काठमाडौंः म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन्। नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गर्दै गर्बजा निर्वाचित भएका हुन्। गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे। गर्बुजा २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।
वीरगंजः बारा ४ (२) को प्रदेश सभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सोनल फराकिलो मतान्तरले विजयी भएका हुन्। सोनलले १३ हजार ५९६ मत पाउँदा जसपा–एमाले गठबन्धनका उम्मेदवार आत्माराम साहले ८ हजार २६९ मत पाए।
काठमाडौंः गोरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईंले एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बजगाईंले ३३ हजार ४२८ मत पाएका छन्। बस्नेतले १६ हजार ७८५ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकायले चार हजार ८९२ मत पाएका छन्।
कैलालीः कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। बलायर कांग्रेस सुदूरपश्चिम सभापति पनि हुन्। नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए। २०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी…
काठमाडौंः प्रतिनिधि सभाको समानुपातिक मततर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) ले तीन लाख मत कटाएका छन्। बुधबार राति १० बजेसम्म दुबै दलले तीन लाख मत कटाएका हुन्। तस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई लाख मत नजिक छ। प्रतिनिधि सभातर्फ पहिलो स्थानमा रहेका एमालेले तीन लाख ३१ हजार १०६ मत पाएको छ। यस्तै, कांग्रेसको तीन लाख ५ हजार २०१ मत…
बुटवलः नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर २ ‘१’ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले १२ हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार आशीष प्रधानले १२ हजार ३७८ मत ल्याएका छन्। तेस्रोमा एमालेका थान प्रसाद गैरेको ८ हजार ८८४ मत छ । माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। गठबन्धनका उम्मेदवार चिनक…
कैलालीः प्रतिनिधि सभातर्फ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक फराकिलो मतान्तरको जित निकाल्न सफल भएका छन्। लेखकले नेकपा (एमाले) की निरुदेवी पाललाई १२ हजार ३९ मतान्तरको जित निकालेका हुन्। लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मत पाइन्। तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २८ मत ल्याए। लेखक…
फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न समूह 'ई' को खेलमा जापानले जर्मनीलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा एसियाली राष्ट्र जापानले विश्वकप फुटबलमा सफल टोली मध्येको जर्मनीलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इल्के गुण्डोगनले जर्मनीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले पछि परेको जापानले दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो।…
वीरगंजः पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले जित निकालेको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजयकुमार चौरसिया फराकिलो मतान्तरले विजयी भएका हुन्। चौरसियाले २८ हजार ४५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी र नेकपा (एमाले) गठबन्धनका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरेका छन्। कुर्मीलाई ६ हजार ६…
विराटनगरः नेपाली काङ्ग्रेसका युवा नेता गुरुराज घिमिरे मोरङको क्षेत्र नम्बर ४ को १ बाट एमालेका जयप्रकाश चौधरीसित पराजित भए। पराजित घिमिरेले विजयी चौधरीलाई खादा, माला लगाइदिए र बधाई ज्ञापन गरे। घिमिरेले देशले नयाँ पुस्ता र युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेश सदस्य चौधरी युवक भएकाले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा प्रकट गरे। ‘म पनि यस प्रदेशमा…
हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १(२) मा नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन्। नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। एमाले मकवानपुरको अध्यक्षसमेत रहेका श्रेष्ठले १४ हजार २२५ मत पाएका छन्। निकटम् प्रतिस्पर्धी पराजुलीले १३ हजार ३५६ मत पाए। ८६९ मतान्तरले श्रेष्ठ विजयी भएका हुन्। राप्रपाका उम्मेदवार गुन्जनबहादुर न्यौपानेले १२ हजार ५६६ मत पाए।
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'एफ' को खेलमा क्रोएसिया र मोरोक्को बराबरीमा रोकिएका छन्। विश्वकपको साविक उपविजेता क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएका हुन्। क्रोएसिया आक्रमणमा कमजोर देखिँदा सानदार प्रदर्शन गरेको मोरोक्कोले बनाएको अवसरमा चुकेको थियो। फीफा वरीयतामा १२ औं स्थानमा रहेको क्रोएसियाले अपेक्षाकृत रुपमा बलमा धेरै समय पकड बनाए पनि पछिल्लो तीन वर्षमा ४० खेल खेल्दा दुई पराजयमात्र ब्यहोरेको…
वीरगंजः बारा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एमालेका उम्मेदवार एकवाल मियाँलाई पराजित गरेका हुन्। श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गरेका छन्। मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन्।
विराटनगर : मोरङको क्षेत्र नम्बर ४ 'क' मा नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई झिनो मतले पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन्। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार एमालेका चौधरी १५ हजार ४६५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १५ हजार ५९ मत प्राप्त गरेका छन्। मोरङको क्षेत्र नम्बर ४ 'क' मा बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६…
काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार साँझसम्मको नतिजा हेर्दा कांग्रेसले १५ स्थानमा जित निकालेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत…
काठमाडौं : झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्। शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए। शर्मा नेपाली कांग्रेसका…
काठमाडौं : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार ओलीले ५१ हजार ६१९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत प्राप्त गरे। ओली योसँगै ६ पटक विजयी भएका छन्। यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र…
वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्। पूर्व वन मन्त्रीसमेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले मतगणनाको अन्तिम नतिजाअनुसार २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्विवेदीले २० हजार…
वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्। पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले मतगणनाको अन्तिम नतिजा अनुसार २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्विवेदीले २० हजार…
काठमाडौं : बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्। चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे। यसैगरि, नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार…