फिफा विश्वकपमा अन्तर्गत सोमवारको खेलअघि इरानको राष्ट्रिय टोलीले इङ्ग्ल्याण्डसँगको खेल अघि राष्ट्रिय गान गाउन अस्वीकार गर्यो। इरानमा चलिरहेको सरकार विरोधी आन्दोलनको समर्थनमा इरानी टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेको हो। सो क्रममा ‘महिला, जीवन र स्वतन्त्रता’ भन्ने संकेतहरु देखाएका थिए। इरानको स्टेट टेलिभिजनले यो दृश्य कटाएर त्यसअघिको स्टेडियमको वाइड सट देखाएको थियो। पछिल्लो समय इरानमा खासअघि महिलाको विषयलाई लिएर ठूला आन्दोलन…
काठमाडौं : डडेल्धुराको पछिल्लो अपडेटअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्। ११ हजार ३७० मत गन्दा देउवाको मत स्वतन्त्रका सागर ढकालको भन्दा दोब्बरले अघि छ। हालसम्म देउवाले ५ हजार ७८७ मत पाउँदा ढकालले २ हजार ७९७ मत पाएका छन्। यता कांग्रेस बीपीका कर्णबहादुर मल्लले १ हजार ६९० मत पाएका छन्।
काठमाडौं : झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। २२ हजार ३३१ मत गन्दा शर्माले ११ हजार ३८५ मत पाएका छन् भने एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन्। अहिले शर्माले ४ हजार २९९ को मतान्तर बनाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार मत खसेको थियो। मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म १६ हजार ५४७ मतगणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ५ हजार २८५ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ४ हजार २५३ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २ हजार ११० मत…
फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बराबरीमा ल्याए। उनले खेलको ८२…
फिफा विश्वकप २०२२ अन्तर्गतको समूह 'ए'को खेलमा नेदरल्याण्ड्सले सेनेगललाई हराएको छ। अल थुमना स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्सले अफ्रिकी शक्ति राष्ट्र सेनेगललाई २-० गोलअन्तरले हराएको हो। नेदरल्याण्ड्सको जितका लागि खेलको अन्तिम समयका गोल निर्णायक बने। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा कोडी गक्पोले फ्रेन्की डी जोङको पासमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सको खाता खोलेका थिए। त्यस्तै डेभी क्लासेनले इन्ज्युरी…
काठमाडौंः प्रतिनिधि सभाको मतगणना जारी छ। जारी मतगणनामा अहिलेसम्म कांग्रेसको अग्रता छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधि सभामा २ स्थानमा जित हासिल गरेको छ। कांग्रेसलाई पछ्याइरहेको एमालेले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले प्रतिनिधि सभामा मुस्ताङ र मनाङमा जित हासिल गरेको छ। यी दुबै क्षेत्र यसअघिको चुनावमा एमालेले जितेको थियो। मुस्ताङमा योगेश गौचन र मनाङमा टेकबहादुर गुरुङ विजयी…
काठमाडौं : सत्तारुढ गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। 'कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो', मुनाकर्मीले भने। सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जन चौथो…
फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा इङ्ग्ल्याण्डले इरानलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ६-२ गोलको फराकिलो जित निकालेको हो। इङ्ग्ल्याण्डको जितमा बुकायो साकाले दोहोहो गोल गर्दा जुड बेलिङ्घम, रहीम स्ट्रलिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले समान एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेलिङ्घमको गोलमा इङ्ग्ल्याण्डले अग्रता बनाएको थियो। ४३ औं मिनेटमा साकाले अग्रता…
काठमाडौं : रौतहट क्षेत्र ३ मा प्रभु शाहले अग्रता बढाएका छन्। एमाले छाडेर स्वतन्त्रबाट उम्मेदवारी दिएका शाहले १०६७ मत पाएका छन्। उनलाई सत्ता गठबन्धनको साथ छ। यता एमालेले साथ दिएको स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले ८०७ मत पाएका छन्। जयसवाललाई माओवादी केन्द्रका रविन्द्र पटेलले पछ्यारहेका छन्।
विराटनगर : मोरङको क्षेत्र नम्बर ४ को प्रदेशसभा क तर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार गुरुराज घिमिरे अगाडि देखिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको प्रारम्भिक परिणामअनुसार घिमिरेले ९०७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जयप्रकाश चौधरीले ७०६ मत हासिल गरेका छन्। त्यस्तैऽ राष्ट्रिय प्रजातन्त्र पार्टीका आसनारायण थारूले २५५ मत प्राप्त गरेका छन्।
कैलाली : कैलालीको १ र ३ नम्बर निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको उक्त दलले कैलालीको १ नम्बर क्षेत्रमा २ हजार मत गन्दा गठबन्धन भन्दा करिब ३ सय बढी मत प्राप्त गरेको छ। उक्त क्षेत्रमा रञ्जिता स्वयंम प्रतिनिधि सभामा उम्मेदवार छिन्। त्यहाँ २ हजार ७ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी ९२५ मतसहित अग्र स्थानमा…
विराटनगर : मोरङको क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरेका छन्। सोमबार अपराह्न सुरु भएको मतगणनामा हालसम्म २ हजार १४४ मत गणना भइसकेको छ। मोदीले १ हजार १४८ मत पाएका छन्। उनलाई नेकपा एमालेका विनोद ढकालले ६३१ मतले पछ्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजालले १०१ मत ल्याएका छन्।
काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन्। ६ हजार २१५ मत गणना हुँदा ओलीले तीन हजार २१२ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार ५२३ मत प्राप्त गरेकाछन्। झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार २८९ मतदाता रहे पनि एक…
काठमाडौं : झापा क्षेत्र १ मा प्रारम्भिक मतगणनाअनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायम गरेका छन्। ४०० मत गन्दा शर्माले २१७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल १०३ मतमात्रै प्राप्त गरेका छन्।
विराटनगर : मोरङको क्षेत्र नम्बर ६ को मतगणनामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अगाडि देखिएका छन्। सोमबार सुरु भएको मतगणनाको प्रारम्भमा डा. कोइराला एमालेका लालबाबु पण्डितभन्दा अगाडि भएका हुन्। हालसम्म गणना गरिएको १ हजार ६ सय मतमा डा. कोइरालाले ६८४ मत हासिल गरेका छन्। उनलाई एमालेका पण्डितले ५१७ मतले पछ्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले १४२ र राष्ट्रिय…
काठमाडौं : चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। १ हजार १२६ मतको गणना हुँदा पोखरेलले ५५४ मत पाएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले भने हालसम्म ३९७ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भने हालसम्म ८७ मत ल्याएका छन्। चितवन-२ मा ८४ हजार ३१५ मत खसेकोमा हालसम्म १ हजार १२६…
काठमाडौं : डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम गरेका छन्। ५०० मत गणना हुँदा देउवाले २३९ मत पाएका छन्। यस्तै, बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले १४१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले भने हालसम्म ९७ मत पाएका छन्। एउटामात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरा जिल्लाबाट ८ जना चुनावी मैदानमा छन्।
वीरगंज : पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। आज बिहान ८ बजे सर्वदलीय बैठक सम्पन्न गरि ४ वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए। पर्साको १ र २ को मतगणना वीरगंजस्थित ठाकुरराम बहुमखी क्याम्पस प्रगतिनगरमा भइरहेको छ। क्षेत्र नं ३ र ४ को मतगणना पोखरीयास्थित जिल्ला उचाङग नमुना माविमा भइरहेको उनले बताए।…
काठमाडौं : इन्डोनेसियामा भूकम्प जाँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ। ५.६ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु सिनजुर शहरमा रहेको थियो। भूकम्पमा ४६ जनाको मृत्यु भएको सो शहरका प्रमुख हरमन सुहेरमानले बताएका छन्। भूकम्पको कम्पन राजधानी जकार्तासम्म महसुस गरिएको थियो। केन्द्रविन्दु निकै बाक्लो जनघनत्व रहेको क्षेत्रमा रहेकोले क्षति धेरै भएको बताइन्छ। अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने र परकम्प आउन सक्ने चेतावनी…