PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • साफ महिला फुटबलमा 'नयाँ च्याम्पियन', नेपाल सदाबहार उपविजेता

    साफ महिला फुटबलमा 'नयाँ च्याम्पियन', नेपाल सदाबहार उपविजेता

    काठमाडौं: साफ महिला च्याम्पियनसिप सुरु भएको दिन ठूलो झरी परेको थियो। त्यही दिन भुटानमाथि ४-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरुवात गर्‍यो। पछि श्रीलंकालाई हरायो र समूह विजेता पनि बन्यो। तर, सोमबारको झरी पर्दा नेपाल फाइनल खेलको तयारीमा थियो। यो खेलमा भने नेपाल बंगलादेशलाई ३-१ गोलको नतिजा सुम्पँदै प्रतियोगिताको उपविजेतामा सीमित भयो।  यसपाला साफमा धेरै कीर्तिमान टूटे/बनिए। सबैभन्दा ठूलो कीर्तिमान…

    विस्तृतमा पढ्नुस्

  • विकल्प खोजेपछि अलमुताइरीको 'तेस्रो' राजीनामा : घुर्की, अस्थिरता अनि आशा

    विकल्प खोजेपछि अलमुताइरीको 'तेस्रो' राजीनामा : घुर्की, अस्थिरता अनि आशा

    काठमाडौं : एन्फा नेतृत्वमा पंकजविक्रम नेम्बाङ आए अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल छाड्ने चर्चा एन्फा निर्वाचनताकै चलेको थियो। कारण थियो, दुई जनाबीचको टसल। अलमुताइरी नेपाली फुटबल प्रशिक्षणमा नेतृत्व गरिरहँदा नेम्बाङ एन्फाको नेतृत्वमा पुग्न 'वार्मअप' गर्दै थिए। यही बीचमा हो दुई जनाको द्वन्द्व चर्किएको। नेम्बाङ एन्फाको नेतृत्वमा आएलगत्तै अलमुताइरीले नेपाली फुटबलमा नरहने आशयको पोस्ट गरेका थिए सामाजिक सञ्जालमा। तर तुरुन्तै हटाइहाले। नेम्बाङ…

    विस्तृतमा पढ्नुस्

  • गुपचुपमै सकियो नेपाल टी २० लिगको ड्राफ्ट, को कुन टिममा?

    गुपचुपमै सकियो नेपाल टी २० लिगको ड्राफ्ट, को कुन टिममा?

    काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी २० लिगको ड्राफ्ट गुपचुपमै सकेको छ। क्यानले शनिवार ड्राफ्टमार्फत ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको थियो। जसमा कान्तिपुर गोर्खाजले ज्ञानेन्द्र मल्ल, लुम्बिनी अलस्टारले दीपेन्द्रसिंह ऐरी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेल, पोखरा एभेन्जर्सले आशिफ शेख, जनकपुर रोयल्सले सोमपाल कामी र फारवेस्ट युनाइटेडले करण केसीलाई मार्की खेलाडीका रुपमा लिएका थिए। ड्राफ्टमा सबै मार्की खेलाडी १५…

    विस्तृतमा पढ्नुस्

  • झरीले पहिलो हाफ प्रभावित तर नेपालको सानदार सुरुवात, 'दोस्रो हाफमा मात्र रणनीति देखाउन सकियो' : प्रशिक्षक थापा

    झरीले पहिलो हाफ प्रभावित तर नेपालको सानदार सुरुवात, 'दोस्रो हाफमा मात्र रणनीति देखाउन सकियो' : प्रशिक्षक थापा

    काठमाडौं: मंगलबार दिनभरी चर्को घाम लाग्यो। साँझ दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेल थियो। खेल अगाडि अभ्यासका लागि जसै खेलाडी मैदानमा निस्किए पानी दर्कन सुरु भयो। पहिलो हाफ नसकिँदासम्म झरी रोकिएन। तर, झरीले नेपालको सुखद् सुरुवातलाई भने रोकेन। भुटानसँगको समूह 'बी' को तथा प्रतियोगिताको पहिलो खेलमा नेपालले ४-० को सानदार जित निकाल्यो। खेलको सुरुमा झरीकै कारण…

    विस्तृतमा पढ्नुस्

  • नयाँ कप्तानको नेतृत्वमा मैदानमा उत्रिँदै नेपाल, 'महिला साफ च्याम्पियन'को उपाधि जोगाउला भारतले ?

    नयाँ कप्तानको नेतृत्वमा मैदानमा उत्रिँदै नेपाल, 'महिला साफ च्याम्पियन'को उपाधि जोगाउला भारतले ?

    काठमाडौं : मंगलवारबाट साफ महिला च्याम्पियनसीप सुरु हुँदैछ। नेपाली टोलीको नियमित कप्तान रेनुका नगरकोटी घाइते हुँदा यसपाला नेपाली टोलीको नयाँ कप्तान बनेकी छिन् गोलकिपर एन्जिला तोम्बाफो सुब्बा। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)बाट खेल्ने सुब्बाले कप्तान बन्ने अवसर पाएकोमा खुशी भएको भन्दै आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता जनाइन्। प्रतियोगिताअघिको प्रि-म्याच कन्फ्रेन्समा उनले भनिन्, 'कप्तानी पाउने इच्छा सबैको हुन्छ। मलाई आफूलाई प्रमाणित…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिपले माहोल तातिँदै फुटबलको : कसको पोजिसन कस्तो, नेपाल र भारतको खेल के होला?

    साफ महिला च्याम्पियनसिपले माहोल तातिँदै फुटबलको : कसको पोजिसन कस्तो, नेपाल र भारतको खेल के होला?

    काठमाडौं : मंगलवारबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुन सातवटै देशका टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।  'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन्। प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टिम सेमिफाइनल…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिज आजबाट : कमजोर केन्यासँग किन खेल्दैछ नेपाल?

    टी २० सिरिज आजबाट : कमजोर केन्यासँग किन खेल्दैछ नेपाल?

    काठमाडौं : आइसीसीको टी २० वरीयतामा नेपाल १४ औं स्थानको टोली। कुनै समय विश्व क्रिकेटमा सशक्त टोलीको पहिचान भएको अफ्रिकी मुलुक केन्या ३० औं वरीयताको टोली। आजबाट नेपाली टोलीले केन्यासँग टी २० इन्टरनेसनलको पाँच खेलको सिरिज खेल्दैछ। त्यसपछि एकदिवसीय (ओडी) सिरिज। टी २० विश्वकप र एसिया कपमा नेपालसँग खेल्ने टोलीहरुको तालिका आइसक्दा नेपालले भने पछाडिको टोली केन्यासँगको सिरिज रोजेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा खेलाडी : फुटबल राजनीतिमा 'पर्ख हेर' र 'काउन्टर'

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा खेलाडी : फुटबल राजनीतिमा 'पर्ख हेर' र 'काउन्टर'

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरिसकेको छ। पछिल्लो खेलमा इण्डोनेसियासँग खेल्दा भन्दा यसपटक नेपाली टोलीमा ठूलै परिवर्तन छन्। उक्त प्रतियोगितामा गएका म्यानेजर, प्रशिक्षक तथा अन्य अफिसियल पनि फरक छ। सो प्रतियोगिता अघि प्रशिक्षकसँगको टसलमा बाहिरिएका ११ खेलाडी पनि टोलीमा फर्किएका छन्। खासमा भन्दा त्यसपछि एन्फाको नेतृत्व नै फरक छ। उसो त नेपाली टोलीको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा फुटबल 'निलम्बन'को अर्थ : दक्षिण एसियाका अरु देशलाई प्रतिबन्धको भय कति?

    भारतमा फुटबल 'निलम्बन'को अर्थ : दक्षिण एसियाका अरु देशलाई प्रतिबन्धको भय कति?

    काठमाडौं : छिमेकी मुलुक भारतको फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको छ। यो निर्णयसँगै तत्काल भारतलाई लागेको सबैभन्दा ठूलो धक्का, यू १७ महिला विश्वकप आयोजनाबाट बञ्चित हुनु। महिला विश्वकप अक्टोबर ११ देखि ३० सम्म हुने कार्यतालिका थियो त्यो पनि भारतकै आयोजनामा। भारतमाथिको निलम्बनको धक्का यू १७ विश्वकपको आयोजनामा मात्रै टुंगिँदैन। भारतको पुरुष या महिला टोलीले चाहे त्यो उमेर…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटलाई सफल बनाउन प्रभाकरको परीक्षा : ‘हार्ड हिट’ लाई लक्ष्य बनाइरहेको टोलीले सुन्ला मनोजलाई?

    नेपाली क्रिकेटलाई सफल बनाउन प्रभाकरको परीक्षा : ‘हार्ड हिट’ लाई लक्ष्य बनाइरहेको टोलीले सुन्ला मनोजलाई?

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा अमेरिका, स्कटल्याण्ड र यूएईबिच सिरिज चलिरहेको छ। सिरिजको आइतवार सम्पन्न खेलमा स्कटल्याण्डले यूएईलाई ८६ रनले हराउँदा २७ खेलबाटै ४० अंक जोड्दै दोस्रो स्थानमा बलियो पकड बनाएको छ। लिग २ को सबै ३६ वटा खेल खेलिसकेको शीर्ष स्थानको ओमन भन्दा स्कटल्याण्ड ४ अंक अथवा २ जितले मात्र पछाडि छ। स्कटल्याण्डको ९ खेल अझै…

    विस्तृतमा पढ्नुस्

  • हजुरबुवाबाट सुनेका कथालाई क्यानभासमा उतार्दै कुशल, के कुराले गर्छ उनलाई चित्रकलाप्रति आकर्षित ?

    हजुरबुवाबाट सुनेका कथालाई क्यानभासमा उतार्दै कुशल, के कुराले गर्छ उनलाई चित्रकलाप्रति आकर्षित ?

    काठमाडौं : दुईवटा फ्रेम। त्यसलाई चार भागमा विभाजन गरिएको छ। सबैभन्दा माथि हात्तिको टाउको देखिन्छ। त्यसबाट तल गणेशको जस्तो शरीर देखिन्छ। त्यस्तै तल्लो भागमा बाघमाथि शिव बसेको जस्तो देखिने बाघ र खुट्टामात्रको पेन्टिङ छ। सबैभन्दा तल शिवको छातिमा कालीले टेकेको जस्तो तस्बिर छ। जसमा नाग र शिवले लगाएको बाघको छाला देखिन्छ। एक हप्ता अघि बबरमहलस्थिल नेपाल आर्ट काउन्सिलमा कुशल कार्कीले बनाएको…

    विस्तृतमा पढ्नुस्

  • जो आए ८ महिनामै फर्किए : विवादित प्रशिक्षक प्रभाकर भने जम्ने आशा, क्यानले आफ्नै कान छाम्ने कि?

    जो आए ८ महिनामै फर्किए : विवादित प्रशिक्षक प्रभाकर भने जम्ने आशा, क्यानले आफ्नै कान छाम्ने कि?

    काठमाडौं : नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। पछिल्लो समय प्रशिक्षकहरु आउने तर नटिक्ने ‘ट्रेन्ड’ नेपाली क्रिकेटमा बढ्दो छ। त्यसमाथि नेपाली टोलीको निरन्तरको खस्कँदो प्रदर्शन, गुटबन्दी, संघ र खेलाडीबिचको…

    विस्तृतमा पढ्नुस्

  • कुनैबेला विश्वकप खेलेको केन्याली क्रिकेट कसरी खस्कियो? नेपाल आएका अध्यक्ष भन्छन् : अब 'बाउन्स ब्याक' गर्छौं

    कुनैबेला विश्वकप खेलेको केन्याली क्रिकेट कसरी खस्कियो? नेपाल आएका अध्यक्ष भन्छन् : अब 'बाउन्स ब्याक' गर्छौं

    काठमाडौं : आशिफ करिमले सन् १९९६, १९९९ र २००३ को विश्वकप क्रिकेट खेले। दोस्रो सहभागितामा उनले टिमको नेतृत्व पनि गरे। ३४ वटा एकदिवसीय खेलेका उनले करियरमा कहिल्यै सोचेका थिएनन् कि उनको टिमको ‘दुर्दशा’ होला भनेर। उनी केन्याली क्रिकेटर हुन्। क्रिकेटमा खस्कनुको दोषी को ? विश्व क्रिकेटमा केन्या कुनैबेलाको शक्ति राष्ट्र थियो। पटकपटकको विश्वकप यात्रा र त्यसमा पनि सेमिफाइनल पुगेको इतिहास।…

    विस्तृतमा पढ्नुस्

  • रसुवाको गाउँदेखि फेन्सिङको राष्ट्रिय टिमसम्म : विभागबाट खेलमा पुगेकी जानुका स्याङतान

    रसुवाको गाउँदेखि फेन्सिङको राष्ट्रिय टिमसम्म : विभागबाट खेलमा पुगेकी जानुका स्याङतान

    काठमाडौं : सेतो पोसाक। पछाडिबाट ल्याइएको तार पोसाकमा जोडिएको छ। अनुहार छोपिने मास्क अनि हातमा तरबार लिएर ‘पिस्ट’मा उत्रिन्छिन् जानुका स्याङ्तान। रसुवाको विकट उत्तरगया गाउँपालिकाको भलाय डाँडामा जन्मिएकी जानुका स्याङतानको यो खेल अवतार हो। उनले फेन्सिङ खेल बाल्यकालबाटै खेलेकी होइनन्। सानो उमेरमा तेक्वान्दो त खेलिन् तर व्यवसायिक खेलाडीका रुपमा अघि भने बढिनन्। परिवारबाट यही बन्नू भन्ने दबाव उनलाई कहिल्यै आएन। आमाबुवाको पाँचौ छोरी…

    विस्तृतमा पढ्नुस्

  • ‘लाहुरे’ बन्ने सपनाले डोर्‍याएको थियो, बन्न पुगे तरबार चलाउने खेलाडी : यस्तो छ पायसको फेन्सिङ स्टोरी

    ‘लाहुरे’ बन्ने सपनाले डोर्‍याएको थियो, बन्न पुगे तरबार चलाउने खेलाडी : यस्तो छ पायसको फेन्सिङ स्टोरी

    काठमाडौं : पायस योञ्जन १० वर्ष अघि दोलखाबाट काठमाडौं ओर्लिँदा दुईवटा लक्ष्य लिएर आएका थिए। पहिलो, राजधानीबाट प्लस टू पूरा गर्ने, अनि, लाहुरे बन्ने। लक्ष्य पूरा गर्न उनी जुटे पनि। तर, सोचेको सबै किन पूरा हुन्थ्यो? प्लस टू चाहिँ पूरा गरे। अनि लाहुरे बन्न अथक मेहेनत पनि। तर, उनी छनोट हुन सकेनन्। त्यसैले बिलखबन्दमा पुर्‍यायो - काठमाडौंमा बसेर के गर्ने?  उनको अन्योलता चिर्न सहयोग गरे…

    विस्तृतमा पढ्नुस्

  • महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

    महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

    काठमाडौं : काठमाडौंको धापासी चोकबाट उत्तरतिर १५ मिनेट पैदल हिँडेपछि पुगिन्छ - काठमाडौं फेन्सिङ एकेडेमी। तीन तले निलो अस्टसिद्धी भवनको दोस्रो तल्ला।   बाक्लो सेतो पोसाक, पछाडिबाट तार जोडेर ल्याएर हातमा तरबार बोकेर अभ्यास गरिरहेका भेटिन्छन् खेलाडी। अनि छेवैमा जोडिएको छ स्कोरबोर्ड। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा 'टुट' गरेर स्कोरबोर्डबाट आवाज आउँछ।   बिहान सातै बजे एकेडेमी पुगेर खेलाडी वार्मअपमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगको टिम घोषणा हुँदै, तर लिगलाई लिएर गरिएका सम्झौता किन बन्दैछ विवादित?

    नेपाल टी २० लिगको टिम घोषणा हुँदै, तर लिगलाई लिएर गरिएका सम्झौता किन बन्दैछ विवादित?

    काठमाडौं : नेपाल टी २० लिगको टिमहरु सोमवार घोषणा गर्ने तयारी नेपाल क्रिकेट संघ क्यान गरेको छ। अर्कोतर्फ नेपाल टी २० लिगको विवाद सदनदेखि अदालतसम्म पुगिसकेको छ। एभरेस्ट प्रिमियर लिग (ईपीएल) का संस्थापक अमिर अख्तरदेखि क्यानकै बोर्ड सदस्यहरु नेपाल टी २० लिगको सन्दर्भमा भारतीय कम्पनी सेभेनथ्री स्पोर्टससँगको सम्झौतालाई लिएर आलोचनामा उत्रिएका छन्। यो विषयले संसदमा प्रवेश पाइसकेको छ भने मुद्दा…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्यान्ड सिरिजमा नेपाललाई चुनौती, कसरी बढ्दैछ दबाव?

    स्कटल्यान्ड सिरिजमा नेपाललाई चुनौती, कसरी बढ्दैछ दबाव?

    काठमाडौं : 'काँही नहुनु भन्दा यही हुनु ठीक छ'। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड सिरिजको तयारी क्यानडामा गर्ने विषयमा भनेका थिए। तयारीअनुसार नै क्यानडामा नै खलेको अभ्यास तालिका बन्यो। लगत्तै नेपाली क्रिकेट टोली क्यानडा उड्यो। युरोपको भूमिमा खेलको अभ्यास भएको भए नेपाली क्रिकेट टोली खुसी हुन्थ्यो। तर क्यानडा जानु परेकोमा पनि त्यति दुखी भने थिएन टिम। क्यानडा उड्दै…

    विस्तृतमा पढ्नुस्

  • चुनाव सकाएर १४ औं साग गराउने मनस्थितिमा पाकिस्तान, के हुँदैछ तयारी?

    चुनाव सकाएर १४ औं साग गराउने मनस्थितिमा पाकिस्तान, के हुँदैछ तयारी?

    काठमाडौं : नेपालले सन २०१९ को डिसेम्बरमा सफलताका साथ १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न गर्‍यो। नेपालमा सो प्रतियोगिता सम्पन्न भएसँगै सागको झण्डा पायो पाकिस्तानले। साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानले २०२३ को अन्त्यतिर साग आयोजना गर्नका लागि तयारी अघि बढाएको छ। अघिल्लो सोमवारमात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको भर्चुअल बैठक बसेको थियो। बैठकमा खासगरी सागको मिति तोक्नका लागि पाकिस्तानको तयारी, खेल…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्ड सिरिजमा अंकतालिका सुधार्ने अवसर, कप्तान लामिछानेमाथि असहयोगको चर्चा

    स्कटल्याण्ड सिरिजमा अंकतालिका सुधार्ने अवसर, कप्तान लामिछानेमाथि असहयोगको चर्चा

    काठमाडौं: नेपाली क्रिकेट टोली यतिबेला क्यानडामा छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा सिरिजको तयारीमा नेपाली टोली क्यानडा पुगेको हो। क्यानडामा नेपालले स्थानीय क्लबसँग एक खेल खेलिसकेको छ भने दुई खेल क्यानडाको टोलीसँग खेल्ने तालिका छ। त्यस्तै एक खेल स्थानीय क्लबसँग टी २० अभ्यास खेल पनि हुनेछ। त्यसपछि नेपाल स्कटल्याण्ड प्रस्थान गर्नेछ। स्कटल्याण्डमा नेपालले घरेलु टोली र नामिबियासँग समान २ खेल खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell