PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • आफ्नै पार्टीप्रति किन 'इरिटेड' छन् प्रचण्ड? माओवादी केन्द्र विघटन कि नम्बर १ पार्टी?

    आफ्नै पार्टीप्रति किन 'इरिटेड' छन् प्रचण्ड? माओवादी केन्द्र विघटन कि नम्बर १ पार्टी?

    काठमाडौं : समकालीन नेता र उनीहरुको दलबारे टिप्पणी गरिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गते आफ्नै पार्टीप्रति आक्रोश पोखे। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले माओवादी नसच्चिए विघटन गर्नुपर्ने धम्की नै दिए। 'हामी पैसालाई प्रश्रय दिँदै जाने हो भने मार्क्सवादका चेला हौँ भनेर पार्टी विघटन गरिदिए हुन्छ। जनतालाई क्रान्ति गर्छु भन्ने प्रतिक्रान्ति गर्ने र धोका दिनुभन्दा बरु…

    विस्तृतमा पढ्नुस्

  • एमालेको भण्डाफोर र जबज मार्गदर्शक सिद्धान्त नबनाउने एकीकृत समाजवादीको नीति, नयाँ संरचनामा ‘बुढालाई ठूलो र युवालाई सानो पद’

     एमालेको भण्डाफोर र जबज मार्गदर्शक सिद्धान्त नबनाउने एकीकृत समाजवादीको नीति, नयाँ संरचनामा ‘बुढालाई ठूलो र युवालाई सानो पद’

    काठमाडौं : नेकपा (एमाले)बाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ। ७१ जनाको पोलिटब्युरो, ३५ जनाको स्थायी कमिटी रहेको एकीकृत समाजवादीको अध्यक्षमा औपचारिक रुपमा माधव कुमार नेपाल चयन भएका छन्। वरिष्ठ नेता झलनाथ खनाल रहेको पार्टीमा मुकुन्द न्यौपाने नेता छन्। बानेश्वरको बुद्धनगरमा मंगलवारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठकले पार्टीको संरचना, पार्टीको सिद्धान्त र तत्कालीन कार्ययोजना तयार पारेको…

    विस्तृतमा पढ्नुस्

  • अहिले नै खटपट सुरु भइसकेको गठबन्धन कसरी टिक्ला चुनावसम्म?

    अहिले नै खटपट सुरु भइसकेको गठबन्धन कसरी टिक्ला चुनावसम्म?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा गठन भएको साढे दुई महिनासम्म पनि सरकारले पूर्ण आकार लिन सकेको छैन।  सत्ता गठबन्धनमा आवद्ध पार्टीका शीर्ष नेताहरु बिच धारावाहिक रुपमा सरकार बिस्तारबारे छलफल त चलिरहेको छ तर निचोडमा पुग्न नेताहरुलाई सकस परेको छ। ५ जना मन्त्रीको भरमा सरकार चलाइरहेका देउवाले बुधवार नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए। राष्ट्रसंघीय महासभा बैठकमा नेपालका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • मासिक ३ लाख भन्दा बढी भाडा पर्ने माधव नेपालको कस्तो छ मुख्यालय?

    मासिक ३ लाख भन्दा बढी भाडा पर्ने माधव नेपालको कस्तो छ मुख्यालय?

    काठमाडौं : नेकपा (एकीकृत समाजवादीले) पार्टीको केन्द्रीय कार्यालय तीनकुने स्थित भाडाको घरलाई बनाएको छ। नेकपा एमालेलाई विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एस)ले मासिक ३ लाख २५ हजार रुपैयाँ तिर्नेगरी निजी घरलाई पार्टी कार्यालय बनाएको हो। पार्टीका सम्पूर्ण गतिविधि अब केन्द्रीय कार्यालयबाट सञ्चालन हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। निर्वाचन आयोगले दलको मान्यता दिएसँगै पार्टी कार्यालयको आन्तरिक संरचना तयारी…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय भएको माधव नेपालको भनाई, 'पदका लागि पार्टी गठन गरेको हैन, विचलन रोक्छु'

    कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय भएको माधव नेपालको भनाई, 'पदका लागि पार्टी गठन गरेको हैन, विचलन रोक्छु'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्। नेकपा एमालेसँग फुटेर बनेको पार्टीको केन्द्रीय कार्यालय नेपालले आज बिहान उद्घाटन गरेका हुन्। नयाँ बानेश्वरको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयको उद्घाटनपछि नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय भएको बताए। 'एउटा नवीन सोच र मान्यताका साथ हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय गराएका छौ। यो क्षितिजमा…

    विस्तृतमा पढ्नुस्

  • १० बुँदेले दलदलमा एमाले, सहमतिको कार्यान्वयन नहुँदा माधव नेपाललाई छाडेका नेता संकटमा

    १० बुँदेले दलदलमा एमाले, सहमतिको कार्यान्वयन नहुँदा माधव नेपाललाई छाडेका नेता संकटमा

    काठमाडौं : नेकपा (एमाले)को माझधारमा रहेका नेताहरुले तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाललाई छोड्नुको पहिलो कारण देखाएका थिए- १० बुँदे सहमति। अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सहमतिमै जेठ १ गते गठन भएको कार्यदलले असार २७ गते सहमतिको १० बुँदे खाका तयार पारेको थियो। उक्त सहमतिको मस्यौदामा नेपालले विमति जनाउँदा उनीसँग रहेका भीम रावल, घनश्याम भुसाललगायतका १० जना माझधारका नेताले…

    विस्तृतमा पढ्नुस्

  • संसदको फ्रन्टलाइनमै ओली - अग्नि 'ब्याटल' : सत्ता पक्षको आक्रोश, 'ओलीले नै संसद चाहेनन्'

    संसदको फ्रन्टलाइनमै ओली - अग्नि 'ब्याटल' : सत्ता पक्षको आक्रोश, 'ओलीले नै संसद चाहेनन्'

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको झगडाका कारण प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको भन्दै एमालेले सापकोटाको राजिनामा मागेको छ। सभामुख सापकोटाले आइतवार बोलाएको सर्वदलीय बैठकलाई समेत ओलीले बहिष्कार गरेर सभामुखको राजिनामालाई बटमलाइन बनाएका छन्। सापकोटाले सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग टेलिफोनमा समेत संवाद गर्न नचाहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ : सांसद रेखाकुमारी झा

    केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ : सांसद रेखाकुमारी झा

    काठमाडौं : नेकपा एमालेकी सांसद रेखा कुमारी झाले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रमण गर्ने प्रयास असफल भएको छ।  एमालेको विरोधका बिच सभामुख सापकोटाले संसद बैठक चलाएको भन्दै आक्रोशित बनेकी सांसद झाले सभामुखलाई आक्रमण गर्ने योजना रहेको सुनाइन्। रौतहटबाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधिसभाको सदस्य रहेकी झाले सापकोटाप्रति आक्रोशित भएकाले आक्रमणको प्रयास गरेको बताइन्। शिक्षा तथा स्वास्थ समितिककी सदस्य समेत रहेकी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीले सत्ता र प्रतिपक्ष दलभित्र खटपट, अघि बढाए फुट्छ गठबन्धन?

    एमसीसीले सत्ता र प्रतिपक्ष दलभित्र खटपट, अघि बढाए फुट्छ गठबन्धन?

    काठमाडौं: सत्ता गठबन्धन र प्रतिपक्षी दलभित्र अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खटपट सुरु भएको छ। गठबन्धनमा रहेका पाँच दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चबीच एमसीसीबारे एकमत छैन। अहिलेकै अवस्थामा एमसीसी पारित गर्ने, संसोधन गरेर अघि बढाउने या एमसीसी अघि बढाउनै नहुने भन्नेबारेमा गठबन्धनमा सहमति हुन नसकेको हो। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • वामदेव बियोग : न रह्यो बाँस, न बज्यो बाँसुरी

    वामदेव बियोग : न रह्यो बाँस, न बज्यो बाँसुरी

    काठमाडौं : शुक्रवार नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमलाई  हेर्ने दृष्टिकोण दुईथरी छ। पहिलो, उनी अस्थिर नेता हुन्। दोस्रो, उनका प्रशंसकले उनलाई एमालेको खम्बा र क्रान्तिको योद्धा भनेर सम्बोधन गर्छन्। आखिर जे भए पनि छिटोछिटो बदलिने र त्यसैको पश्चाताप गर्ने नेता मध्येका एक हुन् गौतम। पछिल्लो समय तत्कालीन नेपाल कम्यनिस्ट पार्टी (नेकपा) हुँदै 'पार्टी एकता अभियान' र त्यसपछि नेकपा एमालेमा उनको…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई ‘गलपासो’ : सत्ता टिकाउनु कि आफ्नो अडान?

    गठबन्धनलाई ‘गलपासो’ : सत्ता टिकाउनु कि आफ्नो अडान?

    काठमाडौं: सत्ता गठबन्धनलाई चुनौती छ- आउने चुनावसम्म गठबन्धन टिकाउन र सरकार चलाउन। त्यही चुनौती छिचोल्न गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाएको थियो। ‘साझा कार्यक्रम’मार्फत साझा धारणा बनाएर अघि बढने गठबन्धनको प्रयास सफल भने भएको छैन। एकातिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले डेढ महिनासम्म पूर्णता पाएको छैन भने अर्कोतिर विवादित विषयमा समेत गठबन्धन मौन छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताका विषयमा गठबन्धनमा…

    विस्तृतमा पढ्नुस्

  • जति गुमाउछन् केपी ओली, उति धेरै माधव नेपालको शक्ति : अहिले संकेतमात्र, चुनावमा निस्किनेछ विभाजनको नतिजा

    जति गुमाउछन् केपी ओली, उति धेरै माधव नेपालको शक्ति : अहिले संकेतमात्र, चुनावमा निस्किनेछ विभाजनको नतिजा

    काठमाडौं : अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव मानेको भए माधवकुमार नेपाल अहिले नेकपा एमालेको दोस्रो अध्यक्ष हुने थिए। नेपालको गुटमा बिग्रह आउने थिएन भने मध्यमार्गीको परिचय बनाएका १० नेता नेपालसँगै रहन्थे। तर, नेपालले १० नेतालाई चुनौति दिँदै नयाँ पार्टी बनाएर एमालेलाई विभाजन गरिदिँदा फुटको परकम्प चुनावसम्मै आउने भएको छ। एमाले फुटका दोषी माधव नेपालमात्रै भने होइनन्। किनभने पार्टी विभाजन हुनुभन्दा…

    विस्तृतमा पढ्नुस्

  • बुढो काँधमा १७ मन्त्रालयको भार, काम चाहिँ शून्य : प्रदेशको पनि उस्तै ताल

    बुढो काँधमा १७ मन्त्रालयको भार, काम चाहिँ शून्य : प्रदेशको पनि उस्तै ताल

    काठमाडौं : जिम्मेवारीको थुप्रो, कामचाहिँ शून्य। सत्ता सम्हालेको डेढ महिनासम्म सबै क्षेत्र 'प्यारालाइज'। सत्ता राजनीतिको समीकरण जनताको चासोको विषय होइन, आकांक्षा परिवर्तन मात्र। तर, प्रधानमन्त्री शेरबहादुरको नेतृत्वको सरकार सुरुमै यति सुस्त भइसक्यो कि आगामी दिन कति सकसपूर्ण हुनसक्छ अनुमान गर्न सकिन्छ।     नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको डेढ महिनाभन्दा बढी भयो। देउवा एक्लैको काँधमा अहिले १७ मन्त्रालयको जिम्मेवारी छ। एक जना…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसँगै संघमा पनि छैनन् विभागीय मन्त्री, मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा काम ठप्प

    प्रदेशसँगै संघमा पनि छैनन् विभागीय मन्त्री, मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा काम ठप्प

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको डेढ महिनाभन्दा बढी भयो। देउवा एक्लैको काँधमा अहिले १७ मन्त्रालयको जिम्मेवारी छ। एक जना राज्यमन्त्री र ५ जना विभागीय मन्त्री मात्रै सरकारमा उनका सारथी छन्। सत्ता गठबन्धनमा सरकार विस्तारका बिषयमा पटक-पटक छलफल भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई देखाएर सुरुमा देउवासहित गठबन्धनका नेताहरुले सरकार विस्तारमा…

    विस्तृतमा पढ्नुस्

  • शक्तिशाली दोस्रो तह जसले माधवकुमार नेपाललाई एमालेबाट र केपी ओलीलाई सत्ताबाटै सिध्यायो

    शक्तिशाली दोस्रो तह जसले माधवकुमार नेपाललाई एमालेबाट र केपी ओलीलाई सत्ताबाटै सिध्यायो

    काठमाडौं : नेकपा एमालेका तेस्रो धार भनेर चिनिएका नेताहरुको यतिखेरको सबैभन्दा कठिन काम हो आफूमाथि लागेको 'अवसरवादी'को ट्याग मेटाउनु। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल बिच झगडा चुलिनुमा यही धारका नेताको सबैभन्दा ठूलो भूमिका रह्यो। पार्टीमा लामो सहकार्यमा रहेका ओली र नेपाललाई नदीका दुई किनारा बनाउने उर्लँदो भेल नै बन्यो यो समूह। नेपाल कम्युनिस्ट…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालले पारित गराउँदैछन् यी चार प्रस्ताव

    माधव नेपालले पारित गराउँदैछन् यी चार प्रस्ताव

    काठमाडौं : प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। चन्द्रागिरि रिसोर्टमा सोमवारदेखि सुरु भएको बैठक मंगलवार पनि जारी छ। नेकपा एमालेमा विभाजन भएपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नेपाल सहितका नेताहरुले निवेदन दिएका छन्। निर्वाचन आयोगले सनाखतका लागि उनीहरुलाई बुधवार बोलाएको छ। सनाखतमा बोलाइएको दुई दिन अघिदेखि नेपाल लगायतका नेताहरु आवासीय छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • १० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

    १० बुँदे कार्यान्वयन गर्न ओली र माधव नेपाल छोडेका नेताबिच सहमति

    काठमाडौं : नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको वार्तामा सहमति भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग सोमवार बालकोटमा वार्ता गरेका थिए। १० बुँदे कार्यान्वन गर्ने सहमति भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। '१० बुँदे स्वीकार पहिला नै भइसकेको हो। भोलि स्थायी कमिटी बसेर कार्यान्वयनमा लैजाने सहमति भएको छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारको त्यो भेट जसले एकै पटक फुटाउन सक्छ यी दुई पार्टी

    देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारको त्यो भेट जसले एकै पटक फुटाउन सक्छ यी दुई पार्टी

    काठमाडौं : यतिखेर नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सरकारमा सहभागी गराउन तीब्र  गृहकार्य भइरहेको छ। त्यसका लागि सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेसम्मको तयारी गरेको छ जसको संकेत आजै एकाएक संसद स्थगितको सिफारिस गरेर सरकारले दिइसक्यो। एमालेमै रहेर सरकारमा सहभागी हुन कानुनी अड्चन देखिएपछि दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन गठबन्धनका नेताहरु सहमत भएको बताइएको छ। अध्यादेश ल्याउने गृहकार्य स्वरुप…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालले 'विश्वास दिलाए’ दल विभाजनको अध्यादेश, अन्त्य हुँदै संसद् अधिवेशन

    माधव नेपालले 'विश्वास दिलाए’ दल विभाजनको अध्यादेश, अन्त्य हुँदै संसद् अधिवेशन

    काठमाडौँ : राजनीतिक स्रोतहरुको दाबी छ, ‘एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दल विभाजनको ठोस् विश्वास दिलाए चाँडै नै राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश सिफारिस हुँदैछ।’ सत्ता सहयात्रामा रहेका एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवादका कारण अहिले सरकार संसद्मा कुनै पनि बिजनेश अघि बढाउन सक्ने हैसियतमा छैन। विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले १६५…

    विस्तृतमा पढ्नुस्

  • ओली - नेपाल 'ब्याटल' : एमालेभित्रको किचलोमा कसको तयारी कस्तो?

    ओली - नेपाल 'ब्याटल' : एमालेभित्रको किचलोमा कसको तयारी कस्तो?

    काठमाडौं : नामको विवादमा परेको एउटा सानो मुद्दालाई टेकेर सर्वोच्च अदालतले नेकपा (एमाले)लाई ब्युँताएसँगै पार्टीभित्र सुरु भएको समानान्तर गतिविधि थामिने नामोनिसान छैन। औपचारिक रुपमा २०७७ फागुन २८ पछि नेकपा एमाले भित्र समानान्तर गतिविधि सुरु भयो। र, एक अर्को बिनाको पार्टीको परिकल्पनामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लागि नै रहे। किचलो पार्टीमा मात्रै सीमित रहेन। पार्टी भित्रको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell