काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ। काठमाडौंमा १० वटा निर्वाचन क्षेत्र छन्। यसपटक १० वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै मतगणना हुँदैछ। मतपेटिका शिलबन्दी गरेर अहिले सम्बन्धित निर्वाचन अधिकृतको रहोबरमा मतगणनास्थलमा लगिँदैछ। सर्वदलीय छलफलपछि मतगणना सुरु हुनेछ। काठमाडौं-३ मा भने भोलि बिहानमात्र मतगणना सुरु हुनेछ। काठमाडौं-३ को मतगणना यसपटक चामुण्डा…
बुटवल : नवलपरासी पूर्वको देवचुली-४ स्थित शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ। प्रदेश सभातर्फको समानुपातिक मत रहेको मतपेटिकामा आगजनी भएको जिल्ला निवार्चन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए। आगजनी गर्ने देवचुली ४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। मतपेटिकामा आगजनी गरेपछि भण्डारी भागेका थिए। उनलाई मतदान केन्द्रभन्दा करिब २ किलोमिटर टाढाबाट प्रहरीले पकाउ गरेको हो। भण्डारीले तीन वटा मतपत्र…
कैलाली : बाजुरामा मतदानको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिए। ‘एक जनाको मृत्यु भएको छ। को हुन् भन्ने पुष्टि हुन बाँकी छ,’ रावलले भने। केही व्यक्तिले मतपेटीका खोस्न आएपछि झडप भएको उनको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ मा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन्। 'यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,' उनले भने, 'भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा तर्फको मतदान प्रक्रियका लागि तोकिएको समय सकिएको छ। अहिले मतदान केन्द्रहरुमा मतपेटिका शिलबन्दी गर्ने कार्य भइरहेको छ। मतगणना सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा हुनेछ। र, छलफलपछि मतगणनाबारे टुंगा लाग्नेछ। काठमाडौं-३ मा भने सोमबार बिहानमात्र मतगणना हुने भएको छ। काठमाडौं-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु…
काठमाडौं :प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत आज भएको मतदान सकिएको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो। दिउँसो मतदान रोकिएको केही स्थानमा र मतदाता लाइनमा रहेको केन्द्रमा भने मतदान जारी छ। नेपाली कलाकारहरुले पनि आज मतदान गरेका छन्। यसपटकको निर्वाचनमा कलाकारहरु विभिन्न उम्मेदवारहरुको पक्षमा खुलेका थिए। आज मतदान गरेपछि केही कलाकारहरुले भने राजनीतिमा आउने संकेत पनि गरेका…
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारित समय सकिएको छ। आइतवार बिहान ७ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागि मतदानको समय तोकिएको थियो। केहि ठाउँमा भने मतदान रोकिएकाले फेरि सुरु हुँदा समापन हुन समय लाग्नेछ। यस्तै विभिन्न १५ ठाउँमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ। रोकिएका ठाउँमा फेरि मतदान सुरु गर्न पहल भइरहेको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका…
स्याङ्जा : स्याङ्जाको दुई मतदानस्थलमा विवाद हुँदा एक राउन्ड हवाइफायर भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका -१ को भानु मावि केन्द्रको मतदान केन्द्रमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापाले काङ्ग्रेसका प्रतिनिधि भरत वोस्तीलाई कुटपिट गरेको भन्दै विवाद भएपछि डेढ घण्टा मतदान अवरुद्ध भएको थियो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख गंगाबहादुरका अनुसार विवादमा मतपेटिका भिडमा परेपछि एक राउन्ड हवाइ फायर भयो।…
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। दिउँसो साढे ३ बजे सम्म अरु सबै ठाउँमा सामान्य रुपमा मतदान भइरहेको भए पनि १५ वटा निर्वाचन केन्द्रमा भने रोकिएको हो मतदान रोकिएको स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ। '१५ वटा मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य संचालन गर्ने…
पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज पोखरामा शान्तिपूर्ण तरिकारले मतदान जारी छ। पोखराका अधिकांश मतदान केन्द्रमा मतदाताको उयपस्थिति न्यून छ। तर, महिला मतदाताले भने निर्वाचनमा उत्साहपूर्ण रुपले उपस्थिति जनाएका छन्। कास्कीमा पुरुषभन्दा महिलाको मतदाताको संख्या बढी रहेर पनि मतदान केन्द्रमा महिला मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको हो। ८४ वर्षकी पदमा देवी पराजुलीदेखी युवा महिला मतदाताले आफनो मताधिकार प्रयोग गरेकोमा खुशी…
पोखरा : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वको चयनको लागि बिहानदेखि देशैभर मतदान जारी छ। निर्वाचन आयोगले बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ। पोखरामा पनि शान्तपूर्ण ढंगले मतदाताहरु मतदान गरिरहेका छन्। तर, मतदातामा भने उत्साह देखिएको छैन। कास्कीमा १५० मतदानस्थल र ३४४ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा मतदाताको संख्या न्यून छ। देशभर…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान जारी छ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो। केही स्थानमा मतदान रोकिए पनि अधिकांश ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आज मतदान गर्ने संख्या गएको निर्वाचनभन्दा कम रहेको बताइन्छ। जनकपुर लगायत केही स्थानमा मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको घटना सार्वजनिक भएका छन्। जसकारण मतदाताहरुले मतदान…
जर्मनीको राष्ट्रिय फुटबल टोलीले नेपाललाई १ मिलियन यूरो (१३ करोड ५० लाख बढी नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ। जर्मन सञ्चारमाध्यम डिडब्लुका अनुसार जर्मनीका खेलाडीले १३ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम नेपालको 'चिल्ड्रेन्स भिलेज' लाई सहयोग गर्ने भएका हुन्। विभिन्न विवादमा तानिएको फिफा विश्वकप आजबाट कतारमा सुरु हुँदैछ। विवादमा तानिनुमध्येको एउटा मुख्य कारण भनेको आप्रवासी कामदारको मानवअधिकार हनन गरेको भन्ने हो।…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ। 'आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ', प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने। उनले निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेको पनि बताए। ललितपुर जिल्लाको एउटा…
भारतीय फुटबलमा फिक्सिङको आशंकामा सिबिआईले अनुसन्धान सुरु गरेको छ। चर्चित अन्तर्राष्ट्रिय फिक्सरले ठूलो रकम भारतीय क्लबहरुमा लगानी गरेको पाइएपछि सिबिआईले भारतीय फुटबल संघ (एआईएफएफ) सँगको समन्वयमा अनुसन्धान अघि बढाएको हो। अघिल्लो हप्तामात्र सिबिआई एआईएफएफको केन्द्रीय कार्यालय गएर ती क्लबहरु र तिनको लगानीबारे विस्तृत जानकारी लिएको स्रोतलाई हवाला दिँदै भारतीय अखबर टाइम्स अफ इण्डियाले जनाएको छ। कुख्यात अन्तर्राष्ट्रिय म्याच फिक्सर विल्सनराज…
काठमाडौ : निर्वाचन आयोगले अहिलेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज दिउँसो १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएका हुन्। त्यस्तै छिटफुट ठाउँमा बाहेक अन्य ठाउँमा शान्तिपूर्णरुपमा निर्वाचन भएको प्रवक्ता पौडेलले जानकारी दिए। केही कारणले स्थगित भएका निर्वाचनमा संचालन भएको प्रवक्ता पौडेलले बताए। बाजुराका केही स्थानमा मतदान प्रभावित भएको र त्यो…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो। कूल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल ६ हजार सात सय ७९ मतदाता छन्।
हेटौंडा : हेटौंडामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान हेटौंडा-१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौंडा-१० बस्ने ४१ वर्षीय रवि खड्कालाई पक्राउ गरिएको छ। खड्कासहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौंडा-१५ का शक्ति…
काठमाडौं : निर्वाचन आयोगले सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आज देशभर बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान हुँदैछ। केही क्षेत्रमा मतदान स्थगति भएको खबर आएसँगै निर्वाचन आयोगले मतदान स्थगित नगर्न निर्देशन दिएको हो। 'मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले भक्तपुरबाट मतदान गरेका हुन्। ओली मतदानका लागि आज दिउँसो भक्तपुर प्रतिनिधिसभा क्षेत्र २ मा रहेको बालकोटस्थित महेन्द्र शान्ति मावि पुगेका थिए।