PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • अर्घाखाँचीको मथुरानेटा मावि मतदान केन्द्रमा मतपेटिका तोडफोड, मतदान स्थगित 

    अर्घाखाँचीको मथुरानेटा मावि मतदान केन्द्रमा मतपेटिका तोडफोड, मतदान स्थगित 

    अर्घाखाँची :  अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका ५ वाङ्ला  मथुरानेटामावि मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतपेटिका तोडफोड गरिएको छ। तोडफोडपछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले केही समय मतदान रोकेर सर्वदलीय बैठक बस्ने र बेलुकासम्म भएपनि मतदान पुनः सुरु गराउने बताएका छन्।   

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीको मथुरामावि केन्द्रको मतदान स्थगित

    अर्घाखाँचीको मथुरामावि केन्द्रको मतदान स्थगित

    बुटवल :  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वाङ्ला  मथुरामावि मतदान  केन्द्रमा मतदान स्थगित गरिएको छ। मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरेकोविषयलाई लिएर दिउँसो विवाद भएको थियो। त्यसक्रममा मतपेटिका तोडफोडसमेत भएको थियो।  स्थानीय प्रशासन र राजनीतिक दलको छलफलपछि निर्वाचन स्थगित गरिएको छ । स्थागित मतदान केन्द्रमा पछि मतदान गराउनेविषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

    कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम प्रहार

    बुटवल :  कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट गराइएको छ।कपिलवस्तु क्षेत्र नम्बर एक (क) का नेपाली कांग्रेस प्रदेश सभा सदस्य उम्मेदवार पुरन थारूको गाडीमा बम प्रहार भएको हो। थारु चढेको गाडीलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराइएको हो।  विस्फोटबाट उनको चुनाव प्रचार प्रसारमा प्रयोग भएको गाडी ध्वस्त भएको छ। पार्किङ गरी राखेको गाडीमा बम प्रहार गरिएकाले मानवीय क्षति भने भएन। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही क्षेत्र नं २ को एउटै केन्द्रमा १३ वटा बुथ,  १३ हजार भन्दा बढीले मतदान गर्दै

    रुपन्देही क्षेत्र नं २ को एउटै केन्द्रमा १३ वटा बुथ,  १३ हजार भन्दा बढीले मतदान गर्दै

    बुटवल :  रुपन्देहीको क्षेत्र नम्बर दुई अन्र्तगत  रहेको  बुटवल उपमहानगरपालिका वडा नम्वर ११ को लुम्बिनी वाणिज्य क्याम्पस देवीनगरमा  १३ वटा बुथ राखिएको छ।  उक्त केन्द्रबाट  १३ हजार ६ सय ६७ मतदाताले मतदान गर्दैछन्। बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा नगरपालिकाको लागि निर्णायक क्षेत्र मानिन्छ। १३ हजार मतदाता भएकाले यो केन्द्रमा मतदातालाई सहज रुपले मतदान गर्ने समस्या हुने देखिएको छ। तर जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

    रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

    बुटवल :  प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ। मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख  अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए।  उनका अनुसार जिल्लामा  ५ सय ९८  केन्द्रमा मतदान सामग्री पठाई सकिएको छ।जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ मतदाता…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत सीमाना बन्द, कुकरबाट चेकजाँच  

    रुपन्देही : दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाइ मध्यनजर गरी कपिलवस्तु प्रशासनले आजदेखि नेपाल भारत सीमाना बन्द गरी तालिम प्राप्त कुकरबाट चेक गर्न थालेको छ। मंसिर २१ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, स्वच्छ, निपष्क्ष रुपमा सम्पन्न गर्ने उद्देश्यले नेपाल भारतका सुरक्षा अधिकारीको सहमतिमा सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ। दुवै देशका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको विश्लेषणः प्रदेश ५ मा 'खुल्ला सीमा, सिके राउत र विप्लवको बहिस्कार सुरक्षा चुनौती’

    प्रहरीको विश्लेषणः प्रदेश ५ मा 'खुल्ला सीमा, सिके राउत र विप्लवको बहिस्कार सुरक्षा चुनौती’

    रुपन्देही : लुम्विनी अञ्चलका कुल ११ सय ३४ मतदान केन्द्रमध्ये २७८ लाई अतिसंवेदनशील मानिएको छ। ३२६ लाई संवेदनशील र ५७० लाई सामान्यमा राखिएको छ।  रूपन्देहीमा रहेका कुल २०८ मतदान केन्द्रमध्ये अतिसंवेदनशील ७५, संवेदनशील ४२ र सामान्य ९१ मतदान केन्द्र रहेका छन्।  कपिलवस्तुमा कुल २३३ मध्ये अतिसंवेदनशील १५३, संवेदनशील ६५ र सामान्य १५, नवलपरासीका कुल १२० मतदान केन्द्रमध्ये अतिसंवेदनशील ३, संवेदनशील ५६…

    विस्तृतमा पढ्नुस्

  • मतदाता शिक्षाका लागि रुपन्देहीमा ७९ लाख खर्च, मतदाता भन्छन्–रेडियो र टिभीमा  सुन्छौं, गाउँमा कोही आएनन्

    मतदाता शिक्षाका लागि रुपन्देहीमा ७९ लाख खर्च, मतदाता भन्छन्–रेडियो र टिभीमा  सुन्छौं, गाउँमा कोही आएनन्

    बुटवल :   रुपन्देहीमा  मतदाता शिक्षा प्रभावकारी नदेखिएको पाइएको छ।निर्वाचन आयोगले मतदाता शिक्षाका लागि जिल्लामा पाँच सय ९८ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको भएपनि उनीहरु मतदाताको घर घरमा पुग्न नसकेको मतदाताको गुनासो छ।  ‘ सहरी क्षेत्रमा नै मतदाता शिक्षा पुगेको छैन’ सालझन्डीका रामप्रसाद भुसाल भन्छन्,‘ स्थानीय तह निर्वाचनमा आएका थिए त्यसपछि  रेडियो र टेलिभिजनमा  प्रचार सुनेका छौं तर  गाउँमा आएका छैनन्।’  मानपकडीकी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी अञ्चलमा जोगाउलान् त यी हस्तीले किल्ला

    लुम्बिनी अञ्चलमा जोगाउलान् त यी हस्तीले किल्ला

    बुटवल : आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको नजिकिँदै गर्दा बुटवलका उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएका छन्। पहिलो चरणको निर्वाचन सकिएसँगै उम्मदेवारले प्रचारप्रसारलाई बढाएका छन्। उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न धान काट्नेदेखि हलो जोत्नसम्म बाँकी राखेका छैनन्। तर, कडा प्रतिस्पर्धा हुने लुम्बिनी अञ्चलका केन्द्रसँग सहजै पहुँच भएका नेताले जित्लान् कि हार्लान् भन्ने चर्चा चल्न थालेको छ।…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा तेल चोरीकाण्डमा मुछिएका ३८ व्यवसायीलाई उच्च अदालतले दियो सफाई, चालक भने दोषी ठहर

    रुपन्देहीमा तेल चोरीकाण्डमा मुछिएका ३८ व्यवसायीलाई उच्च अदालतले दियो सफाई, चालक भने दोषी ठहर

    बुटवल :  रुपन्देहीको तेल चोरी काण्डको अभियोग लागेका पेट्रोलियम व्यवसायीले उन्मुक्ति पाएका छन्। २०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले रुपन्देहीको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्कर चालकलाई रंगेहात पक्राउ गरेको थियो। उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीशद्वय हरिकुमार पोखरेल र नाग्रेन्द्रलाभ कर्णको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको उपरजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए। पेट्रोलियम पदार्थ चोरी प्रकरणअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • दल बदलेर चुनावी खालमा हाम फालेका मधेशी नेता को कति सुरक्षित?

    दल बदलेर चुनावी खालमा हाम फालेका मधेशी नेता को कति सुरक्षित?

    रुपन्देही : पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी रुपन्देही ४ बाट चुनाव लड्दै छन्। उनी यस पटक एमालेको ओतमा छन्। पटकपटक पार्टी परिर्वतन गर्ने उनी राजपा छाडेर प्रतिनिधि सभातर्फबाट वाम गठबन्धनमा आफ्नो भाग्य खोज्दैछन्। राजपाबाट टिकट नपाउने भएपछि उनी उम्मेदवारी दर्ताको तीन दिनअघि मात्रै एमाले प्रवेश गरेका थिए। अहिले उनी चुनावी अभियानमा छन्। यसो त पार्टी फेरेर चुनाव लडिरहेका गुल्जारी एक्ला भने हैनन्। सत्ताका…

    विस्तृतमा पढ्नुस्

  • चुनावपछि तत्काल पार्टी एकीकरण हुन्छ, भाँड्ने षड्यन्त्र नगर्नुस् : केपी ओली

    चुनावपछि तत्काल पार्टी एकीकरण हुन्छ, भाँड्ने षड्यन्त्र नगर्नुस् : केपी ओली

    रुपन्देही : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता हुने भन्दै एकता भाँड्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। सोमबार रुपन्देही रुद्रपुर स्थित हरैयामा भएको आमसभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै त्यसका लागि दुई पार्टी बीचको एकता जरुरी रहेको बताए।   उनले भने, 'हामीले जनताले…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा कांग्रेस नेतालाई लक्षित गरी बम प्रहार

    गुल्मीमा कांग्रेस नेतालाई लक्षित गरी बम प्रहार

    बुटवल :  गुल्मीको मुसिकोट नगरपालिका १ को नेटामा नेपाली कांग्रेसका नेतालाई लक्षित गरी बम बिस्फोट भएको छ। क्षेत्र नम्बर दुई अन्तरगत मालिका गाउँपालिकाको दर्लिङमा कांग्रेसको चुनावी सभामा सहभागी हुन जाँदै गरेका नेताहरुलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको हो। नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नम्बर दुईका पार्टी सभापति भगत खड्का सवार लु १ च ९४५८ नम्बरको जिपलाई लक्षित…

    विस्तृतमा पढ्नुस्

  • राजदूत पद त्यागेका दीपकुमारको भाग्य थपिएका ९ हजार मतदाताको हातमा

    राजदूत पद त्यागेका दीपकुमारको भाग्य थपिएका ९ हजार मतदाताको हातमा

    बुटवल : कपिलवस्तुमा आगामी मंसिर २१ गते हुने  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलका प्रभावशाली नेताले उम्मेदवारी  दिएपछि चुनावी सरगर्मी निकै बढेको छ।  यसअघि पाँच निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा अहिले तीन क्षेत्र कायम गरिएको छ।  स्थानीय निकाय निर्वाचनपछि जिल्लामा  २५ हजार मतदाता थपिएका छन्। सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर एकमा थपिएका छन्। यस क्षेत्रमा पूर्वराजदूत दीपकुमार उपाध्याय चुनावी मैदानमा उत्रेका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रश्न : विश्वमा कहीँ नभएको कम्युनिष्ट शासन नेपालमा कसरी टिक्छ ?

    प्रधानमन्त्रीको प्रश्न :  विश्वमा कहीँ नभएको कम्युनिष्ट शासन नेपालमा कसरी टिक्छ ?

    बुटवल :   प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा  कहीँ नभएको  कम्युनिष्ट शासन नेपालमा  टिक्न नसक्ने बताएका छन्।  नवलपरासीको सुनवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली जनताले लोकतन्त्र कि तानाशाह रोज्ने भन्ने फैसला गर्ने बेला आएको बताए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठबन्धन राष्ट्रका लागि अनिष्टकारी भएको बताए। पौडेलले कांग्रेस समस्या समाधान गर्ने तर कम्युनिष्टहरु समस्या जन्माउने पार्टी भएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीले भने-बहुमत दिनुस् पाँच वर्षभित्र देशलाई कायापलट गर्छौं

    केपी ओलीले भने-बहुमत दिनुस् पाँच वर्षभित्र देशलाई कायापलट गर्छौं

    बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई  दुई तिहाई बहुमत दिन आग्रह गरेका छन्। बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई कायापलट गर्ने दाबी गरे। अध्यक्ष ओलीले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुने र वामपन्थीहरुले नै देश हाँक्ने बताए।उनले अहिलेसम्म देशमा भ्रष्टाचार र…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सभामा उर्लियो जनसागर, हेर्नुस् फोटोमा

    ओलीको सभामा उर्लियो जनसागर, हेर्नुस् फोटोमा

    बुटवल :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिगो सरकार बनाउनका लागि वाम गठबन्धनलाई  दुई तिहाई बहुमत दिन आग्रह गरेका छन्। बुटवलमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठन हुने वामपन्थी सरकारले पाँच वर्षभित्र देशलाई कायापलट गर्ने दाबी गरे। सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउने भनेपछि जनसागर नै ओर्लिएको थियो। सभालाई नेकपा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, वामदेव…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा जिल्ला कस्को किल्ला, वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?

    पाल्पा जिल्ला कस्को किल्ला, वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?

    रुपन्देही :  मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव दलका प्रभावशाली नेताले उम्मेदवार दिएपछि पाल्पामा चुनावी माहोल बढेको छ। चुनाव नजिकिदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने सहरदेखि गाउँगाउँमा पुगेर आफ्ना घोषणापत्र दिएका छन्। आफ्ना घोषणा बाड्न  वृद्धदेखि बालकसम्म हिडेका छन्।  चुनावभन्दा पहिले पुगेका नेताहरु फेरि चुनावमा मतदाता खोज्दै गाउँगाउँमा घुमेको देखिन्छ। स्थानियले भने नेता गाउँ आउन चुनाव नै आउनु पर्ने बताएका छन्। भौगोलिक दृष्टीकोणले पहाही भूभाग रहेको पाल्पामा वाम गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा दुई बहादुरको भिडन्त : टोपबहादुर कि रामबहादुर?

    अर्घाखाँचीमा दुई बहादुरको भिडन्त : टोपबहादुर कि रामबहादुर?

    रुपन्देही : आगामी मंसिर २१ गते हुने  प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा दलका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएपछि अर्घाखाँचीमा  चुनावी सरगर्मी बढेको छ। चुनाव  नजिकिँदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्ने आग्रह गर्न सहरदेखि गाँउगाउँमा पुगेर आफ्ना घोषणापत्र बाँड्दै हिंड्न थालेका छन्।   अर्घाखाँचीको चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धनका तर्फबाट माआवादी पूर्वमन्त्री टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका डा. रामबहादुर केसीले उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा एमालेको सूर्य Vs कांग्रेसका दुई चन्द्र

    गुल्मीमा एमालेको सूर्य Vs कांग्रेसका दुई चन्द्र

    रुपन्देहीः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा गुल्मीमा चुनावी माहोल तातेको छ। २०७० को दोस्रो संविधानसभा चुनावमा ३ क्षेत्र रहेको गुल्मीमा अहिले २ क्षेत्र भएका छन्। एमालेका दुई पूर्वमन्त्री र कांग्रेस केन्द्रीय सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ। दोस्रो संविधानसभा निर्वाचनमा दुई क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो भने एउटामा एमालेका उम्मेदवार विजयी भएका थिए। त्यस बेला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell