काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्। जारी मतगणनामा १५ हजार मत गणना हुँदा दुर्लभले ६ हजार १८४ मत पाएका छन्। नेकपा एमालेका महेश बस्नेतले भने ५ हजार ५०९ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए। यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगर तेस्रो स्थानमा,…
नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल बताए। यो फिल्म मंसीर १५ गते ओएसआर इन्टरनेसनलको अफिसियल…
काठमाडौं : सप्तरी २ मा डा. सीके राउतले आफ्नो अग्रता बढाउँदै गएका छन्। जनमत पार्टीबाट उम्मेदवार बनेका सीके राउतले ३ हजार १६ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत मात्र ल्याएका हुन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ६६१ मत ल्याएका हुन्।
काठमाडौं : काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाट उनले निरन्तर अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्। ९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरि पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर राणा, हेमराज थापाले पनि प्रमुख दलका उम्मेदवारहरुलाई पछ्याइरहेका छन्।
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म ४ हजारभन्दा बढी मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा हाम्रो नेपाली पार्टीका सुमन सायमिले अग्रता लिएका छन्। लौरो चुनाव चिह्नमा लडेका उनले १ हजार ३३७ मत पाएका छन्। यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ दोस्रोमा छन्। उनले १ हजार ९१ मत पाएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा…
काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्। जारी मतगणनामा १० हजार४३६ मत गणना हुँदा दुर्लभले ४ हजार ११९ मत पाएका छन्। नेकपा एमालेका महेश बस्नेतले भने ३ हजार ६८४ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए। यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगरले ८४६, राष्ट्रिय…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार मुस्ताङमा कांग्रेसले 'क्लिन स्विप' गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकालीले जित निकालेका छन्। एमालेका प्रेमप्रसाद गौचनलाई पराजित गर्दै २९ वर्षीय योगेशले संसदको यात्रा तय गरेका हुन्। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए। यसैगरि, प्रदेश 'क'मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै…
हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा सत्ता गठबन्धनतर्फकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले सुरुवाती अग्रता लिएकी छिन्। १ हजार ३३५ मतगणना हुँदा नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी उनले ७८६ मत प्राप्त गरेकी हुन्। त्यस्तै, नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ३५० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका…
बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको यस फिल्मले भारतमा तीनदिनमा ६४ करोड १४ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। यस फिल्मले भारतभरि बक्सअफिसमा तीनदिनमा ६४ करोड १४ लाख ग्रस कलेक्सन भारतीय समीक्षक तरण आदर्शले उल्लेख गरेका छन्। रिलिजको पहिलो दिन कूल १५.३८ करोड कलेक्सन गरेको दृश्यम २ ले शनिबार २१.५९…
जनकपुरधाम : प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ को मतगणना जारी छ। सो क्षेत्रमा अहिले जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रतालाई कायम राखेका छन्। राउतले २ हजार ४०२ मत ल्याएका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याएका छन्। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ५५० मत ल्याएका हुन्।
फिफा विश्वकप २०२२ अन्तर्गत सोमवारको पहिलो खेलमा इरान र इङ्ग्ल्याण्ड साँझ सवा ७ बजे आमनेसामने हुँदैछन्। दुई देशले अहिलेसम्म एकअर्कासँगको खेललाई टार्न सफल थिए। तर यसपटक भने उनीहरु कतारमा भेट्ने भएका छन्। समूह 'बी' मा एसियाली पावरहाउस इरानसँग तीन पश्चिमा देशहरु इङ्ग्ल्याण्ड, वेल्स र अमेरिका छन्। यी सबै चार देशहरू विश्व वरीयताको शीर्ष २० भित्र छन्। यो समूहमा रहेका देशहरुको सम्बन्ध राजनीतिक…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ बाट उम्मेदवार रहेका गगन थापा फिल्म हल पुगेका छन्। यसअघि चुनावी दौडधुपमा व्यस्त गगन मतगणना चल्दै गर्दा दरबारमार्गस्थित दरबार सिनेम्याक्समा श्रीमती डा अन्जना केसीसँगै देखिएका हुन्। ‘धेरै दिनको दौडधुप पछि आजको फुर्सद!’ लेख्दै थापाले आफ्नो फेसबुकमा फोटो सेयर गरेका छन्। काठमाडौं ४ मा थापाले प्रतिस्पर्धी एमालेका डा राजन भट्टराईलाई उछिनेर अग्रता कायम…
जनकपुरधाम : प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ को मतगणना जारी छ। सो क्षेत्रमा अहिले जनमत पार्टीका अध्यक्ष सीके राउतले अग्रतालाई कायम राखेका छन्। राउतले १ हजार ६३४ मत ल्याएका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ६७० मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले भने ४९१ मत ल्याएका छन्।
विराटनगर : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना मोरङमा सुरु भएको छ। विराटनगरस्थित आदर्श विद्यालयमा सोमबार १:४५ बजेदेखि मोरङको क्षेत्र नम्बर ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरु गरिएको हो। त्यस्तै, क्षेत्र नम्बर ३ को भगवती मावि बेलबारीमा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर १ र २ मा गणनाको तयारी भइरहेको बताइएको छ। निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी…
काठमाडौं : काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतसहित अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन्। नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले २१५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन्। उनका…
काठमाडौं : ११ नोभेम्बरमा रिलिज भएको बलिउड फिल्म ‘उचाई’ ले नेपालमा राम्रो व्यापार गरिरहेको छ। सकारात्मक समीक्षा र माउथ पब्लिसिटीले नेपालमा दिनप्रतिदिन फिल्ममा दर्शकको संख्या बढ्दै गइरहेको हल संचालकहरु बताउँछन्। नेपालमा समेत छायांका गरिएको यस फिल्मले बिस्तारै राम्रो पिकअप लिइरहेको वितरक राजन पुरीले जानकारी दिए। उनका अनुसार यस फिल्मले हालसम्म नेपालमा २ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन छ। ‘फिल्मले…
काठमाडौं : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो। आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरि मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१बाट मतगणना सुरु गरिएको हो। हेटौंडा-२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ।…
फिफा विश्वकप २०२२ अन्तर्गत आज तीन खेल हुँदैछ। आज समूह 'ए' को एक खेल र समूह 'बी'को दुई खेल हुँदैछन्। आज बेलुकी हुने पहिलो खेलमा समूह 'बी' का इङ्ग्ल्याण्ड र इरान भिड्नेछन्। कतारस्थित खालिफा इन्टरनेशनल स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ। नेशन्स लिगमा रेलिगेशनमा परेर आलोचना ब्यहोरेको इङ्ग्ल्याण्ड र एसियाली फुटबलको पावरहाउस इरानबीच प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।…
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म २ हजार मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्। विराजभक्त श्रेष्ठले ६०७ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ५९१ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०४ मत पाएका छन्। यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा…
जनकपुरधाम : प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर २ को मतगणना जारी छ। ९०० मत गणना गर्दा जनमत पार्टीका सीके राउतले ६२९ मतका साथ अग्रता लिएका छन्। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जय प्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवले ५९ मत ल्याएका छन्।