वीरगंज : वीरगंज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएपछि वीरगंजमा पीसीआर परीक्षण रोकिएको छ। नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा भएका अन्य रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको अस्पताल श्रोतले जनाएको छ। ‘वीरगंज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएको छ। त्यसैले गर्दा पीसीआर परीक्षण कार्य नै अवरुद्ध हुन पुगेको छ,’ नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले भने। इमर्जेन्सीमा प्रयोग…
वीरगंज: भारतीय नागरिक अवैध रुपमा प्रवेश गरी वीरगंजमा पीसीआर परीक्षण गराउन थालेका छन्। पर्सा-बाराका ग्रामीण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगंज पुगेर उनीहरुले पीसीआर परीक्षण गर्ने गरेको खुलेको हो। नारायणी अस्पताल पीसीआर प्रयोगशालाले गएराति सार्वजनिक गरेको नतिजा अनुसार पर्साबाट १७७ जनाको र बाराबाट १५ जनाको स्वाब संकलन गरी कुल १९२ जनाको पीसीआर परीक्षण भएको छ। जसमा ५ जना पुरुषमा कोरोना…
वीरगंज : बारा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट ९ लाख मुल्य बराबरको सवारी साधन र तस्करीको समान बरामद गरेको छ। प्रहरीले गत असोज ३ गते दिउँसो १ बजेको समयमा आदर्शकोतवाल गाविस ६ पटेर्वा टोलमा जाँचको क्रममा ८ लाख मूल्य बराबरको बिआर ० जिबिजेड २०६ नम्बरको ट्रायक्टर, तस्करीमा प्रयोग हुने दुई वटा मोटरसाइकल र एक लाख मूल्य बराबरको समान बरामद गरेको हो।…
वीरगंज : वीरगंजमा आइतबारमात्रै ३ जना कोरोना संक्रमित र एक जना शंकास्पद बिरामी गरी ४ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेमा पर्सा, बारा, रौतहटका एक-एक जना रहेका छन्। मृत्यु भएका शंकास्पद बिरामी पनि वीरगंजको रहेको बताइएको छ। ४ जनाम मध्ये दुई जनाको मृत्यु नारायणी अस्पतालमा भएको हो। अस्पतालको आइसियुमा एक जना संक्रमित र एक जना शंकास्पद…
वीरगंज : प्याजको कालोबजारी गर्ने बाराका एक पसल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ। केही दिनदेखि प्याजको कृत्रिम अभाव देखाई खरीद मुल्यको दोब्बरसम्म बिक्री वितरण गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा चन्दन साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। प्रहरी टोली कलैया उपमहानगरपालिका वडा नं. १ स्थित रहेको खुशी स्टोरमा ग्राहक बनी प्याज खरीद गर्दा पसले चन्दन साहले…
वीरगंज : वीरगंजमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै ५ महिनापछि आजबाट नारायणी अस्पतालले ओपीडीसहित जनरल सेवा पुनः सन्चालन गरेको छ। वीरगंजमा कोरोना संक्रमण बढेसँगै बन्द भएको नारायणी अस्पतालको ओपीडी तथा जनरल सेवालाई कोरोना नियन्त्रणमा आएपछि सन्चालन गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए। लामो समयदेखि नारायणी अस्पतालमा सर्वसाधारणका लागि सुपथ मुल्यमा सन्चालित ओपीडी तथा जनरल सेवाहरु बन्द रहेका कारण…
वीरगंज : दशैँ नजिकिँदै गर्दा पनि वीरगंज नाकाबाट पहिले जस्तो गाडी आयात भएको छैन। दशै–तिहारमा विशेष गरी मोटरसाइकलदेखि विलासी कार र हेभी सवारी साधनहरुको विगतमा खुबै आयात हुन्थ्यो। विगत ६ महिनादेखि नेपालले कोरोनाको महामारी खेप्दै आएको छ। जसको असर देशकै पूरै अर्थव्यवस्थामा नकारात्मक परिरहेको छ। चैत ११ देखि नेपालमा शुरु भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण बजार बन्द छन्। सडकमा…
वीरगंज : प्रदेश २ मा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न प्रदेशका ८ जिल्लाको चारकिल्लामा विशेष सर्तकता अपनाउन सरोकारवालाले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्। पर्साका दुई जना संघीय सांसदको टोलीले आज पर्सासँग जोडिएको भारतीय सीमानाको स्थलगत निरीक्षण गरेर सीमामा कडाईं गर्नुपर्ने निष्कर्ष निकालेको हो। प्रदेश २ मा कोरोना महामारी नियन्त्रण उन्मुख रहे पनि काठमाडौं, हेटौडा, भरतपुर, विराटनगर एवं भारतको विहारको…
वीरगंज : बाराकी एक जना ५५ वर्षीया कोरोना संक्रमित महिलाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। उनको आज साँझ सवा ७ बजे नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिला रहेकी छिन्। मधुमेह तथा उच्च रक्तचापकी बिरामी महिला सोमवार बिहान ११ बजे उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएकी थिइन्। उनको…
वीरगंज : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीरिसियामा बुवाको छुरा प्रहारबाट छोराको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाका अनुसार श्रीरिसिया निवासी ७० वर्षीय लक्ष्मी साहले आफनै छोरा ३५ वर्षीय माधो साहलाई सोमवार साँझ ७ बजे छुरा प्रहार गरी घाइते बनाएका थिए। उपचारको लागि वीरगंज ल्याउँदै गर्दा बाटोमा नै छोराको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पोखरियाका ईन्चार्ज प्रहरी निरीक्षक…
'मुर्ली मस्जिद टोलमा एक जनाले आत्महत्याको प्रयास गर्यो रे।' गत शनिवार उक्त खबर वीरगंज १२ वरपर फैलियो। दिउँसो ३ बजेको गर्मीमा खबरले तातो थप्यो। मानिसहरू ठेलम्ठेल गर्दै आत्महत्या गर्न खोज्नेको ढोकासम्मै पुगे। भन्दै थिए – 'किन यस्तो गरेको होला?', 'छिमेकीले बचाए रे।' 'धन्न भाग्य बलियो रहेछ।' आफैलाई मार्न खोज्ने ३५ वर्षीय मुस्तफा अन्सारी भने मनमनै भन्दै थिए – भाग्य बलियो…
वीरगंज : नेपालका बाढीपहिरो पीडितको लागि भारत सरकारले पठाएको राहत सामाग्री वीरगंज आइपुगेको छ। गत शुक्रवार साँझ एकीकृत जाँच चौकी(आईसिपी)को नाका हुँदै १५ गाडी राहत सामाग्री वीरगंज आईपुगेको भारतीय महावणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत नितिश कुमारले जानकारी गराए। भारतीय एनडिआरएफको टोलीले आईसिपीको नाका हुँदै १५ वटा मिनी ट्रकमा लोड गरी उक्त राहत सामाग्री वीरगंज महावाणिज्य दूतावासको कार्यालयमा पुर्याएर फिर्ता भएको…
वीरगंज : वीरगंजमा थप एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं १० बस्ने ५५ वर्षीया महिला भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। उनको हिजो नारायणी अस्थायी गण्डक कोभिड अस्पतलामा दिउँसो २ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। भदौ १२ गते अस्पताल भर्ना भई उपचार गराई रहेकी महिलामा भदौ २२ गते कोरोना भाइरस…
वीरगंज : कोरोना महामारीको समयमा पनि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिएको छैन। बाराको ग्रामीण नाकाबाट नेपाल–भारतबीच भइरहेको तस्करीको ११ लाख ७२ हजारको सामान बारा प्रहरीले बरामद गरेको छ भने सो सामान ओसारपसारमा प्रयोग भएका एक मिनी ट्रक र एक मोटरसाइकल पनि बरामद गरेको जनाएको छ। बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार भारतबाट भन्सारी छली गरी ल्याएको किाराना समान तथा नेपालबाट…
वीरगंज : वीरगंज नगवामा रहेको बाबा होटललाई भाडामा लिएर नेसनल मेडिकल कलेज वीरगंजले १७० शय्याको कोभिड-१९ विशेष अस्पताल शुरु गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलगायत नेकपाका नेता कार्यकर्तासहित भीडभाडका बीच कोभिड अस्पतालको उद्घाटनपछि अहिले वीरगंजमा पुनः नेसनल मेडिकल कलेजको आलोचना शुरु भएको छ। वीरगंज तथा पर्सा–बाराका जनतालाई चाहिएको बेला नेसनल मेडिकल कलेजले कोभिड अस्पताल नबनाएको…
वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले ६ वर्षदेखि अलपत्र रहेको पर्साका काशी तिवारी पुलको स्थलगत निरीक्षण गरेका छन्। वीरगंज २१ लिपनीविर्तामा श्रीसिया खोालमा निर्माणाधिन पुलको दुवै छेउको सडकमा तारजाली तथा बोल्डर गर्नको लागि उनले प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय वीरगंजका प्राविधिकलाई लागत स्टीमेट गरी काम शुरु गर्न निर्देशन दिएका छन्। लिपनीविर्ता वडाका बासिन्दाका आग्रहमा…
वीरगंज : बाराका पत्रकार वीरेन्द्र साहको हत्या प्रकरणमा बारा प्रहरीलाई अर्को सफलता हात लागेको छ। साहको हत्या प्रकरणका अर्का एक अभियुक्तलाई पक्राउ गर्न बारा प्रहरी सफल भएको छ। हत्या प्रकरणका मुख्य योजनाकार लालबहादुर चौधरीलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले २०६४ असोज ८ गते बाराका पत्रकार वीरेन्द्र साहको हत्याको मुद्दामा ५ जना संलग्न रहेकोमा हाल सम्म ४…
वीरगंज : वीरगंजमा शनिवार धेरै भिड हुने केही निश्चित पसल बाहेक सबै प्रकारका पसलहरु खुले। निषेधाज्ञाको डेढ महिनापछि शुक्रवारदेखि वीरगंज बजार पूर्णरूपमा खुल्न थालेको हो। भदौ २६ गतेदेखि ३१ गतेसम्म वीरगंज महानगरको ३२ वटा वडामा लगाइएको निषेधाज्ञाका बीच सबै पसल खोल्न अनुमति दिइएकोले बजार पूर्ण रुपमा खुल्न थालेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए। निषेधाज्ञाको पचासौं दिन भदौ…
वीरगंज : वीरगंज–२१ लिपनीविर्ता हिमालयन डिस्टीलरीको पूर्वमा अवस्थित श्रीसिया खोलामा बन्ने अढाई करोड बजेटको काशी तिवारी पुल निर्माणको काम ६ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन। तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधिले २०७१ मंसिर २४ गते शिलान्यास गरेको पुलको काम २ वर्षभित्र सम्पन्न हुनुपर्नेमा ६ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीको लापरवाहीले निर्माण कार्य अलपत्र परेको स्थानीय लिपनीविर्ताका…
वीरगंज : मुलुककै प्रमुख आर्थिक नगरी वीरगंज यतिबेला कोभिड १९ को संक्रमणलाई नियन्त्रणमा ल्याउन अग्रसर भइरहेको छ। पछिल्लो समय पर्साको वीरगंज र अन्य जिल्लामा संक्रमितको संख्या घट्दै गएकोले कोभिड अस्पताल बन्द हुने अवस्था आएको छ। नारायणी अस्पताल वीरगंजको मातहतमा सञ्चालित वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पताल मंगलवार संक्रमितको संख्या शून्य भएपछि विसंक्रमितको काम शुरु गरी तीन दिनभित्रै जनरल अस्पताल बनाउने तयारीमा…