काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको २४ औं चरण सकिएको छ। लिग अब सकिन लाग्दा उपाधि होडमा दुई वटा क्लब छन् : चर्च ब्वाइज युनाइटेड र मछिन्द्र क्लब। त्यसमा पनि आइतवार दोस्रो स्थानको मछिन्द्र क्लबले चौथो स्थानको नेपाल पुलिस क्लबसँग हार व्यहोरेसँगै शीर्ष स्थानको चर्च ब्वाइज बलियो अवस्थामा छ। चर्च ब्वाइजले ४४ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको ३९ अंक…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आइतवारको खेलमा नेपाल पुलिससँग मछिन्द्र क्लबले हार व्योहर्यो। उपाधि होडमा शीर्ष स्थानको चर्च ब्वाइजलाई पछ्याइरहेको मछिन्द्र पुलिससँग हार्दा चर्च ब्वाइजले भने राहतको सास फेरेको छ। मछिन्द्रको हारले उपाधि होडमा सहज बनाउने हुँदा चर्च ब्वाइजका समर्थकसमेत रंगशाला पुगेका थिए पुलिसलाई हौस्याउन। उसो त खेलमा साविक विजेता मछिन्द्रले अग्रता बनाएको थियो। च्यासल मैदानमा भएको खेलको…
अघिल्लो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वानको च्याम्पियन बन्यो। शनिवार रातिमात्र च्याम्पियन बनिसकेको पीएसजी मिडटेबलको क्लेरमेन्टसँग पराजित भयो। यो खेल अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र स्पेनिस लेजेन्ड सर्जियो रामोसका लागि पीएसजीको जर्सीमा सायद अन्तिम थियो। यसको कारण भनेको एक त मेस्सीको करार पेरिसमा सकिँदैछ भने पीएसजीसँग मेस्सीको सम्बन्ध जमेको छैन। मेस्सीलाई धन्यवाद दिँदै पीएसजीका अध्यक्ष…
काठमाडौं : चुनावपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा युवा तथा खेलकुद मन्त्रालय लामो समय खाली भयो। दलीय भागवण्डामा कुनै पनि दलले चासो नदिँदा खेलकुद नेतृत्वविहीन बन्दै आएको थियो। प्रचण्ड सरकारमा खेलकुद मन्त्री बनेर पाँच महिनापछिमात्र डिगबहादुर लिम्बु आए। राष्ट्रिय खेलकुद परिषद्ले गरेको स्वागत कार्यक्रममा उनले खेलकुद मन्त्रालयमा कोही आउन नचाहेको वास्तविक्ता सुनाए। ‘यो मन्त्रालयको महिमा ठूलो छ, तर…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले निर्णायक खेल दुई महिनाअघि यूएईविरुद्ध कीर्तिपुर मैदानमा खेलेको थियो। त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि टीयू क्रिकेट मैदान पुगेका थिए। उनी पुगेपछि समर्थकहरुले नारा लगाइहाले : ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो!’ क्रिकेट विश्वकप लिग २ मा रुखमा चढेर क्रिकेट हेर्ने दर्शकहरु विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ कभर गरेका थिए। लगत्तै एसीसी प्रिमियर…
काठमाडौं : नेपालले घरेलु मैदानमा एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आयोजना गर्दैगर्दा नेपाली टोली प्रष्ट थियो - यसपाला सहज छैन। दुई पटक ब्याक - टू- ब्याक सेन्ट्रल जोन भलिबलमा च्याम्पियन बनेको नेपालका लागि यसपटक कठिन प्रतिस्पर्धीले पनि यो प्रतियोगितामा सहभागिता जनाउँदै थिए। प्रतियोगिताअघि नै नेपालले आँकेका दुई बलिया टोली थिए - काजकिस्तान र भारत। काजकिस्तान भलिबलमा एसियाकै शक्ति राष्ट्रमध्ये पर्दछ।…
काठमाडौं : एनएससी काभा महिला भलिबल आजबाट त्रिपुरेश्वरमा सुरु भएको छ। उज्बेकिस्तान र श्रीलंकाबिचको प्रतिस्पर्धासँगै यो प्रतियोगिता सुरु भएको हो। आयोजक राष्ट्र नेपालले आजै किर्गिस्तानसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, किर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइसकेका छन्। यो नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो प्रतियोगितामा पर्दछ। यो प्रतियोगितामा नेपाली भलिबल टोलीलाई यसअघि सेन्ट्रल जोन भलिबलमा ब्याक-टू-ब्याक च्याम्पियन बनेको…
काठमाडौं : व्यवहारिक भएर हेर्दा नेपाली पुरुष फुटबलले देखेको र पुग्न चाहेको सबैभन्दा माथिल्लो स्टेज कुन हो? यसको इमान्दार जवाफ हुनसक्छ- साफ च्याम्पियनसीप। अघिल्लो संस्करणमा फाइनल पुग्नु नै साफमा नेपालले हात पारेको माथिल्लो उपलब्धि हो। च्याम्पियन बन्न नसके पनि नेपालले दाबी गर्ने एउटा ट्याग हो : सदाबहार दावेदार। भलै यसमा पनि सहमत या असहमत हुने प्रशस्त ठाउँ छन्। खेलकुद पत्रकार…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको १७औँ चरण सकिँदा शीर्ष स्थानको टोली र तालिकाको पुछारको टोलीबिचको अंक दुरी थियो - १३। अर्थात्, शीर्ष स्थानको जावलाखेलले ३० अंक जोड्दा तालिकाको पुछारमा रहेको एफसी खुमलटारको १७ अंक छ। अझ १७औँ चरणसम्म शीर्षस्थानमा वर्चस्व कुनै क्लबको छैन। यही क्लब यसपाला च्याम्पियन बन्ला या रेलिगेशनमा जाला भनेर प्रक्षेपण गर्न सहज छैन। न त…
काठमाडौं : हाल टेनिसको विश्व वरीयतामा अटाएका एकमात्र नेपाली खेलाडी हुन् अभिषेक बास्तोला। २६ वर्षीय बास्तोला अमेरिकाबाट हाल नेपाल आएका छन्। नेपाल आएर उनले ‘सिटिजन्स बैंक टेनिस’ प्रतियोगिता खेलेर विजेता पनि बनिसकेका छन्। वर्ल्ड एटलसका अनुसार विश्वका चर्चित खेलमध्येको शीर्ष चारमा टेनिस पर्छ। तर नेपालमा टेनिसको कथा फरक छ। नेपाली खेलकुदमा फुटबल, क्रिकेट र भलिबलको दबदबा रहँदा टेनिसको चर्चा कमै…
काठमाडौं : तीन महिनाअघिसम्म नेपाली क्रिकेट संक्रमण कालमै गुज्रियो। विश्वकप त टाढाको कुरा एक दिवसीय मान्यता जोगाउने लक्ष्य पनि दुरकै थियो। नेपालको कप्तानी रोहित पौडेलले सम्हाल्दै गर्दा टोली आफैँमा लथालिङ्ग थियो। अघिल्लो वर्ष खेलाडीको अधिकारको विषयलाई लिएर जतिखेर ज्ञानेन्द्र मल्लले 'जेहाद' छेडे, त्रिकोणात्मक द्वन्द्वले नेपालको क्रिकेट नराम्ररी गिजोलियो। क्यान आफैँमा राजनीतिक अड्डा थियो, खेलाडीको मागसँगै प्रशिक्षकहरु बारम्बार फेरिन थाले। खेलाडी…
काठमाडौं : एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो। मंगलवार ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन गुलसन झाले महत्वपूर्ण अर्धशतकीय इन्निङ्स खेले। जवाफी ब्याटीङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन। १.२ ओभरमा १ रन बनाएर ओपनर…
काठमाडौं : नेपालले ठ्याक्कै कुन स्तरमा खेल्छ? क्रिकेटलाई थोरैमात्र फलो गर्ने नेपालीको सदावहार प्रश्न हो यो। त्यस्ता व्यक्तिको दोस्रो प्रश्न हुने गर्छ- नेपालले भारत वा पाकिस्तानजस्ता देशसँग कहिले खेल्छ? काठमाडौंमा यतिखेर एसीसी प्रिमियर कप चलिरहेको छ। यस प्रतियोगितालाई ‘रोड टू एसिया कप’का रुपमा एसियन क्रिकेट काउन्सिल (एसीसी)ले व्याख्या गर्दै आएको छ। प्रतियोगिताको समूह चरणका खेल सकिसकेका छ। र, चार टोली सेमिफाइनलमा…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गतका समूह चरणका खेलहरु काठमाडौंमा जारी छन्। समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार प्रतिस्पर्धा गरिरहेका छन् भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर प्रतिस्पर्धामा छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। र, फाइनल पुग्ने दुई टोलीमध्येको विजेताले एसीसी एसिया कपमा स्थान बनाउने छ। र, एसियाका शीर्ष राष्ट्रहरुसँग…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए' को शुक्रवार सम्पन्न खेलमा नेपालले बलियो प्रतिस्पर्धी ओमनलाई हराएको छ। यो जितसँगै प्रिमियर कपको सेमिफाइनल पुग्ने नेपालको सम्भावना बलियो बन्दै गएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमन ४६.३ ओभरमा २२६ रनमा समेटिँदा नेपालले ८४ रनको सहज जित निकालेको…
काठमाडौं : २०७९ सालमा नेपाली खेलकुदमा केही महत्वपूर्ण उपलब्धि हासिल भए। क्रिकेट र फुटबलमा उतारचढाव आउँदा अन्य खेलकुदको अवस्था पनि त्यस्तै रह्यो। पोखरामा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भयो। अभाव र अव्यवस्थापनबिच भए पनि सो प्रतियोगिता सम्पन्न भयो। खेल क्षेत्रमा राज्यको नजर नपरेको वर्षको अन्तिमसम्ममा पुष्टि भयो। सरकार गठनको चार महिनासम्म मन्त्रालय मन्त्रीविहीन हुँदा खेल क्षेत्र थप अव्यवस्थित बन्यो। नवौँ राष्ट्रिय…
काठमाडौं : सन् २०१९ मा नेपालले घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्णपदक जित्यो। सागको समापन समारोह अघि भएको फाइनल खेलमा सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले भुटानलाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो। उक्त फाइनल खेलमा नेपालको तर्फबाट गोल गर्ने खेलाडी थिए अभिषेक रिजाल र सुनिल बल। भुटानको तर्फबाट गोल गर्ने खेलाडी थिए चेन्चो ग्याल्चेन।…
काठमाडौं: सन् २०१९ मा नेपाली क्रिकेट टोलीले सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ खेल्न सुरु गर्दा नेपालको दुईवटा लक्ष्य थिए। पहिलो : एकदिवसीय मान्यता जोगाउने। दोस्रो : शीर्ष ३ भित्र रहेर विश्वकप छनोट खेल्ने। अझ लिग २ को च्याम्पियन नै बन्न पाए त, 'बोनस'। घरेलु मैदानमा ज्ञानेन्द्र मल्लको कप्तानीमा अमेरिका र ओमनसँगको सिरिजबाट नेपालले लिग २ खेल्न सुरु गरेको…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ का पछिल्ला १२ खेलमध्ये ११ मा जित निकाल्दै नेपाली क्रिकेट टोलीले सनसनी नै मच्चायो। एकदिवसीय मान्यता नै धौधौ परेको अवस्थामा लिग २ को शीर्ष ३ मा पर्न सकेको नेपालले ठूलै 'कमब्याक' गर्यो। लिग २ पछि नेपाली क्रिकेट टिम सामु दुई ठूला अवसरहरु आएका छन्। यदि यी दुई अवसरमा सफल भए नेपालले शक्तिशाली टेस्ट राष्ट्रहरुसँग…
काठमाडौं : सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा सम्पन्न भयो। काठमाडौंले अर्को संस्करणको आयोजना गर्ने जिम्मेवारी दियो पाकिस्तानलाई। त्यस अन्तर्गत सन् २०२३ को मार्चमा १४ औं संस्करणको साग आयोजना गर्ने पाकिस्तानको योजना थियो। तर, मार्च सकिएर अप्रिल लागिसक्दा पि पाकिस्तानमा साग हुने सुरसार छैन। अझ, त्यहाँको आर्थिक र राजनीतिक अवस्थाले गर्दा साग हुने भन्दा नहुने सम्भावना…