PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • भक्तपुर-१ मा फेरि बज्यो नेमकिपाको मादल, प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले निर्वाचित

    भक्तपुर-१ मा फेरि बज्यो नेमकिपाको मादल, प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले निर्वाचित

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर १ मा जित निकालेका छन्। उनले ४२ हजार ७६१ मत ल्याइ निर्वाचित भएका हुन्। सुवालले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ३० हजार ७९३ मत बढी ल्याए निर्वाचित भएका हुन्। सुवाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा रास्वपाको पाँचौ जित, ललितपुर ३ बाट निर्वाचित भइन् तोसिमा

    उपत्यकामा रास्वपाको पाँचौ जित, ललितपुर ३ बाट निर्वाचित भइन् तोसिमा

    काठमाडौं : काठमाडौं उपत्यकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचौ जित निकालेको छ। ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तोसिमाले ३१ हजार एक सय ६ मत पाउँदै निर्वाचित भएकी हुन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै तोसिमा निर्वाचित भएकी हुन्। खड्काले १२ हजार…

    विस्तृतमा पढ्नुस्

  • रौतहट ३ को प्रदेश क मा प्रभु साह प्यानलका चौधरी निर्वाचित

    रौतहट ३ को प्रदेश क मा प्रभु साह प्यानलका चौधरी निर्वाचित

    गौर : रौतहट क्षेत्र नम्बर ३(क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। प्रभु साहको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले एमाले-जसपा गठबन्धनको तर्फबाट जसपाकी उम्मेदवार पुजा चौधरीलाई २ हजार १२३ मतले पराजित गरेका हुन्। यस क्षेत्रको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार २५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जसपाकी पुजाले १० हजार १३२ मत…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे २ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर

    काभ्रे २ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर

    काठमाडौं : काभ्रे २ को मतगणना जारी छ। प्रतिनिधि सभा तर्फ कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई र एमालेका गोकुल बास्कोटाले उछिनपछिन गर्ने क्रम रहेको छ। बेथानचोकको मतगणनामा कांग्रेसका शिवले अग्रता कायम गरेका थिए। बनेपा पनौति तथा भुम्लु क्षेत्रको मतगणनापछि भने गोकुलले आफ्नो अग्रता बढाएका छन्। हालसम्म प्राप्त परिणामअनुसार एमालेका बास्कोटाले २२ हजार ८१२ मत पाउँदा कांग्रेसका हुमागाईले २१ हजार ७१४ मत…

    विस्तृतमा पढ्नुस्

  • दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, पहिलो प्रयासमै संसदमा इन्ट्री

    दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, पहिलो प्रयासमै संसदमा इन्ट्री

    काठमाडौं : दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन्। शाही २० हजार एक सय ५८ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच मत प्राप्त गरे। प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिएका हुन्। शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • ‘मिलेन लेभल’ भन्दै देउवासँग भिड्ने हाँक दिएका महेशलाई दुर्लभले लडाए चुनावी ‘ब्याटल’मा

    ‘मिलेन लेभल’ भन्दै देउवासँग भिड्ने हाँक दिएका महेशलाई दुर्लभले लडाए चुनावी ‘ब्याटल’मा

    काठमाडौं : कुनै बेला एमाले नेता महेश बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै हराइदिने हाँक दिएका थिए। यही विषय सुनाउँदा भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापाले देउवाबाट खप्की खाएका थिए। अघिल्लो भदौ १८ गते पार्टीको वडा अधिवेशन उद्घाटन गर्न भक्तपुरको सुर्यविनायक वडा ५ को कटुञ्जेमा पुगेका देउवालाई थापाले बस्नेतको हाँक सुनाएका थिए। ‘तपाईं चुनाव लडेपनि हराउने भनिरा’छ त महेश बस्नेतले। तपाईंलाई…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर १ (क) बाट माओवादी केन्द्रका पुलामी विजयी

    मकवानपुर १ (क) बाट माओवादी केन्द्रका पुलामी विजयी

    हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) बाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी विजयी भएका छन्। बिहीवार बिहान सम्पन्न मतगणना अनुसार पुलामी १९ हजार ७ सय १९ मतसहित विजयी बनेका हुन्। उनका निकट्तम प्रतिस्पर्धी नेकपा (एमाले)का कमल विष्टले १५ हजार ४ सय ३३ मत प्राप्त गरे। तेस्रो नम्बरमा रहेका राप्रपाका सागर थापाले ७ हजार ७ सय…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही २ ‘क’ बाट लीला गिरी विजयी

    रुपन्देही २ ‘क’ बाट लीला गिरी विजयी

    बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ (क)बाट नेकपा (एमाले)का लीला गिरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ६३४ मतान्तरले पराजित गरेका हुन्। प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरी विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले १४ हजार ९९८ मत पाएका छन्। एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गिरी लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • पर्सा ३ बाट एमालेका राजकुमार गुप्ता विजयी

    पर्सा ३ बाट एमालेका राजकुमार गुप्ता विजयी

    वीरगंज : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजकुमार गुप्ता विजयी भएका छन्। मतगणना सुरु भएदेखि नै नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र गुप्ताबिच निक्कै प्रतिस्पर्धा देखिएको पर्सा ३ मा अन्ततः गुप्ता विजयी भएका हुन्। एमाले-जसपा गठबन्धनका साझा उम्मेदवार समेत गुप्ता सत्ता गठबनधनका उम्मेदवार चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन्। गुप्ता…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

    रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

    बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्। पूर्व अर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लीला रावलले २ हजार ५५६ मत पाएकी…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी

    अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी

    बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन्। प्रदेशसभामा आचार्य र घिमिरे विजयी प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण…

    विस्तृतमा पढ्नुस्

  • प्युठानबाट एमालेका सूर्य थापा विजयी

    प्युठानबाट एमालेका सूर्य थापा विजयी

    बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्।…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर २ मा एनपी साउदले धामीसँग लिए अघिल्लो चुनावको बदला

    कञ्चनपुर २ मा एनपी साउदले धामीसँग लिए अघिल्लो चुनावको बदला

    कैलाली : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद विजयी भएका छन्। साउदले २८ हजार १ सय मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत ल्याए। २०७४ को निर्वाचनमा साउद धामीसँग ८ हजार ३ सय २७ मतान्तरले पराजित बन्न पुगेका थिए। अहिले उक्त हारको बदला लिँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • डोटीमा प्रेम आलेको ‘ह्याट्रिक’ जित, पराजित भइन् एमालेकी ओली

    डोटीमा प्रेम आलेको ‘ह्याट्रिक’ जित, पराजित भइन् एमालेकी ओली

    कैलाली : प्रतिनिधिसभा अन्तर्गत डोटीबाट नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले मगर विजयी भएका छन्। नेकपा (एमाले)की गौरी कुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले पराजित गरी डोटीबाट आलेले तेस्रो पटक संसद्का ढोका खोलेका हुन्। समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्व मन्त्री आलेले २७ हजार २ सय १० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले २३ हजार ४ मत ल्याइन्।…

    विस्तृतमा पढ्नुस्

  • मोरङ ५ (ख) बाट कांग्रेसका अमृत अर्याल विजयी

    मोरङ ५ (ख) बाट कांग्रेसका अमृत अर्याल विजयी

    विराटनगर : मोरङको क्षेत्र नम्बर ५ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवलाई फराकिलो मतले पराजित गर्दै नेता अर्याल विजयी भएका हुन्। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार विजयी अर्यालले १६ हजार १०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मन्त्री यादवले १० हजार ८२४ मत…

    विस्तृतमा पढ्नुस्

  • बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

    बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

    कैलाली : बझाङ प्रतिनिधिसभामा नेकपा (एमाले)का ऐन महरलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशी निर्वाचित भएका छन्। महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै जोशी विजयी भएका हुन्। जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे। तेस्रो भएका राप्रपाका विश्व प्रकाश जेठाराले १ हजार १ सय ९९ मत पाए।…

    विस्तृतमा पढ्नुस्

  • कोस्टारिकामाथि स्पेनको फराकिलो जित, क्यानडा बेल्जियमसँग पराजित

    कोस्टारिकामाथि स्पेनको फराकिलो जित, क्यानडा बेल्जियमसँग पराजित

    फिफा विश्वकप अन्तर्गत गएराति खेलमा स्पेनले कोस्टारिकामाथि फराकिलो जित निकालेको छ। कतारस्थित अल थुमना स्टेडियममा सम्पन्न समूह 'ई'को खेलमा स्पेनले ७-० गोलको फराकिलो जित निकालेको हो। खेलको ११ औं मिनेटमै ड्यानी ओल्मोको गोलमा अग्रता लिएको स्पेनका लागि २१ औं मिनेटमा मार्को एसेन्सियो दोस्रो गोल थपे। त्यस्तै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ३१ औं मिनेटमा फेरान टोरेसले गोल थप्दा पहिलो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर २ (१) मा माओवादी केन्द्रकी मुक्तान विजयी

    मकवानपुर २ (१) मा माओवादी केन्द्रकी मुक्तान विजयी

    हेटौंडाः कवानपुर क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कुमारी मुक्तान विजयी भएकी छिन्।  मुक्तानले नेकपा (एमाले) का उम्मेदवार विष्णु ढकाललाई ३२२ मतले पराजित गरेकी हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार खसेको ४६ हजार ५३ मतमा मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन्। ढकालले १९ मत ५५१ प्राप्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

    सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

    काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell