा ३ ख २०५६ नम्बरको बसले उनी सवार बा २६ प ४३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा सिभिल अस्पताल मीनभवनमा मृत्यु भएको…
काठमाडौं : आजबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो पुस्ता'को सिक्वेल बन्ने भएको छ। फिल्म युनिटले एकसाथ चार सिक्वेल घोषणा गरेको हो। फिल्म प्रदर्शनमा आउनुअघि नै कार्यक्रम आयोजना गरी फिल्मको अन्य चार भाग बनाउने निर्माण टोलीले बतायो। निर्देशक दीपसागरले भने, 'सबै सिक्वेलका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं।' सावित्री ओली निर्मित पुरानो पुस्तालाई व्यावसायिक सफलता-असफलताले सिक्वेल निर्माणमा असर नगर्ने उनले बताए। एक…
चितवन : शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढिरहेको जानकारी दिए। यसका लागि सारोकारवालासँग छलफल भइरहेको बताउँदै उनले ऐन संशोधनपछि दुवै विश्वविद्यालयबीचको…
प्युठान : भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन्। एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो। बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुग्नुभएका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए। दुर्घटनामा प्युठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर…
काठमाडौं : बैंकिङ प्रणालीबाहिर ५ सय र १ हजार दरको भारु साटिने भएको छ। राष्ट्र बैंकको सक्रियातामा भएको छलफलमा भारतीय दूतावासले अधिकतम भारु साट्ने संकेत गरेको हो। यद्यपि ती भारु वैध हुनुपर्छ। भारु कसरी र कुन प्रक्रियाबाट साट्ने भनेर राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा बैंकरहरु सहितको एक कार्यदल बनाएको छ। त्यो कार्यदलले आवश्यक प्रक्रिया तय गरेर भारु…
काठमाडौं : कूटनीतिक पहलपछि झन्डै एक महिनापछि कोलकाता बन्दरगाहबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल आउन थालेका छन्। बन्दरगाहमा कन्टेनरको 'फ्लो' बढी भएपछि नेपाली सामान बोकेका कन्टेनर रोकिएका थिए। कोलकातास्थित महावाणिज्य दूतावासको कूटनीतिक पहलपछि नेपाली सामान बोकेका कन्टेनर जाँचपास भएका हुन्। महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली सामान बोकेका कन्टेनरको बन्दरगाहबाट जाँचपास भएर नेपालतर्फ हिँडिसकेको जानकारी दिए। उनले बन्दरगाह प्रशासन, भन्सार…
काठमाडौं : ल्हारक्याल लामामाथि व्यवस्थापिका–संसदले गरेको निलम्बन फुकुवा भएको छ। फौजदारी अभियोग लागेपछि उनलाई संसदले निलम्बन गरेको थियो। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा इन्भेस्टमेन्ट बैङ्कमा रहेको उनको लकरमा अवैध हतियार भेटाएको थियो। त्यसपछि हातहतियार तथा खरखजाना मुद्दा चलेपछि बैसाख ३० देखि उनी सांसदबाट निलम्बित थिए। अख्तियारले साढे ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै…
काठमाडौं : शुक्रबार र शनिबार नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हने भएको छ। कम्पनीको जिएसएम पोस्टपेड मोबाइल सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले शुक्रबार राति ११ बजेपछि सेवा अवरुद्ध हुने भएको हो। शनिबार बिहानसम्म अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ। बिलिङ सिस्टमलाई व्यवस्थित र सहज बनाउनका लागि डेटा माइग्रेसन गर्नुपरेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी…
काठमाडौं : नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा हुन लागेको 'च्यारिटी फुटबल म्याचका' लागि नेपाल फुटबल टीम र 'फ्रेण्ड्स अफ जापान' तयार रहेको बताएका छन्। शुक्रबार एन्फा कम्प्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टीमका प्रशिक्षक र कप्तानले खेलका लागि आफुहरु उत्साहित रहेको जित्ने बताए। अखिल नेपाल फुटबल संघ एन्फा र जापानी एनजिओ कोलोरवथको संयुक्त प्रयासमा खेल हुन लागेको…
काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले यही हप्ता अर्थात् मंसिर ६/७ गते नै सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले प्रमुख तीन दलबीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको बताए। बालुवाटारमा बिहीबार भएको तीन दलको बैठकमा शीर्ष…