PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • 'एडभेन्चर' रेसको एक दिन, अल्ट्रा रेसका धावक सँगसँगै दौडँदा…

    'एडभेन्चर' रेसको एक दिन, अल्ट्रा रेसका धावक सँगसँगै दौडँदा…

    अल्ट्रा रेस। ट्रेल रेस। अर्थात एउटा एडभेन्चरको खेल। बाटो उकालो, ओरालो। जति जोखिम उति मज्जा पनि। लकडाउन खुले यता अल्ट्रा रेसका लागि खेलाडीहरुले अभ्यास सुरु गरिसकेका छन्। हुन पनि भीड भन्दा टाढा हुने यो दौडमा कोरोना महामारीले खास असर पार्लाजस्तो पनि देखिँदैन। स्वयम्भु वरपरका अल्ट्रा रेसका खेलाडीहरु यसैले पनि अभ्यास सुरु गरिसकेका छन्। यो विधाका खेलाडीहरुको एउटा विशेषता के छ…

    विस्तृतमा पढ्नुस्

  • सम्भव भएसम्म परीक्षा, नभए परिस्थिति जस्तो आउँछ त्यही अनुसार निर्णय : त्रिभुवन विश्वविद्यालय

    सम्भव भएसम्म परीक्षा, नभए परिस्थिति जस्तो आउँछ त्यही अनुसार निर्णय : त्रिभुवन विश्वविद्यालय

    लकडाउन अन्त्य भएसँगै पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को संकायको स्थगित भएका परीक्षा सञ्चालन गर्ने सूचना निकालिरहेको छ। मानविकी, शिक्षा, व्यवस्थापन लगायतका विभिन्न संकायहरुमा भदौ दोस्रो वा तेस्रो हप्ता तिर परीक्षा सञ्चालन गर्ने भनेर भटाभट सूचना निकाल्दा कुम्लो कुटुरो बोकेर कोरोना महामारी छल्न गाउँ पुगेका विद्यार्थीहरु अन्योलमा देखिएका छन्। त्रिभुवन विश्वविद्यालयमा मात्र होइन नेपालकै अरु विश्वविद्यालयले पनि यसरी नै सूचना…

    विस्तृतमा पढ्नुस्

  • हतारिँदै टीयू: 'हेल्थ इज वेल्थ' कि 'विद्या धनम् सर्वधनम् प्रधानम्'

    हतारिँदै टीयू: 'हेल्थ इज वेल्थ' कि 'विद्या धनम् सर्वधनम् प्रधानम्'

    काठमाडौं : पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ। सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ। सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत सञ्चालन गर्ने निर्णयमा टेकेर विश्वविद्यालयले भदौको दोस्रो साताबाट स्नातक तह र विस्तारै अन्य विभिन्न परीक्षाहरु सञ्चालन गर्ने तयारी अघि बढाएको…

    विस्तृतमा पढ्नुस्

  • अब क्रिकेटमा रणनीति के? अरु खेलका संघ लकडाउन खुलेपछि कसरी जुट्दैछन्?

    अब क्रिकेटमा रणनीति के? अरु खेलका संघ लकडाउन खुलेपछि कसरी जुट्दैछन्?

    काठमाडौं: सरकारले बुधवारबाट १२० दिन लामो लकडाउन अन्त्य गरेसँगै खेल क्षेत्रले पनि राहत पाएको छ। कोरोना भाइरसको संक्रमणका कारण गरिएकोले लकडाउनले खेल क्षेत्र ठप्प बनेको थियो। सरकारले लकडाउन हटाएसँगै विभिन्न क्षेत्रमा गतिविधि बढेसँगै खेल क्षेत्रमा पनि अभ्यास सुरु गराउने तयारी अघि बढ्न थालेको छ। ब्याडिमिन्टन, कराँते, बक्सिङ लगायतका केहि खेलका अभ्यासहरु लकडाउन खुकुलो भएसँगै खुलेका थिए। तर, अन्य खेलहरुको प्रशिक्षणका…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षाका लागि नयाँ कार्यविधि: विद्यालयले नै परीक्षा लिने, समिति बनाएर मूल्यांकन गर्ने

    कक्षा ११ को परीक्षाका लागि नयाँ कार्यविधि: विद्यालयले नै परीक्षा लिने, समिति बनाएर मूल्यांकन गर्ने

    काठमाडौं: कक्षा ११ को रद्ध गरिएको परीक्षाको लागि सरकारले कार्यविधि जारी गरेको छ। मन्त्रालयले सरकारले लकडाउन र कोरोना महामारीका बीच स्थगित गरेको ११ को परीक्षालाई मुर्तरुप दिन ‘कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ ल्याएको हो। एसईई परीक्षाको कार्यविधिसँग मिल्दोजुल्दो गरी आएको कक्षा ११ को परीक्षा संचालनसम्बन्धी कार्यविधिमा परीक्षा सञ्चालन र व्यवस्थापनका लागि तीन…

    विस्तृतमा पढ्नुस्

  • कहिलेदेखि सञ्चालनमा आउँछन् विद्यालय? सरकार ल्याउँदैछ पुनः सञ्चालनको नयाँ कार्यविधि

    कहिलेदेखि सञ्चालनमा आउँछन् विद्यालय? सरकार ल्याउँदैछ पुनः सञ्चालनको नयाँ कार्यविधि

    काठमाडौं : कोरोना महामारीसँगै ठप्प विभिन्न क्षेत्र विस्तारै लयमा फर्कँदैछन्। यातायात खुल्यो। बजार खुल्यो। चहलपहल बढेको छ। खेलकुदमा अभ्यास सुरु हुन थाल्यो। यस्तोमा चासो बढेको छ विद्यालय कहिलेबाट खुल्छन् भनेर। हुन पनि साउनको पहिलो साता भइसक्दा सामान्य हिसाबले पठन–पाठन सुरु हुन सकिरहेको छैन। भर्चुअल पठन–पाठन पनि विवादित छ। कक्षा सञ्चालनबारे सरकार, निजी क्षेत्र र अभिभावकबीच जुहारी चलिरहेको छ। नेपालको सन्दर्भमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली खेलकुदको कहाँ अड्कियो हलो?

    नेपाली खेलकुदको कहाँ अड्कियो हलो?

    कोभिड १९ को प्रकोपका कारण चैत महिनाबाट विश्वभरकै खेलकुद गतिविधि ठप्प भयो। केही महिना खेल रोकिए। तर कोरोना भाइरस नियन्त्रण नआउँदासम्म खेल क्षेत्रलाई ठप्प बनाइरहनु पनि त्यति उपयुक्त थिएन। त्यसैले करिब एक महिनायतादेखि भने स्वास्थ्य मापदण्डहरु बनाएर विश्वभर खेल गतिविधि सुरु पनि भए। दर्शक बिनाको स्टेडियममा फुटबल सुरु भयो। छक्का र चौकामा हुटिङ गर्ने सपोटर्स बिनै क्रिकेट पनि सुरु भयो। अरु…

    विस्तृतमा पढ्नुस्

  • मुलपानीको क्रिकेट मैदानको जमिनमा अनाधिकृत अतिक्रमण र दोहन

    मुलपानीको क्रिकेट मैदानको जमिनमा अनाधिकृत अतिक्रमण र दोहन

    काठमाडौं : मुलपानी क्रिकेट स्टेडियमको चर्चा सुरु भएको डेढ दशक भन्दा धेरै भइसक्यो। कहिले मुआब्जाको विवाद र कहिले ढिलासुस्तीको गोलचक्करमा यो स्टेडियम अलमलमा देखिन्छ अझै पनि। यद्यपि, पछिल्लो समय खेलकुद सम्वद्ध पदाधिकारीहरुले लगभग काम सकिइसकेको दाबी गर्दै आएका छन्। पछिल्लो समय वैशाख २० गते राष्ट्रपतिले नीति तथा कार्यक्रममा २ वर्षभित्र मुलपानी क्रिकेट स्टेडियम सञ्चालन हुने बताएकी थिइन्। 'लगभग' तयार भएको भनिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...

    स्वयम्भूलाई एक फन्को लगाउँदै सुरु भएको त्यो यात्रा...

    अप्ठेरो बाटोलाई आफू अनुकुल बनाउन उनलाई मज्जा लाग्छ। साइकलका दुई पांग्रालाई चलायमान बनाउँदै सफर गर्न मन लाग्छ। त्यसैले बिहानै साइकल लिएर उनी अभ्यासकै लागि काठमाडौंका डाँडाकाँडा चहार्छन्। गोरेटो बाटो होस् कि कच्ची, लक्ष्मण मल्लको साइकललाई एउटै सपनाले 'ड्राइभ' गरिरहेको हुन्छ - त्यो हो, एसियाली स्तरमा नेपालका लागि पदक जित्ने। त्यही सपनालाई पछ्याउँदै गत वर्षको मंसिरमा नेपालमा आयोजना भएको दक्षिण एसियाली…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट, बैंक र रङसँग लुकेको ‘राज’ अर्थात्, एउटा अनौठो कोलाज

    क्रिकेट, बैंक र रङसँग लुकेको ‘राज’ अर्थात्, एउटा अनौठो कोलाज

    जब नेपाली क्रिकेटले मारेको फड्कोबारे कुरा हुन्छ तब चर्चा हुन्छ पारस खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन लगायतको। यी खेलाडीको नाम त्यतिखेर आउँछ जब डिभिजन ५ बाट एक दिवसीय वरियताको अहिलेसम्मको अवस्थामा नेपाली क्रिकेटको चर्चा हुन्छ। क्रिकेट व्यवसायिक बनेपछिको अवस्थाबारे बोल्ने हो भने सन्दीप लामिछाने छुट्ने कुरै भएन। यी बाहेक नेपाली क्रिकेटमा कयौँ खेलाडी आए। कतिले क्रिकेटमै लामो समय…

    विस्तृतमा पढ्नुस्

  • बाढीमा ज्यान गुमाएका निकेशको आजै थियो जन्मदिन : अस्पतालको शय्याबाट सविना सोध्छिन्, 'मेरो श्रीमान र बच्चा खै?'

    बाढीमा ज्यान गुमाएका निकेशको आजै थियो जन्मदिन : अस्पतालको शय्याबाट सविना सोध्छिन्, 'मेरो श्रीमान र बच्चा खै?'

    काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल अगाडि एक महिला यताउता गरिरहेकी थिइन्। अस्पतालमाथि हेलिप्याडमा हेलिकोप्टर पालैपालो आउँदै जाँदै थियो। झरझर पानी पनि परिरहेकै थियो। 'यस्तै पानीले त हो, राति सिन्धुपाल्चोकमा बाढीपहिरो गएको,' ती महिला भन्दै थिइन्। उनी रहेछन् त्यही प्रकोपमा परेर घाइते भएकी सुनिता बस्नेतकी फुपु सासु देवकी कार्की। बुधवार रातिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकास्थित वडा ५ मा रहेको जम्बुमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएकालाई लिएर ह्याम्स अस्पताल आइपुग्यो हेलिकप्टर

    सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएकालाई लिएर ह्याम्स अस्पताल आइपुग्यो हेलिकप्टर

    काठमाडौं : सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका व्यक्ति लिएर हेलिकप्टर काठमाडौंस्थित ह्याम्स अस्पताल आइपुगेको छ। बिहानै सभामुख अग्नि सापकोटा रहेको हेलिकप्टर खराब मौसमका कारण बीच बाटोबाटै फर्किएको थियो। पहिरोमा परी गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गरेको हो। काठमाडौंबाट गएको हेलिकप्टरले सविना बस्नेतलाई राजधानीको ह्याम्स अस्पतलामा ल्याइएको छ। बस्नेतका आफन्त अस्पताल पुगिसकेका छन्। थप घाइतेलाई ल्याउन हेलिकप्ट पुन घटनास्थल फर्केको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद ऐनको अर्को पाटो, अधिवक्ताको नजरमा यस्ता छन् कमजोरी

    खेलकुद ऐनको अर्को पाटो, अधिवक्ताको नजरमा यस्ता छन् कमजोरी

    काठमाडौं : खेलकुद ऐन बिहीवारबाट कार्यान्वयनमा आएको छ। यो ऐन कार्यन्वयनमा आएसँगै अन्योलता पनि थपिएका छन्। यसका प्रावधानबारे व्यक्तिपिच्छे फरकफरक धारणा आइरहेको छ। नेपाली खेलकुदलाई नजिकबाट नियालेका वरिष्ठ अधिवक्ता उपेन्द्रकेसरी न्यौपाने अहिले आएको ऐनले अझै पनि खेलकुदका मुख्य समस्यालाई समाधान गर्न नसक्ने देख्छन्। खेलकुद परिषदलाई केन्द्रमा राख्न भन्दा संघलाई बलियो बनाउनु पर्ने उनको विश्लेषण छ। राजनीतिक परिवर्तनसँगै नयाँ ऐनको आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • गुरु पूर्णिमामा कराते प्रशिक्षक दीपकको अनुभव, 'गुरुलाई प्रेसर बढी हुनेरहेछ'

    गुरु पूर्णिमामा कराते प्रशिक्षक दीपकको अनुभव, 'गुरुलाई प्रेसर बढी हुनेरहेछ'

    प्रत्येक बिहान ८ बजे। सातदोबाटोस्थित करातेको कभर्ट हलमा दैनिक अभ्यास सुरु हुन्छ। तर, आइतवार समय घर्किँदा पनि अभ्यासको सुरसार थिएन। साढे आठतिर करातेका प्रशिक्षक दीपक श्रेष्ठ कभर्ड हलमा आइपुगे। उनीहरु त्यहाँ पुग्दा ओलम्पिकको तयारीमा जुटेका खेलाडीहरु अनु अधिकारी र नवीन रसाइली त्यहीँ थिए। अगाडि एउटा टेबल थियो। टेबलमा फूल, माला, अबिर, मिठाइ थियो। र, त्यसको ठीक पछाडि थियो दुईवटा कुर्सी।…

    विस्तृतमा पढ्नुस्

  • 'फुटबल टू फिल्म' अनिल गुरुङको यात्रा, भन्छन् : पर्दामा आफ्नै कथा हेरेर जीवनको समीक्षा गर्न सक्छु कि?

    'फुटबल टू फिल्म' अनिल गुरुङको यात्रा, भन्छन् : पर्दामा आफ्नै कथा हेरेर जीवनको समीक्षा गर्न सक्छु कि?

    तीन वर्षअघि नेपाली राष्ट्रिय फुटबलबाट सन्यास लिए अनिल गुरुङले। लामो समय फुटबलको मैदानमा उनले दिएको प्रस्तुतिकै कारण चर्चामा रहे। सन्यास लिनु अघिका दुई वर्ष राष्ट्रिय टोलीकै नेतृत्व पनि गरेका हुन्। जब राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरे तब उनको भूमिका बद्लियो। खेलाडीबाट कलाकार बन्ने भए उनी। कोरोना महामारी नफैलिएको भए, लकडाउन नभएको भए – वर्ष २०७७ को सुरुवातमा त उनलाई पर्दामा…

    विस्तृतमा पढ्नुस्

  • एसईईको आन्तरिक मूल्यांकन यसरी हुँदै, ‘कोरोना ब्याचको ट्याग नलागोस्'

    एसईईको आन्तरिक मूल्यांकन यसरी हुँदै, ‘कोरोना ब्याचको ट्याग नलागोस्'

    काठमाडौं : कोरोनाको चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा चैत ५ गते साँझ सरकारले स्थगित गर्‍यो। चैत १० गते कोरोनाको दोस्रो केस देखियो र ११ गतेबाट  देशभर लकडाउन गरियो। सँगै ओझेलमा पर्‍यो एसईई। जेठ २८ गते बल्ल सरकारले २०७६ सालको एसईई परीक्षा रद्द गर्ने निर्णय गर्‍यो। योसँगै विद्यार्थीमा परीक्षाको मनोवैज्ञानिक त्रास हट्यो। तर शंकापनि उत्तिकै थपियो - हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षणमा उत्रिए खेलाडी, 'त्यसै बस्दा छट्पटी थियो, धेरैपछि अभ्यास हुँदा खुसी लागिरहेको छ'

    प्रशिक्षणमा उत्रिए खेलाडी, 'त्यसै बस्दा छट्पटी थियो, धेरैपछि अभ्यास हुँदा खुसी लागिरहेको छ'

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को परिसरमा बिहान ८ बज्दा नबज्दै ब्याटमिन्टनका खेलाडीहरु आइपुग्छन्। पाँच जना खेलाडी र कोरियन प्रशिक्षक आइपुगेपछि अभ्यास शुरु हुन्छ रंगशालाको छेवैमा रहेको कभर्ड हलमा। हलमा अभ्यास शुरु भएसँगै खेलाडी असिनपसिन हुन्छन्। अनि प्रशिक्षकले स्यानिटाइजर ल्याएर दिन्छन्। समयसमयमा खेलाडी र प्रशिक्षकबीच भाषाको कारण कुराकानीमा समस्या भएजस्तो देखिन्छ। र, समाधान पनि भइहाल्छ। ब्याडमिन्टनको जुनियरतर्फ विश्व वरीयतामा सातौं स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • रंगभेदविरुद्धको मनोविज्ञान : जर्सीमा लेखियो ‘ब्ल्याक लाइभ्स म्याटर’

    रंगभेदविरुद्धको मनोविज्ञान : जर्सीमा लेखियो ‘ब्ल्याक लाइभ्स म्याटर’

    विश्वमा पछिल्लो समय चर्चामा रहेको एउटा नारा हो ‘ब्ल्याक लाइभ्स म्याटर’। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा घुडाँले घाँटीमा थिचेपछि उनको मृत्यु भयो। उक्त घटना सार्वजनिक भएपछि अमेरिकामा कयौं दिनसम्म प्रदर्शन भयो। ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्दै सडकमा ओर्लिएका अमेरिकी युवाको समर्थनमा अन्य देशमा समेत विरोध कार्यक्रम गरियो। विश्वका अधिकांश देशमा रंगभेदविरुद्धको नारा चर्चित भयो। अश्वेतमाथिको…

    विस्तृतमा पढ्नुस्

  • फुटबल ठप्प हुँदा तातेको एन्फाको राजनीति

    फुटबल ठप्प हुँदा तातेको एन्फाको राजनीति

    पछिल्लो समय कोरोना र लकडाउनका कारण फुटबललगायतका खेल रोकिएका छन्। तर, खेल राजनीति भने अझ तातेको छ एन्फामा। पछिल्लो समय एन्फामा हेर्ने हो भने असन्तुष्टि, निलम्बन, नियुक्ति, राजीनामा माग, विधानका कुरा, समिति हेरफेर जस्ता गतिविधिहरु सामान्य बन्दै गएका छन्। अर्थात् फुटबल जति ठप्प छ एन्फा राजनीति त्यति नै तातेको छ। असन्तुष्टिको पछिल्लो शृङखला सुरु हुन्छ एन्फाको वरिष्ठ उपाध्यक्ष पंकज विक्रम…

    विस्तृतमा पढ्नुस्

  • मन्डेकाजीको उदार मन : सागको डबल स्वर्णबाट भएको आम्दानीबाट लकडाउनमा फसेकालाई सहयोग

    मन्डेकाजीको उदार मन : सागको डबल स्वर्णबाट भएको आम्दानीबाट लकडाउनमा फसेकालाई सहयोग

    काठमाडौं : मन्डेकाजी श्रेष्ठ अर्थात् गएको १३ औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण विजेता। यतिमै सीमित छैन उनको परिचय। नेपाल प्रहरी पनि हुन् उनी। र, पछिल्लो समय भने समाजसेवीका रुपमा चिनिएका छन्। श्रेष्ठले कक्षा ६ मा पढ्दा नै कराते सिक्न सुरु गरे। पछि प्रहरीमा जागिरे भए। र, दक्षिण एसियाली खेलकुदमा आफूलाई प्रमाणित पनि गरिछाडे। लगत्तै कोरोनाको महामारी फैलियो। उनी होमिए…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell