काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिज पुगे, फिल्मको प्रिमियर शोमा। बाल यौन दुर्व्यवहार र त्यसले बालबालिकाको मनोविज्ञानमा पार्ने असरलाई केलाइएको फिल्म 'छायाँ'को प्रिमियर शो हेरिसकेपछि उनले सकारात्मक प्रतिक्रिया दिएका छन्। 'छायाँ फिल्मले समाजको नराम्रो पक्षलाई खोतलेको छ। समग्रमा राम्रो बनेको छ। अब यस्ता समस्याविरुद्ध सबै मिलेर अघि बढ्नुपर्छ,' उनले भने। शोमा एमाले नेता प्रदीप ज्ञवाली,…
काठमाडौं : लेखक तथा पत्रकार किशोर नेपालको निबन्ध कृति 'राक्षसको गीत' सार्वजनिक भएको छ। शुक्रबार राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक/समालोचक अभि सुवेदीले नेपालको कृति लोकार्पण गरे। पुस्तक र लेखकमाथि बोल्दै सुवेदीले नेपालको लेखनको आफू साक्षी रहँदै आएको बताए। जुनसुकै विधामा पनि उत्तिकै स्पष्ट र लोभलाग्दो गरिकाले निरन्तर लेख्न सक्ने भन्दै उनले प्रशंसा गरे। यस्तै अर्का वक्ता…
काठमाडौं : अवैध भिओआइपीमा अहिलेसम्म विभिन्न दुरसञ्चारका २२ हजार सिमकार्ड प्रयोग भएको प्रहरीले जनाएको छ। भिओआइपी संलग्न व्यक्तिहरुले विभिन्न व्यक्तिको नाममा सिमकार्ड झिकी यसको दुरुपयोग गर्ने गरेका छन्। प्रहरीको तथ्याङकअनुसार सवैभन्दा बढी एनसेलको सिम प्रयोग गरिएको पाइएको छ। जहाँसुकै पाउने र सजिलो भएकोले उनीहरुले एनसेलको सिम प्रयोग गर्ने गरेका छन्। अहिलेसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९२ स्थानमा…
काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले सरकारले यो मूल्यवान समय यत्तिकै खेर फालेको आरोप समेत लगाए। ‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ,' उनले भने, 'निर्वाचनको लागि सरकारले कुनै उल्लेखनीय काम गर्न सकेन।’…
काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र लाओस बीचको खेल कुचिङस्थित नेगेरी स्टेडियममा हुँदैछ। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह ए को विजेता बन्ने क्रममा नेपाल पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा ब्रुनाईलाइ ३-० ले हराएको थियो। यस्तै २ खेलमा जित र एकमा हारको…
विश्व स्वास्थ्य सङगठन र युनिसेफको एक प्रतिवेदनका अनुसार विश्वभरी अहिले पनि दादुराका कारण दैनिक झण्डै चार सय जना बालबालिकाको मृत्यु हुने गरेको छ। सन् २००० देखि २०१५ सम्मको अध्ययन गर्दा दादुराबाट मृत्यु हुनेहरुको संख्या घट्दै गएको देखिएपनि सन्तुलित सुधार भने हुन नसकेको राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार बताएका छन्। 'लोकतान्त्रीक गणतन्त्र कङगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानले दिएका विवरणहरुमा दादुराका कारण…
शशी थरुर नयाँदिल्ली : अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ। नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन्। परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो। तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन। अमेरिकाले भियतनाम…
काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा दुवै टोलीले १/१ गोल गरेका छन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालको लागि विमल घर्ती मगरले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्काएका हुन्। यसअघि खेलको १८ औं मिनेटमा चाम्पाथोङले गोल गर्दै लाओसलाइ अग्रता दिलाएका हुन्। उनले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै…
काठमाडौँ : आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ। मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ। कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही…
काठमाडौँ : गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा १९ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त हुन बाँकी छ। आयोगले कात्तिक ५ गते जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई समेत आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो। आयोगले पठाएको पछिल्लो कार्यविधि अनुसार ५६ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले आज भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताएका दाहालको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। धानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका…
काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ। अतिरिक्त समयमा धकेलिएको खेलमा अनन्त तामाङले गोल गरेपछि नेपालले अग्रता लिएको छ। निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो। १०४ औं मिनेटमा हेमन गुरुङको पासमा अनन्तले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन्।
काठमाडौँ : आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ। मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ। कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही…
काठमाडौं : नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ। गोलरक्षक किरण चेम्जोङले दुई पेनाल्टी रोकेपछि लाओसलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालको लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे। लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोके भने एक खेलाडीको पेनाल्टी प्रहार बाहिरियो।
काठमाडौं : पेनाल्टी सुटआउटमा गोलरक्षकलाई नायक बन्ने मौका हुन्छ। रेगुलर टाइममा गोलरक्षकले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडीले गर्ने गोलले खेलको नतिजा निस्कने गर्छ। तर पेनाल्टीमा टीमको नतिजा कस्तो हुन्छ भन्ने विषयको निर्धारण गोलरक्षकको प्रदर्शन गर्छ। ठिक त्यस्तै भयो नेपालका गोलरक्षक किरण चेम्जोङलाई पनि। मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा लाओस विरुद्धको निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि…
चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडीमा तोडफोड भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो। चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुङ्गा प्रहारबाट…
संयुक्त राष्ट्रसङ्घ : भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले विश्वलाई नै आह्वान गरेको छ। युनिसेफले हालै एक प्रेस विज्ञप्ति जारी गरी नयाँदिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ। प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ। 'दिल्लीका बालबालिका हरेक…
काठमाडौं : श्रीलंकामा आगामी महिना आयोजना हुने यु १९ एसिया कपको लागि युवा क्रिकेटर छनोट गर्न 'ट्यालेन्ट हन्ट' कार्यक्रमको आयोजना गरिने भएको छ। डिसेम्र ८ देखि श्रीलंकामा हुने यु १९ एसिया कपमा नेपाल लगायत टेष्ट खेल्ने चार राष्ट्रसहित कुल ८ राष्ट्रको युवा टोलीले सहभागिता जनाउनेछन्। आइसिसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेसँगै नेपालको सिनियर टोलीको सबै कामकारबाही आइसिसीले…
काठमाडौँ : एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा आगामी वर्ष अायोजना हुने भएको छ। च्याम्पियनसिप २०७४ साउन ६ देखि १५ सम्म नेपालमा हुनेछ। जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान भएको एसियाली भारोत्तोलन महासङ्घको कार्यकारी बैठकले उक्त प्रतियोगिता आयोजना गर्न नेपाललाई अवसर दिएको नेपाल भारोत्तोलन सङ्घले जनाएको छ। बैठकमा नेपालले युथ, जुनियर तथा…