PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • दशैं मनाएर गाउँबाट काठमाडौं फर्कँदै, यस्तो देखियो नागढुंगामा

    दशैं मनाएर गाउँबाट काठमाडौं फर्कँदै, यस्तो देखियो नागढुंगामा

    काठमाडौं : बडा दशैंमा टीका लगाएपछि गाउँबाट काठमाडौं फर्कन शुरु भएको छ। दशैं मनाउन गाउँ पुगेकाहरु काठमाडौं फर्कन थालेका हुन्। अघिल्ला वर्षहरुमा दशैं मनाएपछि सहर फर्कनेको लाइन नै हुन्थ्यो। यसपटक भने कोभिड-१९ महामारीका कारण सहरबाट गाउँ जाने कम थिए। यसैले काठमाडौं फर्केने पनि खासै देखिदैन। दशैं मनाएर काठमाडौं फर्कने क्रममा नाकाहरुमा प्रहरी ज्वरो जाँच्न पनि व्यस्त देखिन्थ्। नागढुंगामा दशैं मनाएर…

    विस्तृतमा पढ्नुस्

  • गोरखाबाट तीन दिनका लागि बुंगमती आइन् मनकामना माई, सकियो आजुअजि जात्रा

    गोरखाबाट तीन दिनका लागि बुंगमती आइन् मनकामना माई, सकियो आजुअजि जात्रा

    काठमाडौं : बुंगमतीमा आज आजु अजि (मनकामना माई) जात्रा सम्पन्न भएको छ। नवमीको रात मनकामना अजिमा र आजु (मनकामनाका श्रीमान) लाई मन्दिरबाट निकालेपछि सुरु हुने यो जात्रा एकादशीमा सकिने गर्छ। यी तीन दिन गोरखामा रहेकी मनकामना देवी बुंगमतीमा आउने जनविश्वास रहेको छ। मनकामना देवी बुंगमती आउने भएकोले गोरखामा रहेको मनकामना मन्दिर तीन दिन बन्द हुनेगर्छ। बुंगद्य: (रातो मछिन्द्रनाथ) नेपालमा आएदेखि यो जात्रा…

    विस्तृतमा पढ्नुस्

  • सुनसान दक्षिणकाली, न भक्तको भिड, न बलिको लाइन

    सुनसान दक्षिणकाली, न भक्तको भिड, न बलिको लाइन

    काठमाडौं : यसपाला दशैंमा अनौठा दृष्य देखिइरहेका छन् जुन यसअघि कहिल्यै देखिएको थिएन। नौरथा सुरु भएसँगै शक्ति पीठहरुमा मानिसको ताँती लाग्थ्यो। तर, यसपाला सबैतिर सुनसान छ। शनिवार र मंगलवार अरुबेला पनि भिड लाग्ने गर्थ्यो दक्षिणकालीमा। बिहान ४ बजेदेखि नै मानिसहरु लाम बस्न पुग्ने गर्थे यहाँ। नौरथामा घन्टौ लाम लागेपछिमात्रै मानिसहरु मन्दिर परिसरभित्र पुग्थे। तर, यसपाला मन्दिरमा नियमित पूजा बाहेक मानिसहरुको चहलपहल छैन।…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट दशैं तर छैन पंडालको सुरसार : देवीका मूर्ति त बन्यो, लैजाने चाहिँ पाएनन् श्याम नारायणले

    भोलिबाट दशैं तर छैन पंडालको सुरसार : देवीका मूर्ति त बन्यो, लैजाने चाहिँ पाएनन् श्याम नारायणले

    भोलि शनिवारबाट दशैं सुरु हुँदैछ। घरघरमा जमरा राखेर देवी दुर्गाको आह्वान हुनेछ। घटस्थापनाको दिनदेखि विभिन्न स्थानमा दुर्गा पूजाका लागि पंडाल बनाउने समेत गरिन्छ। नवरात्रको ९ दिन पंडालमा जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिन्छ। मधेशभर आयोजन हुने दुर्गा पूजाको रौनक केही समयदेखि काठमाडौं उपत्यकामा समेत देख्न…

    विस्तृतमा पढ्नुस्

  • प्राणविहीन दशैं बजार : त्रास र अभावबीच जोहोको बाटो खोज्दै भरिया र रिक्सा चालक

    प्राणविहीन दशैं बजार : त्रास र अभावबीच जोहोको बाटो खोज्दै भरिया र रिक्सा चालक

    काठमाडौं : दशैं सुरु हुनु अगावै असन, इन्द्रचोक आसपास बेग्लै चहलपहल हुन्थ्यो। पसलहरूमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो। सडकको एउटा कुनामा उभिएको मान्छेलाई भिडको ठेलम्ठेलले अर्को कुनामा पुर्‍याइदिन्थ्यो। चाड पर्व केन्द्रित सामानहरू आयात हुन्थे। तिनै सामानले बजार धपक्क देखिन्थ्यो। सामान बेच्ने, किन्नेहरू त भइहाले, उस्तै व्यस्त हुन्थे हात वा कम्मरमा नाम्लो बेरेर ग्राहक कुर्ने भरियाहरू। दशैंको समयमा त उनीहरूलाई सामान पुर्‍याएरै…

    विस्तृतमा पढ्नुस्

  • धान पाकेपछि किसानलाई छ दैनिक यस्तो चटारो : काट्दै, चुट्दै, निफन्दै, भित्र्याउँदै

    धान पाकेपछि किसानलाई छ दैनिक यस्तो चटारो : काट्दै, चुट्दै, निफन्दै, भित्र्याउँदै

    काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। भक्तपुर जौखेल, चाँगुनारायणका  किसानहरु यतिबेला धान काट्दै, चुट्दै, निफन्दै धान भित्र्याउन व्यस्त देखिन्छन्। सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ हेरिन्छ।

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा विवेकशील नेपालीको प्रदर्शन : ‘दूरदराजमा मेडिकल सुविधा खोइ?’

    डा केसीको समर्थनमा विवेकशील नेपालीको प्रदर्शन : ‘दूरदराजमा मेडिकल सुविधा खोइ?’

    काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा विवेकशील नेपाली दलले प्रदर्शन गरेको छ। डा केसीका माग पूरा गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै विवेकशीलले शुक्रवार माइतीघरमा प्रर्दशन गरेको हो। चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसीले गत भदौ २९ गते जुम्लाबाट १९ औँ अनशन शुरु गरेका थिए। उनले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा' भन्दै डाक्टरहरु निस्के सडकमा

    'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा' भन्दै डाक्टरहरु निस्के सडकमा

    डा गोविन्द केसीको समर्थनमा शिक्षण अस्पताल महाराजगञ्ज महाराजगञ्जका चिकित्सकहरु प्रदर्शनमा उत्रेका छन्। चिकित्सकहरु 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा', 'डा गोविन्द केसीको जीवन रक्षा गर,' 'गोविन्द केसीको माग पुरा गर', 'दुरदराजमा मेडिकल शिक्षा खै?' जस्ता मागहरु लेखिएको ब्यानर कार्ड लिएर प्रदर्शनमा उत्रेका हुन्। डाक्टर केसी स्वास्थ्य क्षेत्रमा सुधारका लागि ६ बुँदे मागसहित २२ दिनदेखि अनशनमा छन्। हुम्लाबाट १९…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद् भवन निर्माण जारी, यसरी खट्दैछन् कामदार

    संघीय संसद् भवन निर्माण जारी, यसरी खट्दैछन् कामदार

    काठमाडौं : सिंहदरबार परिसरमा रहेको पुतली बगैँचामा अहिले संसद भवन निर्माण क्रम जारी छ। कोभिड-१९ महामारीका बीच संसद भवन बन्ने क्रम जारी रहेको हो। करिब ९ अर्बमा बन्ने भवन ३ वर्षभित्र पूरा गर्ने लक्ष्य छ। केही समयअघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले निर्माणाधीन भवनको निरीक्षण गरेका थिए। सभामुख सापकोटालाई ठेकेदार टुडी शेप जेभिका कन्ट्रयाक्ट मेनेजर काशिनाथ डोटेलले समयावधि अगावै काम सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • आलु रोप्ने चटारो : ड्याङ बनाउँदै, माटो मिलाउँदै

    आलु रोप्ने चटारो : ड्याङ बनाउँदै, माटो मिलाउँदै

    असोजको तेस्रो हप्ता, उपत्यकाका धानका फाँटहरुमा धमाधम धान काट्न शुरु भएको छ। काठमाडौंको साँखु क्षेत्रमा पनि यस्तो माहोल देख्न सकिन्छ। यस क्षेत्रमा आलु प्रशस्त उत्पादन हुने गर्छ। त्यसैले धान भित्र्याएसँगै खेतमा आलु रोप्न शुरु गरेका छन् किसानले। खेत खन्दै, ड्याङ बनाउँदै, माटो मिलाउँदै किसान आलु रोप्न व्यस्त देखिएको दृश्य अहिले फाँटहरुमा देख्न सकिन्छ। आलु लगाउने जमिनलाई राम्रोसँग खुकुलो बनाई डल्ला…

    विस्तृतमा पढ्नुस्

  • इवामुरा अस्पतालमा दिनभर तनाव, साँझ सहमतिपछि अवस्था साम्य

    इवामुरा अस्पतालमा दिनभर तनाव, साँझ सहमतिपछि अवस्था साम्य

    भक्तपुर : इवामुरा अस्पतालले इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको भन्दै अस्पतालविरुद्ध स्थानीयले बिहीवार प्रदर्शन गरेका छन्। इवामुराले मृत्यु भएको भनेको व्यक्तिको नर्भिक अस्पतालमा उपचार शुरु गरिएको छ। उनको हाल नर्भिकमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ। फर्निचरमा काम गर्दै आएका उनी हिँडेरै इन्डोस्कोपी गराउन अस्पताल पुगेका थिए। अस्पतालले लापर्वाही गरेको भन्दै आफन्त र स्थानीयहरु अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • दशैंको मुखमा भित्रिँदै गरेको बाली, हेर्नुस् धान भित्र्याउने चटारो

    दशैंको मुखमा भित्रिँदै गरेको बाली, हेर्नुस् धान भित्र्याउने चटारो

    काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ पनि हेरिन्छ। उपत्यकामा बिस्तारै धानखेतमा बस्ती बस्दै गएको छ र उत्पादनको रफ्तार पनि घट्दै गएको छ। मानो रोपेर मुरी फलाउने भन्ने जनजिव्रोमै झुन्डिएको छ, धानलाई लिएर। धान भित्र्याएपछि किसानहरु फुर्सदमा हुन्छन्। पाकेका धानका बालाले दशैंको स्वागत…

    विस्तृतमा पढ्नुस्

  • 'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

    'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

    काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघरमा सोमबार मैनबत्ती बालेर प्रदर्शन गरिएको छ। स्वास्थ्य क्षेत्रमा सुधार लगायतका माग लिएर केसी १५ दिनदेखि अनसनमा छन्। अनसन जुम्लामा सुरु गरिएको थियो। तर प्रहरीले उनलाई त्यहाँबाट अस्पताल पुर्‍याएका थिए। त्यसपछि केसी काठमाडौं आएका थिए। टिचिङ अस्पताल जाने भनिएपनि प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टर लगेको थियो। जनदबाबपछि केसीलाई फेरि टिचिङ जान दिइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बिजुली बजारमा यसरी रंगिँदैछ आर्क ब्रिज

    बिजुली बजारमा यसरी रंगिँदैछ आर्क ब्रिज

    काठमाडौं : बिजुली बजारस्थित धोबिखोलामाथि निर्माण गरिएको आर्क ब्रिजमा रंगारोगन गर्न थालिएको छ। खोलामाथि दुईवटा नेटवर्क आर्क ब्रिज निर्माण गरिएका छन्। केही समयअघि दुईवटा ब्रिजमा बत्ती जडान गरिएको थियो। सुरक्षा सतर्कता अपनाउँदै कामदारहरु अहिले ब्रिजमा रंग लगाउने काम गरिरहेका छन्। केहीदिनमा नत्रै रंगारोगनको काम सकिने बताइएको छ।  

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रकवि घिमिरेको अन्त्येष्टि, सेनाद्वारा सलामी

    राष्ट्रकवि घिमिरेको अन्त्येष्टि, सेनाद्वारा सलामी

    काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। मंगलवार निधन भएका राष्ट्रकवि घिमिरेलाई दाहसंस्कारअघि सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो। बुधवार बिहान उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। उनको निवास पुगेर काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली श्रद्धाञ्जली दिएका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रकवि घिमिरेको शवमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

    राष्ट्रकवि घिमिरेको शवमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

    काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दिवंगत राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्। मंगलवार निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन मन्त्री पोखरेल बुधवार घिमिरेको निवास लैनचौर पुगेका हुन्। सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिदै छ।

    विस्तृतमा पढ्नुस्

  • ठप्प थिमि : कोरोनाको संक्रमणले 'लकडाउन' भएको नगरको दृष्य

    ठप्प थिमि : कोरोनाको संक्रमणले 'लकडाउन' भएको नगरको दृष्य

    भक्तपुर : आजदेखि थिमि ठप्प छ। कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेपछि मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेअनुसार आजदेखि भदौ ९ गतेसम्मका लागि थिमि लकडाउनकै अवस्थामा फर्केको छ। थिमिमा अति आवश्यक सामग्रीका पसल पनि दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ। अति आवश्यक पसलमा खाद्यान्न, पानि, ग्यास र औषधि पसललाई मात्र तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द

    व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द

    काठमाडौं : एक व्यापारीमा कोभिड-१९ संक्रमण देखिएपछि न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ। काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ। 'न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द…

    विस्तृतमा पढ्नुस्

  • पुतली सडकको एक भवनमा आगलागी

    पुतली सडकको एक भवनमा आगलागी

    काठमाडौंको पुतली सडकको एक भवनमा सोमवार दिउँसो आगो लागेको छ। एजुकेसन कन्सल्टेन्सीहरुको कार्यालय रहेको भवनमा आगो लागेको हो। आगो काठमाडौं महानगरपालिकाको दमकल पुगेपछि नियन्त्रणमा लिइएको छ। आगो लाग्नुको कारण र क्षतिबारे विवरण आइसकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • जलमग्न धोबीखोला सडक : आवतजावतमा कठिनाइ, स्थानीयको घरमा समेत पस्यो पानी

    जलमग्न धोबीखोला सडक : आवतजावतमा कठिनाइ, स्थानीयको घरमा समेत पस्यो पानी

    काठमाडौं : धोबीखोला सडकमा पानी जमेपछि आवतजावतमा कठिनाइ आएको छ। वर्षाको पानी जम्दा सो सडक जलमग्न भएको छ। त्यसको साथै धोबीखोलाको सतह बढ्दा ढल जाम भएपछि सडमा पानी भरिएको हो। सडकमा जमेको पानी केही स्थानीयको घरमा समेत पसेको छ। सडकमा पानी जम्दा आवतजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell