PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • नेकपा प्रवास समन्वय कमिटीको नेतृत्व लाग्यो टुंगो : अध्यक्षमा युवराज चौलागाई, इन्चार्जमा विन्दा पाण्डे

    नेकपा प्रवास समन्वय कमिटीको नेतृत्व लाग्यो टुंगो : अध्यक्षमा युवराज चौलागाई, इन्चार्जमा विन्दा पाण्डे

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लागेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाईलाई चयन गरेको छ। त्यसैगरी कमिटीको सचिवमा श्रीप्रसाद शाह चयन भएका छन्। समन्वय समितिको इन्चार्जको जिम्मेवारी विन्दा पाण्डेले पाएकी छन् भने सहइन्चार्ज लक्ष्मण पन्त तोकिएका छन्। नेकपाले यसअघि नै प्रवासमा पार्टी कमिटी नबनाउने निर्णय गरेको थियो। प्रधानमन्त्री एकं…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एकीकरणको लेखाजोखा : कसको भागमा कति, संगठनमा को कति बलियो?

    नेकपा एकीकरणको लेखाजोखा : कसको भागमा कति, संगठनमा को कति बलियो?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १८ महिनापछि बल्लतल्ल पार्टी एकता प्रकिया टुंग्याएको छ। तीन महिनाभित्रै एकता प्रकिया पूरा गर्ने उद्घोष गरेको नेकपालाई एकता टुंग्याउन हम्मेहम्मे पर्‍यो। सोमबारको सचिवालय बैठकले केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएसँगै एकता प्रक्रिया लगभग टुंगिएको हो। केही तल्ला कमिटीहरुको प्रक्रिया जारी छ। २०७५ जेठ ३ गते राष्ट्रियसभामा एक कार्यक्रमबीच दुई पार्टी…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेतासँग प्रधानमन्त्री ओलीको बाक्लिँदो छलफल, नेपालसँग कुराकानीपछि दाहालसँग आज भेट

    शीर्ष नेतासँग प्रधानमन्त्री ओलीको बाक्लिँदो छलफल, नेपालसँग कुराकानीपछि दाहालसँग आज भेट

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तीव्र पारेका छन्। आज प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। मन्त्रिपरिदमा हेरफेरको चर्चा भइरहँदा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग छलफल बाक्लो बनाएका हुन्। मंगलबार‍मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग 'आइस ब्रेक' वार्ता गरेका थिए प्रधानमन्त्री ओलीले। गत भदौमा प्रधानमन्त्री ओली सिंगापुर उपचारका लागि जाँदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक : अनुशासन आयोगको नेतृत्वमा अमृत बोहरा, सल्लाहकार कमिटीको अध्यक्ष केशव बडाल

    नेकपा सचिवालय बैठक : अनुशासन आयोगको नेतृत्वमा अमृत बोहरा, सल्लाहकार कमिटीको अध्यक्ष केशव बडाल

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टी एकताको कामलाई टुंगोमा पुर्‍याउन आज पनि केही निर्णय गरेको छ। बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकीकरणका कामलाई निष्कर्षमा पुग्ने गरी छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले केही समितिको नेतृत्वसमेत टुंगो लगाएको छ। बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायालाई जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • बागी फकाउन नेकपाले उडायो हेलिकप्टर, सदरमुकाममा ल्यान्ड नगर्दै सकियो उम्मेद्वारी फिर्ताको समय

    बागी फकाउन नेकपाले उडायो हेलिकप्टर, सदरमुकाममा ल्यान्ड नगर्दै सकियो उम्मेद्वारी फिर्ताको समय

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले बाग्लुङ क्षेत्र २ को 'ख'मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्‍यो। तर शेरमान घर्तीमगर पार्टीको निर्णयविरुद्ध उत्रिए। केन्द्रले कार्यकर्ताको अपमान गरेको भन्दै उनले उम्मेदवारी दर्ता गरे। नेकपाले राजमोका खिमविक्रम शाहीलाई सघाउने बताएको थियो। वागी उम्मेदवार बनेपछि शेरमानले आफूले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने घोषणा गरे। तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामा सञ्चारकर्मीसँग कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • ४ घण्टा लामो सर्वपक्षीय बैठक सकियो : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, समस्या समाधान गर्न कुटनीतिक पहल गर्छौँ

    ४ घण्टा लामो सर्वपक्षीय बैठक सकियो : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, समस्या समाधान गर्न कुटनीतिक पहल गर्छौँ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज आफ्नो सरकारी निवास बालुवाटारमा आयोजित सर्वपक्षीय बैठक सकिएको छ। चार घण्टा लामो बैठकमा भारतसँगको सीमा विवाद समाधानका लागि नेपालको कदमबारे छलफल भएको थियो। बैठक पछि बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएकाले नेपालले समस्या समाधानका लागि त्यसैअनुरुप कुटनीतिक पहल गर्ने बताए। भारतसँगको सीमा विवाद मिलाउन नेपालले सबै संयन्त्र प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवाद समाधान गर्ने बेला यही हो, हामीले पनि यथेष्ट प्रमाण जुटाउनुपर्छ : बाबुराम

    सीमा विवाद समाधान गर्ने बेला यही हो, हामीले पनि यथेष्ट प्रमाण जुटाउनुपर्छ : बाबुराम

    काठमाडौं: पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँगको सीमा विवादको समाधान गर्ने समय यही भएको बताएका छन्। भारतले हालै जारी गरेको राजनीतिक नक्सा र बढ्दो तनावबारे छलफल गर्न शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा भाग लिएर निस्कने क्रममा  समाजवादी पार्टी नेपालका संघीय अध्यक्षसमेत रहेका डा भट्टराईले उक्त भनाई राखेका हुन्। उनले पहिले परराष्ट्रस्तरमा वार्ता भएको र यसले समाधान गर्न नसक्ने देखिएकाले…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्डको आत्मीयताले चेपुवामा नेपाल, के झनझन् बढ्दै हो दुरी?

    ओली-प्रचण्डको आत्मीयताले चेपुवामा नेपाल, के झनझन् बढ्दै हो दुरी?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का दुई अध्यक्षबीचको सम्बन्धको उतारचढाब जारी छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा खट्पट भएको संकेत बेलाबेलामा उनीहरुले नै गर्दै आएका छन्। केही समय अघि प्रचण्डले सम्बन्धमा दुरी बढेको संकेत गरेका थिए। सार्वजनिक कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिबाट नै दुई अध्यक्षबीच दुरी फराकिलो भएको स्पष्ट…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख बर्खास्त र नियुक्तिमा सरकारलाई निर्वाचन आयोगको साथ, भन्यो : आचार संहिता विपरीत होइन

    प्रदेश प्रमुख बर्खास्त र नियुक्तिमा सरकारलाई निर्वाचन आयोगको साथ, भन्यो : आचार संहिता विपरीत होइन

    काठमाडौं : सत्तारुढ दलको सिफारिसमा सातै प्रदेशका प्रमुखमा भएको नियुक्ति र अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरुको वर्खास्तलाई निर्वाचन आयोगले आचार संहित विपरीत नभएको तर्क गरेको छ। आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयुक्त ईश्वरी पौडेलले भने, 'प्रदेश प्रमुखको हेरफेर आचार संहिता विपरीत होइन।' आयुक्त पौडेलले यस घटनालाई गम्भीर रुपमा लिइएको बताए। 'आचार संहिताको बुँदामा प्रदेश प्रमुख बर्खास्ती र…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको किचलोमा ने क पा भक्तपुर, उम्मेदवार ढकाल भन्छन् : आजै ताला खुल्छ

    उपनिर्वाचनको किचलोमा ने क पा भक्तपुर, उम्मेदवार ढकाल भन्छन् : आजै ताला खुल्छ

    काठमाडौं : कात्तिक १७ गते नेपाल कम्युनिष्ट पार्टी( ने क पा) को सचिवालय बैठकले भक्तपुर लगायतका स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगायो। प्रधानमन्त्रीको अस्वस्थताबीच बेलुकी बसेको बैठकले प्रदेश निर्वाचनका लागि भक्तपुर १ (क) बाट देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। देवीलाई उम्मेदवार घोषणा गरे लगत्तै ने क पा भक्तपुरमा विवाद देखियो। आइतवार बेलुकीदेखि नै भक्तपुरका पूर्व एमाले…

    विस्तृतमा पढ्नुस्

  • 'बिहानै प्रधानमन्त्री ओलीका लागि खाली गराइएको थियो ग्रान्डीको पार्किङ'

    'बिहानै प्रधानमन्त्री ओलीका लागि खाली गराइएको थियो ग्रान्डीको पार्किङ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलfसिस गर्ने आज ग्रान्डी अस्पताल लैजाने तयारी भइरहेको छ। बिहानै प्रधानमन्त्री ओलीलाई ग्रान्डी लैजाने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको थियो।  यद्यपि प्रधानमन्त्रीको चेकअपका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको र एक्सरे गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। ओलीलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक्सरे गरिएको थियो। एक्सरेपछि…

    विस्तृतमा पढ्नुस्

  • चेकअपका लागि टिचिङ पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट पनि केही बेरमै बाहिरिए

    चेकअपका लागि टिचिङ पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट पनि केही बेरमै बाहिरिए

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्तपाल पुगेका छन्। बुधबार ग्रान्डीमा उपचारका लाागि भर्ना भएका  प्रधानमन्त्री ओलीलाई सामान्य चेकअपका लागि शिक्षण अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाए। टिचिङ पुगेका प्रधानमन्त्री ओली अस्पतालबाट केही बेरमै बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रधानमन्त्रीलाई अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा केही बेर देखिएको उनीहरुले बताए।  टिचिङबाट बाहिरिएपछि ग्रान्डी…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु बालुवाटारमा 'इन', प्रधानमन्त्री ओली भने 'आउट'

    मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरु बालुवाटारमा 'इन', प्रधानमन्त्री ओली भने 'आउट'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकोमा यतिबेला बालुवाटारमा मन्त्रीहरु बैठकका लागि प्रवेश गरेका छन्। मन्त्रीहरु बालुवाटार प्रवेश गर्दै गर्दा प्रधानमन्त्री ओली भने त्यहाँबाट बाहिरिएका छन्। बालुवाटार स्रोतले यसअघि प्रधानमन्त्री ओलीलाई आज मिर्गौलाको नियमित उपचारका लागि ग्रान्डी अस्पताल लैजाने तयारी रहेको जनाएको थियो। तर, प्रधानमन्त्री अस्पताल नै गएका हुन् या अन्तै यसबारे जानकारी प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षपछि नेकपामा स्थायी कमिटीको तयारी, प्रस्ताव गरेको तीन महिनापछि गौतमलाई उपाध्यक्ष बनाउने कसरत

    एक वर्षपछि नेकपामा स्थायी कमिटीको तयारी, प्रस्ताव गरेको तीन महिनापछि गौतमलाई उपाध्यक्ष बनाउने कसरत

    काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाले एक वर्षपछि स्थायी कमिटीको बैठक बस्ने सुरसार गरेको छ। छिट्टै स्थायी समितिको तयारी रहेको एक सचिवालय सदस्यले बताए। अन्तरिम विधानमा तीन महिनामा स्थायी कमिटीको बैठक बोलाउनुपर्ने प्रावधान छ। तर गत वर्ष मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको बैठकपछि स्थायी समिति बस्न सकेको छैन्। 'बैठक कहिले बस्ने भन्ने मिति त तय भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • डायलासिसपछि आराम गर्दै प्रधानमन्त्री ओली : चिकित्सक भन्छन्, 'आजै डिस्चार्ज हुने सम्भावना छ'

    डायलासिसपछि आराम गर्दै प्रधानमन्त्री ओली : चिकित्सक भन्छन्, 'आजै डिस्चार्ज हुने सम्भावना छ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। ओलीको अवस्थाका बारेमा जनताबीच चासो बढिरहँदा अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको अवस्था ठिक भएको बताएको छ।  अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले क्रिएटिनको मात्रा धेरै भएर प्रधानमन्त्रीको हेमोडायलासिस गरिएको बताएका छन्। तर उनले प्रधानमन्त्रीको क्रिएटिनको मात्राको बारेमा भने जानकारी दिन चाहेनन्।  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाउने कुरा नै नभएको भन्दै पाण्डेले…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मीको बास नभएको देवकोटाको घर : 'नगद'कै किचलोमा एक वर्षसम्म केही भएन काम

    लक्ष्मीको बास नभएको देवकोटाको घर : 'नगद'कै किचलोमा एक वर्षसम्म केही भएन काम

    मैतिदेवी मन्दिरबाट मैतिदेवी चोक जानेतर्फ। पचास मिटर जति अघि हिँडेपछि दायाँतर्फ जोडिन्छ शास्त्रीमार्ग। त्यो मार्गलाई सिधा पच्छ्याउँदा पुगिन्छ ताल्चा लगाइए गेटको कम्पाउन्डसम्म। कम्पाउन्डका पर्खालमा घाँस पलाएका छन्। खिया लागेको टिनको गेट। गेटमा झुन्डिएको ताला। कम्पाउन्ड भित्र पाको इट्टामा काँचो माटोले बनेको पुरानो तीन तले घर। घर पनि गेटमा झुण्डाइएको ताला जस्तै, थोत्रिएको। २०७२ सालको भूकम्पले समेत बचाएको घरको तला उक्लने…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा रहेको मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइन्छ : उप–प्रमुख खड्गी

    टुँडिखेलमा रहेको मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइन्छ : उप–प्रमुख खड्गी

    काठमाडौं : काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी बनाइएका पसलहरु हटाइने बताएकी छिन्। खुल्लामञ्च नजिकै रहेको मल्लराजाहरुको देवाली मन्दिर दुईमाजु परिसरमा धार्मिक मान्यतामा ठेस पुग्ने गरी व्यवसाय सञ्चालन भइरहेको समाचार आएपछि खड्गी अनुगमन गर्न त्यहाँ पुगेकी थिइन्। वैशाख १४ गते शनिवार खुल्लामञ्च परिसरमा अवैध रुपमा बनाइएका ४० वटा सटरहरु भत्काइको थियो। त्यसबेला समेत खड्गीले दुईमाजु मन्दिरमा पसल…

    विस्तृतमा पढ्नुस्

  • ओलीप्रति आक्रामक बन्दै प्रचण्डको बोली: के प्रधानमन्त्रीको कुर्सीका लागि छट्पटाहट शुरु भएको हो?

    ओलीप्रति आक्रामक बन्दै प्रचण्डको बोली: के प्रधानमन्त्रीको कुर्सीका लागि छट्पटाहट शुरु भएको हो?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो बोली दैनिकजसो आक्रामक सुनिन थालेको छ। उनी विभिन्न मञ्चको दौडधुपमा कहिले उलटपुलट हुने अभिव्यक्ति दिन्छन् भने कहिले फेरि आन्दोलन गर्ने इच्छा भएको भनाई राख्छन्। सरकारका सहयात्रीको बोली फेरिरहँदा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सार्वजनिक कार्यक्रममा पहिले जस्तो उपस्थित हुँदैनन्। सार्वजनिक कार्यक्रमहरुमा बाक्लै रुपमा दौडधुप…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको चियापानमा जे देखियो : राजपाको अनुपस्थिति, गएनन् बाबुराम भट्टराई

    नेकपाको चियापानमा जे देखियो : राजपाको अनुपस्थिति, गएनन् बाबुराम भट्टराई

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज दशैँ तिहार छठलगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्‍यो। भृकुटीमण्डपमा आयोजित चियापानका लागि ने क पाले एक लाख निमन्त्रणा कार्ड पठाएको थियो। सामाजिक सञ्जालबाट पनि चियापानको सन्देश दिएको थियो। तर, चियापानमा निमन्त्रणाको तुलनामा उपस्थिति निकै कम देखियो। दुई चरणमा कार्यक्रम नेकपाले आज दिउँसो १२ बजेदेखि बेलुकी पाँचबजेसम्मका चियापान गरायो। १२…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई चियापानमा पनि संस्कारकै चिन्ता

    प्रधानमन्त्री ओलीलाई चियापानमा पनि संस्कारकै चिन्ता

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान समारोहमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कार हराएको विषयमा नै चिन्ता प्रकट गरे। मंगलवार पत्रकारको भाषामाथि कडा आलोचकका रुपमा प्रस्तुत भएका ओली आजको चियापानमा त्यसैको नयाँ संस्करणसहित प्रस्तुत भए। हिजो पत्रकारले आफ्नै बाबुलाई समेत 'तपाईँ भन्दैनन्' भन्ने तर्क गरेर असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले आज संसारमा संस्कार हराउँदै गएको गुनासो गरे। आज उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell