काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पाँच जना केन्द्रीय सदस्यलाई संघलाई बदनाम गराएको र निलम्बनमा लैजान खोजेको भन्दै स्पष्टीकरण सोध्ने भएको छ। स्पष्टीकरण सोधिने केन्द्रीय सदस्यहरुमा संजयराज सिंह, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम, अमीतवीर पाण्डे र करण महतारा छन्। उनीहरुले संघको विधानविपरित संघका विरुद्ध पत्रकार सम्मेलन गरेको, संघलाई निलम्बन गराउने उद्देश्यले क्रियाकलापहरु गरेको लगायतको आरोप लगाइएको छ। ‘कार्यसमिति सदस्यहरुले विधानमा…
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)मा किचलो जारी छ। तर नेतृत्व भने ढुक्कसँग सुर्खेत पुगिसकेको छ किचलो नपन्छाइ। आइतवारबाट शुरु हुने साधारण सभाका लागि उनीहरु वीरेन्द्रनगरमा छन्। यता काठमाडौंमा भने केही केन्द्रीय सदस्य क्यान नेतृत्वविरुद्ध निवेदन नै लिएर पुगेका छन् राष्ट्रिय खेलकुद परिषद्मा। क्यानका पाँच जना निर्वाचित सदस्य र दुई जना राखेप प्रतिनिधिसमेत रहेका केन्द्रीय सदस्य गरी सात जनाले राखेपमा निवेदन…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग नजिकिँदा क्लबहरु धुमधामसँग खेलाडी अनुबन्धनमा लागेका छन्। अझ विदेशी खेलाडी भित्र्याउने ध्याउन्नमा लागेका छन् ए डिभिजन क्लब। खेलाडीहरुले टिममा ‘कम्बिनेसन’ बनाउने लक्ष्यमा पनि क्लबहरुले गोल्डकपमा सहभागिता जनाइरहेका छन्। स्तरीय खेलाडी भित्र्याएर लिगमा आफ्नो पोजिसन बलियो बनाउने होडमा ए डिभिजन लिगका क्लबहरु छन्। खेलाडीमध्ये पनि विदेशी खेलाडी टोलीको…
काठमाडौं: नेपाली क्रिकेट टोलीले नामिबिया र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिजमा आफ्नो चार खेलमध्ये चार वटैमा जित निकाल्दै विश्वकप छनोट खेल्ने र एकदिवसीय मान्यता जोगाउने सपनालाई अझ बलियो बनायो। लिग २ का सात टोलीमध्ये स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ। तर, घरेलु मैदानमा नेपालले स्कटल्याण्डलाई दुई खेलमध्ये दुबैमा हराउन सफल भयो। त्यस्तै यो सिरिज अघिसम्म एकदिवसीय क्रिकेटमा हराउन नसकेको नामिबियालाई पनि हराउन सफल भयो।…
काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ब्याक टू ब्याक जित निकालेको छ। पहिलो खेलमा नामिबियालाई हराएको नेपालले दोस्रो खेलमा लिग जितिसकेको स्कटल्याण्डलाई हराउन सफल भयो। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभरको समाप्तीमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।…
काठामाडौँ: माघको अन्तिम सातातिर नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक मोन्टी देशाईलाई औपचारिक रुपमा सार्वजनिक गर्दा उनले एउटै लक्ष्य भएको बताएका थिए: ह्याप्पी ड्रेसिङ रुम। सायद उनले नेपाली टोलीभित्रको पछिल्ला किस्साहरुलाई नजिकबाटै बुझेका थिए। त्यसैले पनि 'ह्याप्पी ड्रेसिङ रुम'को उनको रणनीति नै बनाएर उनी आए। जसरी एकताका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघि सारेका थिए, 'वान टिम, वान गोल, जय नेपाल'। देसाइभन्दा…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा मंगलवार नेपालले नामिबियालाई हराउँदै त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गर्यो। नामिबियालाई ओडिआईमा पहिलो पटक हराउँदा धेरै कीर्तिमानहरु पनि बने। इतिहासलाई सम्झिएर हसीमजाक पनि भयो। इतिहास अर्थात पाँच वर्षअगाडिको आजैको दिन। फेब्रुअरी १४- भ्यालेन्टाइन डे। डिभिजन २ को क्यानडाविरुद्धको खेलमा करण केसीले अविश्वसनीय पारि खेल्दै नेपाललाई एकदिवसीय मान्यता दिलाउन अहम् भूमिका खेलेका थिए। त्यसैले…
काठमाडौं : मंगलवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुँदैछ। सिरिजका लागि नामिबिया र स्कटल्याण्डको टोली नेपाल आइसकेका छन्। क्रिकेट विश्वकप लिग २ उत्तरार्धमा तीनवटै टोली अंकतालिकामा आफ्नो 'पोजिसन' बनाउने होडमा छन्। पहिलो पटक नेपाल आएका स्कटल्याण्डका प्रशिक्षक सेन बर्गरले नेपाल आएर उत्साहित भएको बताए। उनले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो स्थान कायम राख्ने लक्ष्य लिएको बताए। पिच र…
काठमाडौं :पाँच महिनाअघि काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा केही अनेपक्षित नतिजा आए। उक्त प्रतियोगिताको नतिजा उपविजेता नेपाल र विजेता बंगलादेशका लागि सुखद भए पनि दक्षिण एसियामा दबदबा बनाएको भारतका लागि सुखद थिएन। साफ च्याम्पियनसिपमा भारतीय टोली त्यसअघि सबै संस्करणमा 'च्याम्पियन' बनेको थियो, कुनै पनि पराजय नब्यहोरी। प्रतियोगितामा दुई हार ब्यहोर्यो भारतले, बंगलादेशसँग र नेपालसँग। जससँगै भारत पहिलोपटक साफको उपाधि जित्नमात्र…
काठमाडौं : मंगलवारबाट पोखरामा शुरु भएको नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ। विवादबाटै सुरु भएको बैठक चिसिएको सम्बन्धमा सुधार नभइ सकियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठक सुरु गरिसकेपछि असन्तुष्ट ७ जना बोर्ड सदस्यहरुले समय माग्दै भने : हाम्रो एउटै मात्र एजेण्डा छ।वाचन गरेर सुनाउन चाहान्छौं। अध्यक्ष चन्दले समय दिइहाले। बोर्ड सदस्य ऋषिराम गौतमले पत्र पढेर सुनाए। जसको सार थियो :…
काठमाडौं: विवादै विवादमा फसेपछि टि २० क्रिकेटका रणनीतिक साझेदार सेभेनथ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघसँगको सम्झौता एकतर्फी रुपमा तोडेको छ। स्पोर्ट्सका प्रमुख जतिन अलुवालियाले आफूहरुले क्यानसँगको सम्झौता रद्द गरेको पहिलोपोस्टसँग बताए। 'राष्ट्रिय खेलकुद परिषद्ले अनुमोदन नगरेका कारण क्यानसँग गरेको सम्झौता हामीले रद्द गरेका छौ,' जतिनले पहिलोपोस्टसँग भने। सेभेनथ्री स्पोर्ट्सले क्यानसँग ८ वर्षमा ३३ करोड दिने गरी सम्झौता गरेको थियो। आफूहरुले ठूलो क्षति व्योहर्दै यो…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको बैठक आज हो। १७ वटा एजेण्डा लिएर बस्ने भनिएको बैठक तीमध्ये कुनै पनि एजेण्डामा प्रवेश गर्न सकेन। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बैठक सुरु गरिसकेपछि असन्तुष्ट ७ जना बोर्ड सदस्यहरुले समय माग्दै भने : हाम्रो एउटामात्र एजेण्डा छ।वाचन गरेर सुनाउन चाहान्छौं। अध्यक्ष चन्दले उनीहरुलाई समय दिए। बोर्ड सदस्य ऋषिराम गौतमले पत्र पढेर सुनाए…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का बोर्ड सदस्यहरुले नेतृत्वको राजीनामा माग गरेका छन्। आइतवार पत्रकार सम्मेलन गर्दै सदस्यहरुले नेतृत्वको राजीनामा माग गरेका हुन्। टी २० लिगमा ‘स्पट फिक्सिङ’ बारे अनुसन्धान शुरु भएसँगै क्यान विवादमा फसेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंगलवार पत्रकार सम्मेलन गर्दै ‘स्पट फिक्सिङ’मा संलग्न भएका व्यक्तिहरुको विवरणसमेत सार्वजनिक गरिसकेको छ। ‘स्पट फिक्सिङ’का मूख्य योजनाकार भारतीय कम्पनी…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को खबर पछिल्लो समय ठिक छैन। एकपछि अर्को निकायले गरेको अनुसन्धानको प्रतिवेदनको निष्कर्ष क्यानको अनुकूल आएको छैन। क्यानले नेपाल टी २० लिगका लागि भारतीय कम्पनीसँग गरेको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रद्द गर्न सुझाव त दिएको छ नै यसै विषयको मुद्दा अदालतमा विचारधीन छ। सम्झौता गरेको कम्पनी सेभेनथ्री स्पोर्ट्सले पनि 'धोका' दिएपछि क्यान थप…
काठमाडौं : नेपाल टी २० लिगमा म्याच फिक्सिङ र बेटिङको बारे विभिन्न अनुसन्धानबाट शंकास्पद विषयहरु खुल्दै आएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानबिन समितिले बुधवारमात्र एक प्रतिवेदन सार्वजनिक गर्यो। जसमा नेपाल क्रिकेट संघ (क्यान) र विदेशी कम्पनी सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौतालाई नै लिएर प्रश्न उठाइएको छ। प्रतिवेदनमा 'प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपुर्याई गरिएको नेपाल टी २० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय…
काठमाडौं : खेलकुद के का लागि? सरल अर्थमा भन्ने हो भने स्वास्थ राम्रो बनाउँछ यसले। खेलकुदको अर्को उपयोगिता हो, स्वस्थ प्रतिस्पर्धाबाट स्वस्थ खेलाडीको उत्पादन। र, देशविदेशका प्रतिस्पर्धामा सहभागी भएर कीर्तिमानी कायम गर्ने अनि राष्ट्रको नाम फैलाउने। कमर्सियल युगमा खेलकुदको परिभाषालाई यतिमै सीमित राखे न्याय हुन्न। त्यसैले यो अहिले विस्तारै कर्पोरेट बन्दैछ। खेलकुदले व्यापार गर्छ। विश्व राजनीतिमै हस्तक्षेप गर्छ। आफ्नो प्रतिस्ठा…
काठमाडौं : केही दिन अघि चिया गफमा एक जना फुटबल खेलाडी अर्का एकजना स्टार फुटबल खेलाडीको कथा सुनाउँदै थिए : पैसा नपुगेर मोबाइल बेच्न कसरी बाध्य भए भनेर। कथाको दायरा सानो होला तर यसलाई ‘प्रतिनिधि’ बनाउने हो भने धेरैको कथा बोक्छ : आर्थिक सुनिश्चिताको, खेलाडीको जीवनशैली र आत्मसम्मानको। अहिले नेपालका खेलाडी अस्ट्रेलिया गएर ‘विकेन्ड’मा फुटबल खेलिरहेका छन्। नेपालमा लिग अनिश्चित…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति घोषणा भएयता क्लबहरुको माहोल तातेको छ। लिगका लागि खेलाडी अनुबन्धनलाई प्राथमिकतामा राख्न शुरु गरेका छन् ‘ए’ डिभिजनका क्लबहरुले। तिनै क्लब मोफसलका प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति देखाउँदैछन्। त्यसो त मोफसलका प्रतियोगितामा सँधैजसो देखिने थ्रीस्टारलगायत केही क्लब यसपाला देखिएका छैनन्। अखिल नेपाल फुटबल संघ एन्फाले अर्को महिना लिग गराउने घोषणा गरिरहँदा कस्तो बन्दैछ त माहोल? कुनकुन क्लब अनुबन्धनमा आक्रामक?…
काठमाडौं : नेपाल टी २० लिगको पहिलो संस्करण बुधवार सकियो। ६ टोली सहभागी लिगको च्याम्पियन बन्यो लुम्बिनी अलस्टार्स। कुनै प्रतियोगिताको फाइनलपछि चर्चामा आउनुपर्ने हो – कुन टोली विजेता बन्यो? कुन खेलाडीको प्रस्तुति दमदार रह्यो? ब्याट कसले धेरै घुमायो? कसको नाममा रनको रेकर्ड बन्यो? कसले धेरै विकेट ढाल्यो? तर लुम्बिनी अलस्टार्स चुपचाप सुख्खा ट्रफी बोकेर लुसुक्क हिँड्यो। दोस्रो – तेस्रो बनेको…
काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी टी २० लिग विवादित हुन थालेको खेल घोषणा भएयता नै हो। पटकपटक मिति सरेर सुरु भएको प्रतियोगिताको विवाद मध्यतिर आइपुग्दा उत्कर्षमा पुगेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अघि नेपाल क्रिकेट संघ (क्यान)ले बिडिङ नगरी विदेशी कम्पनी भित्र्याएको र नेपाली क्रिकेट बेचेको आरोप चर्किएको थियो। अदालतमा अझ यो मुद्दा टुंगिएको छैन भने भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सको…