काठमाडौं : सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी निर्वाचित भएका छन्। थानी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे। एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई थानीले पाँच हजार ६७ मतान्तरले पराजित गरेका हुन्। थानीले योसँगै तीनपटक…
काठमाडौं : प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शम्शेर जगंबहादुर राणा निर्वाचित भएका छन्। राणाले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए। यता, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत ल्याइन्।
काठमाडौं : बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा निर्वाचित भएका छन्। एमाले–राप्रपा गठबन्धनका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे। नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत…
काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन्। पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए। यता, नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत ल्याइन्।
वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पुनः निर्वाचित भएका छन्। पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुनः विजयी भएका हुन्। बुधवार बिहान पर्सा निर्वाचन क्षेत्र नम्बर १ (२)को मतगणनाको अन्तिम परिणाम अनुसार राउत आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई १३ सय ३३…
वीरगंज : पर्सा ४ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका रिजालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई फराकिलो मतान्तरका साथ पराजित गरेका हुन्। रिजालले ३१ हजार १ सय ४२ मत प्राप्त गरेका छन् भने मियाँले २५ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। मियाँभन्दा रिजालले ५ हजार ५ सय २७ मत…
कैलाली : डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे। कांग्रेस बिपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए। २०४८ सालको आम चुनावमा देउवा डडेल्धुराबाट विजयी…
काठमाडौं : ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणा निर्वाचित भएका छन्। ४ हजार ६२६ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै उनी विजयी भएका हुन्। राणाले २३ हजार ८९२ मत प्राप्त गर्दा सिलवालले १९ हजार २६६ मत ल्याएका छन्।
साविक विश्वकप विजेता फ्रान्सले अस्ट्रेलियालाई हराउँदै विश्वकपमा सानदार सुरुवात गरेको छ। अल जनुओब स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियामाथि ४-१ गोलको फराकिलो जित निकाल्दै फ्रान्सले सानदार सुरुवात गरेको हो। खेलको सुरुवात भने फ्रान्सको कमजोर भएको थियो। खेलको नवौं मिनेटमा अस्ट्रेलियाका क्राइग गुडविनले गोलगर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। लगत्तै केही राम्रो अवसरहरु पनि अस्ट्रेलियाले बनाएको थियो। तर खेलको २७ औं मिनेटमा एड्रिएन रेबिओटले…
फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न समूह 'सी' को खेलमा पोल्याण्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका छन्। रास अबोउ अबोउट स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। खेलम अधिकांश समय मेक्सिकोले पकड जमाए पनि पोल्याण्डका गोलकिपरले मेक्सिकोको प्रहारहरुको उत्कृष्ट बचाउ गरेका थिए। अर्कोतर्फ काउन्टर अट्याकामा केन्द्रीत पोल्याण्डले पेनाल्टीको अवसरलाई समेत सदुपयोग गर्न सकेन। खेलको ५८ औं मिनेटमा पाएको…
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन्। नेकपा (एमाले) का निरेशलाल सिंह महर्जनलाई पराजित गर्दै खड्गी विजयी भएकी हुन्। उनी काठमाडौं महानगरको निवर्तमान उपप्रमुख पनि हुन्। खड्गीले ४ हजार ३५६ मत पाएकी छिन्। यस्तै, महर्जनले ३ हजार ९३६ मत पाएका छन्। प्रतिनिधि सभामा भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कायम राखेका…
विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ। प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार शाहले ९ हजार ४०५ र स्वतन्त्र उम्मेदवार रूपेशकुमार मण्डलले…
काठमाडौंः काठमाडौं २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता बढाउँदै लगेकी छिन्। ३३ हजार ४०० मतगणना हुँदा गौतमले १२ हजार ३७९ मत पाएकी छन्। दोस्रोमा रहेका एमालेका मणिराम फुयालले ९ हजार ३६८ मत पाएका छन्। फुयालसँग गौतमले तीन हजार ११ मतको अन्तर कायम गरेकी छिन्। काठमाडौं २ मा करिब ५२ हजार मत खसेको छ। यस्तै, तस्रोमा राष्ट्रिय…
वीरगंजः पर्सामा तीन जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरेर तीन जना विजयी भएका हुन्। पर्सा निर्वाचन २ (१) बाट एक हजार ६५७ मतान्तरले नेपाली काङ्ग्रेसका श्याम पटेल विजयी भएका छन्। काङ्ग्रेसका पटेलले १३ हजार ७८४ मत प्राप्त गरेका छन्। जसपाका रामनरेश यादवले १२ हजार १२७ मत पाएका छन्। यादवको यो…
कैलालीः कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। हालसम्म २७ हजार मतगणना हुँदा दुबैबीच २१५ मतको अन्तर छ। बलायरले १२ हजार ३८३ मत ल्याउँदा भट्टले १२ हजार १६८ मत पाएका छन्। यो क्षेत्रको मतगणना सुरु हुँदा बलायर अघि लागेका थिए।…
काठमाडौंः २०७४ सालमा तनहुँ २(क) बाट नेपाली कांग्रेसका उम्मेदवार थिए प्रदीप पौडेल। वाम गठबन्धनको रापमा पौडेल निकै कम मतान्तरमा पराजित भए। वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार आशा कोइरालासँग पौडेल ५ मतले मात्र पराजित भए। कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत पाएका थिए। पौडेलले पुनः मतगणनाको माग गरेर सर्वोच्चमा मुद्दा पनि दिए। जुन अहिले पनि…
काठमाडौंः मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४० मत गन्न बाँकी छ। तर, गणना सम्पन्न हुनुअघि नै पोखरेल र कांग्रेस उम्मेदवार प्रदीप पौडलबीचको मतान्तर ४ हजार ५९० पुगिसकेको छ। पौडेलले १४ हजार ५२ मत पाएका छन्। पोखरेलले ९ हजार ४६२…
काठमाडौंः नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्। उनी यसअघि पनि रसुवाबाटै निर्वाचित जनप्रतिनिध हुन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार आचार्यले १८ हजार २३५ मत पाएका छन्। यस्तै एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका छन्।
काठमाडौंः सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा उदयपुरमा पराजित भएका छन्। उदयपुर २ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका खतिवडा एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीसँग पराजित भएका हुन्। रायमाझीले १५ हजार २५१ मत पाउँदा खतिवडाले १२ हजार ८९३ मत पाएका छन्। स्वतन्त्रबाट रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्।
हेटौंडाः मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को १९ हजार १९४ मतगणना भएको छ। हालसम्म लोकतान्त्रिक वाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्। डिनाले ८ हजार १६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन्। डिनाले थापालाई २ हजार ३०३ मतले पछि पारेकी छिन्। त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ३ हजार १२१…