PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित

    बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित

    काठमाडौं : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले नेकपा (एमाले)की मञ्जु चालिसेले पराजित गर्दै जित निकालेका हुन्। पौडेलले २४ हजार ७७९ मत पाउँदा प्रतिद्वन्द्वी एमालेकी मञ्जुले २० हजार १८० मत प्राप्त गरेकी छन्।

    विस्तृतमा पढ्नुस्

  • एमालेद्वारा गुल्मी-२ 'क्लिन स्वीप', प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी

    एमालेद्वारा गुल्मी-२ 'क्लिन स्वीप', प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी

    बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ ‘ख’ बाट नेकपा एमालेका दिनेश पन्थी विजयी भएका छन्। पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुद्धी जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका छन्। पन्थीले जिसीलाई ११० मतान्तरले पराजित गरेका हुन्। प्रतिनिधिसभा तर्फ गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन्। प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा बज्यो 'हर्न' : सीके राउतले उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराए

    सप्तरीमा बज्यो 'हर्न' : सीके राउतले उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराए

    जनकपुरधाम : सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन्। निकटतम प्रतिद्वन्दीको मतको दोब्बर मत ल्याएर उनी निर्वाचित भएका हुन्। राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन्। राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी यादव भने १६ हजार ९७९ मतमा सिमित भएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जिते चुनाव

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जिते चुनाव

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभाको निर्वाचनमा बागलुङ-१ बाट निर्वाचित भएका छन्। २१ हजार ४५१ मत ल्याएर केसी निर्वाचित भएका हुन्। नेकपा एमालेका सूर्यप्रसाद पाठकले केसीलाई पछ्याएको भए पनि जित्न भने सकेनन्। पाठकले १८ हजार ८२५ मत पाए। अरु ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले चुनौति दिए पनि बागलुङमा भने उक्त पार्टीका उम्मेदवारले कमजोर मत ल्याएका छन्। रास्वपाका खिमानन्द कँडेलले…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

    इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

    हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। आज वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी बामदेव गौत्तमले जानकारी दिए। गाडीमा रहेका दुईजना भने सकुशल रहेका…

    विस्तृतमा पढ्नुस्

  • मोरङका ६ क्षेत्रमा मतगणना जारी, कुन दलको कस्तो छ अवस्था?

    मोरङका ६ क्षेत्रमा मतगणना जारी, कुन दलको कस्तो छ अवस्था?

    विराटनगर : मोरङको क्षेत्र नम्बर १ र २ मा एमाले र ३ र ६ मा नेपाली काङ्ग्रेसले आ–आफ्नो अग्रतालाई स्थिर राखेका छन्। निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ८ हजार १४८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका डिगबहादुर लिम्बूले ७ हजार ७९ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर १ को १ मा पनि एमालेकै उमाकान्त गौतम…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा कांग्रेसले तीन सिट जित्दा गिलासको पनि खाता खुल्यो, कुन क्षेत्रमा को अघि?

    गण्डकी प्रदेशमा कांग्रेसले तीन सिट जित्दा गिलासको पनि खाता खुल्यो, कुन क्षेत्रमा को अघि?

    पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसले तीन प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको छ। यता प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले ७ सिट जित्दा नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले ३ सिट जितेको छ। गोरखाका दुई निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता लिएको छ। गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँले २० हजार २५३ मत ल्याएर अग्रता लिँदा नेपाल कम्युनिष्ट पार्टीका एमालेले रामशरण बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • बलियो जर्मनीलाई दर्शकको समर्थनमा पराजित गर्ला त जापानले?

    बलियो जर्मनीलाई दर्शकको समर्थनमा पराजित गर्ला त जापानले?

    मंगलवार विश्वकपकै 'अण्डरडग' साउदी अरेबियाले उपाधी दाबेदार अर्जेन्टिनालाई पराजित गर्‍यो। यो तथ्य फुटबल प्रेमीहरुका लागि अप्रत्यासित थियो। तर, साउदीले अरबी भूमिमै यो गरेर देखायो। अघिल्लो विश्वकपमा यस्तै अप्रत्यासित नतिजा भोग्ने टोली थियो जर्मनी। त्यसबेलाको साविक विजेता जर्मनीले मेक्सिकोसँग १-० ले पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै पुनरागमन पनि गर्‍यो जर्मनीले। तर, तेस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा 'इन्ट्री': पूर्व आइजी पराजित, भीमसेनदास बने तेस्रो

    टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा 'इन्ट्री': पूर्व आइजी पराजित, भीमसेनदास बने तेस्रो

    काठमाडौं : काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान र पूर्व आइजीसमेत रहेका एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिरले संसदको यात्रा तय गरेका हुन्। शिशिरले १४ हजार २ सय ४ मत पाउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत पाए। कांग्रेस उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा खेलप्रसादलाई झिनो मतले पछि पार्दै एमालेका योगेश भट्टराई निर्वाचित

    ताप्लेजुङमा खेलप्रसादलाई झिनो मतले पछि पार्दै एमालेका योगेश भट्टराई निर्वाचित

    काठमाडौं : ताप्लेजुङमा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। गठबन्धनबाट कांग्रेसका खेलप्रसाद बुढाक्षेत्रीलाई झिनो मतले पराजित गर्दै उनले दोस्रोपटक संसदको यात्रा तय गरेका हुन्। योगेशले २१ हजार ९४३ मत पाउँदा कांग्रेसका खेलप्रसादले २१ हजार ७५३ मत पाए। जितको औपचारिक घोषणा भने हुन सकेको छैन।  

    विस्तृतमा पढ्नुस्

  • चुनावी हारपछि रामकुमारी झाँक्री : समाजलाई अराजनीतिकरण गरिएको रहेछ

    चुनावी हारपछि रामकुमारी झाँक्री : समाजलाई अराजनीतिकरण गरिएको रहेछ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले चुनावी प्रतिस्पर्धा रोमान्चक भएको बताएकी छिन्। निर्वाचनमा पराजित भएपछि उनले विश्वविद्यालयमा पढेभन्दा बढी सिकाइ भएको टिप्पणी गरेकी हुन्। 'ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,' झाँक्रीको भनाइ छ। समाजलाई गलत प्रयोग गरिएको र त्यो लोकतन्त्रका लागि घातक…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

    सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

    काठमाडौं : सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। दाहालले २७ हजार ५१७ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। दाहालका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले एक हजार ५५३…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा २ मा अझै हुन सकेन मतगणना, सयौं फर्जी मत खसेको भन्दै एमालेको अवरोध जारी

    स्याङ्जा २ मा अझै हुन सकेन मतगणना, सयौं फर्जी मत खसेको भन्दै एमालेको अवरोध जारी

    स्याङ्जा : स्याङ्जा क्षेत्र नं २ को मतगणना विवाद झन चुलिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले मृत्यु भइसकेको १३१ जना व्यक्तिको नाममा मतदान भएको आरोप लगाएको छ। एमालेले लगायत केही दलले सोमबार नै पुन: मतदान गर्नुपर्ने माग राख्दै पत्रकार सम्मेलन गरेको थियो। गठबन्धन दलले चापाकोट नगरपालिकाका ४ वटा बुथमा कब्जा गरेर फर्जी मत खसालेको एमालेको आरोप छ। जसकारण अहिलेसम्म उक्त…

    विस्तृतमा पढ्नुस्

  • पर्सा ३ (क) मा स्वतन्त्त उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी

    पर्सा ३ (क) मा स्वतन्त्त उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी

    वीरगंज : पर्सा क्षेत्र नं ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी भएका छन्। ७ हजार २८१ मत ल्याई उनी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अबदुलरहिम अन्सारी ५ हजार ९३० मत ल्याई दोस्रो स्थानमा समेटिएका छन्। जनता समाजवादी पार्टी सत्ता गठबन्धनमा हुँदा उनले प्रदेशसभा सदस्यमा टिकट पाउने चर्चा थियो ।तर उम्मेदवारीको दुई दिन अघि एमालेसँग जसपाको तालमेल हुदाँ उक्त क्षेत्रबाट एमालेले टिकट पाउने…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीबाट चौथोपटक गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

    गुल्मीबाट चौथोपटक गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

    बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। विष्टले २८ हजार ४७६ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छिन्। गुल्मीबाट विष्ट चौथो पटक निर्वाचित भएका हुन्। २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४…

    विस्तृतमा पढ्नुस्

  • आफूलाई उदाउँदो सूर्य भन्दै सागर ढकालले भने : देउवाज्यू अब चाहिँ आराम गर्नुस्

    आफूलाई उदाउँदो सूर्य भन्दै सागर ढकालले भने : देउवाज्यू अब चाहिँ आराम गर्नुस्

    काठमाडौं : डडेल्धुरामा प्रतिनिधिसभातर्फको मतगणना सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले २५ हजार ५३४ मत पाएर विजयी भएका छन्। यो क्षेत्रमा उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले टक्कर दिएका थिए। उनी भने १३ हजार ४२ मत पाउँदै दोस्रो भएका छन्। मतगणनाको अन्तिम परिणाम आएसँगै सागर ढकालले आफूलाई सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन्। एक भिडियोमा उनले चुनावको समीक्षा गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १ मा कांग्रेसको ‘क्लिन स्विप’ : प्रदेश ख खोस्यो एमालेबाट

    काठमाडौं १ मा कांग्रेसको ‘क्लिन स्विप’ : प्रदेश ख खोस्यो एमालेबाट

    काठमाडौं : काठमाडौँ १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन्। काठमाडौं–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्दै जित निकालेका हुन्। श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

    कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

    कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।  प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९ सय २३ मत ल्याइ विजयी…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा क्रोएसियालाई मोरोक्कोको चुनौती, कतारको मैदानमा कोस्टारिकाले दोहोर्‍याउला पुरानो लय?

    विश्वकपमा क्रोएसियालाई मोरोक्कोको चुनौती, कतारको मैदानमा कोस्टारिकाले दोहोर्‍याउला पुरानो लय?

    फिफा विश्वकप अन्तर्गत आज राति चारवटा खेल हुँदैछन्। आज दिउँसो हुने पहिलो खेलमा क्रोएसियालाई मोरोक्कोले चुनौती प्रस्तुत गर्नेछ। समूह 'एफ'को यो खेल अल बायेत स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। विश्वकपमा पहिलोपटक यी दुई टोली आमनेसामने हुन गइरहेका छन्। यसअघि सन् १९९६ मा हसन ट्रफी प्रतियोगितामा यी दुई टोली आमनेसामने भएका थिए जसमा क्रोएसियाले ७-६ गोलले पेनाल्टीमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक २ मा मोहन बस्नेतले बढाए मतान्तर, शेरबहादुर निकै पछि

    सिन्धुपाल्चोक २ मा मोहन बस्नेतले बढाए मतान्तर, शेरबहादुर निकै पछि

    काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसका मोहन बस्नेतले अग्रता बढाएका छन्। गठबन्धनबाट उम्मेद्वार रहेका कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले १४ हजार ७३८ मत पाउँदा एमालेका शेरबहादुर तामाङले ८ हजार ९३३ मत पाएका छन्। यसअघि एमालेले जितिरहेको यो क्षेत्रमा तामाङ लगातार पछि परेका हुन्। अहिले बस्नेत र तामाङको मतान्तर ५ हजार ८०५ रहेको छ।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell