PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • संवैधानिक परिषद् विधेयकः ओली पथमा देउवा, अध्यादेशकै व्यवस्था हुबहु

    संवैधानिक परिषद् विधेयकः ओली पथमा देउवा, अध्यादेशकै व्यवस्था हुबहु

    काठमाडौँः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद, राजनीतिक दलसम्बद्ध अध्यादेश ल्याउँदा विरोधमा उत्रिएको थियो नेपाली कांग्रेस। कांग्रेसमात्र हैन तत्कालीन नेकपाकै एक समूहले पनि दलकै सरकारको चर्को विरोध गरेको थियो। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले ओलीको कदमको आलोचन गरे। तर, ओली सरकार हटेलगत्तै तीन  काम देउवाले धमाधम अघि बढाए। दल विभाजको अध्यादेश देउवाले लगत्तै सिफारिस गरे। एमाले…

    विस्तृतमा पढ्नुस्

  • माओवादी र एकीकृत समाजवादी यति चाँडै एक हुने भए पार्टी किन फुट्थ्यो? मान्छेहरु भावनामा बग्छन्: श्रममन्त्री कुँवर [वार्ता]

    माओवादी र एकीकृत समाजवादी यति चाँडै एक हुने भए पार्टी किन फुट्थ्यो? मान्छेहरु भावनामा बग्छन्: श्रममन्त्री कुँवर [वार्ता]

    नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते पार्टीका मन्त्री फेर्ने निर्णय गरे पनि सहजै कार्यान्वयन भएन। मन्त्रीले तत्काल फिर्ता हुन मानेनन्। अर्कोतिर पार्टीका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय कार्यान्वयन नगरे गठबन्धन टुटाउने चेतावनी दिए। पार्टीमा देखिएको किचलोका कारण तीन हप्ता कुर्नुपरेको थियो नयाँ मन्त्रीले शपथ लिन। कमजोर पर्फमेन्स र आलोपालो मन्त्री हुने पार्टीको सहमतिलाई फिर्ता बोलाउनुको कारण देखाएको थियो एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • नागरिकताको नयाँ विधेयक संसदमाः विवादित विषय समेटिएन, अंगीकृतको प्रावधान संशोधन नहुने

    नागरिकताको नयाँ विधेयक संसदमाः विवादित विषय समेटिएन, अंगीकृतको प्रावधान संशोधन नहुने

    काठमाडौंः सरकारले वैवाहिक अंगीकृत नागरिकतालगायतका विवादित विषयलाई थाती राखेर नेपाल नागरिकता ऐन २०६३ संशोधन विधेयक पुनः संसद्मा दर्ता गरेको छ। साढे चार वर्षदेखि प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयक शुक्रबारै फिर्ता भएको थियो। फिर्ता लगत्तै नयाँ विधेयक दर्ता भएको हो। नयाँ विधेयकले दलहरुबीचमा विवाद रहेका विषयलाई समेटेको छैन। विधेयकले नयाँ संविधान अनुसारका नागरिकताका प्रावधानलाई संघीय कानुन अनुसार अघि बढाएको छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • विधान मिचेर पनि प्रचण्डले सकेनन् पदाधिकारी छान्न, थामथुम गरेरै टारे पार्टीको दबाब

    विधान मिचेर पनि प्रचण्डले सकेनन् पदाधिकारी छान्न, थामथुम गरेरै टारे पार्टीको दबाब

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको ६ महिनासम्म पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन। पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि आइतवार नै माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको थियो। सोमवार केन्द्रीय सदस्यले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखे। मंगलवार प्रचण्डले केन्द्रीय कमिटीको बैठक रोकेर पदाधिकारी तथा स्थायी र पोलिटब्युरो गठन गर्न आफ्नै निवास खुमलटारमा केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • ...त्यसपछि राजीनामा दिन बाध्य भए शर्मा, जसको कार्यकाल वर्षभरि 'काण्डै काण्ड'मा बित्यो

    ...त्यसपछि राजीनामा दिन बाध्य भए शर्मा, जसको कार्यकाल वर्षभरि 'काण्डै काण्ड'मा बित्यो

    काठमाडौं : जनार्दन शर्मा तिनै नेता हुन जो माओवादी जनयुद्धका बेला कुशल कमान्डर 'प्रभाकर' थिए। शान्ति प्रक्रियामा आएपछि पनि उनको गुरिल्ला शैली बेलाबेला देख्न पाइन्थ्यो नै। माओवादी प्रतिपक्षीको भूमिकामा संसदमा हुँदा होस् या सरकारी पार्टीको रूपमा। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध छल्न शर्मा माहिर नै थिए। किनभने एमालेको चर्को नाराबाजी र घेराउलाई तोड्न दौडिएरै बजेट पास गरेका थिए शर्माले…

    विस्तृतमा पढ्नुस्

  • कसलाई बनाउलान प्रचण्डले आफ्नो उत्तराधिकारी ?

    कसलाई बनाउलान प्रचण्डले आफ्नो उत्तराधिकारी ?

    काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनका लागि अध्यक्ष पुष्पकमल दाहाल गृहकार्यमा जुटेका छन्। बिहानैदेखि खुमलटारमा प्रचण्डले पार्टीका नेताहरुसँग पदाधिकारी चयनबारे छलफल थालेका हुन्। माओवादी केन्द्रमा महासचिव पदका लागि आकांक्षीहरुको संख्या बढन थालेको छ। केन्द्रीय कमिटीको तेस्रो केन्द्रीय कमिटीको बैठकलाई रोकेर प्रचण्डले पदाधिकारी चयनका लागि गृहकार्य गरेका हुन्। मंगलवार रातिदेखि नै खुमलटारमा महासचिवका बारेमा नेताहरुबिच छलफल भएको माओवादी निकट स्रोतले…

    विस्तृतमा पढ्नुस्

  • माओवादीमा ‘टिके’प्रथाको निरन्तरताका लागि गृहकार्य, प्रचण्डको खल्तीबाट पदाधिकारी!

    माओवादीमा ‘टिके’प्रथाको निरन्तरताका लागि गृहकार्य, प्रचण्डको खल्तीबाट पदाधिकारी!

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा स्थायी कमिटी र पोलिटब्यूरोलाई पूर्णता दिने तयारी गरेका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको मंगलवारको बैठकले पदाधिकारी तथा कमिटीका सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले बुधवारको बैठकमा पदाधिकारी,स्थायी कमिटी तथा पोलिटब्यूरो सदस्यको नाम बैठकमा प्रस्तुत गर्ने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। ‘अध्यक्षले केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • विवादै विवादले घेरिएका अर्थमन्त्री शर्मालाई हटाउनेबारे के गर्दै छन् देउवा र प्रचण्ड?

    विवादै विवादले घेरिएका अर्थमन्त्री शर्मालाई हटाउनेबारे के गर्दै छन् देउवा र प्रचण्ड?

    काठमाडौं : एक पछि अर्को विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा गर्न दबाब बढिरहेको छ। तर, उनको दल नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनका शीर्ष नेता भने यसबारे मौन छन्। बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको शर्मामाथि आरोप छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद्मा शर्माको राजीनामा माग गरेर जेठ १४ गतेको मन्त्रालयको सीसीटीभीको फुटेज सार्वजनिक गर्न…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको भाग पुर्‍याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल

     सत्ताको भाग पुर्‍याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा ६ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। गत वर्ष ४ पटक र यो वर्ष २ पटक गरी देउवाले ६ पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। साउन १०, असोज ६, असोज २२ र चैत १४ गते गत वर्ष मन्त्री फेरिएका थिए। यो वर्ष सोमवार जनता समाजवादी पार्टी (जसपा)का ३ र असार १३ गते नेकपा (एकीकृत समाजवादी)का…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका ४ आरोप र ८ स्वीकारोक्ति, प्रक्षेपण : माओवादी शक्तिशाली बन्ने संकेत देखियो तर गठबन्धन गर्नुपर्छ

    प्रचण्डका ४ आरोप र ८ स्वीकारोक्ति, प्रक्षेपण : माओवादी शक्तिशाली बन्ने संकेत देखियो तर गठबन्धन गर्नुपर्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुका कारण आफ्नो पार्टी स्थानीय तह निर्वाचनमा पराजित भएको आरोप लगाएका छन्। आइतवारदेखि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। जसमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादी केन्द्रको हारको मुख्य कारण भएको प्रचण्डको ठहर छ। नेकपा (एकीकृत समाजवादी) र जनता…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको केन्द्रीय कमिटी सदस्य संख्या साढे ४ सय पुग्ने, फेरि अरु पार्टीको भन्दा ठुलो कमिटी बनाएर राख्ला रेकर्ड?

    माओवादीको केन्द्रीय कमिटी सदस्य संख्या साढे ४ सय पुग्ने, फेरि अरु पार्टीको भन्दा ठुलो कमिटी बनाएर राख्ला रेकर्ड?

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार झन्डै साढे ४ सय हाराहारीको हुने भएको छ। विधानमा दुई सय ९९ जनाको केन्द्रीय कमिटी हुने व्यवस्था छ। तर त्यसमा वैकल्पिक,एकता प्रक्रिया र मनोनितलाई जोड्दा झण्डै साढे ४ सय पुग्ने भएको हो। नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गणेश साहले साढे ४ सय केन्द्रीय सदस्य पुग्ने बताए। ‘२९९ विधानअनुसार त्यसमा २५…

    विस्तृतमा पढ्नुस्

  • 'क्लाइमेक्स'मा जसपाभित्रको किचलो, आरोप - प्रत्यारोपको चलिरहेछ जुहारी : 'किचकिचे बाबुराम' र 'स्वेच्छाचारी उपेन्द्र'

    'क्लाइमेक्स'मा जसपाभित्रको किचलो, आरोप - प्रत्यारोपको चलिरहेछ जुहारी : 'किचकिचे बाबुराम' र 'स्वेच्छाचारी उपेन्द्र'

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को विवाद झन् बल्झिन थालेको छ। अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बिचको किचलो क्लाइमेक्समा पुगेको छ। नेतृत्वलाई लिएर जसपामा विवाद रहँदै आए पनि यतिखेर भने विभाजनको आडैतिर पुगेको दुबै पक्षका नेताहरुले बताएका छन्। यादव स्वेच्छाचारी ढंगले चल्न खोजेको भन्दै भट्टराई पक्ष रुष्ट छ। अर्कोतिर पार्टीका हरेक विषयमा किचलो गर्न खोजेको र अस्थिर प्रवृत्ति नछाडेको…

    विस्तृतमा पढ्नुस्

  • च्याउसरि पार्टी, नाम छ तर काम छैन!

    च्याउसरि पार्टी, नाम छ तर काम छैन!

    काठमाडौँ: पत्रकारिता छाडेर रवि लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत राजनीतिमा डेब्यू गरे। नयाँ दल घोषणा गरेर ७ अवधारणा प्रस्तुत गरेका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, ‘राइट टु रिजेक्ट र राइट टु रिकल’ जस्ता एजेन्डा पेस गरे। तर, राष्ट्रिय सभागृहमा उनले देखाएको हुङ्कार अन्य ‘स्वतन्त्र’ उम्मेदवारले भने मन पराएनन्। ‘स्वतन्त्र’ शब्दको अपव्याख्या गरेको भनेर निर्वाचन आयोगमा रविको…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना मन्त्रीलाई माधव नेपालले सिकाए आचरण, यसअघिका मन्त्री विवादको घेरामा पर्दा नयाँले गर्लान पालना?

    आफ्ना मन्त्रीलाई माधव नेपालले सिकाए आचरण, यसअघिका मन्त्री विवादको घेरामा पर्दा नयाँले गर्लान पालना?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीलाई विवादमा नपर्न निर्देशन दिएका छन्। पार्टी कार्यालय आलोकनगरमा ४ जना मन्त्री र एक जना राज्यमन्त्री बोलाएर नेपालले सरकार संचालनबारे 'ब्रिफिङ' गरेका हुन्। समाजवादीका तर्फबाट असार १२ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • साढे तीन वर्षपछि लोक सेवा विधेयक पारितः कर्मचारी सरुवामा परामर्श अनिवार्य, चिट चोराए ६ महिना कैद

    साढे तीन वर्षपछि लोक सेवा विधेयक पारितः कर्मचारी सरुवामा परामर्श अनिवार्य, चिट चोराए ६ महिना कैद

    काठमाडौंः प्रतिनिधि सभाले लोक सेवा आयोग विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन अनुमोदन गरेको छ। आइतबारको बैठकले विधेयकमाथिको संशोधन स्वीकार गरेको हो। दुबै सभाबाट पारितको प्रक्रिया सकिएसँगै साढे तीन वर्षदेखि विचाराधीन रहेको विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ। प्रतिनिधि सभा सचिवालयमा विधेयक २०७५ पुस २४ गते दर्ता भएको थियो। यस्तै, २०७७ असार ९ गते पारित भएको थियो। पारित विधेयकमा आयोगको विशेषज्ञ…

    विस्तृतमा पढ्नुस्

  • पार्टी गठन भएको १० महिनामै बिग्रहको बाटोमा एकीकृत समाजवादी, मन्त्री फिर्ता बोलाउने विवादले कस्तो मोड लेला?

    पार्टी गठन भएको १० महिनामै बिग्रहको बाटोमा एकीकृत समाजवादी, मन्त्री फिर्ता बोलाउने विवादले कस्तो मोड लेला?

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको १० महिनामै विवादमा फसेको छ। नेकपा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो। मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी' प्रतिनिधि सभाबाट पारित गर्ने बेलामा पनि एकीकृत समाजवादी भित्र विवाद देखिएको थियो। तर,उक्त विवाद भने छताछुल्ल हुन पाएन। नेता झलनाथ खनालले एमसीसीको खुलेरै बिरोध गर्दा अरु…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा नेतैपिच्छे फरक-फरक दाउ: एमाले देखाउँदै देउवालाई घुर्क्याउने प्रचण्ड ‘प्लान’

    गठबन्धनमा नेतैपिच्छे फरक-फरक दाउ: एमाले देखाउँदै देउवालाई घुर्क्याउने प्रचण्ड ‘प्लान’

    काठमाडौँ: सत्ता गठबन्धनका नेताहरू प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लिएर फरक-फरक रणनीति बनाइरहेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताबीच चुनावी तालमेललाई लिएर रणनीतिक दाउपेच जारी छ। कांग्रेस बाहेकका दल स्थानीय तह निर्वाचनको परिणामबाट सन्तुष्ट छैनन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र गठबन्धनका दलले धोका दिएको भन्दै समीक्षा गरेर अघि…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको मन्त्री फेर्ने निर्णय अलपत्र परेको १७ औं दिन, किन भएन कार्यान्वयन?

    माधव नेपालको मन्त्री फेर्ने निर्णय अलपत्र परेको १७ औं दिन, किन भएन कार्यान्वयन?

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको १७ दिन पुगेको छ। सचिवालयको जेठ २२ गतेको बैठकले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, दुई साता बितिसक्दा पनि एकीकृत समाजवादीले निर्णयलाई कार्यान्वयन गराउन सकेन। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम मन्त्री किसान श्रेष्ठलाई पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन सांसदबिच ४ घण्टा बाझाबाझ, देउवाले 'एसपीपी'बारे जवाफ नदिएर टारे संसद र समिति

    प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन सांसदबिच ४ घण्टा बाझाबाझ, देउवाले 'एसपीपी'बारे जवाफ नदिएर टारे संसद र समिति

    काठमाडौं : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठक सहज बनेन। स्टेट प्रोग्राम पार्टनर्सिप (एसपीपी)ले राजनीतिमा तरंग ल्याउँदा ‘मिनि पार्लियामेन्ट’मा छाया पर्ने नै भयो। तर, विवाद एसपीपीमै सीमित रहेन। बरु, प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति बाझाबाझको बिउ बन्यो, सांसदहरुका लागि। समितिका सभापति पवित्रा निरौलाले जेठ ३० गते देउवालाई निमन्त्रणा पठाएकी थिइन्। तर,देउवाको सचिवालयले बैठक सुरु हुनु आधा घण्टा अघि भन्यो - बैठकमा आउनुहुन्न प्रधानमन्त्री। ‘मैले प्रधानमन्त्रीलाई उपस्थित हुन…

    विस्तृतमा पढ्नुस्

  • छलफलमा नआएपछि समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, ‘संसद र समिति किन छल्दै छन् देउवा?’

    छलफलमा नआएपछि समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, ‘संसद र समिति किन छल्दै छन् देउवा?’

    काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा छलफलका लागि नआएकोमा ध्यानाकर्षण गराएको छ। आज समितिको बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे छलफल भएको थियो। आजको बैठकमा समितिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो। तर, उनी उपस्थित भएनन्। देउवा उपस्थित नभएपछि विपक्षी सांसदहरुले असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरुले फेरि प्रधानमन्त्रीलाई बोलाउन माग गरेका थिए। नेपाली कांग्रेसका सांसदहरुले भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell