काठमाडौं : मंगलवार बिहान नेपाल टी २० लिगमा तीनवटा नयाँ कुरा विकसित भएर आए। पहिलो लिग आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया सम्पर्कविहीन भए। दोस्रो नेपाल टी २० लिगकै कमेन्टेटर सचिन तिमल्सिनाले 'स्पट फिक्सिङ' को दाबी गर्दै प्रतियोगिता छाडेको जनाए। तेस्रो, काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबिचको खेलमा खेलाडीले पारिश्रमिक नपाएको भन्दै टस नै…
काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई पराजित गर्यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंलाई ९० रनको फराकिलो जित दिलाउन महत्वपूर्ण भूमिका रह्यो सुनम गौतमको। केही महिनाअघि काठमाडौँमा नवौ राष्ट्रिय खेलकुद हुँदा एनआरएनएको कप्तानी गरेका गौतम अस्ट्रेलियामा बस्दै आएका खेलाडी हुन्। २०१२ मा अध्ययनका लागि अस्ट्रेलिया पुगेका उनी उतैका प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका छन्। सेप्टेम्बर…
काठमाडौं : सन् २०२२ हामीबाट बिदा भएको छ। यो वर्षलाई फर्केर हेर्दा नेपाली खेलकुदमा धेरै उतार चडाव भए। नवौँ राष्ट्रिय खेलकुद पोखरामा सम्पन्न भयो भने महिला साफ च्याम्पियनसिप काठमाडौंमा सम्पन्न भयो यही वर्ष। विभिन्न संघहरुमा नयाँ नेतृत्व आएपनि राजनीतिक खिचातानीले सबैजसो खेलकुद संघदेखि राष्ट्रिय खेलकुद परिषद्सम्मलाई जकडिरह्यो। एक महिना भन्दा बढी समय त कतारमा सम्पन्न फिफा विश्वकपले नेपालीहरुको पनि ध्यान…
काठमाडौं : पहिलो सिजनको नेपाल टी २० लिग काठमाडौंमा चलिरहेको छ। प्रतियोगितामा १४ वटा खेल सकिँदा बलिङ र खासगरी ब्याटिङमा विदेशी खेलाडीकै वर्चस्व देखिन्छ। नेपाली राष्ट्रिय टोलीका नियमित ब्याट्म्यानहरुले संघर्ष गरिरहँदा ब्याटिङमा अगाडि अन्य नेपाली ब्याट्सम्यान छन्। बलिङतर्फ नेपाली बलरको प्रदर्शन राम्रो भएपनि विदेशी खेलाडीको वर्चस्व भने कायमै छ। ब्याटिङमा को अगाडि? ब्याटिङमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष १०…
काठमाडौं : बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबिच बैठक बस्यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकको निष्कर्ष थियो : अर्को बैठक डिसेम्बर २९ मा बस्ने। १४ वटै ‘ए’ डिभिजन लिगका क्लब सम्मिलित उक्त बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतको उपस्थिति थियो। समग्रमा बैठकको स्पस्ट निस्कर्ष भनेकै निर्धारित समयमा लिग गराउन नसकिने…
करिब दुई दशकयता पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको भाग्य रोनाल्डोको वरिपरि घुमिरहेको छ। तर, के अब पोर्चुगिच फुटबलमा 'नयाँ युग' सुरु हुन गइरहेको छ? कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग १-० ले पराजय ब्यहोरेपछि पोर्चुगल उपाधि होडबाट बाहिरियो। लगातार दोस्रो खेलमा 'सब्सिच्युड' खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोनाल्डो गहभरी आँशु पार्दै मैदानबाट बाहिरिएको तस्बिरले धेरै समर्थकहरुलाई भावुक बनायो। समर्थक भावुक बन्नुको अर्को कारण…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले तय गरेको मिति अनुसार शुक्रवारबाट 'नेपाल टी २०' लिग सुरु हुनुपर्ने हो। विश्वकै प्रतिष्ठित लिगहरुमध्येमा उभ्याउने भनेर घोषणा गरिएको यो लिगले अघिल्लो दिनसम्म माहोल बनाउन सकिरहेको छैन। सबैभन्दा महत्वपूर्ण त फ्रेन्चाइजी टिमहरुबारे नै अन्योलको अवस्था छ। फ्रेन्चाइजी किन्ने र पछि हट्ने प्रकृया चलिहँदा नेपाल क्रिकेट संघ मौन छ। फ्रेन्चाइज लिगलाई 'ग्ल्यामर' का रुपमा हेरिने भए…
काठमाडौं : फिफा विश्वकप अन्तर्गत आज बेलुकी फ्रान्स र अर्जेन्टिना आमनेसामने हुँदैछन्। मेस्सी नेतृत्वको अर्जेन्टिना र साविक विजेता फ्रान्स आफ्नो तेस्रो उपाधिको खोजीमा छन्। कतारमा जारी विश्वकपको माहोलबाट नेपाल पनि अछुतो छैन। नेपालमा पनि धेरै जसो अर्जेन्टिना र बाँकी फ्रान्सको पक्षमा समर्थकहरु बाँडिएका छन्। सबैको आआफ्नै तर्क छ, विश्लेषण छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक मिलन हाडा…
काठमाडौं : फिफा विश्वकपमा आज बेलुका फाइनल खेल हुँदैछ। अर्जेन्टिना र फ्रान्सबिच हुने आजको खेलमा को विजेता बन्ला भन्ने चासो विश्वभरका फुटबल समर्थकलाई छ। नेपालमा पनि विश्वकप उत्तिकै लागेको छ। सामाजिक सञ्जालदेखि चियापसलसम्म विश्वकपको चर्चा चलिरहेको छ। रेष्टुराँ र क्याफेदेखि शहरका विभिन्न चोकहरुमा स्कृन राखेरै विश्वकप देखाइँदैछ। विश्वकप फाइल पनि विभिन्न स्थानमा प्रत्यक्ष देखाउने तयारी अहिले चलिरहेको छ। नेपाली राष्ट्रिय…
काठमाडौं : पारस खड्काले एक दशक बढी नेपाली टोलीको कप्तानी गरे। तर, उनीपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तान पद अस्थिर छ। उनले कप्तानी छाडेयता तीन वर्षमा नेपाली राष्ट्रिय टोलीले तीनजना कप्तान पाइसक्यो। अझ प्रशिक्षक त फेरेको फेर्यै। नेपाल आएका प्रशिक्षक कार्यकाल नसकिँदै फर्किने नजिर बनिसकेको छ। यसको पछिल्लो उदाहरण हुन् भारतबाट आएका प्रशिक्षक - मनोज प्रभाकार। नेपाल क्रिकेट संघले मनोजको…
काठमाडौं : यही महिना सम्पन्न टी-२० विश्वकपमा कमजोर आँकिएका टोलीले अप्रत्यासित नतिजा ल्याए। नेपालसँग खेल्दै आएका केही टोलीले क्रिकेटका सशक्त र टेस्ट मान्यताप्राप्त देशहरुलाई हराए। विश्वकपमा नामिबियाले श्रीलंकालाई, स्कटल्याण्डले वेस्ट इन्डिजलाई, आयरल्याण्डले वेस्टइण्डिज र इङ्ग्ल्याण्डलाई, जिम्बावेले पाकिस्तानलाई तथा नेदरल्याण्ड्सले जिम्बावे र दक्षिण अफ्रिकालाई हराइदियो। एकाध यस्ता नतिजा आएको भए यसलाई संयोगका रुपमा परिभाषित गर्न सकिन्थ्यो। तर, विश्वकपमै आएका यी नतिजाहरुले…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बुधवार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा हुने खेलमा पाकिस्तानले फिफाको प्रतिबन्ध पछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमनको तयारी गर्दैछ। यता, नेपाल भने पछिल्लो समयको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। पछिल्लो खेलमा बंगलादेशलाई ३-१ गोलअन्तरले हराएको नेपालको लक्ष्य जित हुनेछ। प्रशिक्षक प्रवेश कटुवालले इतिहासलाई हेरेर भन्दा पनि पछिल्लो लयलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको बताए। 'छोटो समय र…
काठमाडौं : पछिल्लो वर्ष देशका लागि पदक जितिसकेका कति नेपाली खेलाडी विदेश पलायन भए? यसको ठ्याक्कै रेकर्ड छैन। तर, सबैभन्दा आर्थिक सामाजिक रुपमा सुरक्षित मानिएको फुटबल खेलबाट भइरहेको खेलाडी पलायनले नेपाली खेलकुदको भयावह पाटोलाई देखाउँछ। पछिल्लो वर्षमात्र नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी लगाइरहेका दर्जनभन्दा बढी खेलाडी पलायन भइसकेका छन्। यी त प्रतिनिधि घटनामात्र हुन्। अझै पलायन हुने तयारीमा रहेका खेलाडीको…
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी पुरुष कबड्डीमा मंगलवार साँझदेखिको विवाद मिलेको नेपाल कबड्डी संघले जनाएको छ। बुधवार सम्पन्न वार्तापछि मंगलवार भएको प्रतियोगितामा निर्णयका क्रममा रेफ्री दोषी पाइएमा कारबाही गर्ने सहमति भएको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताए। ‘हामी दुवै पक्ष बस्यौं, हिजो गेमको दौरानमा भएको निर्णय दुवै पक्षले मान्ने, निर्णायकको हकमा दोषी ठहरिए कारबाही गर्ने सहमति…
पोखरा : पोखरामा शुक्रवारबाट सुरु भएको नवौं राष्ट्रिय खेलकुद बिहीवार सकिँदैछ। प्रतियोगिताको उद्घाटन अघिबाटै विभिन्न खेलमा भएको लापारबाही रोकिने छाँटकाँट देखिएको छैन, बरु थप उग्र हुँदै गइरहेका छन्। प्रतियोगिताको उद्घाटन अघि ह्याण्डबलमा दुई टिमको जर्सी एउटै परेपछि एउटा टिमले ‘बिब’ लगाएर खेल्नु परेको थियो। पाएको जर्सीमा नम्बर नभएपछि मार्करले कोर्नुपर्ने अवस्था समेत आयो। अझ हक्कीमा प्रतियोगिताको अघिल्लो दिनसम्म मैदानको तयारी…
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको म्याराथनमा गण्डकी प्रदेशका अनिष थापा मगरले स्वर्ण जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरेका हुन्। यसक्रममा उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारे। बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरे। तेस्रो स्थानमा एपीएफका सन्तोष विक्रम बिस्ट रहे। उनले निर्धारित दुरी २ घण्टा…
पोखरा : नवौं राष्ट्रिय खेलकुदको चौथो दिन बिहान चर्चा एथलेटिक्सले पायो। चर्चा थियो दुर्गाबहादुर बुढाको। भारतीय आर्मीमा कार्यरत उनले भारतबाट पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको भन्दै तीन विभाग र गण्डकी प्रदेश गरी चार टोलीले ‘प्रोटेस्ट’ पनि हाने। केही बेरमा खेल सुरु भयो। र, ३ हजार मिटर स्टिबल चेजको पुरुषतर्फ दुर्गाले नै स्वर्ण जिते। उनले निर्धारित दुरी ८ मिनेट…
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिवार एथलेटिक्सको १०० मिटर पुरुषमा एपीएफका शिवराज पार्कीले स्वर्ण पदक जिते। यसअघि ४०० मिटरको दौड दौडिने उनी यसपाला १०० मिटरमा दौडिएका थिए। ‘मेहेनत गरे अनुसारको फल पाएँ। दौडिन त कठिन काम हुँदै हो। ८० मिटर कटेपछि मेरो 'फुल पावर' आउँछ। मेरो राम्रो पक्ष नै फिनिसिङ हो,’ स्वर्ण जितेपछि हर्षित मुद्रमा रंगशालामा भेटिएका पार्कीले भन्दै…
काठमाडौं : नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ। प्रतियोगिताका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले २३ सदस्यीय खेलाडी पनि सार्वजनिक गरिसकेका छन्। यता, पछिल्लो समय फुटबलमा लगानी बढाएर अघि बढिरहेको बंगलादेशसँग खेल्नु विवादमा रुमल्लिएर तंग्रन खोज्दै गरेको नेपालका लागि पक्कै सहज चुनौती हुनेछैन। नयाँ प्रशिक्षकमाथिको 'जोखिम', राष्ट्रिय टोलीमा गोलमटोलको अवस्थालाई चिर्दै समर्थकलाई 'दशैंको…
काठमाडौं : सोमवार महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेश साफको च्याम्पियन बन्यो। दर्शकले भरिएको रंगशालामा बंगलादेश च्याम्पियन बन्दै गर्दा यसपाला धेरै कीर्तिमानहरु बने। पाँचौं संस्करणसम्मको प्याट्रन पनि धेरै फेरबदल भए। पहिलो पटक भारतले साफ च्याम्पियनसिपमा हार ब्यहोर्यो। पहिलोपटक भारतबाहेकका दुई टोली फाइनलमा पुगे। बंगलादेशले त चमत्कार नै देखायो। लगानी गरे हुने रहेछ भन्ने भाष्य स्थापित गर्यो। बंगलादेशले साफमा…