PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • भक्तपुर-२ मा दुर्लभ थापा र महेश बस्नेतमा को अगाडि ?

    भक्तपुर-२ मा दुर्लभ थापा र महेश बस्नेतमा को अगाडि ?

    काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। जारी मतगणनामा ५ हजार ९० मत गणना हुँदा दुर्लभले २ हजार २३१ मत पाएका छन्। नेकपा एमालेका महेश बस्नेतले भने १ हजार ६३२ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए। यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगरले २४० र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

    काठमाडौं ४ र ६ मा मतगणना सुरु, को को छन् प्रतिस्पर्धामा?

    काठमाडौं : काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ। काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो। आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा छन्। यस्तै, क्षेत्र ६ मा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?

    ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?

    काठमाडौंः ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ। आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन्। यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

    काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। चामुण्डा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने बताइएको छ। काठमाडौं ३ मा ५८ हजार ८८९ मतदातामध्ये ३९ हजार १९६ मत खसेको थियो।

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

    मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

    हेटौंडा : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट हुने भएको छ। सोमवार बिहान बसेको सर्वदलिय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ। आइतवार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो। सम्पूर्ण मतपेटिका बिहान २ बजे मात्र हेटौंडा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु

    काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौं १ को मतगणना बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। आइतवार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर संसद् भवनमा ल्याइएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ७ मा घण्टीलाई सुरुवाती अग्रता

    काठमाडौं ७ मा घण्टीलाई सुरुवाती अग्रता

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना जारी छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो। ७०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले १७७ मतसहित अग्रता लिएको छ। त्यस्तै, यादवलाल कायस्थ (पानीको जार)ले १०७, नेकपा एमाले (सूर्य)ले ९३, नेकपा माओवादी केन्द्र (हँसिया हतौडा)ले ७५ मत ल्याएका छन्। आइतवार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एक जनाको मृत्यु

    बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एक जनाको मृत्यु

    कैलाली : बाजुरामा मतदानको विषयमा भएको विवादका क्रममा झडप हुँदा थप एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का स्थानीय तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यु भएको हो। आइतवार मतदानको विषयमा वडा नम्बर ७ को नाट्यश्वरी आधारभूत विद्यालयको मतदान स्थलमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबिच दिनभर झडप भएको थियो। सोही विवादका क्रममा सुरक्षाकर्मीले चलाएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र नं ७ काे मतगणना नयाँबजारस्थित जुडो हलमा सुरु, क्षेत्र १ र ३ मा पनि गन्ने तयारी

    काठमाडौं क्षेत्र नं ७ काे मतगणना नयाँबजारस्थित जुडो हलमा सुरु, क्षेत्र १ र ३ मा पनि गन्ने तयारी

    काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ७ काे मतगणना सुरु भएको छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो।  हिजो भएको निर्वाचन पछि सबै मतपेटिका संकलन गरेर जुडो हलमा ल्येइएको थियो । राती २:३० बजे बसेको सर्वदलीय बैठकले आज बिहान बाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो यस क्षेत्र मा प्रतिनिधिसभा तर्फ २९ जना उम्मेदवार छन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • कतारमाथि ऐतिहासिक जित निकाल्दै इक्वेडरको विश्वकपमा सानदार सुरुवात

    कतारमाथि ऐतिहासिक जित निकाल्दै इक्वेडरको विश्वकपमा सानदार सुरुवात

    फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारलाई हराउँदै इक्वेडरले सानदार सुरुवात गरेको छ। कतारस्थित अल बेयत स्टेडियममा सम्पन्न प्रतियोगितामा इक्वेडरले २-० गोलको विजयी सुरुवात गरेको हो। विश्वकप फुटबलको उद्घाटन खेलको हाफ टाइमको समय सम्मै इक्वेडरले २-० अग्रता बनाएको थियो। इक्वेडरका लागि दुबै गोल इन्नर भ्यालेन्सियाले गरे। ६७ हजार ३७२ दर्शकका बीच इक्वेडरका लागि भ्यालेन्सियाले खेलको १६ औं मिनेटमा पेनाल्टीमा…

    विस्तृतमा पढ्नुस्

  • फिफा विश्वकपको भब्य उद्घाटन, पहिलो हाफमा इक्वेडरलाई दुई गोलको अग्रता

    फिफा विश्वकपको भब्य उद्घाटन, पहिलो हाफमा इक्वेडरलाई दुई गोलको अग्रता

    फिफा विश्वकप २०२२ को कतारले भब्य उद्घाटन गरेको छ। उद्घाटनमा चर्चित ब्यान्ड विटीएस, कतारी कलाकारलगायतको प्रस्तुती रहेको थियो। उद्घाटन समारोहमा ४० हजारभन्दा बढी समर्थकहरुको उपस्थिति रहेको फिफाले जनाएको छ। मध्यपूर्वमा अवस्थित मुस्लिम राष्ट्रमा पहिलो पटक हुन गइरहेको विश्वकप उद्घाटनको दिनसम्म आइपुग्दा विवाद र आलोचना झेलिरहेको छ। खासगरि मानव अधिकार र त्यहाँको कानुनलाई लिएर आलोचनाहरु भइरहेका छन्। आलोचनाका बिच कतारले पू्र्वाधार निर्माण र…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, मतगणना भोलिबाट सुरु हुने

    मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, मतगणना भोलिबाट सुरु हुने

    हेटौंडाः प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा करिव ५६ प्रतिशत मत खसेको छ। कुल ३ लाख ७३३ मतदाता रहेको मकवानपुरमा १ लाख ७८ हजार २८२ मत खसेको हो। जसमध्ये ८५ हजार ४००, ९२ हजार ८७७ पुरुष र अन्य ५ जनाले मतदान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। करिब ५९ प्रतिशत मत खसेको…

    विस्तृतमा पढ्नुस्

  • ८ दिनमा मतगणना सम्पन्न गर्ने थपलियाको दाबी, भन्छन्, 'सन्तोषजनक मत खसेन'

    ८ दिनमा मतगणना सम्पन्न गर्ने थपलियाको दाबी, भन्छन्, 'सन्तोषजनक मत खसेन'

    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सन्तोषजनक मत नखसेको बताएका छन्। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले अपेक्षा भन्दा कम मत खसेको बताएका हुन्। प्रारम्भिक आकलन अनुसार ६१ प्रतिशत मत खसेको छ। के कारणले कम मत खस्यो भन्ने कारण केलाउन नसकेको प्रमुख आयुक्त थपलियाले बताए। बिहानको समयमा सन्तोषजनक मत नखसेको उनले बताए। प्रदेश १…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन र व्यवस्थापन जारी, गणना भोलि

    कैलालीमा ६३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन र व्यवस्थापन जारी, गणना भोलि

    कैलालीः कैलाली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भएको मतदानमा जिल्लाभरका १३ स्थानीय तहमा ६३ प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो । बिहान ७ बाजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। आयोगले ५ बजेको समय तोकेको भए पनि लाइनमा बसिसकेका मतदाताले मतदान गरुन्जेल ६…

    विस्तृतमा पढ्नुस्

  • देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै

    देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै

    पोखरा : नवलपुरको देवचुली नगरपालिका-४ मा एक स्थानीयले मतपेटिकामा आगो लगाएपछि भोलि पुन: मतदान हुने भएको छ। देवचुली ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा स्थानीय नारायण भण्डारीले मतपेटीकामा एसिड हाल्दा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको थियो। मतपेटिकामा आगो लागेपछि भोलि बिहान प्रदेश समानुपातिकतर्फ पुन: मतदान हुने भएको हो। नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार मतपत्र जलेपछि भोलि…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको दाबी : परिणाम एमालेको पक्षमा आउँछ

     ईश्वर पोखरेलको दाबी : परिणाम एमालेको पक्षमा आउँछ

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताएका छन्। चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरेका हुन्। उनले आज टोखा नगरपालिका-६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका थिए।  पोखरेलले निर्वाचित भएपश्चात् काठमाडौं क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद भवनमा ल्याइयो काठमाडौं-१ को मतपेटिका, राति ९ बजेबाट मतगणनाको तयारी

    संघीय संसद भवनमा ल्याइयो काठमाडौं-१ को मतपेटिका, राति ९ बजेबाट मतगणनाको तयारी

    काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ। काठमाडौं-१ को मतगणना बानेश्वर स्थित संघीय संसद भवनमा हुँदैछ। अहिले मतदान केन्द्रहरुबाट मतपेटिका संसद भवनमा ल्याउने काम भइरहेको छ। काठमाडौं-१ मा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। अहिले संसद भवनमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बैठकपछि मतगणना सुरु…

    विस्तृतमा पढ्नुस्

  • सेतो कपडाले 'प्याक' गरेर मतपेटिकामा शिलबन्दी, वसन्तपुरबाट गणनाका लागि लगियो डल्लु

    सेतो कपडाले 'प्याक' गरेर मतपेटिकामा शिलबन्दी, वसन्तपुरबाट गणनाका लागि लगियो डल्लु

    काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ। यसबिच काठमाडौं क्षेत्र नम्बर ८ को मतपेटिका अहिले संकलन गर्ने कार्य भइरहेको छ। बसन्तपुर डबलीमा रहेको मतदान केन्द्रबाट मतपेटिकालाई शिलबन्दी गरेर डल्लुमा लगिएको छ। काठमाडौं- ८को मतगणना डल्लुमा रहेको गितामाता स्कुलमा गर्ने तयारी भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • मतदान सकिएपछि अब के हुन्छ? मतपेटिका जम्मा गर्नेदेखि मतगणना सकिएपछिको प्रक्रिया यस्तो

    मतदान सकिएपछि अब के हुन्छ? मतपेटिका जम्मा गर्नेदेखि मतगणना सकिएपछिको प्रक्रिया यस्तो

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तोकिएको मतदानको समय सकिएको छ। आज बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा केहि ठाउँमा बाहेक अधिकांश ठाउँमा मतदान कार्य सकिएको हो। विवाद तथा झडपका कारण केही क्षेत्रको मतदान रोकिएको छ भने केहि ठाउँमा बिचमा रोकिएर सुरु भएका कारण मतदान लम्बिएको आयोगको भनाइ छ। मतदान समय सकिएसँगै निर्वाचन आयोगले मतदान केन्द्रबाट…

    विस्तृतमा पढ्नुस्

  • रूपन्देहीमा ६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुँदै

    रूपन्देहीमा ६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुँदै

    बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा रूपन्देहीमा ६६ प्रतिशत मत खसेको छ। रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले ६६ प्रतिशत मत खसेको जानकारी दिए। प्रतिनिधिसभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएर मतपेटिका संकलनको कार्य सुरू भएको भण्डारीले बताए। मतपेटिका मतगणनास्थलमा जम्मा भएसँगै सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।  रुपन्देहीमा कूल ६ लाख ३२ हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell