PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर

    गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर

    बुटवलः मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रको गणना सम्पन्न भइसकेको छ। समानुपातिकको पनि गणना जारी छ।  कतिपय क्षेत्रमा उम्मेदवारबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यस्तै, कडा टक्कारसहित प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये एक हो –रुपन्देही ३। उक्त क्षेत्रमा बहालवाला गृहमन्त्री बालकृष्ण खाण र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराबीच प्रतिस्पर्धा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ बाट निर्वाचित

    एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ बाट निर्वाचित

    काठमाडौंः मनोनयनको दिन नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौतहट ३ बाट निर्वाचित भएका छन्।  ३२ हजार ४३७ मत प्राप्त गर्दै साह निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले २५ हजार २०० मत पाएका छन्।  साह २०६४ यता लगातार उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • क्यामरुनमा जन्मिएका एम्बोलोको निर्णायक गोलमा स्वीजरल्याण्डको क्यामरुनमाथि जित

    क्यामरुनमा जन्मिएका एम्बोलोको निर्णायक गोलमा स्वीजरल्याण्डको क्यामरुनमाथि जित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई हराउँदै सुखद सुरुवात गरेको छ। कतारस्थित अल जानुउब रंगशालामा सम्पन्न समूह 'जी'को खेलमा स्वीजरल्याण्डले *क्यामरुनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा स्वीजरल्याण्डलाई जित दिलाउन ब्रील एम्बोलोले निर्णायक गोल गरे। खेलको ४८ औं मिनेटमा उनी क्यामरुनमा जन्मिएका स्वीजरल्याण्डका खेलाडी हुन्। कतार विश्वकपमा आफ्नो टोलीका लागि पहिलो…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको 'ब्याटल'मा लिङ्देनको दोहोरिरहने जित, किन सधै असफल छन् सिटौला?

    राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको 'ब्याटल'मा लिङ्देनको दोहोरिरहने जित, किन सधै असफल छन् सिटौला?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका छन्। झापा-३ बाट लिङ्देनले ४० हजार ६४८ मत ल्याएर चुनाव जितेका हुन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लिङ्देनसँग पराजित भए। सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्। सत्ता गठबन्धनको टिकट बाँडफाँट समितिको संयोजकसमेत रहेका सिटौलाले यसपटक पनि निर्वाचित हुन सकेनन्। २०७४ को प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • टिकापुरमा रेशमको जित दोहर्‍याइन् रञ्जिताले, ३० हजार बढी मतसहित विजयी

    टिकापुरमा रेशमको जित दोहर्‍याइन् रञ्जिताले, ३० हजार बढी मतसहित विजयी

    कैलाली : कैलाली १ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राम जनम चौधरीलाई १२ हजार ३ सय २३ मतान्तरले पराजित गरी रञ्जिताले रेशमको विरासत जोगाउन सफल भएकी हुन्। ६४ हजार ९ सय ९९ मत खसेको उक्त क्षेत्रमा ३ हजार २ सय ६८ मत बद हुँदा ६० हजार ८ सय ८८ मत सदर…

    विस्तृतमा पढ्नुस्

  • धनकुटामा माओवादी बागी बन्दा कांग्रेसका सुनिलबहादुर थापाले निकाल्न सकेनन् जित, एमालेका राई निर्वाचित

    धनकुटामा माओवादी बागी बन्दा कांग्रेसका सुनिलबहादुर थापाले निकाल्न सकेनन् जित, एमालेका राई निर्वाचित

    काठमाडौं : राप्रपा छाडेर कांग्रेस पसेका सुनिलबहादुर थापा धनकुटाबाट पराजित बनेका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका हुन्। गठबन्धनका सुनिललाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राई निर्वाचित भएका हुन्। राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत पाए। नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए

    प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए

    काठमाडौंः सुन पसलमा प्रहरी हुँ भन्दै डाँका गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न मितिमा पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय सुन राई, २८ वर्षीय देविराज राई, धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीय मनिला तामाङ रहेका छन्। उनीहरूले कार्तिक २९ गते करिब ८…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले उरुग्वेलाई हराए कतारमा 'एसियन ह्याट्रिक'!

    दक्षिण कोरियाले उरुग्वेलाई हराए कतारमा 'एसियन ह्याट्रिक'!

    विश्व खेलकुदमै ठूलो प्रतियोगिताका रुपमा फिफा विश्वकप मानिन्छ। तर, विश्वको ठूलो महादेश एसियाको विश्वकपमा उपस्थिति भने सँधै 'अण्डर डग' का रुपमा रहँदै आएको छ। ३२ टोली सहभागी हुने प्रतियोगितामा उपाधि भने सधैँजसो युरोप या ल्याटिन अमेरिकाको भागमा पर्दै आएको छ। एसियाको विश्वकपमा सबैभन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा भनेको सेमिफाइनलसम्म मात्र छ। सन् २००२ मा आयोजक दक्षिण कोरियाले सेमिफाइलसम्मको यात्रा तय गर्न सफल…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फ एमालेले कटायो ५ लाख, एकीकृत समाजवादीले ३६ हजार मत पाउँदा स्वतन्त्र पार्टीको कति?

    समानुपातिकतर्फ एमालेले कटायो ५ लाख, एकीकृत समाजवादीले ३६ हजार मत पाउँदा स्वतन्त्र पार्टीको कति?

    काठमाडौं : आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ। निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार ८३२ मत प्राप्त गरेको छ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख २९ हजार नौ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • अहिलेसम्म गण्डकी प्रदेशसभामा कांग्रेसले जित्यो १५ सिट, दुईवटा क्षेत्रमा एमालेको 'लिड'

    अहिलेसम्म गण्डकी प्रदेशसभामा कांग्रेसले जित्यो १५ सिट, दुईवटा क्षेत्रमा एमालेको 'लिड'

    पोखरा : गण्डकी प्रदेशसभातर्फ नेपाली कांग्रेसले हालसम्म १५ सिट जितेको छ। यता, नेकपा एमालेले १० सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले ५ वटा क्षेत्रमा जित निकालेको छ। स्याङ्जाको क्षेत्र नं २ मा अझै मतगणन भएको छैन। कास्कीको क्षेत्र नं १ (क) र ३(ख)को नतिजा आउन बाँकी छ। दुबै क्षेत्रमा एमालेको अग्रता छ भने स्याङ्जा १(ख)मा कांग्रेसको अग्रता छ। बाँकी…

    विस्तृतमा पढ्नुस्

  • बारा २(क) बाट जसपाका वागी कलवार विजयी

    बारा २(क) बाट जसपाका वागी कलवार विजयी

    वीरगंज : बारा क्षेत्र नं. २ (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सारदासंकर कलवार विजयी भएका छन्। एमाले र जसपाबिचको तालमेलमा उक्त क्षेत्रमा एमालेको भागमा परेको थियो। त्यसपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि जसपामा रहेका कलवारले ९ हजार २९५ मत प्राप्त गरि विजयी भएका हुन्। एमालेका बलवीर चौधरीले भने ६ हजार ८६७ मत पाएका छन्। कलवार २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय…

    विस्तृतमा पढ्नुस्

  • दरबारकी धाईआमाको घरमा चोरी, ३० लाख पर्ने सुनको गिलाससहित नगद लुटपाटमा संलग्न १० जना पक्राउ

    दरबारकी धाईआमाको घरमा चोरी, ३० लाख पर्ने सुनको गिलाससहित नगद लुटपाटमा संलग्न १० जना पक्राउ

    काठमाडौं : प्रहरीले बसुन्धरामा एक घरमा चोरीमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ परेको छ। कात्तिक २८ गते बसुन्धरामा अज्ञात समूहले मधुर विक्रम खनालको घरमा चोरी गरेका थिए। मधुरकी श्रीमती नन्द मल्ल लगायतलाई बन्धक बनाएर उक्त समूहले धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको थियो। प्रहरीलेकात्तिक ३० गते काठमाडौं र दोलखाबाट उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको थियो। प्रहरीले आज उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेशसभा 'क' मा नागरिक उन्मुक्तिका चौधरी विजयी

    कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेशसभा 'क' मा नागरिक उन्मुक्तिका चौधरी विजयी

    काठमाडौं : कैलाली क्षेत्र नं १ प्रदेशसभा (क) तर्फ नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा (क) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका हुन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • हारपछि ओलीलाई कमल थापाको धन्यवाद : विश्वास जोगाउन सकिनँ, खिन्न लागेको छ

    हारपछि ओलीलाई कमल थापाको धन्यवाद : विश्वास जोगाउन सकिनँ, खिन्न लागेको छ

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थापा राप्रपाका दीपक सिंहसँग पराजित भएपछि ओलीलाई धन्यवाद दिएका हुन्। आफूलाई विश्वास गरी टिकट दिएकोमा ओली र एमालेलाई धन्यवाद दिँदै थापाले विश्वास जोगाउन नसकेकोमा दुख लागेको प्रतिक्रिया दिए। ‘मलाई बिश्वास गर्नुभएकोमा केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • मुख्य प्रशिक्षकका लागि एन्फाले खोल्यो विज्ञापन, अरु कुनकुन पद मागिएको छ?

    मुख्य प्रशिक्षकका लागि एन्फाले खोल्यो विज्ञापन, अरु कुनकुन पद मागिएको छ?

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फाले) मुख्य प्रशिक्षक लगायत विभिन्न पदका लागि विज्ञापन खोलेको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा पछि नेपाली टोली प्रो लाइन्सेन्स प्राप्त प्रशिक्षक बिनै चलिरहेकोमा एन्फाले विज्ञापन खोलेको हो। विवादित प्रशिक्षक अलमुताइरीले राजीनामा दिएपछि बंगलादेशसँगको मैत्रीपूर्ण सिरिजमा प्रदीप हुमागाइ र पाकिस्तानसँगको खेलमा प्रवेश कटुवालले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। एन्फाले जारी गरेको विज्ञापनमा प्रो लाइसेन्स प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ६ मा कांग्रेसका शेखरको अग्रता कायमै, अन्य ५ क्षेत्रमा को को छन् अघि?

    मोरङ ६ मा कांग्रेसका शेखरको अग्रता कायमै, अन्य ५ क्षेत्रमा को को छन् अघि?

    विराटनगर : मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये २-२ वटामा क्रमशः नेपाली कांग्रेस र नेकपा एमाले तथा १-१ वटामा नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले आ-आफ्नो अग्रता स्थिर राखेका छन्। क्षेत्र नम्बर ३ र ६ मा कांग्रेस, १ र २ मा एमाले तथा ४ मा माओवादी केन्द्र र ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका प्रत्याशीले अग्रता कायम राखेका हुन्। निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी

    मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी

    विराटनगर : मोरङको क्षेत्र नम्बर ६ 'क' मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका  छन्। नेकपा एमालेका रीता न्यौपानेलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्। निर्वाचन कार्यालयका अनुसार आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा न्यौपानेले १७ हजार ५७२ मत प्राप्त गरिन्। आचार्य २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रमा प्रदेशसभाका उम्मेदवार थिए। त्यस चुनामा उनलाई नेपाली कांग्रेसका चुमनारायण तवदारले पराजित…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित

    पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित

    काठमाडौं : कांग्रेसका पूर्व महाममन्त्री डा शशांक कोइराला पूर्वी नवलपरासी १ बाट निर्वाचित भएका छन्। कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।  

    विस्तृतमा पढ्नुस्

  • बारा ३(क) मा एमालेका रविन्द्रदास श्रेष्ठ विजयी

    बारा ३(क) मा एमालेका रविन्द्रदास श्रेष्ठ विजयी

    वीरगंज : बारा क्षेत्र नम्बर ३(क) मा प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ८८६ मतान्तरले विजयी भएका हुन्। श्रेष्ठले ८ हजार १९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मुकेश साहले ७ हजार ३०९ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भरतबहादुर खड्काले ५ हजार ७०६ मत प्राप्त गरे। श्रेष्ठको…

    विस्तृतमा पढ्नुस्

  • बारा २(ख) बाट जसपाका अहिर प्रदेशसभा सदस्यमा विजयी

    बारा २(ख) बाट जसपाका अहिर प्रदेशसभा सदस्यमा विजयी

    वीरगंज : बारा क्षेत्र नं. २(ख) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बच्चा राउत अहिर निर्वाचित भएका छन्। यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित अहिर यसपटक एक हजार ३६३ मतको मतान्तरले विजयी भएका हुन्। राउतले १० हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले ८ हजार ९३९ मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell