PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

    प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मसाल जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा मसाल जुलुस निकालेको हो। उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारा समेत लगाएका थिए। उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • कानुनका विद्यार्थीले भने, 'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

    कानुनका विद्यार्थीले भने, 'प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्'

    काठमाडौं : सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानुनका विद्यार्थीहरुले संविधान पढ्दै विरोध प्रदर्शन गरेका छन्। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल ल क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले संविधानमा प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोजेका थिए। क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए। उपस्थित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्न उल्लेख गरिएका…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञाको डबलीमा धिमेसँगै फ्ल्यास मब, ‘उखान टुक्काको गल्फती, देश होइन तिम्रो सम्पत्ति’

    प्रज्ञाको डबलीमा धिमेसँगै फ्ल्यास मब, ‘उखान टुक्काको गल्फती, देश होइन तिम्रो सम्पत्ति’

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबली। प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन अन्तर्गत डबलीमा ‘प्रतिगमन’ विरुद्ध पेन्टिङ हुँदैछ। डबलीमा बनाइएका सिँढीमा मानिसहरु बसिरहेका छन्। धिमे बजिरहेको छ, यसबीच रातो टिसर्ट लगाएर बसिरहेका युवतीहरु उठ्छन्। हातमा रहेको रातो मास्क लगाउँछन्। मास्कमा लेखिएको छ, ‘असंवैधानिक’। हातमा प्लेकर्ड छ। लेखिएका छन्, ‘प्रतिगमन’ विरुद्ध नाराहरु। धिमेको आवाज बन्द हुन्छ। यवुतीहरु बोल्न थाल्छन्, ‘ओइ सरकार सुन सुन…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डा गोविन्द केसी, भने 'निरंकुश सरकार चाहिँदैन'

    प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डा गोविन्द केसी, भने 'निरंकुश सरकार चाहिँदैन'

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध डा गोविन्द केसीको नेतृत्वमा माइतीघरमा धर्ना दिइएको छ। केसीको नेतृत्वमा आएको समूहले 'प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन', 'संवैधानिक निकायमा कब्जा गर्न पाइदैन', 'न्यायीक सुशासन कायम गर' लगायतका नारा लेखेको ब्यानर प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • प्रतिगमनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन

    प्रतिगमनविरुद्ध उल्टो हिँडेर विरोध प्रदर्शन

    काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ। नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगमन कदमको विरोध गरेको हो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन्। नेविसंघका नेता-कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील ऐना सहित प्रदर्शनमा: यो समय भ्याक्सिनको हो प्रम ज्यू, 'कू' मतिमा नलाग्नुस् !

    विवेकशील ऐना सहित प्रदर्शनमा: यो समय भ्याक्सिनको हो प्रम ज्यू, 'कू' मतिमा नलाग्नुस् !

    काठमाडौं : विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै प्रतिगमनको अनुहार देखाउनका लागि सडकमा ऐनासहित प्रदर्शन गरेको छ।  विवेकशील पार्टीका कार्यकर्ताहरुले माइतीघर मण्डलमा ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा ऐना बोकेर प्रदर्शन गरेका हुन्।  'रिफ्लेक्ट गरौँ !! नागरिकले/समाजले, दलले/सरकारले', 'मनन गरौँ!! हाम्रो अवस्था हाम्रो लक्ष्य हाम्रो आवश्यकता', यो समय भ्याक्सिनको हो प्रम ज्यू, "कू"मतिमा नलाग्नुस्!' 

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पस अगाडि अखिलको मसाल जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला

    आरआर क्याम्पस अगाडि अखिलको मसाल जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले उनको पुतला समेत दहन गरेको छ। उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • भित्र प्रधानमन्त्रीको ‘कमेडी’ भाषण, बाहिर दर्शकमा टुटेन हाँसोको फोहरा

    भित्र प्रधानमन्त्रीको ‘कमेडी’ भाषण, बाहिर दर्शकमा टुटेन हाँसोको फोहरा

    काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा भएको भेलामा व्यंग्यले भरिएको भाषण गरे। नेकपा काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको वृहत कार्यकता भेलामा प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहविरुद्ध हाँस्यरसले भरिएको सम्बोधन गरेका थिए। उखान टुक्काले भरिएका अभिव्यक्तिका बीच उनले प्रचण्ड-नेपाल समूहविरुद्ध आलोचना र व्यङ्ग्यको फायर खोलेका थिए। ओलीले आफूलाई चार्ली च्याप्लिनसँग तुलना गर्न समेत भ्याए।…

    विस्तृतमा पढ्नुस्

  • सडकमा देखिए ‘ओली र भण्डारी’ : वामपन्थी युवा संघको प्रतिनिधिसभा विघटनविरुद्ध नाटक प्रदर्शन

    सडकमा देखिए ‘ओली र भण्डारी’ : वामपन्थी युवा संघको प्रतिनिधिसभा विघटनविरुद्ध नाटक प्रदर्शन

    काठमाडौं : वामपन्थी युवा संघले प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको छ। संघले माइतीघरमा प्रतिनिधिसभा विघटनको विरोधमा नाटक प्रदर्शनी गरेको हो। नाटकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति व्यंग्य गरिएको थियो। सो क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई श्रीपेच लगाइदिएको दृश्य देखाइएको थियो। त्यसका साथै संघले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध समेत गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

    माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। 'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो। ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्। कार्यक्रममा च्याब्रुङ बजाएर प्रतिगमनको विरुद्ध प्रदर्शन गरिएको छ। च्याब्रुङ पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

    हसिया हथौडामाथि बदामको बोक्रा : प्रचण्ड-नेपाल आन्दोलनका फरक दृष्य

    काठमाडौं : राजनीतिक सरगर्मी मात्र होइन, आन्दोलनको पनि सिजन चलेको छ अहिले। हिजो नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गर्‍यो। आज नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गर्‍यो। हिजोको काँग्रेसको तुलनामा आज नेकपाको यो खेमाले गरेको प्रदर्शनमा मानिसको उपस्थिति बढी थियो। प्रधानमन्त्री केपी ‌‌ओलीविरुद्ध कडारुपमा नेताहरु प्रस्तुत पनि भए।  नेताको भाषण जारी रहँदा सुन्नेहरु भने सधैं झै आफ्नै धुनमा हुनु…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको विरोध प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको विरोध प्रदर्शन

    काठमाडौं :  प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। राजधानीमा जसपाका संघीय परिषद् अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुको नेतृत्वमा विरोध र्‍याली निकालिएको थियो। रत्नपार्क पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो। सभामा जसपा नेताहरुले केपी शर्मा ओलीले संविधानविरुद्ध काम गरेको भन्दै सरकारको विरोध गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनको विरोधमा बबरमहलमा जसपा निकट विद्यार्थी संगठनको मसाल जुलुस

    संसद विघटनको विरोधमा बबरमहलमा जसपा निकट विद्यार्थी संगठनको मसाल जुलुस

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा मसाल जुलुस निकालेको छ। जसपा निकट विद्यार्थी संगठनले बबरमहलमा मसाल जुलुस निकालेको हो। सो क्रममा मसाल जुलुसमा सहभागीहरुले ‘निरकुंश प्रधानमन्त्री मुर्दावाद’, ‘प्रतिनिधिसभा पुनःस्थापना गर’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रपति संस्थाको मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए। संसद विघटनको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुरुप मसाल जुलुस निकालिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • शङ्ख फुकेर 'प्रतिगमन विरुद्ध' विरोध, केपी ओली र विद्या भण्डारीविरुद्ध श्रष्टाका सिर्जना

    शङ्ख फुकेर 'प्रतिगमन विरुद्ध' विरोध, केपी ओली र विद्या भण्डारीविरुद्ध श्रष्टाका सिर्जना

    काठमाडौं : प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनले आज राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ।  राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका तस्बिरहरु अनुहारमा  लगाउँदै सहभागीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्। ओलीको कदमको विरोधमा प्ले कार्डसहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्। ओलीतन्त्रविरुद्ध उनीहरुले सङ्ख बजाउँदै विरोध जनाएका हुन्। प्रतिगमन भएको भन्दै विरोध कार्यक्रममा विभिन्न श्रष्टाहरुले सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल पक्षले बबरमहल र बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

    प्रचण्ड-नेपाल पक्षले बबरमहल र बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले काठमाडौंमा मसाल जुलुस निकालेको छ। सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले बबरमहल र बिजुलीबजारमा मसाल जुलुस निकालेको हो। संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको समर्थनमा आरआर क्याम्पस अगाडि दीप प्रज्वलन

    प्रधानमन्त्री ओलीको समर्थनमा आरआर क्याम्पस अगाडि दीप प्रज्वलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि दीप प्रज्वलन गरिएको छ। प्रधानमन्त्री ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले मंगलवार क्याम्पस अगाडि दीप प्रज्वलन गरेका हुन्। नेकपाको विवाद उत्कर्षमा पुगिरहेका बेला दुई खेमाका नेता तथा कार्यकर्ताहरुले समर्थन तथा विरोध प्रदर्शन गरिरहेका छन्। ओली निकट नेता तथा कार्यकर्ताहरुले समर्थनमा प्रदर्शन गरिरहेका छन् भने पुष्पकमल दाहाल…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड नेपाल समूहको अनेरास्ववियुद्वारा ओली सरकारविरुद्ध प्रदर्शन

    प्रचण्ड नेपाल समूहको अनेरास्ववियुद्वारा ओली सरकारविरुद्ध प्रदर्शन

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पक्षका विद्यार्थीहरुले राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेका छन्। नेकपाको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वियू) प्रचण्ड नेपाल समूहका विद्यार्थीले केपी शर्मा ओली सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले केपी शर्मा ओली सरकारले संविधानमाथि कू गरेको भन्दै नाराबाजी समेत गरे। पार्टी विभाजनको संघारमा पुग्दा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ जीवित देवता गणेशमा पाछै गल्लीका रोदिन शाक्य, भोलि श्री भैरव परिवर्तन हुने

    नयाँ जीवित देवता गणेशमा पाछै गल्लीका रोदिन शाक्य, भोलि श्री भैरव परिवर्तन हुने

    काठमाडौं : जीवित देव श्री गणेश परिवर्तन भएको छ। तलेजुका मूल पुजारी उद्दव कर्माचार्यले जीवित देव गणेशका रुपमा रोदिन शाक्यलाई प्रतिस्थापन गराएका हुन्। आज नरदेवी पाछै गल्लीस्थित घरमा साढे ४ वर्षीय रोदिन शाक्यलाई जीवित देव गणेशका रुपमा सगुन दिइएको हो।   दिनेश शाक्य र रोजी शाक्यका छोरा रोदिन छाउनीको मैत्री स्‍कुलमा युकेजीमा अध्ययनरत छन्। श्री गणेशका रुपमा प्रतिस्थापना भएपछि आजैबाट उनले…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण नहुँदा तामझाम गरी राखिएका ट्यांकी अहिले भने बेवारिसे

    संक्रमण नहुँदा तामझाम गरी राखिएका ट्यांकी अहिले भने बेवारिसे

    काठमाडौं : नेपालमा कोरोना संक्रमणको अवस्था 'जिरो' रहेको बेला काठमाडौंका धेरै स्थानमा हात धुनका लागि पानीका ट्यांकीहरु राखिएका थिए। कोरोना भाइरसबाट बच्न भन्दै साबुन पानीले हात धुने अभियान अन्तर्गत उपत्‍यकाभर विभिन्न स्थानमा पानीका ट्यांकी राखिनुका साथै हात धुने व्यवस्था गरिएको थियो। माघमा नेपालमा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो। त्यसको दुई महिनापछि मात्रै नेपालमा दोस्रो कोरोना केस देखिएको थियो। यसबीच फागुन…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा उखु किसानको प्रदर्शन

    माइतीघरमा उखु किसानको प्रदर्शन

    काठमाडौं : चिनी उद्योगहरुले भुक्तानी नदिएपछि उखु किसान अहिले काठमाडौंमा आन्दोलन गरिरहेका छन्। केही दिनदेखि माइतीघरमा भेला भएर उनीहरु सरकारले गत वर्ष गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग उठाइरहेका छन्। बुधवार पनि उनीहरु माइतिघरमा उखु र चीनिसहित प्रदर्शनमा उत्रिए। किसान काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गर्ने किसान नभइ बिचौलिया भएको आरोप लगाएका थिए। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell