PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • साफबाट किन उठ्‍न सकेन नेपाली फुटबलको स्तर, 'उपेक्षा गरेर अपेक्षा ठूलो राख्ने?'

    साफबाट किन उठ्‍न सकेन नेपाली फुटबलको स्तर, 'उपेक्षा गरेर अपेक्षा ठूलो राख्ने?'

    काठमाडौं : संस्कृतमा एउटा भनाइ छ : यद् भावो- तत् भवति। अर्थात् तपाईं जे विश्वास गर्नुहुन्छ, त्यस्तै बन्नु हुनेछ। यो सन्दर्भलाई नेपाली फुटबल टोलीकी सर्वाधिक गोलकर्तासमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई पनि बिझेको छ। पेरिस ओलम्पिक छनोट अन्तर्गत बुधवार नेपालले भियतनामसँग खेल्यो। विश्वकपमा छनोट भएको भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराउँदा नेपालको तर्फबाट गोल फर्काउने उनै साम्बा नै थिइन्। पहिलो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • ‘एसीसी’को मापदण्ड पुर्‍याउन मुलपानी मैदानको धमाधम स्तरोन्नति, प्रतियोगिताअघि अभ्यास खेल खेलाउने योजना!

    ‘एसीसी’को मापदण्ड पुर्‍याउन मुलपानी मैदानको धमाधम स्तरोन्नति, प्रतियोगिताअघि अभ्यास खेल खेलाउने योजना!

    काठमाडौं : यसपाला नेपालले क्रिकेट इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिताको जिम्मेवारी पाएको छ : एसीसी प्रिमियर कपको। नेपालमा क्रिकेटको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा व्यस्तता बढ्दथ्यो। तर, अहिले व्यस्तता कीर्तिपुरबाट मुलपानीमा ‘सिफ्ट’ भएको छ। पहिलो पटक मुलपानीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता हुँदैगर्दा कीर्तिपुर सँगसँगै मुलपानीमा पनि चहलपहल बढेको हो। महिना दिन भन्दा बढी भयो मुलपानीमा मैदानदेखि ‘प्लेयर बक्स’सम्म…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई थ्री नेशन्स कपको उपाधि, लाओस २-१ गोलअन्तरले पराजित

    नेपाललाई थ्री नेशन्स कपको उपाधि, लाओस २-१ गोलअन्तरले पराजित

    काठमाडौं: प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेको छ।  लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। प्रतिस्पर्धात्मक खेलको १७औँ मिनेटमा लाओसका फउट्टहाभोङ सानगभसलेले नेपालविरुद्ध अग्रता दिलाएका थिए। खेलको २३औँ मिनेटमा मणि लामाको क्रसमा सनिस श्रेष्ठले गरेको प्रहारको लाओसका गोलकिपर क्षेसाभातले उत्कृष्ट बचाउ गरे। २४औँ मिनेटमा आयुस घलानले उत्कृष्ट फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए। नेपालका लागि ८७औँ मिनेटमा मनीष…

    विस्तृतमा पढ्नुस्

  • दशकदेखि नफेरिएका प्रश्न, त्यसैले कप्तान रुबिनालाई लाग्छ : प्रश्नको सामना गर्न नपरोस्!

    दशकदेखि नफेरिएका प्रश्न, त्यसैले कप्तान रुबिनालाई लाग्छ : प्रश्नको सामना गर्न नपरोस्!

    काठमाडौं : सन् २०१२ देखि रुबिना क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरिरहेकी छिन्। बिहीवार सम्पन्न ललितपुर मेयर कपमा उनले आफ्नो टोलीलाई उपविजेता बनाउन सफल भइन्। उनको टोली अर्थात कोशी प्रदेश। घरेलु क्रिकेटमा कोशी प्रदेशको पुरुषतर्फको प्रदर्शन जति कमजोर छ, त्यति नै बलियो महिला टोलीको प्रदर्शन छ। अधिकांश प्रतियोगिताहरुमा महिला टोलीले फाइनल खेलेर केहीमा उपाधिसमेत जित्दा पुरुषतर्फ सेमिफाइनल पुग्नै धौधौ छ। ललितपुर…

    विस्तृतमा पढ्नुस्

  • अनि भुटानका प्रशिक्षकलाई बिस्मात पर्‍यो, ‘त्यो कर्नर नभइदिएको भए... !’

    अनि भुटानका प्रशिक्षकलाई बिस्मात पर्‍यो, ‘त्यो कर्नर नभइदिएको भए... !’

    काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपमा मंगलवार भुटान नेपालसँग बराबरी खेल्दै बाहिरियो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा लाओससँग २-१ गोलको पराजय ब्यहोरेको भुटानले मंगलवार नेपालसँग १-१ गोलको बराबरी खेल्यो। बराबरीका बावजुत भुटानका लागि यो नतिजा ऐतिहासिक थियो। नेपालका लागि भने लज्जास्पद। खेल अवधिभर भुटान हाबी हुँदा खास गरी पहिलो हाफमा त नेपालको खेल अति नै असन्तुलित देखिएको थियो। ‘पहिलो हाफमा हामी…

    विस्तृतमा पढ्नुस्

  • कहिले ‘टिममेट’, कहिले विपक्षी कप्तान : ‘गोल गर्छु’ र ‘गोल गर्न दिन्नँ’ भन्दै किरण र चेन्चोको ठट्टा

    कहिले ‘टिममेट’, कहिले विपक्षी कप्तान : ‘गोल गर्छु’ र ‘गोल गर्न दिन्नँ’ भन्दै किरण र चेन्चोको ठट्टा

    काठमाडौं : भारतको दोस्रोस्तरको घरेलु लिग आई-लिगमा यो सिजन च्याम्पियन बन्यो राउण्डग्लास पञ्जाव। २२ खेलमा ५२ अंक जोड्दै च्याम्पियन बनेको पञ्जाव शीर्ष क्रमको इण्डियन सुपर लिग (आईएसएल)का लागि ‘प्रोमोट’ पनि भइसकेको छ। आई-लिग खेलिसकेर नेपाली टोलीका कप्तान फुर्सदिला बन्दै नेपाल फर्किए। नेपालमा लगत्तै ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ प्रतियोगिता सुरु हुँदै थियो। उनीसँगै अर्का एकजना उनका ‘टिममेट’ पनि नेपाल आए। टिममेट?…

    विस्तृतमा पढ्नुस्

  • उत्कृष्ट खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा सन्तुलन मिलाउन संघर्ष, अनन्त भन्छन् : यतिले पुग्दैन

    उत्कृष्ट खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा सन्तुलन मिलाउन संघर्ष, अनन्त भन्छन् : यतिले पुग्दैन

    काठमाडौं : ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपालले लाओसलाई हरायो। २-० को जित निकाले पनि नेपाली टोलीको अघिल्ला खेलहरुमा झै देखिने समन्वय भने मिलाउन कठीन भइहरेको देखिन्थ्यो। पहिलो रोजाइमै खेल्ने विशाल राई, तेज तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, सुनिल बललगायतका महत्वपूर्ण खेलाडी विदेश पलायन हुँदा टिमको सन्तुलन भने बिग्रिएको स्पस्ट देखियो। नेपाललाई जित दिलाउन पहिलो हाफमा अनन्त…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो वर्ष ४५ जना खेलाडी प्रतिबन्धमा परेको नेपालसँग खेल्ने लाओसको टोली कस्तो?

    अघिल्लो वर्ष ४५ जना खेलाडी प्रतिबन्धमा परेको नेपालसँग खेल्ने लाओसको टोली कस्तो?

    काठमाडौं : दक्षिणपूर्वी एसियाली राष्ट्र लाओससँग नेपाली फुटबल टोलीले आज प्रतिस्पर्धा गर्दैछ। काठमाडौंमा आजबाट सुरु हुन गइरहेको प्रधानमन्त्री कप थ्री नेशन्स कप प्रतियोगितामा आज साँझ यी दुई टोली आमनेसामने हुँदैछन्। नेपाली फुटबल टोलीको परिचित प्रतिद्वन्दी होइन लाओस्। यसअघि सन् २०१६ मा एकपटक यी दुई टोली भिडेका थिए। जसमा नेपालले जित निकाल्न सफल भएको थियो। २-२ को बराबरीमा रोकिएर पेनाल्टीमा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • कम वरीयताका टोली बोलाएर थ्री नेशन्स कप जित्ने दाउमा एन्फा, प्रशिक्षक र एन्फाबिच मिलेको छैन समन्वय?

    कम वरीयताका टोली बोलाएर थ्री नेशन्स कप जित्ने दाउमा एन्फा, प्रशिक्षक र एन्फाबिच मिलेको छैन समन्वय?

    काठमाडौं : बुधवारबाट काठमाडौंमा ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ फुटबल सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित नेपालभन्दा कम वरीयताका भुटान र लाओसको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागिता जनाउन भुटान र लाओस दुवै टोली नेपाल आइसकेका छन्। फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा रहँदा भुटान १८५ र लाओस १८७ औँ स्थानमा छ। वरीयताका हिसाबले कमजोर आँकेर टोली बोलाइएको देखिन्छ। नेपालले किन दुवै प्रतिस्पर्धी कम…

    विस्तृतमा पढ्नुस्

  • रुखमा 'फलेका' मानिस : क्रिकेट 'क्रेज'मा बहादुरीको सन्देश कि गरिबीको मजाक? (ब्लग)

    रुखमा 'फलेका' मानिस : क्रिकेट 'क्रेज'मा बहादुरीको सन्देश कि गरिबीको मजाक? (ब्लग)

    नेपाली क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतका पछिल्ला १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान बनायो। अझ लिग २ का पछिल्ला चार खेलहरु नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा सम्पन्न भए। विश्वकप छनोट खेल्नका लागि चारवटै खेलमा जित्नुपर्ने दवाव नेपालमाथि थियो। नेपाल सहभागी सबै प्रतिस्पर्धामा मैदान परिसर भरियो। अझ बिहीवारको यूएईविरुद्धको खेल खास थियो। जिते सोझै विश्वकप छनोट, नजिते…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा नेपालका ‘हेभिवेट’ प्रतिस्पर्धी, यसरी पुग्न सक्नेछ भारतमा हुने विश्वकपमा!

    विश्वकप छनोटमा नेपालका ‘हेभिवेट’ प्रतिस्पर्धी, यसरी पुग्न सक्नेछ भारतमा हुने विश्वकपमा!

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ मा फेब्रुअरी महिनासम्म नेपाली क्रिकेट बृत्तमा ठूलो चिन्ता थियो, नेपालको एकदिवसीय मान्यता जोगिएला या नजोगिएला भनेर। तर, त्यसपछि नेपालको लय यसरी फर्कियो कि १२ खेल मध्ये ११ वटामा जित निकाल्दै नेपालले एकदिवसीय मान्यतामात्र जोगाएन, क्रिकेट विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने विश्वकप छनोटमा समेत स्थान बनायो। नेपालको ‘अर्जुनदृष्टि’ लिग २ बाट…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा पुर्‍याउन नेपालका चार ब्याट्सम्यानको अर्धशतक, कस्तो रह्यो खेल?

    विश्वकप छनोटमा पुर्‍याउन नेपालका चार ब्याट्सम्यानको अर्धशतक, कस्तो रह्यो खेल?

    काठमाडौं : नेपालले यूएईलाई हराउँदै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईलाई डीएलएस मेथडबाट ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान पक्का गरेको हो। जितसँगै नेपालले नामिबियालाई पछि पार्दै लिग २ को तेस्रो स्थान पक्का गर्न सफल भएको हो। ३६ खेलबाट ३९ अंक जोडेर नामिबिया चौथो स्थानमा रहँदा ४० अंक जोडेको नेपाल तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • ‘ए’ डिभिजन लिगबारे प्रशिक्षक एनिसका तीन टिप्पणी : गोल कम, खेलतालिका साँघुरो र यहाँ सिटी धेरै बज्छ

    ‘ए’ डिभिजन लिगबारे प्रशिक्षक एनिसका तीन टिप्पणी : गोल कम, खेलतालिका साँघुरो र यहाँ सिटी धेरै बज्छ

    काठमाडौं : भिन्सेन्जो अलबेर्टो एनिस नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएर नेपाल आएको एक महिना पनि भएको छैन। उनी आउँदैगर्दा नेपालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि जारी छ। जसलाई उनले नजिकबाट नियालिरहेका छन्। एसिया, युरोप र अफ्रिका गरी ९ भन्दा धेरै देशमा काम गरिसकेका एनिसले पछिल्ला वर्षहरुमा भारतको आई-लिग र इण्डिन सुपरलिगको क्लबहरुमा काम गरे। आई-लिगमा त गोकुलम केरलालाई लगातार दुई…

    विस्तृतमा पढ्नुस्

  • 'अट्याकिङ' फुटबल र 'गोल' को लक्ष्य सहित नेपालमा एनिस, पुराना विवादबारे भने : आइ डोन्ट केयर

    'अट्याकिङ' फुटबल र 'गोल' को लक्ष्य सहित नेपालमा एनिस, पुराना विवादबारे भने : आइ डोन्ट केयर

    काठमाडौं : भदौ २७ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट राजीनामा दिए। र, लगत्तैको एन्फाको कार्यसमितिले उनको राजीनामालाई स्वीकृत गर्‍यो। त्यसयता प्रदीप हुमागाइँ र प्रवेश कटुवालले क्रमश: बंगलादेश र पाकिस्तानविरुद्धको सिरिजका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाले। तर, मुख्य प्रशिक्षक भित्र्याउन भने एन्फाले ठ्याक्कै ६ महिना लगायो। मुख्य प्रशिक्षकका लागि आएका १६८ आवेदनबाट एन्फाले छान्यो इटलीका नागरिक : भिन्सेन्जो अलबेर्टो…

    विस्तृतमा पढ्नुस्

  • नेपालद्वारा पीएनजी ९ विकेटले पराजित, यूएईलाई हराए विश्वकप छनोटमा पुग्ने

    नेपालद्वारा पीएनजी ९ विकेटले पराजित, यूएईलाई हराए विश्वकप छनोटमा पुग्ने

    काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पीएनजीमाथि ९ विकेटको जित निकालेको हो। क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको चुनौती प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले आक्रामक ब्याटिङ गर्दै ७.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। यूएईलाई…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा विपक्षीसँग भिडिहाल्छन् मुस्तफा, लामिछानेपछि पौडेलसँग लफडा : के भएको थियो मैदानमा?

    मैदानमा विपक्षीसँग भिडिहाल्छन् मुस्तफा, लामिछानेपछि पौडेलसँग लफडा : के भएको थियो मैदानमा?

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भएको सिरिजमा यूएईको इन्निङ्स चलिरहँदा ३५औँ ओभरमा नौलो दृश्य देखियो। ब्याटिङ गरिरहेका यूएईका अलराउण्डर रोहन मुस्तफा र बलिङ गरिरहेका नेपालका स्पीनर सन्दीप लामिछाने भनाभनमा उत्रिए। आक्रमक बनेका दुवै खेलाडीले टाउको जुधाएर ठेलाठेल नै गरेका थिए। नजिकै फिल्डिङ गरिरहेका नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले उनीहरुलाई शान्त हुन आग्रह गरिरहेका थिए। खेलपछि लामिछाने र…

    विस्तृतमा पढ्नुस्

  • यूएईको ५ विकेट राजवंशीलाई : एकदिवसीय मान्यता सुरक्षित गर्दै नेपाल लिग २ को चौथो स्थानमा

    यूएईको ५ विकेट राजवंशीलाई : एकदिवसीय मान्यता सुरक्षित गर्दै नेपाल लिग २ को चौथो स्थानमा

    काठमाडौं : नेपाली क्रिकेट टोलीले यूएईलाई हराउँदै क्रिकेट विश्वकप लिग २ को चौथो स्थानमा उक्लिएको छ। कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको हो। यसअघि  ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तालिकाको चौथो स्थानमा थियो। यूएईलाई हराएसँगै नेपालले ३६ अंक जोडेको छ। कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको सुध्रिएको लय: फरक खेलमा अलग 'म्याच विनर', बाँकी ३ खेलको थप चुनौती

    नेपाली क्रिकेटको सुध्रिएको लय: फरक खेलमा अलग 'म्याच विनर', बाँकी ३ खेलको थप चुनौती

    काठमाडौं: सन् २०२२ को डिसेम्बर अन्तिमतिर लिग २ मा भइरहेको खेलमा पपुवा न्युगिनीपछि कुनै लय बिग्रेको टोली थियो भने त्यो नेपाल नै थियो। जुन १४ मा ओमनलाई हराएयता लिग २ मा ९ खेल खेलेको नेपालले एउटामात्र जित निकालेको थियो। लाग्थ्यो, नेपालले शीर्ष तीनको प्रतिस्पर्धा त परको कुरा, एकदिवसीय मान्यता जोगाउन पनि सक्ने छैन। त्यसैबीच पटकपटक प्रशिक्षक परिवर्तन, कप्तान परिवर्तन, टिम…

    विस्तृतमा पढ्नुस्

  • लिग २ को अन्तिम सिरिज : सबै खेल जिते नेपाल शीर्ष ३ मा, मौसम कतिको चिन्ताजनक?

    लिग २ को अन्तिम सिरिज : सबै खेल जिते नेपाल शीर्ष ३ मा, मौसम कतिको चिन्ताजनक?

    काठमाडौं : मंगलवार नेपाली क्रिकेट टोली यूएईमा त्रिकोणात्मक सिरिज खेलेर स्वदेश फर्कियो। सँगसँगै यूएईको टोली पनि नेपाल आयो। सोमवार यूएईमा सिरिजको अन्तिम खेल खेलेको नेपालले भोलि (बिहीवार) नै कीर्तिपुरमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्नेछ, पपुवा न्युगिनीसँग। पपुवा न्युगिनीको टोली नेपाल र यूएईको टोली भन्दा अगावै नेपाल आईपुगेको थियो। नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • साविक लिग विजेताको हार, दुई नवप्रवेशीको जित : ‘ए’ डिभिजनको पहिलो चरणमा फेरिएको नतिजा

    साविक लिग विजेताको हार, दुई नवप्रवेशीको जित : ‘ए’ डिभिजनको पहिलो चरणमा फेरिएको नतिजा

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछ। लिगको साविक विजेता मछिन्द्र क्लब आइतवार जावलाखेल युथ क्लबसँग पराजित भएसँगै पहिलो चरणका खेलहरु सकिएका हुन्। दुई नवप्रवेशीको जित फागुन १९ गतेबाट सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमै ‘बी’ डिभिजन लिगबाट अघिल्लो सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको एफसी खुमलटारले फ्रेन्ड्स क्लबलाई हरायो। ‘ए’ डिभिजन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell