काठमाडौं : अहिले देशभर पत्रकार महासंघको नयाँ नेतृत्व छनौट गर्नका लागि मतदान भइरहेको छ। महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको हो। प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन भइरहेको छ। महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२…
काठमाडौं : काठमाडौं महानगरपालिका भित्र स्थानीय भाषा (नेपाल भाषा) मा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरियो। नेवा: पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरको सम्पूर्ण कर्मचारीको प्रतिनिधिका रुपमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई समेत अभिनन्दन गरिएको थियो। साथै महानगरका ३२ वटै वडालाई समेत सम्मान गरिएको…
भक्तपुर : भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाएर प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठियार र स्थानीयले भने प्रशासनले कोभिड -१९ को बहाना बनाउँदै फेरि एक्लौटी रुपमा जात्रा र नेवार संस्कृतिमाथि प्रहार गरेको…
काठमाडौं : सरकारले पेट्रोलको मुल्य बढाएको विरोधमा अनेरास्ववियूका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। बबरमहलस्थित नेपाल आयल नियमको कार्यालय बाहिर विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै धर्ना दिएका हुन्। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य…
काठमाडौं : एएफसी कप खेल्न श्रीलंका पुलिस स्पोर्टिङ क्लबको टोली नेपाल आइपुगेको छ। श्रीलंकन टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष लेफ्टिनेन्ट कर्णेण ब्रजेश महर्जनले स्वागत गरे। नेपाल रहँदा श्रीलंकन खेलाडीहरु र्याडिसन होटलमा रहने नेपाल आर्मीले जनाएको छ। आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक रुपमा सहयोग गर्ने र साथै सहजीकरणका…
काठमाडौं : वायु प्रदूषणलाई नियन्त्रण गर्न र निजगढमा जंगल विनाश गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारले तयारी गरेको विरोधमा युवाहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। विकासको नाममा हजारौं रुख काटेर विमानस्थल बनाउँदा पर्यावरणमा असर पर्ने भन्दै उनीहरुले विरोध गरेका हुन्। यस्तै, काठमाडौं उपत्यका सहित शहरी क्षेत्रमा वायु प्रदूषण बढेको भन्दै उनीहरुले पर्यावरणीय सन्तुलन कायम गर्न वन जोगऔं भन्दै नारा समेत लगाएका थिए।…
भक्तपुर : भक्तपुरमा विशेष रुपमा मनाइने बिस्का जात्राको तयारी थालिएको छ। नयाँ वर्षको अवसर पारी भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्छन्। जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको हो। तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाएने करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा स्थानीय जुटेका छन्। लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ…
काठमाडौं : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ। म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्र सहित दूतावास अगाडि प्रदर्शन गरेको हो। अध्यक्ष रंजीत तामाङले जारी गरेको ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ५ सय भन्दा धेरैको हत्या भएकोमा आपत्ति प्रकट गरिएको छ। माघ १९ गतेको 'सैन्य कू' पछि म्यानमारमा दैनिक जुन्ता…
काठमाडौं : म्यानमारमा भइरहेको दमन र हत्याको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले आज पनि प्रदर्शन गरेको छ। आज संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि समाजले प्रदर्शन गरेको हो। राष्ट्रसंघका महासचिवलाई म्यानमारमा भइरहेको हत्या र दमन अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै समाजले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो। त्यहाँ जारी हत्या र दमन तत्काल रोकिनुपर्ने र लोकतन्त्र सीघ्र…
काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल आज सम्पन्न भयो। फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा प्यारापिटमा हजारौै दर्शकको उपस्थिति थियो। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए। रंगशालाभित्र खेल भइरहँदा बाहिरको दृश्य पनि चलायमान देखिएको थियो। ढिलो गरी आएका दर्शकहरु हतार हतार रंगशाला प्रवेश गर्ने…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेता जोशीको आज साँझ अन्त्येष्टि गरिएको हो। यसअघि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले नेता जोशीलाई श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जली दिनको लागि नेता जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखिएको थियो। जोशीको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए। अन्त्येष्टिपूर्व…
काठमाडौं : दिवङ्गत नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जली दिनको लागि नेता जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखिएको छ। नेता जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरिएको छ। सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायतले उनलाई श्रद्धाञ्जली दिए।…
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई श्रद्धाञ्जली दिन शुभचिन्तकहरु उनको घरमा पुगेका छन्। दिवङ्गत नेता जोशीलाई श्रद्धाञ्जली दिन आज बिहानैदेखि शुभचिन्तकहरु उनको घर पुगेका हुन्। जोशीको गएराति निधन भएको हो। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए। नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रवार राति ८:२४ बजे निधन भएको थियो।
काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज आफू निकट कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गर्यो। शीर्ष तहका नेता र कार्यकर्ताको बाक्लो भिडमा गुटविरोधी विषयले नै प्राथमिकता पायो। प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत निर्णय गरेको भन्दै आलोचना भयो। गुटले पार्टीलाई खराब अवस्थामा पुर्याएको धारणा नेताहरुले राखे। भेलामा देखिएका सबै दृष्य राजनीतिकमात्र थिएनन्। गुटको विरोधमा गुटकै भेलाका यी दृष्यहरुले फरक शव्द अभिव्यक्ति…
सूर्यास्त हुँदै थियो। चितवनको नारायणी पुलमा मानिसहरु घुम्न आउने क्रम बढ्दै थियो। केही युवाहरु डुंगा चढेर नदी सयर गर्दै थिए। कोही सूर्यास्त हेर्दै। त्यही नै बेला तीनजना युवाहरु हातमा झोला र 'तगारी' बोकेर नदी किनारमा आइपुगे। झोलाभरी फोहोर थियो। किनारमा पुगेर सबै फोहोर भुइँमा खन्याए। र तगारीमा हाले। विस्तारै पानी हाल्दै फोहोर पखाल्न थाले। बुझ्दै जाँदा यी केटाहरु फोहोरमा सुन…
काठमाडौं : बालाजुमा भएको 'भाषिक दमन' को विरोधमा आज ललितपुरमा 'मातृभाषा मार्च' निकालिएको छ। बालाजु बाइपासका सडक विस्तार पीडितलाई प्रहरी वृत्त बालाजुमा पक्राउ गरि लगिएपछि उनीहरुलाई भेट्ने क्रममा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष समुन सायमि लगायतलाई प्रहरीले पक्राउ गरेको थियो। पछि सर्वोच्चले सडक विस्तर पीडित सँगै अभियन्ताहरुलाई बन्दीप्रत्यक्षीकरणमा रिहा गरेको थियो। मातृभाषा बोलेकै आधारमा प्रहरीले पक्राउ गरेपछि देशभरका नेवार…
तनहुँ: देवघाट गाउँपालिकाले नारी दिवसको अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडने खेल आयोजना गर्यो। देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा सोमबार प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विष्णु अधिकारी र पद्मा अधिकारीको जोडीले प्रथम स्थान हात पारे। त्यस्तै गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो हुँदा सीता लामिछाने थापा क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भयो। 'हाम्रो २०५९ मा बिहे भएको हो।…
भक्तपुरका १५ वर्षीया राकेश कोथु अहिले फर्सदिला छन्। कोरोनाका कारण विद्यालयमा बिहान पढाइ हुन्छ दिउँसो छुट्टी। त्यही कारण उनले अहिले आफ्नो शहरको प्रख्यात नाचमा रमाउन समय निकाल्न सकेका छन्। पहिला भने दिनभर विद्यालय हुँदा उनी खुलेर जात्रामा रमाउन सक्दैन थिए। गत आइतबार उनी टौमढीमा भेटिए, स्वेत भैरवलाई जिस्काउँदै। नवदुर्गा नाच अन्तर्गत आकर्षक र महत्वपूर्ण मानिने 'ङालाक्येगु नाच' (माछा समाउने नाच)…
काठमाडौं : भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज नेपाल भित्रिएको छ। नेपालले भारतसँग २० लाख डोज किनेकोमा त्यसको आधा आज ल्याइएको हो। कोभिसिल्ड नामको यही खोप यसअघि लगाउन थालिसकिएको छ। भारतले अनुदानमा दिएको खोपपछि आफैँले किनेको यो पहिलो खेप हो। एयर इन्डियाको विमानबाट ल्याइएको खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो। फागुन २३…
काठमाडौं : सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रयोग कर्तालाई कस्ने निर्देशिकाको विरुद्धमा आज यूथ कांग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेको छ। आज काठमाडौंको माइतीघरमा विभिन्न कार्यक्रम गर्दै यूथ कांग्रेसले प्रदर्शन गरेको हो। प्रदर्शनमा युवाको मुख्य सहभागिता थियो। विभिन्न नारा लेखिएको पर्चासहित सहभागी प्रदर्शनकारीहरूले गरेको शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नागरिकको स्वतन्त्रता र बोल्न…