काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान जारी छ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो। बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ। सोही क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन पनि निर्वाचनको पर्यवेक्षणमा देखिएका छन्। मैतिदेवीस्थित मतदान केन्द्रमा पुगेर उनले निर्वाचनको पर्यवेक्षण गरेका हुन्। सो क्रममा उनले निर्वाचनको जानकारी लिएका थिए।
बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्मले राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट पनि सकारात्कम प्रतिक्रिया पाइरहेको छ। ‘दृश्यम २’ ले पहिलो दिन १५.३८ करोड भारतीय रुपैयाँ कमाएको थियो। पहिलो दिन फिल्मले १२ करोडको व्यापार गर्ने अनुमान गरिएको थियो। तर, फिल्मले सोचेभन्दा निकै राम्रो 'ओपनिङ' गरेको हो।…
पोखरा : कास्की क्षेत्र नं ३ क मा पर्ने माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्। वडा ९ बस्ने ३२ वर्षीय सूर्य परियारले पौने ११ बजे आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुइँमा बजार्दा मतदान रोकिएको थियो। परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी निरीक्षक समिक्ष घिमिरेको टोलीले नेतृत्वमा लिएको छ। सवा ११…
बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन्। बुटवल उपमहानगरपालिका ८ स्थित सडक डिभिजन मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन्।
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि बैयाबेहडी नजिकै विस्फोट भएको छ। मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको जोशीको भनाइ छ। घटना लगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए। अहिले उक्त क्षेत्रमा शान्तिपूर्ण तरिकाले…
काठमाडौंः सर्लाहीको गोडैता नगरपालिकामा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका ६ मा शनिबार राति करिब १० बजे दुई पक्षबीच झडप भएको हो। झडपमा ६५ वर्षीय रामएकवाल रायको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख थानेश्वर गौतमले बताए। 'राजनीतिक विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ,' गौतमले भने। राजनीतिक विषयमा एउटै खलकभित्रका व्यक्तिबीच विवाद भएको थियो। हत्या गरेको…
काठमाडौं : नाम्खा गाउँपालिका-६ का तीन मतदान केन्द्र र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन सकेको छैन। अत्यधिक चिसोले नाम्खा-६ को तिल, जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान…
काठमाडौंः आज देशभर नै निर्वाचन भइरहेको छ। निर्वाचन सकिए लगत्तै रातिबाट नै मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतगणना हुने स्थलमा सुरक्षालाई ध्यान दिएर तारजाली देखि सिसिक्यामरा जडा समेत भएको छ। दमौलीमा तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ। चितवनको भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा तयार गरिएको मतगणनास्थलमा सिसिटिभी क्यामेरा राखिएको छ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्। देउवा केही दिनदेखि डडेलधुरामा छन्। वि सं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान…
जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाहि मतदान केन्द्र बाहिर हवाइ फायर भएको छ। मतदान केन्द्र बाहिर त्यहाँ रहेका दुई पार्टीका नेता कार्यकर्ताहरुबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन्। स्थिति तनावग्रस्त भएपछि केहीबेरका लागि मतदान रोकिएको थियो। उनका अनुसार विवाद गरेका समूहले मतदान केन्द्रभित्र…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार डा तोसिमा कार्कीले मतदान गरेकी छिन्। ललितपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको रत्नज्योति परिवार महिला भवन मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी पम्फा भुसाललाई टक्कर दिइरहेकी उनको चर्चा पछिल्लो समय ह्वात्तै बढेको हो। निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्नु र सर्वोच्च अदालतले उम्मेदवारी…
फिफा विश्वकप २०२२ आजबाट सुरु हुँदैछ। १२ वर्षसम्म आयोजनालाई लिएर आलोचना र विवादमा झेलिएको विश्वकप अन्ततः आजबाट सुरु हुने भएको हो। मध्यपूर्वमा अवस्थित मुस्लिम राष्ट्रमा पहिलो पटक हुन गइरहेको विश्वकप उद्घाटनको दिनसम्म आइपुग्दा विवाद र आलोचना झेलिरहेको छ। खासगरि मानव अधिकार र त्यहाँको कानुनलाई लिएर आलोचनाहरु भइरहेका छन्। विभिन्न देशहरुले विरोध गरिरहँदा फिफाले भने फुटबलमा केन्द्रित हुन भन्दै सहभागी देशहरुलाई…
काठमाडौं : देशभर बिहानैबाट मतदान भइरहेको छ। उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्र पुगेर मत हालिरहेका छन्। काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवारहरुले पनि मत हालेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जीवनराम श्रेष्ठले स्वयम्भूमा रहेको मतदान केन्द्र पुगेर मत दिएका छन्। यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार विराजभक्त श्रेष्ठले पनि वसन्तुपरस्थित मतदान केन्द्र पुगेर मत दिएका छन्। यो निर्वाचन क्षेत्रमा…
गुल्मीः गुल्मी २ को मालिका गाउँपालिका ५ छापाहिले केन्द्रमा मतदान स्थगित भएको छ। प्रत्यक्ष र समानुपातिकको मतपत्र साटिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाट जानाकारी दिए। मानवीय त्रुटि देखिएकाले समाधानको प्रयास भइरहेको एसपी रानाभाटले बताए।
ट्वीटरका नयाँ मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट खुला गरिएको बताएका छन्। ट्वीटरमै उनले गरेको एक सर्वेक्षणपछि ट्रम्पको अकाउन्ट खुला गरिएको उनले बताए। ‘मानिसहरूले आफ्नो मत दिएका छन्,’ मस्कले ट्वीट गर्दै डेढ करोडभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्ये ५१.८ प्रतिशतले प्रतिबन्ध हटाउनको लागि मतदान गरेको बताए। The people have spoken. Trump will be reinstated. Vox Populi, Vox…
काठमाडौंः केन्द्रीय कारागार सुन्धारामा निर्वाचन निर्वाचन भएको छ। बिहान ७ बजेदेखि मतदान भएको कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। २० जना मतदाता रहेको कारागारमा ७ जना कैदी बन्दीले मतदान गरेका छन्। कर्मचारी र कैदी बन्दी गरेर २० जना मतदाता थिए। तर केही कर्मचारी निर्वाचनको लागि बाहिर खटिएकाले ८ जना मात्र मतदाता भएको जेलर पाण्डेले बताए। '८ जना मतदाताले भोट गर्नेमा ७ जनाको मत…
काठमाडौं : राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। उनका अनुसार काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ। प्रजिअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको उपाध्यायले बताए। काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य…
आजबाट फिफा विश्वकप फुटबल सुरु हुँदैछ। कतारमा हुँदै गरेको विश्वकपको पहिलो खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन्। अहिले विश्वकै ध्यान कतारमा आकर्षित भइरहँदा इन्टरनेटमा एउटा फोटो भाइरल भइरहेको छ। फुटबलका दुई सुपरस्टार खेलाडीहरु चेस खेल्दै गरेको तस्विरले अहिले सामाजिक संजाल तातिएको छ। सो तस्विर लुइस भुट्टनका लागि एन्नी लिबोभिट्जले खिचेका हुन् अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सो तस्विरमा…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले काठमाडौं-१६ पकनाजोलस्थित नेपाल युवक माविमा पुगेर मतदान गरेका हुन्। आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान हुँदैछ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।
काठमाडौं आज देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधान सञ्चालन रोक लगाएको छ। अनुमति लिएका सवारी र अत्यावश्यक सवारी मात्र सडकमा देखिएका छन्। जसले गर्दा काठमाडौं उपत्यकाभित्रको सडक सुनसान देखिएको छ। सडकमा ट्राफिक प्रहरीको चेकिङ र नेपाली सेनाको गस्ती बढाइएको छ। निर्वाचनको लागि…